February 13, 2014

" अलमल को यात्रा " - १

संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना



November 18, 2013

के संबिधान बन्ला त?

मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।

 खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?

जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन।  यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।


November 9, 2013

सुस्त दौंतरी

दौंतरी चियाउने पाठकहरुले पक्कै पनि ख्याल गर्नुभएको होला, दौंतरी आजकाल सुनसान भएको छ। एकै दिनमा ३-४ वटा लेख आउने यो ब्लगमा ३-४ महिनामा एउटा लेख देखिन हम्मे हम्मे पर्छ। मैले केहिले कांही दौंतरीका समकालीन ब्लग पनि चियाउने गर्छु। थुप्रै ब्लग दौंतरीकै अबस्थामा छन। केही रेगुलर अपडेट हुने गर्छन। फेसबुक र टुइटर जस्ता माइक्रो ब्लगले पूराना खाले ब्लगलाई कस्तो असर पार्यो त्यो त थाहा छैन तर थुप्रै पाठकहरु हिजो आज फेसबुकमै रमाइरहेको देखिन्छन। हुन त ट्याब्लेट र स्मार्ट फोनले ठुला कम्पियुटरको प्रयोग स्वात्तै घटेको छ। रेगुलेर ब्लगमा पनि फेसबुकको असर त्यस्तै हुनसक्छ।

कहिले कांही एक्लै सोच्ने गर्छु ब्लग के का लागी? किन ब्लग खोलिएको हो त ? यस्तो कुरा पटक पटक सोचिरहंदा दौंतरीको पहिलो ब्लग हेर्ने पुग्छु। समय अनुसार दौंतरी परीबर्तन हुनेछ भनेर पहिले ब्लगमा लेखेको रहेछु। आधी दशक पछाडी फर्केर हेर्दा दौंतरीको उतार चढाब त्यही बेलानै महशुस भएको रहेछ। मुख्य कुरा के भनेको थिए भने "हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ ।" दौंतरींमा सिधा तथा स्पष्ट बिचार राख्दै जानु पर्छ तर समय अनकुल मिलेकोमा। मलाई के लाग्छ भने दौंतरीका धेरै लेखकहरुको समय अनकुलले गर्दा दौंतरीमा लेख्न पाउनु भएको छैन। समय अनकुलको पिडितमा म पनि पर्छु। हुन त समय कसरी काट्ने त्यो हरेक ब्यक्तीमा भरपर्छ। दौंतरीलाई समय मिलाउन खोजेको भए सायद मिल्थ्यो होला। तर अन्य काममा समय बिताउनु पर्ने कारणले दौंतरीमा समय बिताउन कठिन भयो। सायद धेरै लेखकहरुलाई त्यही समस्या परेको होला।

यी त भए मेरा दौंतरी प्रती गनथन। सायद धेरै लेखक पाठकका पनि त्यस्तै गन्थन होलान। यदी त्यस्ता गनथन छन भने दौंतरीमा पक्कै बाड्न नभुल्नुहोला। बेला बेलामा दौंतरीका लेख तथा पाठकहरु संग अनलाईन भेट भइरहन्छ। उहांहरुले सोधी राख्नुहुन्छ, दौंतरीको हालखबर के छ। अब भने दौंतरी सुनसान छ भनेर पक्कै पनि भन्ने छैन। समय मिलाएर दौंतरीमा लेखी रहने छु। दौंतरी ६ बर्ष पूरा भएर ७ बर्ष लागेकोमा सबै लेखक तथा पाठक प्रती शुभकामना टक्राउन चाहान्छु।


October 12, 2013

हाम्रो ठूलो चाड दशैंको शुभकामना

घुम्दै फिर्दै तपाई हाम्रो घर आगनमा दशै भित्रीएको छ। नेपालीहरुको सबै भन्दा ठूलो चाड, यसको माने नै अर्कै छ। सबै आ-आफ्नो तरिकाबाट दशै मनाउंदै हुनहुन्छ होला। यसैको अबसरमा समस्त दौंतरी लेखक तथा पाठक तर्फबाट दशैंको शुभकामना टक्राउन चाहान्छु।

दशैंको अबसर पारेर करिब ६ बर्ष पहिलेको दौंतरीमा राखिएको दशैंको तस्विर पून राख्दैछु। तपाई जंहा हुनुहुन्छ, जस्तो परिस्थीतीमा हुनुहुन्छ, दशैं भन भव्य रुपमा मनाउुनू होला । यसपटको दशैं कसरी बित्यो हामी समक्ष बाड्न नबिर्सनु होला।