July 18, 2014


इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरुबिर्साएर
मलाई मात्र सुखैसुखमा भुलाउँछ भने
जो जो बस्छन्त्यसमा
फननन घुम्छन्शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने
कोही बसेकोही बसीरहेछन्त्यस्मा


May 21, 2014

अमेरिकी राजनीतिमा आप्रबासी नेपाली को प्रवेश हल्ला र यथार्तता

- Shekhar Dhungel
केहि आप्रबासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रबेश गर्न इच्छा देखाएको वा रहर गरेको प्रसङ्ग लाइ यथार्ततामा अमेरिका बासि नेपालि र नेपाली समुदाय सबैको ध्यान जानु जरुरि छ "
"अमेरिकी सिनेटर ,कांग्रेस वा अन्य स्थानीय राजनितिकीको पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान ,पहुच अनि मतदाताको बिस्वास (समर्थन )एक र पहिलो छनौट को आधार हो "यो यथार्तता लाइ ढाकछोप गरि केहि आप्रबासी नेपाली हरु रहर मा वा चर्चा बटुल्न रहरमा निबेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफु लाइ उम्मेदवार भन्ने अनि आफ्नो मतदान क्षेत्र वा मतदाता भन्दा बाहिर पुगेर नेपालीहरु सित अर्थ संकलन गर्ने थालेका छन्
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहिँ कतै कुनै प्रकारको योगदान गरेको देखिदैन .उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अबस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपाली सित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो .अन्य क्षेत्रका मानिस सित को आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रबासी भारतीय र चिनिया हरु बाट


May 10, 2014

नेपाली भाषा नेपाली भेष

हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ। सानो छंदा कुनै एउटा र्यालीमा सुनेको नारा थियो हो। हिजो आज प्रती बर्ष ५ लाख नेपाली बिदेशीन्छन। नेपालमै पनि मन्त्री र सिमीत कर्मचारी बाहेक नेपाली भेषमा कोही देखिन्नन। टिभी त प्राय हिन्दी नै चल्छन नेपालमा। खोइ कती प्यारो छ हाम्रो भाषा खोइ कती प्यारो छ हाम्रो देश। आंफै कुरा मिलाएर बुझ्नुहोला।

तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।


 



March 17, 2014

अन्तिम भोज

एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।