December 2, 2007

धन्यबादै धन्यबाद

डिसेम्बर ७ मा दौतरी बिधुतीय अन्तरजालोमा आएको २ महिना हुदैछ। यती बिचमा धेरै प्राप्तीहरु भए भने दौतारीको प्रस्तुती मिलाउन धेरै चौटी दौतारी अन्तरजालोबाट हराएको पनि थियो। हुन त अहिलेको स्वरुपलाइ थप आकर्षक बनाउने धेरै सल्लाह आएका छन तर समय तथा ज्ञानको अभावले आकर्षक बनाउने कामले गती लिन सकिरहेको छैन। तर पनि सल्लाह सुझाब दिदै गर्नुहोला,दौतारी सबैको साझा ब्लग हो, यो ब्यक्तीगत ब्लग होइन। जसरी हुन्छ, सहयोग जारी राख्नुहोला, दौतरीसंग सम्बन्ध अझ कसिलो बनाउनुहोला।म कामे बिशेषले एक हप्ता तल्लो प्रदेश जादैछु। खासमा उत्तर अमेरीकाको मिनीसोटा राज्यमा बस्ने हुदा दक्षिणका गणराज्यलाइ तल्लो प्रदेश भन्ने गरिन्छ। असिक्षा र बेरोजगारले यि ठाउहरु निकै पछाडी परेकाछन। मिनीसोटमा बसेर कलम घुमाए पनि मैले कोरेका कामले एलाबामा तथा टिनिसीमा मुर्त रुप पाउछन। त्यसैले यो हप्ता आफ्नै यान्त्रीक बच्चाहरु संग समय बिताउने छु।त्यो समय अन्तरजालो बाट टाढा हुन सक्ने हुदा दक्षिणतिरको बाटो तताउनु अघि दौतारीलाइ सहयोग गर्ने दौतारीहरुसंग धन्यबाद साटा साट गर्न चाहान्छु। दौतारी समुहबाट दौतारीको उपस्थीतीको जानकारी दिने नमस्ते युरोपका महेश जी तथा नेपाल लाइभका अजय भाइलाई धेरै धेरै धन्यबाद । दौंतरीको ब्यानर र हालको स्वरुप महेश जी कै देन हुन। हुन त धेरैले अप्ठ्यारो गरेका छन, तर त्यस्ता अप्ठ्यारालाइ शान्त तरिकाले लिदा राम्रै उपलब्धी हुदो रहेछ तसर्थ उनिहरु पनि धन्यबादका भागीदार छन। हुन त बिश मन्थन गरेर अमृत सरह दौतरी निस्केको हो, साना तिना पहाडले हामी अल्झिदैनौ।ब्यक्तीगत तर्फबाट भाइ अनिललाइ कोडीगंमा सहयोग गरेकोमा धन्यबाद। त्यस्तै दौतरीमा बिचार प्रवाह गर्ने बिर्खे,राहुल दाइ, मी, एकलब्य, ह्याप्पी डेज, बिर्लियन्ट मेन, दिप, चना,ठरकी,गालब र नया मित्र मेभरीक संग धन्यबाद साटा साट गर्न चहान्छु। आजकाल लेखकको गती भन्दा पाठकको गती तिब्र भएको हुदा कलम घुमाउदै गर्नहोला तथा ब्लगर प्रोफाइलमा आफ्नो बारेमा केही लेख्नुहोला। प्रज्वलजी लाइ पनि पाहुनाको तर्फबाट लेख्नु भएकोमा धेरै धेरै धन्यबाद। अन्तमा दौतरीको सब भन्दा ठूलो हिस्सा, दौतारी पाठकहरुलाइ दौतरीको उत्साहमा उर्जा थप्नुभएको मा धन्यबादै धन्यबाद।


7 Comments:

एकलव्य ( Eklavya) said...

पाइला चालौँ, गतिले गन्तव्य नखोजेको कहाँ छ ?
विचार आ-आफ्नै हो,सबैले राम्रो नै सोचेको यहाँ छ
महान यात्राको थालनी पनि एउटा पाइलाबाट शुरू हुन्छ भन्छन्,
विचार र व्यवहारमा संगति रहे, दूर्गतिले अवश्य ठाउँ छोडेको त्यहाँ छ ॥

rahulvai said...

धन्यबाद त नेपालियन जी हामीले दिनु पर्ने हो तपाईले। यत्रो दुख गरेर दौतारीको जन्म दिनु भयो, अन्त्त अस्वीक्रित बिचार पोक्ने मन्च दिनु भयो। बामे सर्दै छ, छिट्टै दौडिने छ। स्वतन्त्र बिचारहरुको खंडिलो अभिलेख हुने छ, भोलि यो दौतरी। अस्तु!

Binod said...

Thanks for initiating a new social forum like Dautri, It could be a dautari of children to adult, nepali reisdent to non resident nepali

Anonymous said...

प्रयासको थालनी शुरु गर्नु भएकोमा नेपालियन जीलाई धन्यवाद । मैले केवल रग रोगन गर्ने कोशिस गरेको हु । कोसिस गर्दा पनि टाटो पाटो भएको भए क्षमा चाहन्छु । यस वारेमा सवैको सुझावको आसा राखेको छु । अहिले सम्म सवैको लेख पढदा नेपालको राजनिती देखि साहित्यक चिन्तक हरुको विस्तारै जमधट दौतरीमा हुन थालेको अनुभव मैले अनुभव गरेको छु । विचारले पनि धेरै सहयोग गर्ने हुदा सवैलाई लेख्न नछोडन मेरो अनुरोध छ । दौतरीको प्रगती भनेको कलम चलाउने हरुको प्रगती भएको हुदा म उज्वल दिशाको कामना गर्दछु ।

Postak_Shrestha said...

Wish you a nice trip to Tallo Pradesh.

Anonymous said...

Ekalavya ji, rahuldai, binod ji,mahesh ji and brilliantman ji; thanks for the complimenent and encouragement. Lets join our hand and cross the river and march towards horizon. We may or may not be reach the peak but we will definitely be happy. CHEERS!

ठरकि दादा said...

धन्यवाद त rahulvai ले भन्नुभए जस्तै हामीले तपाईहरुलाई दिनु पर्ने हो, हामी त तपाईहरुले तयार गरिदिनु भएको चौतारिमा बसेर बेसुरा राग अलाप्ने मात्रै त हो।

अनि यो आफ्नो मनको कुरा राख्‍न पाउने प्लेटफार्मलाई र‌गं रोगन गरी आकर्षक बनाईदिने महेशजीलाई म आफ्नो व्यक्तिगत तर्फबाट पनि मुरि मुरि धन्यबाद दिन चाहन्छु ।
Though I am not a computer Guru and have got very less knowledge about web page designing and maintenance, but I do know that how hard it is to fix even a small script error.

कहिलेकाहि आफ्नै व्यक्तिगत कामकोलागी फोटोसपमा सानो तिनो ईडिटिङ गर्दा र ब्लग पेजमा केहि मेकअप गर्दा पाएको हैरानी र आफुले ३ घन्टा लगाएर गरेको कामलाई अरुले ५ मिनेटमै हुने सम्झेको धेरे अनुभव मसंग सुरक्षीत छन।

It’s really time consuming work and the tragedy with it is, most of the people will not notice what has been done.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !