October 8, 2007

स्वतन्त्रता र स्वछन्दता

साँच्चै भन्ने हो भने ब्लग लेख्‍ने वा भनौं "लेख्‍ने" बानी नै छैन मेरो । यदा कदा कसैको बल्ग वा लेखमा टीप्पणी भने गर्ने गरथेँ ।

तर यता केहि समय देखी ब्लगरको दुनीयामा दुई थरी गुणात्मक भिन्नता बढदै गएको देखिन थाले पछी नजाने पनि नबुझेपनि केहि लेख्‍नै पर्ने जस्तो लागेर यो लेख्‍ने "दूस्साहस" गर्दै छु ।

अंग्रेजीमा Blog को अर्थ खोज्दा : "A shared on-line journal where people can post diary entries about their personal experiences and hobbies" र "a website where entries are written in chronological order and commonly displayed in reverse chronological order" भन्ने पाईन्छ ।
यसरी हेर्दा ब्लग लेखन भनेको आफ्नो बीचार साटने माध्यम हो । तर आजकल "बीचार साटने" भन्दा "बीचार लादने" क्रम बढेर जान थालेपछी केही लेख्‍नै कर लागेर लेख्‍दै छु ।

हाल मिडीयामा स्पष्ट रुपमा दुईथरी ब्लग र ब्लगरहरुको बिकास हुदैं गएको पाईन्छ । छोटकरीमा भन्दा ती दुई बिभाजन बीचार साटने" र "बीचार लादने" को नै हो ।

एक थरी ब्लगरहरु ब्लगलाई कसरी व्यबस्थीत, अनुशासीत र जबाफदेही बनाउदै लाने भन्नेमा लागेकाछन भने अर्का थरी "ब्लग" भन्ने बित्तीकै अब जे लेखे पनि भयो भन्दै ब्लगलाई अमर्यादित, अभद्र र गाली गलौज गर्ने सजीलो माध्यमको रुपमा लीन थालेका छन ।

पश्‍चीममा आफूले लेखेको कुराको जिम्मेबारी बहन गर्नु पर्ने भएकोले किताब, समाचार वा ब्लग नै किन नहोस, संम्पादन गर्दा नीक्कै ध्यान पुर्‍याएर गर्ने परम्पराको थालनी भैसकेको छ र कुनै पनि व्यक्ती, संस्था वा प्रकाशन समुहले लेखेको कुरा झुठ्‍ठा ठहरेमा वा गलत सिध्द भएमा त्यस्तो व्यक्ती, संस्था वा प्रकाशन समुहमाथी कानूनी कारबाही समेत हुने गरेको छ । त्यसैले त्यहाका ब्लगका समाचार र बिचार पनि "आधीकारीक" हुने गरेका छन , तर हामी कहाँ भने आफुलाई "अब्बल दर्जाको ब्लगर" ठान्नेलाई समेत न त कुनै जिम्मेबारीपनको बोध छ न त समाचार वा प्रकाशीत लेख रचना को आधीकारीकताको ज्ञान !

राम्रो ब्लग हुनको लागी आधिकारिकता, विश्‍वसनियता र सत्यताको जत्ती दरोकार हुन्छ त्यत्तिनै आवश्‍यकता स्वच्छता, सहिष्णुता समानताको पनि हुन्छ । ब्लग स्वछन्दताको माध्यम होईन र मनपरी गर्न छुट पाईने "स्पेस" पनि होईन । तर हामीकहाँ भने ब्लगलाई स्वछन्दता, बैमनश्यता र आफूलाई मन नपरेको प्रति घृणा र द्वेश फैलाउने माध्यमको रुपमा लिनेहरुनै आफूलाई "भेटरान ब्लगर" ठान्दैछन र ब्लगलाई "भडास" निकाल्ने माध्मको रुपमा प्रयोग गर्दैछन ।

आउनुहोस ! यसलाई यौटा नया सुरुवात बनाऔं , स्वछन्दता हैन सभ्यता, घृणा हैन प्रेम अनी बैमनश्यता हैन आत्मीयताको द्वार खोलौं ।

यो ब्लगलाई साच्चै स्वतन्त्र ब्लको रुपमा बिकास गरौं , यहाँ ब्लग लेख्‍न र कमेण्ट छाप्न कुनै बाद वा बिचारको "कैदी" बन्न नपरोस , माओबादी देखी राजाबादी सम्म सबैले यहाँ आफ्नो बिचार प्रकट गर्न पाउनेछन् । यहाँ प्रकाशीत ब्लग र बिचार प्रती सबैको कमेण्ट र प्रतिकृयाले समान ईज्जत पाउन यसमा कुनै बाद वा गुटको समर्थक वा आलोचक नै हुनुपर्ने संकिर्ण सोचाईको अन्त हुन्छ तर यौटै मात्रै कसी राखौं: हामी स्वतन्त्रताका हिमायती हौं, स्वछन्दताको हैन


4 Comments:

Anonymous said...

tharki dada, lekhai ta sarai rasilo lekhnu hudo rayecha, tapai ko blog prati ko tippani le malai blog ko barema idea bhayo. maile ta euta manche le matra blog chalaucha, yo blog ma kina manche thupareko jasto lageko thiyo, thikai gareko rayecha.

Anonymous said...

तपाइको बिचारमा सहमत छु । सम्भवत: समयक्रम सँगै ब्लग-विकृतिहरु पनि सुधारिएर जालान भन्ने आशा छ । उसो त विकृत ब्लगहरु खहरे नै हुन भन्दा हुन्छ । खरायो जस्तै कुद्नु उफ्रनु तिनका धर्म हुन, मलाइ भने खरायो भन्दा कछुवा नै सहि लाग्छ ।

आश्मा said...

ठरकि दादा,
हजुरको 'स्वतन्त्रता र स्वछन्दता' अभिब्यक्ति सान्दर्भिक लाग्यो। अहिले आफ्नो विचार र भावना संग मेल नखानेहरु विच निकै अभद्र र अशिष्ट भाषा प्रयोग भैरहेको देखिन्छ। यस्तो परिस्थितिमा स्वस्थ्य मनस्थितिले एकअर्काको विचारको कदर गर्दै अगाडि बढ्न सक्नु वास्तवमै चुनौति नै हो सबै(ब्लग चलाउने तथा ब्लगमा लेख्नेहरु)को लागि। चनादादाजुले भने जस्तो कछुवा गति नै किन हुन नपरोस--हतार गर्दा के ठेगान बिस्तारै गए जरुर पुगिन्छ :)

Anonymous said...

Blog suru garnu bhayeko ma dhanyabad ra badhai.....

This blog has taken you to hundreds of people(if not thousands as yet!!)
Remember, with great power comes great responsibility........
Tapai haruko pratibaddata anusar nispakshya bichar le uchit sthan prapta garla bhanne asha rakheko chhu........
Purwagraha ra pakshyapaat ko biruddha utrera suruwat gariyeko yo blog bhawisya ma purwagrahi bhayeko dekhnu naparos......
mero yahi subhakamana...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !