यसपाली दशैको टिका लगाउने ठुलो धोको सहित नेपालको लागि परिवार सहित हिडियो । जुरिख पछि नया दिल्लीको एयरपोर्टमा पुगे पछि नेपाल समिप्य आएको जति महसुस भयो यहा नेपालीहरु प्रवासमा नया जिवन खोजेर जान चाहने को ताती देखेर मनमा चिसो म लगायत सवैलाई परेको अनुभव भयो । एयरपोर्टको ट्रान्जिटमा करिव १०० नेपाली दाजभाइमात्र नभई दिदी वहिनी कतै खुसी त कतै भविष्यको आसकांले आक्रान्त पारेर दिल्ली मा आफनो प्लेन पर्खदै गरेको दुष्यले सवैको मन चस्स छुयो । राती १ वजे देखि विहान ६ वजे सम्म नेपाल जान प्लेन पर्खेर वसेको म लगायत अरु को आखा वाट एक पछि अर्को गर्दै नेपाली भविष्यको कामना गर्दै दशैको मुखमा अरव लगायत इजराइल इराक अफगानिस्थान जादै गरेको देखियो ।
के यसरी जाने मध्ये सवैको भविष्य सुनिस्चित छ र मनमा यस्तै कल्पना गर्दा गर्दे एक जना कुनामा वसेर रोइ रहेको दृष्य कति करुणामय थियो कि सवैको आखा रसायो । भएछ के भने साउदीको लागि रिन काटेर जानलागेका ति दाइको भिसा र पासपोर्टको इस्यू डेट फरक परेको रहेछ । उनलाई छोडेर सवै गए अनि उनि एक्लै। केही जान्दैनन निरक्षर ति दाइलाई के भएको समेत थाहा रहेन छ । २ दिन भयो केही नखाएको अव के गर्ने र कहा जाने थाहा छैन । एक जना साथीले हतपत आफु संग भएको खाना उनलाई दिइ पछि उनको मुहार मा अलिकति उज्यालो देखा पर्यो।
मैले यहा नमस्ते युरोप वाट यो भिडियो साभार गरेको छु जसमा मलेसियामा नेपालीको स्थितीको वारेमा त्यहा स्थित नेपाली राजदुतले जानकारी दिएका छन ।यस्तो दृष्य र स्थितीवाट वच्न नेपाल सरकार र हामीले पनि केही गर्नु आवस्यक छैन र - तर के गर्न सकिन्छ लेख्न अनुरोध छ ।
4 Comments:
This is a great blog.
I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.
I would like to invite you to join this site goreto.co.cc and start sharing news now.
खोइ जे लेखेपनि गफै हान्नु त हो नि हामीले !! आफूले केहि गर्ने हैसियतमा पुगिएको छैन । हाम्रो बोली कसले सुन्ने !! ए.....भन्ने बसिरहेनेबाहेक त खोइ के नै पो गर्न सकिएला र !!
यस्ता दृश्य मैले पनि एक दुई पटक देखेको छु र त्यस्तो बेलामा आफूलाई उजेली जी ले भने जस्तै 'केहि गर्न नसक्ने' स्थिति वा 'हेरि छाडनु न गरि पुर्याउनु' को अबस्थामा पाएको छु।
चेतना मूलक कार्य गर्ने वा जागरण फैलाउने र सूचनाको व्यापक प्रवाह गर्ने बाहेक अरु कुनै उपाए मलाई भने सुझेको छैन ।
केही पहिले नेपाल जांदा फर्कने क्रममा एहरपोर्टमा फर्म भर्दा प्रयाजसो मजदुर दाजुभाइलाइ भिषा कहिले शुरु र कहिले सकिने पनि भन्न सक्दा रहेनछन। धेरैलाइ मैले सहयोग गरें। तर प्राय भिषा अरबिक भाषामा हुंदो रहेछ । अंक भने इंग्लिसमा हुंदो रहेछ तर उल्टो वाट पढ्नु पर्ने। तपाइले भने जस्तो द्रिष्य प्रया एयरपोर्टमा दिन दिनै हुने गर्छ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !