February 7, 2009

माओबादीलाइ जनताले कहिल्यै भुल्ने छैनन

  • संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो।
  • कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?।
  • यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त?।

देशमा धेरै क्रान्ती भए, धेरै शहिद भए तर देश भने ज्युकात्युं। अझ भनौं न, झन झन अधोगती छ। शासक त हामीले मल्ल, राणा, शाह सबै पायौं। तर नेपालमा भन्न लायक लहडे बिकास सिबाय अरु केही छैन। डेढ दशक पहिला सम्म नेपाली गरिब मात्रै थिए तर जब माओबादीले कथित जनयुद्द रच्यो मान्छे अशुरक्षित पनि हुन थाले। त्यो भन्दा पहिला पनि मर्ने मारिने घटना नभएका होइनन तर संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो। उनिहरुलाइ प्रश्न सोध्नुहोस किन मान्छे मरे भनेर"मकै पिन्दा घुनहरु त पिसिन्छ" निकै हलुका उत्तर पाउनुहुन्छ। के नेपाली ज्यान घुन भन्दा पनि सस्तो हो? मानविय जिवनलाइ किरा फट्यांग्रासंग तुलान गर्ने कस्ता राजनितिज्ञ हुन यिनीहरु? अब त माओबादी सरकारमा गइसक्यो। सरकार गिराउन खोज्नेले बन्दुकको गोली पाउने त प्रचण्डले टुडिखेलबाट उदघोष नै गरिसके। अब कांग्रेस र एमालेका नेता पहिला कुम्लाएको सम्पती बोकेर बिदेश पसे हुन्छ। सरकार माओबादीको पन्जाबटा फुत्कनेवाला छैन। पहिला गाउं गाउंमा त्रास फैलाएर माओबादीले देश हल्लाएका थिए अब सरकारमै बसेर देश हल्लाउदै छन। उनिहरुलाइ ‘वाइ.सि.याल’ या अरु कुनै स्यालले मार काट गरेको के मतलब?, बस उनिहरुलाइ जसरी हुन्छ देश आफ्नो मुठ्ठी राखे पुग्छ।

मान्छेलाइ बन्दुकले लुटेर खान सिकाउने यिनै माओबादी हुन। तराइका मान्छेलाइ बिगतमा भारतिय डाकुले लुटेर हैरान पार्थे। फराकीलो जमिन अक्षम नेपाली सुरक्षा, बिचरा तराइबासी टोलको सुरक्षा आंफै गर्थे। अहिले त उनिहरु टाइगर, आगो, ज्वाला आदीका नाममा आफ्नै टोल छिमेकका मान्छेबाट लुटिदै छन। लुटिए त ठिकै थियो, भोलीबाट मिठो पिठो भने पनि खान्थे अब त कमाएर पिठो ख्याउनेलाइ पनि मारिदै छ। कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?

रुकुम,रोल्पा,गोर्खा आदीको त कुरै नगरौं। यती बिकट छ कि मान्छे पखला लागे पनि उपचार नपाएर मर्छन। झन त्यो ठाउं त माओबादीको गुंडनै बन्यो। माओबादी सत्ता हात पारेर काठमान्डौ छिरीसके, अब ति बिकट ठाउंमा पुराना घाउ बाहेक केही छैनन। बिकासको नाममा भएका १-२ वटा हुलाक र हेल्थपोस्ट पनि बन्दुक र बमले उडिसके। देश लोड सेडिंगले आक्रान्त भएको छ, सायद ति गाउंका मान्छेलाइ लोडसेडिगं भनेको के हो नै थाहा छैन होला। हवाइ जहाज उडेको सुन्दा इत्ला कान्लामा दौडि दौडी हेर्दछन, तिनले बिजुलीको मुख कहिले देख्ने?

काठमान्डौको जिबन त झनै कष्टकर छ। देशकको राजधानी, नेपालकै सबै मान्छे यही खनिएर कुरुप बनेको छ। सरकार बनाउने, गिराउने,तस्कर, लुटेरा देखी सिताराम यचुरी सबैको प्रिय स्थल बनेको छ यो कान्तीपुरी नगरी। धान्न त काठमान्डौले धान्ला तर यसको आकर्षण उमेर ढल्केर ३ पत्रो लाली पोतीएकी नागरीक बधुको जस्तै भएको छ। त्याहांका बासिन्दा आफुलाइ सबै भन्दा भाग्यमानी ठान्दा ठान्दै बाइसियल देखी लुटेराको मारमा च्यापिएर निस्सासिन पुगेकाछन। कुनै दिन कुनै ठाउं काठमान्डौमा यस्तो छैन जांहा जाम, टायर बाल्ने आदी अस्त ब्यस्त हुने क्रियाकलाप नभएको होस।

तपाइले सोच्नुभयो होला यो बिना बिषयको ब्लगको तात्पर्य के होला?,  समाचारहरु त तपाइहरुले पत्रपत्रिका देखी ब्लगमा पढिसक्नु भयो होला। हाम्रा पत्रपत्रिकाले घटना भएको मिनेट भरमै ब्रेकिगं न्युज छापिहाल्छन। प्युठानको स्याउलीवांगमा प्रहरी चौकी ससस्त्र समुहले आक्रमण गरेको पनि पक्कै पढ्नु भयो होला। यसरी पहाड तिर आक्रमण गर्ने त माओबादी नै थिए कताबाट आयो यो नया समुह?, माओबादीको नाममा नआए पनि आउन त पक्कै जंगलको कुनैबाट आए होलान। तर यस्को गुरु माओबादी नै हो। चाहे तराइका स-सना समुह हुन या पहाडका मुक्ती मोर्चा, बन्दुकको गोली र कुन्दाले जनतालाइ तर्साउन सिकाउने यिनै माओबादी हुन। यो नेपाल मात्र होइन संसारले नै देखेको कुरा हो।

हामीलाइ ॠषी धमलाका खबरहरुले भन्दा पनि यस्ता खबरले स्तब्ध गराउने गर्छ। ॠषी धमला जस्ता नेपालमा कैयौं छन जुन अकुत सम्पती कुम्लाएर राता रात धनी भएका छन। कोही प्रहरी पोषाकमा लुट्दै छन त कोही मन्त्रिको पोशाकमा। ॠषी पत्रकार भएर लुट्न खोजे। मोबाइल टेक्नोलोजीको बिकासले गर्दा उनका कर्तुत जनता सामु आए। अदालतले दोषी नठराए सम्म त उनी पनि पुलिसको पाहुना मात्रै हुन।

बन्दुकले जनता तर्साउने खेल कहिले सम्म चल्ला?, यो छिटै बन्द हुने वाला छैन। नेपालको भौगोलीक स्थीती देखी निती नियमको काम गराइको तरिकाले यस्ता आतंककारी क्रियाकलापलाइ प्रशय सिवाय केही दिदैन। बन्दुकको र बमको तालिम पाएका स्वांठहरु लुट्न छोडेर पसिना चुहाउदै काम गर्लान त? पक्कै गर्दैनन। यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त? माओबादीको उपहारको यो असर कहिले सम्म रहने हो सम्झदै काहाली लाग्ने अबस्था छ। नेपाललाइ इमान्दारी आंखाले हेर्ने हो भने न त देश समेल्ने कोही छ न त देशको नियममा समालिन चाहाने कोही छ, कसरी चल्छ त यो देश? भगवानसंग प्राथना गरौं नेपाल एसिएको सोमालिया कहिल्यै नबनोस!



पानीको देशमा पानीको हाहाकार

NEW YORK: The United Nations warned that two-thirds of the world's population will face a lack of water in less than 20 years if current trends

in climate change, population growth, rural to urban migration and consumption continue.

Speaking at a high-level symposium on water security here yesterday, UN Dy Secretary-General Asha-Rose Migiro stressed that "if present trends continue, 1.8 billion people will be living in countries or regions with water scarcity by 2025, and two-thirds of the world population could be subject to water stress."


यो माथिको समाचारलाई मैले टाइम्स अफ इण्डियाको आजको वेब संस्करणबाट हुबहु उतारेको हुँ । भर्खरैको नेपाल बसाइबाट फर्कँदा मैले अनुभव गरेको कुरा यही हो कि नेपालमा निकट भविष्यमा भयानक जलसंकट पर्न सक्छ । हुनत म कुनै जलस्रोतविद हैन र मेरो भनाइ केवल भावनात्मक मात्र ठानिन पनि सक्छ । म पनि चाहन्छु, मेरो भावनात्मक डर नेपालको सन्दर्भमा झूटो नै साबित होवस् , तर पनि यसो भन्दैमा मेरो यो विषयको डर पनि मर्ने भने हैन ।

नेपालमा वातावरणिय चेतनाको स्तर हेर्‍यो भने उदेक लाग्दो स्तरको छ र यो केवल केही डलराग्रही एन जी ओको मोहताज बनेर निरिह जीवित छ भन्दा हुन्छ । निर्वाध बिना योजना बढ्दो शहरीकरणको नेपाली विस्तारलाई नियाल्यो भने , सर्वत्र कहालीलाग्दो दृश्य उजागर हुन्छ । काठमाण्डु र देश बाहिरको समेत खाने पानी योजना केवल मन्त्राणी यमी र उनी पछिका उत्तराधिकारीलाई सगोत्री सात पुस्तालाई जागिरोद्दार गर्न बनाइएका अड्डा प्रतित हुन्छन् । मेलम्चीको कथा माओवादीले सरकारी जासूसको आरोप लगाएर भौतिक कारवाहीमा पारी निर्वाध थिलथिलाइएर अर्धमृत बाँच्न वाध्य पारिएको कुनै हिजोको गाउँले कांग्रेसी कार्यकर्ताको दयनीय नियतिमा घर्षणीय बनेको देखिन्छ । काठमाण्डू नामको कंक्रिटको जंगल भित्र बस्ने देशका सेलेक्टेड केहीका लागि अहिले पानी भनेको भूगर्भभित्रबाट अन्धाधुन्द बोरिङ गरी घरेलु मेशिनले तानिएको फिल्टर्ड झोल हो । तीन चौथाइ काठमाण्डुमा खानेपानि संस्थानका पाइप नै पुगेका छैनन् , त्यहाँ या त प्राइभेट ट्यांकरहरूको सेवा वा त जमिन मुनीको पानी थुत्न सिकाउने र उपकरण जडान गर्नेहरूको व्यवसायले मन्त्रालय कायम गरेको जस्तो देखिन्छ । अहिले नै यो जमिन मुनिको पानीको उपलव्धता अलि उच्च स्थानका ठाउँबाट हराइसकेको छ र यो हराउने क्रममा छ । तर यो चिन्ता कसैलाई भएको देखिन्न । यसो कुराकानीको प्रसंगमा एक जाना साथिले भनेथे " देशमा पानी छ क्यारे , अहिलेका सराकारमा बस्नेले गरेनन् भने पनि पछि आउनेले गर्लान नि !" । यस्तो उदासीनता बीचमा पनि बचेको हाम्रो योजना बिहीन शहरीकरणको व्यवसाय, विश्वव्यापी मन्दीको श्वर नै नसुनिकन अग्र गतिमा छलाङ मार्दो छ । "घडेरीको भाउ ३ महिनामा दोब्बर भयो नि !" भन्ने दलालका बोलीले सिर्जना गरेको चासोमा पानीको कथा कतै छैन ।

कथित र र कता कता पढेको कुरा दिमागमा नाचेको नाचै छ । जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक आज दैनिक १६ देखि २० घन्टे लोडसेडिङको चचहुइइइ पीङ खेल्दैछ । तर हिजो भौतिक संरचना ध्वंस पारे पछि नया सिर्जना सजिलो हुन्छ भन्नेहरू रगतका कटकटे दाँत ङिच्च देखाएर निर्लज्ज हाँस्दै १० वर्षमा १० हजार मेगावाटको कथा नाङ्लोमा लिएर दक्षीणको दलाल रिझाउन जनतासामु सपना बेच्दै आफ्ना छापामारमाथि देशको बजेट पोषण गर्दैछन् । हिजोका ध्वस्त पारिएका विद्युत योजना मरम्मतको आर्थिक भार जुटाउन नसक्ने , नया योजका लागि वातावारण बनाउन नसक्ने अनि १० हजार मेगावाटको सुनौलो सपना बेचेर अरु दलहरुकै कारणले व्यवधान आयो भन्न तम्तयारयार बनेको राजनीतिको तमाशा भित्र , भूमण्डलीय उष्मीकरणले नेपालमा सिर्जना हुने भयावह ( ग्लोवल वार्मिङको ) भावी चुनौतिको कतै चर्चा नै छैन् । हिजोका ठूला जलासययुक्त कुलेखानी जस्ता भरपर्दा योजनाको सतह पहिरो र भूक्षयले पूरिँदै जानु अनि ती पुराना योजनाको बूढ्यौली नआउँदै नयाले भरथेग गर्न पर्ने उत्तराधिकारको खोजी गर्नै नपर्ने, तर राजनीतिको चर्को भ्यागूते विकासको गफ हाँकेर चमत्कारको रडाको अलाप्नेहरूको माथिंगलमा कतै नेपालमा पनि यो अंग्रेजी ग्लोबल वार्मिङ भन्ने कुरा हुन्छ र भन्ने विष्मय नाचेको त छैन ?

नत्र भने, खै त विश्वभरका पर्यावरणविद हरूले सकेसम्म चर्को श्वरमा चिच्याएर सन् २०२५ सम्ममा हिमालयको हिउँ पूर्णत पग्लिएर , हिमालय पर्वतहरू डरलाग्दा काला चट्टानका पहाडहरूमा रुपान्तरण हुनेछन भनेर भनिरहँदा हाम्रो कानमा त्यसको असर परेको ? के बिना हिमालको आदिम नेपालमा संसारको कुनै पर्यटक डलर खर्च गर्ने पर्यटक बनेर भित्रिएला ? के सदावहार हिमाली नदीको स्रोत मानिएको हिमाल नै नरहेपछि , हाम्रा शाश्वत नद-नदीहरूको कलरवले हिजो जस्तै कतै कसैको ध्यान र मन तान्ला ? अनि के होला पिउने पानी र बिजुली बाल्ने चाहनाको हाम्रो कथा ? २१ औँ शताव्दिको भौतिक चकाचौँधको संसारमा २० घण्टा टुकी बालेर बस्न वाध्य पारिएका हामी नेपालीहरूको खोटो भाग्यमा अब अरू सुख भोग्न प्राकृतिक र मानविय रूपमा लेखेकै छैन त ? खै हाम्रो जलस्रोतको निधिलाई हाम्रा पुस्ता दरपुस्तासम्म जोगाएर प्रयोग गर्ने र गराउने हाम्रो वातावरणीय चेतना ? खै हाम्रो परिचयको हिमाल र हिमाली नदीहरूको अस्तित्व जोगाउनका लागि हाम्रो स्वतस्फूर्त जागृति ?



February 6, 2009

आफ्नो मुलक आफ्नै हुन्छ

हजारौँ बेनियमहरुले नियम बनेर ढलीमली गर्दा
बेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दा
जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि
हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।

धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनि
थकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेर
अनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दा
कस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।

आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तो
अगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तो
विचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमा
निर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।

कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएर
राजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउने
मनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनि
खै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।

प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमा
बाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनको
सदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमा
बाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य


Laughter the best medicine

Three Easy Way to Die:

1. Take a Cigar daily-You will die 10 years early.

2. Drink alcohol daily- You will die 20 years early

3. Love someone daily- You will die daily.

***                                ***                                                 ***

One Liner

A foolish man tells a woman to stop talking, but a wise man tells her that she looks extremely beautiful when her lips are closed.

***                                ***                                                ***

The best way to quit alcohol consumption:

Before marriage – drink only when you are sad.

After marriage- drink only when you are happy.

***                                ***                                              ***

Three fastest means of communication

  1. Tele-phone
  2. Tele-vision
  3. Tell-a- woman

Need still faster?, tell her not to tell anyone.

***                              ***                                                ***

Question/ Answer

Q: Why law does not allow a man to marry two women?

A: B’coz you can’t be punished twice for the same mistake.

And finally,

A man was boasting to his friend, “You know, I am a well known collector of antiques”.

His friend replied, “Yes I know, I have seen your wife!”.



गजल: भो तिमीले नै जित्यौ

प्रविण थापा
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो

सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो

अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो

पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो

हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो


February 5, 2009

गजल- ठग्छ भने नियतिले

केशब आचार्य

ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।

कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।

अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।

सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो


सन्दर्भ नयाँ संबिधान --ईतिहास बाट सिकौ र समझदारि मा बढौ


---शेखर ढुङेल
०२-०४-२००९
नेपाल एकिकरण पछी को ईतिहास हेर्दा नेपाल को बिकास नहुनु को मुख्य कारण आपशी बिबाद र षड्यन्त्रको राजनीति नै देखिन्छ । ०७-०१७ को मतभेद, ०१७-०४६ प्रजातन्त्र बादी र पञ्चायत बादी बीच को मतभेद, बहुदल आयो दलहरु कै मतभेदले समय सापेक्ष मानिएको संबिधान को पतन भयो । माओवादी ले सुशासनको लागि लडाईं लड्दा ३० हज्जार नागरिक को मृत्‍यु र २५ खर्ब भन्दा बढि मुल्य को बिकास निर्माण संरचना ध्वस्त भए । बिगत ६० बर्ष क्रान्ति नै क्रान्तिमा बित्यो हाल क्रान्तिले शिखर चुमेको छ । यो बीचमा हामीले जनताको संसदिय ब्यबस्था , राजाको नेत्रृत्वमा निर्दलिय ब्यबस्था, फेरी बहुदलको पुनर्स्थापना हुँदै आज गणतन्त्रमा प्रबेष गरेको ३ बर्ष बितिसकेको छ । तर अझै देशको राजनैतिक् भबिष्य अर्थात प्रजातन्त्र, मानबाधिकार, प्रेस एबं ब्यक्तिगत वाक स्वतन्त्राको ग्यारेन्टि सहितको एक निश्चित ब्यबस्था (प्रणालि), राष्ट्रिय एकता र राष्ट्रिय अस्मिता को सुरक्षीत बाटो पहिल्याउन सकेका छैनौ ।

देश बाद, क्षेत्रियता, जातियता, धार्मिकताका बिबादमा फसी बिभक्त हुँदै गएको छ । यस्तो आपसी मतभेद, दुश्मनी अनी एक-आर्काको अस्तित्व स्विकार नगर्ने मानसिकता बोकेर कुन बाद र सिदान्तले देश बन्द छ त ?। हामी जुन रुपले खन्डित भएर गैराखेका छौ यस्ले कुनै दल वा ब्यबस्था मात्र नभै राष्ट्र नै असफल बन्ने देखिन्छ । यस्तो अवस्थामा एक्लै कसैले यो देशको सार्बभौम सत्ताको रक्षा गर्न नसक्ने हुँदा एकताको सुत्रको लागि समझदारि प्रती सबैको समर्पण अनिबार्य छ । को राजाबादी, को माओवादी र को प्रजातन्त्रबादी ?, हामी सब एक भै बिगतका सबै तिक्तता बिर्सिएर एउटा सकारात्मक् बातावरणको सृजना तयार गर्नु अनिबार्य छ । मेरो गोरुको बाह्रै टक्का भन्ने मानसिकता त्याग्नु जरुरी छ । सबै पक्षको कतै न कतै खोट छ, कमजोरी छ त्यसलाई फ्याकेर सबै को सकारात्मक् पक्ष लाई एकिक्रित गरी नयाँ नेपाल को अबधारणा लेराइ अगाडि बड्नु को बिकल्प छैन । आज हामी ईतिहासकै सम्बेदनशील अवस्थाबाट गुज्रिराखेका छौ । नेपालीको एकता डगमगाएको छ । देशमा बिखण्डनको आशंका बढीराखेको छ । यस्तो अवस्थामा ‘यो’ र ‘उ’ बादी भनी निषेधको होइन कि सहयोगी र सदभाबको बातावरणको राजनीतिमा गंभिर हुनुपरेको छ । त्यस्को लागि छिटो भन्दा छिटो पूर्व राजासहित सबै दल, कानुन बिद, निष्पक्ष र बरीष्ट नागरिक, पूर्व प्रशासक, पत्रकार को राउण्ड टेबुल बार्ता गर्नु उचित हुन्छ र त्यस्ले एउटा श्वेतपत्र जारीगरी संबिधान को खाका तयार पार्ने । हिजो गल्ती सबैबाट भए अछुतो कोइ छैन, बिगतका गल्तीलाई बिर्सदै सबै राजनैतीक सुन्यतामा झंरौ एक पटक । राजा ग्यानेन्द्र, प्रचन्ड, गिरिजा बाबु, खनाल वा नेपाल, नागरिक समाज का अगुवा, पत्रकार, कानुनबिद गोलबद्द भै हात समातेर देश र जनताको लागि एक भएर अगाडि बडने प्रण गरौं । महात्मा गान्धीका छिमेकी र बुद्धका देशका हामीले बिश्‍वलाई फेरी एक पटक शान्ती र एकता को नमुना दिन सक्यौ भने हामी सबै महान बन्ने छौ कि ?

राउण्ड टेबुल बार्ताले दिनु पर्ने सन्देश यस्तो होस --

१ - संघियता को बारेमा
प्रथम त नेपाल ले संघियता थेग्न सक्तैन भनेर बिदेशी कुटनितिज्ञले समेत भन्दै आएका छन । भौगोलिकता कै आधारमा गर्दा पनि बिदेशी आनुदानमा आस्रीत हाम्रो अर्थ ब्यबस्थाले बिकास निर्माण भन्दा प्रशासनिक् खर्च मै अधिक्तम भार बोक्नु पर्दा कालान्तरमै असफलता ब्यहोर्नु पर्ने हुन्छ । आन्तरिक श्रोत र साधन ले धान्न नसक्ने हाम्रो मुलुक को लागि संघियता घातक बन्न जान्छ । त्यस मा पनि मधेस, थारु, जातियताका मागले द्वन्द हिंसा बढाउने र मधेसकै कारण देशले अकल्पनिय क्षती ब्यहोर्नु पर्ने अवस्था आउनेमा सबै सशंकित भैराखेका छन । श्रीलंकाको जस्तो ब्यथा नेपाल को लागि त आत्महत्या सरह नै हुन्छ । त्यस बाट पाठ सिकेर देश लाई बर्बाद हुनबाट बचाउन राष्ट्रिय एकता अनिबार्य छ र संघियतामा गएर देश बलियो हुँदैन । शसक्त बिकेन्द्रिकरण नै उत्तम उपाय हुन्छ ।
२ - सामाजिक रुपान्तरण
दक्षीण एसियामा नेपाल मात्र नभै ६ दशक गणतन्त्रको अभ्यास गरिसकेको भारत लगायत पाकिस्तान, श्रीलंका र बङलादेशमा नेपाल को भन्दा खराब अवस्था छ । यस बाट के स्पष्ट हुन्छ भने गणतन्त्रले मात्र सामाजिक रुपान्तरण गर्न सक्तछ भन्ने तर्क मिथ्या हो । सामाजिक रुपान्तरणको लागि बिबिध नियम कानुन भन्दा समान रुपमा शिक्षा र रोजगारको अबसर पाउने बातावरणको लागि राज्यको दायित्व पुरा भ्एको हुनु पर्दछ । सम-मानबिय मुल्य र मान्यताको अबधारणा लाई व्यबहार मा लागु गर्न , समाजमा ब्याप्त सानो र ठुलोको मतभेदिय सोचलाई अन्त गर्न नयाँ नेपालको लागि तँ, तिमी, तपाईं र हजुरको बदालामा सबले सबलाई तिमी भन्ने नियम लागु गराउन सकिन्छ । सामाजिक रुपान्तरण रातौं रात कुनै राजनैतीक बादले गर्न सक्ने होइन त्यसको लागि शिक्षा संचारको पहुच त्यो क्षेत्र सम्म पुर्याउने काम राज्य को हो त्यसको लागि समय लाग्ने यथार्त लाई बिर्सनु हुन्न ।
३ - सेना सम्बन्ध मा
परम्परागत राष्ट्रिय सेना हुन कि वा बिद्रोही सेना हून त सबै नेपाली । राउण्ड टेबुल बार्ता मार्फत सहमतिमा पुग्न सक्यौ र भोली कुनै पक्षबाट पनि द्वन्दमा जाने अवस्थ को निराकरण भयो भने माओवादी जन सेनाका हथियार सरकारी भन्डार मा राखी तत्कालिन मागको अनुपात र इच्छुकलाई शेना, शसस्त्र प्रहरी, र जनपथ प्रहरी मा नियम पूर्वक समायोजन् गर्न सकिन्छ । नेत्रित्व ले समायोजन भने पनि स्वयम कती जना जनसेना निरन्तर सेवा गर्न चाहन्छन?, इच्छा नहुने लाई आफुखुसी जान दिनु पर्दछ । बाँकी रहेका लाई प्राइभेट सुरक्षा निकायमा भर्न गर्न सकिन्छ । निश्चय पनि कुनै राजनैतीक दल बिशेषको सदस्यको रुपमा सुरक्षा जस्तो सम्बेदनशील निकायमा समुहगत प्रबेश हुनु हुँदैन र माओवादीले पनि त्यो बुझेकै हुनु पर्दछ । आज माओवादीको मात्र सेना छैनन अरु कैयौ छन । राष्ट्रिय सेनालाई राजनीतिको बिबादमा पार्नु हुन्न । सबैले जिम्मेवार भएर सोच्नु पर्दछ।

४ -धार्मिक सम्बेदनशिता
नेपाल बिश्वको एक मात्र हिन्दू राष्ट्र हुनुमा प्रत्यक नेपाली ले गर्ब गर्ने कुरो हो । बिदेशी आइ एन जि ओ र एन जि ओ को दबाब मा परिवर्तन गर्नु उचित होइन । पाकिस्तान, बङलादेश जस्ता ईस्लामिक राष्ट्र घोषणा भएका देशमा पनि हिन्दू धर्म का मठ मन्दिरको अस्तित्व रहे झै नेपालमा पनि रहेको थियो र रहने छ भन्ने बिश्वास हिन्दू इतर धर्म का समुदायलाई बुझाउनु सक्नु पर्दछ । ता कि भोली कुनै दलले त्यसलाई आफ्नो नारा बनाउने मौका नपाउन र फेरी द्वन्द नहोस । तर देशका सम्पूर्ण मठ मन्दिर मा राज्यको संलग्नता हुनु हुँदैन वास्तवमा त्यही नै हो सहि धर्म निरपेक्षता ।

५ - बिस्थापित राजा को बारेमा
नेपालमा धार्मिक, सामाजिक ,र सास्कृतिक को एउटा पाटो भाई सकेको यो संस्थालाई जनता बराबर को कानुनी दायरा मा कायम हुने गरी पूनस्थापन गरेमा देशको सामाजिक सद्भाब खल्बलिने छैन । कुटनैतीक मर्यादा र औपचारिकअता का लागि आलान्कारीक राष्ट्र प्रमुख राजसस्था बनाउन कन्जुस्याइ नगरौं । आगामी दिनमा उठ्न सक्ने बिबाद र द्वन्दको यो अर्को बिषयलाई पनि सहमतिमा लिएर जानु भबिष्यकोलागि हि कर हुन्छ । पूर्व इमान्दार, कर्मठ प्रशासक, सेना प्रमुख, प्रहरी प्रमुख कुटनितिज्ञहरुको अनुभबलाई देशले सदुपयोग गर्नु पर्दछ । राजाबादी भनेर देश को एउटा पक्ष लाई उपेक्षा र निषेधको राजनीतिले देशमा सहमति को राजनीतिको उदेश्य अपुरो नै हून जान्छ । हिजो दुई नाल बन्दुकले जनयुद्ध शुरु गरेको भन्ने माओवादीले र अरुले पनि यो भुल्नु भएन कि राजाबादीहरु सित धेरै बन्दुक र रणनिती छ । यो पक्षलाई साथमा लैजानुमा नै नेपाल को शान्ती प्रकृया को सफल अबतरण हून सक्छ ।
६ --सम्पती को बारे मा
पुरुष र महिला यथार्त छोरा र छोरी लाई समान अंश बितरणको अबधारणाले यसै पनि बिखंडित बन्दै गएको हाम्रो सामुहिक परिवारमा थप दिदी भाई , दाजु बहिनीमा सम्पत्ति सम्बन्धी बिबादले पारिवारिक सद्भाब मा तुषारापात मात्र पार्दैन । यसै पनि अत्यधिक घर जग्गा मुद्धा खेपेका जनताले थप मुद्धा झेल्ने अवस्था को सृजना राज्यले नै गरिदिने ? यो बैज्ञानीक हुँदैन । त्यसैले बिकासीत मुलुकको नियमझै सम्पतिको बितरण अभिबाबककै स्वेच्छा मा छोडिदिने नियम बनाइ दिनु पर्दछ । यसले गर्दा सन्तानमा आत्मनिर्भर भन्ने भावना को बिकास हुन्छ अनी बाबु आमाले पनि राम्रो हेर चाह पाउने वा आफ्नै खुट्टामा निर्भर हुने सम्पत्ति को बचाउ पनि हुन्छ, छोरा छोरी प्रती निर्भर हुने सोचको पनि अंत हुन्छ । शिक्षाको हकमा दुबैलाई समान रुपले १० वा १० प्लस सम्म निशुल्क स्कुलको ब्यबस्था गर्ने काम सरकारको दायित्व हो । महिलालाई समान हक र हित चिताउने हो भने प्रतिस्पर्धी बन्ने बातावरण को बिकास आज को आवश्यकता हो । बाबु आमाको सम्पत्ति को स्वेच्छा बिरुद्ध कसैको मुद्दा नलाग्ने कानुन बनाउनु पर्दछ । यसले गर्दा अदालतको झँझट न्युन हून जान्छ । कसैलाई नतोकिएको सम्पत्ति स्वत: स्थानिय सरकारी स्वामित्वमा जाने र घर बार बिहिन लाई वा कम् आम्दानी हुने परिवारलाई सस्तो मा बेची राजस्व बडाउने वा सामाजिक सेवाका निकायलाई दिनु पर्दछ ।
7 --दलित जनजाती सम्बन्धमा
दलित जनजाती भनी यो बर्गलाई बर्गीकरण गरे पछी सम्म उनीहरुलाई मनोबैज्ञानीक रुपमा हिनता बोध गराइ राख्नु राज्यले मानबता बिरुद्धको काम गर्नु हो । तसर्थ संबिधान वा कानुन बनेको दिन देखी लागु हुने गरी सामाजिक, धार्मिक, राजनैतीक, प्रशासनिक सम्पूर्ण क्षेत्रमा अरु बर्ग झै योग्यताको आधारमा समान प्रतिस्प्रधी बन्न सक्ने बनाउनु पर्दछ । तब मात्र उनीहरुले मानसिक रुप मै आफुलाई समाज को समान सदस्य ठान्न सक्दछन । सम्रक्षण र आरक्षणले त उनीहरुको प्रतिस्प्रधी मानसिकतामा नकारात्मक असार पर्न जान्छ । आजको युगमा राज्यले नै समाजमा मानब बिचमा रेखा कोर्नु न्याय संगत हुँदैन । देशको पिछडिएको भागमा एउटा दलित र उपल्लो जातको मान्छेको जीवन स्तर, शिक्षामा के फरक छ ? समानताको अनुभुती भनेको सबैलाई प्रतिस्पर्धी लायक बनाउनु हो त्यो काम राज्यको हो ।

८ –छुवा-छुत
छुवा-छुत लाई मानबता बिरुद्धको अपराध घोषणा गरी कमसेकम ५ बर्षको जेल सजाय को कानुनी ब्यबस्था गर्नु पर्दछ । धार्मिक, मठ, मन्दिर, सामाजिक सेवा कार्य आदीमा तत्काल देखी नै प्रबेष, पहुँच एबं अनिबार्य समलग्नता गराउन स्थानिय निकायलाई सक्रिय पार्ने ।

९ - नागरिक आचार संहिता
समाज मा सहयोग, सदभाब र समझदारि एबं मानबिय मुल्य र मन्यतालाई आत्मसात गर्ने बातावरण स्रिजना गर्न नागरिक आचार संहिता (सिबिक सेन्स एक्ट )लागु गर्ने, समाजका धुर्त काइते बुद्धी का मनिषा को न्युनिकरन गर्न यो एक्ट जरुरी छ । जापानले यस्तो एक्ट ४० को दशकमा नै लागु गरेको थियो । जब म्म समाजको बहुमत ब्यक्ती को आचारण, व्यबहार सभ्य अनी उधाहरणिय बन्दैन तब सम्म देश बन्दैन ।

१० - आर्थिक मितब्ययिता को सम्बन्धमा
देश आर्थिक जर्जरताबाट गुज्रेको, आन्तरिक स्रोत र साधनको अभाब भएको हाम्रो देशले आर्थिक पराधिनता बाट कहिले मुक्ती पाउने ?सरकार देखी जनता सम्मले कसरी फजुल खर्च रोक्ने एउटा स्वेत पत्र जारी गर्नु पर्दछ । देशको जनसख्याको आधारमा अरु देशको उधाहरण हेर्ने हो भने नेपालमा अधिक्तम १५ सदस्य को भन्दा बढी को मन्त्री मण्डल नबनाउने भनी संबिधानमा नै उल्लेख गर्नु पर्दछ । प्रशासनिक् क्षेत्रमा ठुलो दर्जाको पद लाई न्युनिकरण गर्दै तल्लो पदकाको बृद्धी र सुबिधा बढाउने । समान प्रकृतीका संघ सस्था बिभागलाई एक अर्कामा समायोजन् गर्ने । सरकारी भोज, भत्तेर कम् गर्ने ,सरकारी कर्मचारीको सरुवा लाई भन्दा कार्य दक्षता बढाउन प्रोत्साहन गर्ने ।

११ -चाकरी र सिफारिस लाई अपराध घोषणा गरी दुबै पक्ष लाई सजाय को भागीदार बनाउने ।

१२ -नेपालमा पनि अब अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया आदी देशझै सिमित राजनैतीक दलको मात्र अस्तित्व रहने ब्यबस्था गर्ने । निषेध र तिक्तताको राजनीति धेरै भयो नेपालमा, न त दल बलियो बने, न त राजनीति, न त देश । देश र जनतालाई मात्र केन्द्र मानि राजनीति गर्दा निषेध र तिक्तता नै रहदैन ।
तसर्थ सबै प्रकारका सम्भाबित बिबादलाई संबिधान निर्माण भन्दा अगाडिनै स्वेत पत्र जारी गरी अन्त गर्दै बिबाद रहित संबिधान निरमानमा राष्ट्रिय सहमति र समझदारि अनी एकता देखाउनु आज को आवश्यकता हो ।


February 4, 2009

गित - कुनै दिन हासेर

शेखर ढुङेल
०२-०३-२००९
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँ
बिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो


गजल -- हारजित भईरहने

प्रबिण थापा

हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन

जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन

पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन

गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन

समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन


February 3, 2009

क्लोराडोमा साहात्यिक कार्यक्रम


आचार्य प्रभा
कोलोराडो फेब्रवरी १

अमेरिकाको कोलोराडो डेन्वरमा यही फेब्रवरी १ का दिन सरस्वतीपूजाको पावन अवसर पारेर डेन्बरवासी र बोउल्डरबासी को संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम गीतकार तथा कबी श्री ज्ञानेन्द्र गदालको निवासमा भएको थियो । उक्त कार्यक्रममा लग्भग ५० साहित्यकर्मिहरुको जमघट भएको थियो भने उक्त साहित्यिक कार्यक्रममा लगभग २० कवि, कवयत्रिहरुले आ-आफ्ना रचनाहरु पाठ गरेका थिए । बिदेशमा नै भए पनि त्यो दिनको साहित्यिक जमघटले सबैलाई नेपालमा भएको आभाष भैरहेको थियो भने, साचै त्यो दिन उक्त कबिको घरमा दशैको चहल पहल भए झैं महशुस भै रहेको थियो ।

कार्यक्रमको सुरुवात सरस्वती बन्दनाबाट गरियो भने गायक बिजय अधिकारिले आफ्नो मधुर आवाजबाट सरस्वतिको बन्दना फेरी एकल गाएका थिए । कार्यक्रम ढिलै शुरु भएता पनि समापन पनि ढिलै सकियो । कार्यक्रमको अन्त्यमा चियापानको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा साहित्यिक माहौललाई दिर्घजिवी राख्न आचार्य प्रभा ,ज्ञानेन्द्र गदाल, केशब आचार्यको सल्लाहा र समझदारिमा प्रत्यक महिनाको अन्तिम शनिबार कबिहरुको आ-आफ्नै निवासमा क्रमैसँग कविता गोष्ठी गर्ने निर्णय गरियो र फेब्रुवेरिको अन्तिम शनिबार (केशब आचार्य एव आचार्य प्रभाको) बोउल्डर स्थित निवासमा आयोजना गरिने भन्ने प्रस्ताव पारीत गरिएको छ । ''कोठे साहित्यिक यात्राको'' सुरुवात नेपालमा पनि आचार्य प्रभाको अध्क्षतामा २०५१ साल देखी २०६१ साल सम्म प्रत्यक कबिहरुको घर-घरमा सन्चालन गरिदै आएको थियो उक्त साहित्यिक कार्यक्रमलाई नै निरन्तर्ता बिदेशमा पनि दिएर साहित्यिक माहोललाई अझ सक्षम राख्ने प्रतेक कोलोराडोबासि साहित्य अनुरागिहरुको चाहना र सपना हो । उक्त दिन कबिता पाठ गर्नुहुनेहरुमा :

एक ) प्रमिला शर्मा
दुई ) डा-बिजयराज शर्मा
तीन ) भुपेन्द्र महत
चार )रमेश पल्लव
पाँच )साबु कार्की
छ )प्रमोद घिमिरे
सात )केशब आचार्य
आठ )आचार्य प्रभा
नौ )क्रिष्ण मुरारी ढुङेल
दश )बिजय देव अधिकारी
एघार )निर्मला शर्मा
बार्ह )बिनिता अधिकारी
तेर्ह )जितेन्द्र कार्की
चौध )साकार शर्मा
पन्द्र्ह )ज्ञानेन्द्र गदाल
सोर्ह)तारा अधिकारी

र अन्य साहित्यनुरागिहरुको पनि सहभागिता थियो । दिनको करिब् छ बजे कार्यक्रम समापन गरियो



बिर्सि देऊ

शेखर ढुगेंल

बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्यो
झुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ


गाउँखाने कथा - १ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने कथा अन्य भाषीकामा राखिएको थियो। यो भाषिक सम्मान भएकोले यसमा गाउं दिइएको छैन। अर्को पटकबाट पहिलो उत्तर मिलाउनेले पक्कै गाउं पाउछेन र यो प्रक्रिया जारी राखिने छ।
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।


February 2, 2009

डलर टिप्ने यात्रा १

शेखर ढुङेल

बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!

नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जानेहरुको लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लक्ष हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो! अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बढ्दो छ, बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रष्ट, माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्तहरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथीहरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।

आफन्तको एउटा नाम चलेको गार्मेन्ट को म्यानेजर हुँ, तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिषा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिषा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा आइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?

अली तङ्रग्रिए पछी नेपाल तिर गफ दिनु पर्‍यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभूती थियो ।

भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियारपुरका पाजीको साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने ‘अरे भाई, यस मुलुकमा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन?’, मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाए मैले बुझें अनी दंग परे । अर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ? कहा दिन्छ? कहिले दिन्छ ?, मनमा त्यस्तै सोच्दै थिए पाजीले डलर टिप्ने ठाउँ आइपुगे को संकेत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाकमा नपुगेको डुङ डुङ गन्ध आइरहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने कामको पत्तो न तरिका को आफु अलमल्लमा परेको देखेर पाजीले भने ‘चलो चलो काम मिल्ना मुस्किल हे, जो मिला कर्ते रहो दुसरा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है’ । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किए, राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्टिकको सेतो टोपी लाउन दियो, पहेलो रङको जाली जाली भएको इस्ट कोट दियो अनी आरमान्दोले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्‍यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।

त्यस पछी एकहफ्ता खाली बसी सरसल्लाह, छलफल, भेटघाट, बिचार-बिमर्श गर्दा एउटा सुत्र फेला पर्‍यो, अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसनको लागि निबेदन दिएँ । तत्कालिन नेपालका स्थाई प्रतिनिधि जयराज आचार्यजिको सहयोगमा अन्तर्वाता पनि भयो पास पनि भएँ, तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिकामा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ह्वया?, नेपालबाट हिडेको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भैसक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ताले कम्मर पातलो भयो सातै दिनमा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिषा दियो । तुरुन्तै टीकेट काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।

अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छतमा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्रहरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासुमा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?, बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ?, कता को सियो ? लामो सियो, छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसै बिच अर्का मित्रले सम्झाये नुन कस्तो छ भनी सोधेको नि?, बल्ल दिमाग शान्त भयो । भोलीपल्ट बिहान नै सबैको काम भएकाले सुत्ने प्रस्ताब आयो, त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रात बित्यो बिहान सबै काम मा गए अनी आफ्नो साम्राज्य छायो । बांकी पछी....

(यो यात्राको दोस्रो भाग यहाँ )



गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - 2

आचार्य प्रभा
म केही गाह्रो र अप्ठ्यारोकोको सामना गर्दै त्यो भाइको पछी लागें । हामी भद्रकाली सम्मको बसमा चड्यौं । भद्रकाली उत्रेर हामी आर्मी हेडक्वाटरको रेडियो शाखा भित्र छिर्‍यौं । हामी भित्र पस्दा पस्दै केही सिपाहीहरुले हामीलाई प्रश्न गरे कस्लाई भेट्न आउनु भएको भनेर? हामीले जवाफमा भन्यौ । ''हामी मेजर (त्यो समयमा आनन्द मेजर हुनुहुन्थ्यो )आनन्द अधिकारीलाई भेट्न आएका हौ भनेर । ''तर त्यो समयमा आनन्द त्यहा हुनुहुन्थेन । त्यो सिपाहीले भने ''मेजर साब रेडियो नेपाल सवारि हुनु भएको छ एकै छिनपछी आउनु हुन्छ त्यहा बस्दै गर्नु होस्'' भनेर आनन्दको अफिस कोठातिर इङित गरे । हामी त्यो कोठाभित्र पस्यौ । मलाई एउटा कुर्शिमा बस्ने आग्रह गर्दै त्यो भाइले भन्यो कि ''दिदी आनन्द सर अहिले हुनुहुन्न रहेछ एकैछिन म बाहिर गएर आउछु हजुर बस्दैगर्नु होला'' भनेर निस्क्यो। मैले पनि एकछिन छिन् त होला भनेर '' हुन्छ'' भनें । त्यो भाइ पनि निस्कियो । म एक्लै त्यो कोठामा बस्न वाध्य हुनु पर्‍यो ।
मैले त्यो कोठाको चारैतिर आँखा दौडाएं, चारैतिर किताब र कपीहरु छरिएका थिए मानौ त्यो कोठा कुनै आर्मी अफिसरको नभएर कुनै एउटा कबी लेखको झै लाग्दथ्यो । म मन मनै सोचिरहेकी थिए । आनन्द सर कस्तो हुनु हुन्छ होला ?, की बोल्न नै गाह्रो पो मान्ने किसिमको पो हुनु हुन्छ कि ? म कसरी वहाँको सामु बोल्ने होला? यसरी म आफ्नै मन सँग कुरा गरिरहेकी थिए । अनायस मेरो दृष्‍टि भित्तामा झुन्ड्याएको आर्मिको सर्टमा पर्‍यो । त्यस्मा आनन्दको आइ डि कार्ड टासिएको थियो । आनन्दको आइ डि को फोटो देखेर म अचम्भित भएँ । मैले सोचेको र कल्पना गरेको आनन्द भन्दा त्यो फोटोको आनन्दमा धेरै फरक थियो । म त एक्छिन त किङ्कर्तब्यबिमूढ भएँ किन कि मेरो अड्कल र कल्पनामा आनन्द अलिक पाको हुनुहुन्थ्यो भने त्यो तस्बिरको आनन्द त सोचेभन्दा जवान लाग्यो । बल्ल मलाई अलिक राहत मिल्यो कि अब भने आनन्दसँग म सजिलै कुरा गर्न सक्छु भनेर । किन कि म जहिल्यै पनि जुनसुकै क्षेत्रको होस् आफ्नो समकालिन र आफुभन्दा सानो उमेरका हरुसँग नै सङत गर्दै आइरहेको बानिले गर्दा होला अलिक आफुभन्दा सिनियर सँग मलाई कुरा गर्न धक नै लाग्दथ्यो । तर आनन्दको फोटो हेरे पश्चात भने मेरो त्यो अप्ठ्यारोपन र धक भागी सकेको थ्यो । म आनन्दको प्रतिक्षा गरिरहेकि थिए । त्यो भाइ पनि कता हरायो । म केही लेखी पनि रहेकी थिए । त्यहा केही सिपाहीहरु आएर मलाई आश्वासन पनि दिरहेका थिए कि “आनन्द सर आइहाल्नु हुन्छ” भनेर । म केहीलेख्दै समय कटाइरहेकी थिएं। आनन्दको अफिस कोठामा मलाई पट्यार पनि लागिरहेको थियो तापनि गीतका केही हरफहरु कोर्दै समयलाई बुढो बनाइ रहेकी थिए यत्तिकैमा बाहिर जुत्ताको टक् टक् आवाज आयो, मैले अड्कल काटे पक्कै यो चाँही आनन्द नै हुनु पर्छ । म संयमित भएर बसे । त्यो आवाज म भएतिर नै पस्यो । मैले आनन्दको प्रवेशलाई मन भित्रबाट नै स्विकार गरिसकेकी थिए ।
क्रमश:


राज्यको पुनस्रंरचनामा राज्यको दायित्व

विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
माघ ३ गते २०६५

संघीयताको आवश्यकता किन ?

नेपाल बहुजातिय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । तथापि यो देशमा १४० बर्षसम्म एकजाति एक धर्म एकभाषा एक संस्कृतिको शासन रह्यो । पौराणिक कालमा यो देशमा जनकपुर कपिलबस्तु जस्ता गणराज्य थियो जहाँका राजाहरुलाई जनताद्वारा चुनिन्थ्यो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । त्यसपछि किराँत लिच्छवि मल्ल हुँदै शाहकालसम्मको इतिहास करिब करिब सबैले जानेबुझेकै कुरा हो । नेपाल एकीकरण हुनु भनेको नेपालीको लागि गौरबको बिषय हो । तर पृथ्वी नारायण शाह जसरी देशलाई एकीकरण गर्न सफल रहे त्यसरी नै देशमा रहेका बिभिन्न जातजातिहरुलाई भावनात्मक रुपमा एक सूत्रमा बाँध्न असफल रहे । उनकै पालादेखि नेपालको शासन संयन्त्रमा आदिवासी जनजाति तराईबासीहरु बहिष्कृत हुँदै गए । राजा पृथ्वी नारायण शाह लिम्बुहरुसँग सुलह गरी स्वायत्त शासन र किपट हकभोग गर्न दिएका थिए भने पंचायती शासकहरुले उक्त अधिकार खोसेका थिए । शाहकाल, राणाकाल, पंचायतकालसम्म आदिवासी जनजातिहरु दलितहरु तराईबासीहरु अधिकारको लागि खुलेआम कुरा गर्न नसकेपनि भित्रभित्रै संगठित हुँदै गए । देशमा अन्याय अत्याचार र दमनले सीमा नाघेपछि दमनबाट बच्न बि.सं. १९८३ मा नेवारहरुले च्वासापासा खोलेर भाषिक आन्दोलनको सूत्रपात गरे भने थारुहरु बि.स. २००५ मा थारु कल्याणकारिणी सभा खोलेर सचेतना अभियान शुरु गरे । अन्याय र अत्याचारबाट त्राण पाउन एकपछि अर्को जातिय संगठनहरु खुल्दै गए । तर यी जातिय संगठनहरु खुलेआम अधिकारको वकालत गर्न सक्तैनथे । यिनीहरु समाजसुधारको नाउँमा भित्रभित्रै हक अधिकारको कुरा सिकाउँथे । तर पनि शासक जातिबाट आदिवासी जनजातिहरुको जल जमिन र जंगल खोसिंदै गयो । यही क्रममै बि.स. २०४६ पछि जब राजासहितको बहुदलिय प्रजातन्त्रको स्थापना भयो तब जातिय संगठनहरुको संख्यामा पनि बृद्धि हुन गयो ।

अहिले आदिवासी जनजातिहरुको सूचीमा मात्रै ५९ जाति सूचीकृत छन् भने ५० वटा जातिय संगठनहरु आदिवासी जनजाति महासंघको छातामुनि गोलबन्द छन् । यसरी नेपालमा यो वा त्यो नाममा शासनप्रणाली फेरिएको हल्ला समय समयमा गरियो तर व्यवहारमा उही राणाकालीन एवं पंचायती भूत सवार भइरह्यो । दलित आदिवासी जनजाति मधेशीहरुमा तीब्र असन्तुष्टी फैलीदैं गयो । सो असन्तुष्टीका कारण राणाकालमा सिरीथेवे लिम्बुले लिम्बु भाषा र लिपीमा पढाउन खोज्दा उनीमाथि दमन भयो र उनी सिक्किम निर्वासित भए । बि.स. २०१७ सालमा बझाङ्गका युवराज ओम जंगबहादुर सिंहले स्वतन्त्र बझाङ्ग राज्यको कुरा उठाउँदा शाही सेनाबाट मारिनु पर् यो । मधेश मुक्ति मोर्चाले बि.स. २०२० सालमा तौलिहवामा सशस्त्र बिद्रोहको झण्डा उठाए तर सफल भएनन् । पंचायतकालमा सर्बप्रथम जातिय तथा क्षेत्रीय स्वशासनको कुरा उठाउने खगेन्द्रजंग गुरुङ्ग ७ बर्षको कठोर काराबास र त्यसपछि पनि दमन र निगरानी बेहोर्नु पर् यो । नेपालको जातिय तथा क्षेत्रीय बिभेद यस्तो हुँदाहुदै जान्दाजान्दै पनि दुःखको कुरा राजासहितको बहुदलिय प्रजातान्त्रिक कालमा शासन गर्ने हाम्रा नेताहरु यी कुरामा गम्भिर हुन सकेनन् । फलस्वरुप भित्रभित्रै आक्रोशको आगो दन्किरह्यो । २०४७ को परिबर्तनपछि काजीमान कन्दङवाले स्थापना गरेको जनजाति पार्टीले पहिलो पल्ट संघात्मक राज्य र समानुपातिक प्रतिनीधित्वको वकालत गर् यो । शेर बहादुर देउबाको प्रधानमन्त्रीत्वकालमा माओवादीहरुले जब ४० सूत्रीय माग पेश गरे, मुट्ठी भरका ब्यक्तिहरु के गर्छनू भन्ने देउबाको लडकपनले माओवादीहरु जंगल पसे अनि भयो जनयुद्धको रामकहानीको थालनी । उनीहरु यही जातिय र क्षेत्रीय बिभेदको तीतो सत्यको पाठ आदिवासी जनजाति मधेशी दलितहरुलाई पढाउन सफल भए उपयोग गर्न सफल भए र राजासहितको बहुदलिय प्रजातन्त्रलाई नाकाम सिद्ध गरिदिए । अन्ततोगत्वा तत्कालिन राजा ज्ञानेन्द्र र संसदवादी दलहरुबिचमा फाटो आयो । राजा ज्ञानेन्द्र सत्ता हत्याए र संकटकालको घोषणा गरे । संसदवादी दलहरु र माओवादीबिच १२ बुँदे सहमति भयो र जनआन्दोलन २०६२-०६३ सफल भयो ।

तर पनि दलहरु संघीयतामा जाने वा नजाने कुरामा दोमन थिए । त्यसपछि २०६३ को पहिलो हप्तामा तराई आन्दोलन यति उत्कर्षमा पुग्यो कि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल आत्तिएर हो वा सैनिक उन्मादले मात्तिएर हो माघ १३ गतेतिर अब तराई आन्दोलनलाई सरकारी सेना र माओवादी सेना लगाएर दबाउनुपर्छू भन्न समेत पछि परेनन् भने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाल सरकारले अब देश संघीयतामा जान्छू भनेर सम्बोधन गर्न करै लाग्यो । अनि देश संघीयतामा जाने पक्कापक्की नै भयो ।

जातिय आधारमा संघीयता दिन सरकार बाध्य छ

देशलाई संघीयता त्यसै आवश्यकता परेको होइन भन्ने कुरा स्पष्ट भैसक्दा पनि अहिले देशमा कतिपय व्यक्ति संघ र संगठनहरु बिना मौसमको बाजा बजाइरहेका छन् । कुरो यत्तिमै मात्रै सीमित छैन । सरकार तराईमा जातिय आधारमा संघीयता दिन पनि बिबश छ भन्ने कुरा हरेक नेपालीले बुझ्न आवश्यक भैसकेको छ । बिबश हुनुको प्रमुख दुइटा कारण छः- पहिलो हो सरकारको नैतिक दायित्य र दोश्रो हो कानुनी दायित्व ।

नैतिक दायित्वभित्र १) १२ बुँदे समझदारी २) २०६३ कार्तिक २२ मा सम्पन्न शिखर बैठकका निर्णय ३) २०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा माओवादीबिच भएको बिस्तृत शान्ति सम्झौता आदि पर्दछन् । ४) संसद घोषणा पत्र जसमा दलहरु सरकारहरुले राज्यको अग्रगामी पुनस्रंरचना सम्बन्धमा सहमति जनाइसकेका छन् । हस्ताक्षर गरिसकेका छन् । नैतिकवान सरकारको लागि यो नैतिक दायित्व हो ।

त्यसैगरी १) आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २०६३ २) नेपालको अन्तरिम संबिधान ३) संघीय गणतान्त्रिक मोर्चा र नेपाल सरकारबिचको सम्झौता ४) आदिवासी जनजाति महासंघसँग गरेको सम्झौता र ५) अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि न। १६९ सरकारको लागि कानुनी दायित्व हुन पुगेका छन् । सरकारले संघीय गणतान्त्रिक मोर्चासँग थरुहट स्वायत्त राज्य बनाउने कुरामा हस्ताक्षर गरेको छ भने आदिवासी जनजाति महासंघसँग जाति भाषा र क्षेत्रको आधारमा संघीयता दिने कुरामा सम्झौता गरिसकेको छ । आदिवासीहरुको अधकिकार सम्बन्धि घोषणा पत्र आई एल ओ महासन्धि न। १६९ ले आदिवासीहरुलाई आत्म निर्णयको अधिकार छ जल जमिन र जंगलमाथि अग्राधिकार छ भनिसकेको छ । सरकारलाई अन्तर्राष्ट्रिय यी संगठनहरु घाँटी अँठ्याउने बेला भैसकेको छ । यी भनेका कानुनी दायित्य हुन् । जसबाट उम्कन अब सरकारलाई निकै गाह्रा छ ।

निष्कर्ष

तसर्थ छोटकरीमा के भन्न सकिन्छ भने नेपालको लागि संघीयता आवश्यक भैसकेको छ । बिश्वमा भूगोल मात्रै संघीयताको आधार हुँदैन । संघीयताको जन्म बिबिधताबाट हुन्छ । जाति भाषा धर्म फरक पर् यो यसको आधारमा बिभेद भयो भने यसको आवश्यकता पर्दछ । आवश्यकता परिपूर्ति नभएसम्म कचिङ्गल जारी रहन्छ । फेरी नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकार सम्बन्धमा घोषणा पत्र जारी गरिसकेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि न। १६९ लाई अनुमोदन र पारित गरिसकेको छ । अनुमोदन गरेको १ बर्षमा यसले कानुनी मान्यता प्राप्त गर्दछ र यससँग बाझिने राष्ट्रका कानुनहरु निष्क्रिय हुन्छन् । त्यसकारण पनि जातिय आधारमा संघीयता दिन जरुरी छ । तसर्थ सरकार अहिले नैतिक र कानुनी दुबै तरीकाले बन्धनमा परेको छ । देशलाई निकास दिन अब राज्यसँग जातिय आधारमा संघ दिनुको अर्को बिकल्प छैन ।



February 1, 2009

माया त्यसै मर्दैन है

प्रबिण थापा
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ

मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ

साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ

पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ

हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ


January 30, 2009

नेता नभएको देश ।

शिर्षक देखेर तपाई यदि यो नेतानै नभएको देश संसारको कुन कुनामा रहेछ भनेर सोच्दै हुनुहुन्छ भने शुरुमै खुलस्त गरौं, त्यो हाम्रै मातृभूमी नेपाल हो ।

हैन, नेपालमा त चाहिने भन्दा बढी नेताहरु छन र यो कसरी नेता बिहिन देश हुन्छ भने सोच्नुहुन्छ भने त्यो हामी सबै नेपालीहरुको सामुहिक सोच हो र केहि समय पहिलासम्म म पनि त्यस्तै सोच्थेँ ।

देशलाई अग्रगमनतर्फ डोर्‍याउन तँछाड-मछाँड गरेर लाग्ने यत्रा बिध्न वुद्धिमान, राष्ट्रभक्त र दिग्गज नेताहरु अग्रसर भएको देश झन झन डावाडोल, अस्तव्यस्त र अक्रान्त हुँदै गएपछि त्यसले यहि कुरा प्रमाणित गर्छ। हाम्रो देश नेता नेताबिहिन छ।

कुरालाई अझ प्रष्ट पार्दा हामिकहा केवल ‘लाउके’ हरु मात्र छन, स्वघोषित, विद्वान, स्वसिद्द परिवर्तनकारी र स्वनिर्मित अग्रगामीहरु । अनी सबैजना आफुलाई यत्ती महान र दिग्गज सम्झन्छन कि आर्को कुनै व्यक्तिको कुरा मात्रै सु्न्दा पनि तिनको ईज्जत घट्छ । गिरिजा-देउवा कांग्रेसका नेता, झलनाथ-माकुने एमालेका पथ प्रदर्शक, बाबुराम-प्रचण्ड माओबादका (ओहो! आजकल अगाडी एकिकृत पनि राख्‍नु पर्छ क्यार!)अनुयायी अनी खै त, पुरै देश नेपालको नेता ?

राजतन्त्रको समाप्ती र देशमा जनताको राज बहाली भएको कथन पछि पनि देश झन् झन् जटिल भुमरिमा फस्नुले यहि कुरा टडकारो रुपमा प्रमाणित गरिरहेको छ, कि हाम्रो देशमा कुनै नेता छैनन् । देशकै सार्बभौमिकतामा समेत संकट छाउन लाग्दा समेत अझै तेरो- मेरोमा लड्नु र सत्ता संघर्षमा जुधनु र आरोप-प्रत्यारोपमा व्यस्तहुनुले यि लाउकेहरु देशका नेता हुँदै होईनन र यिनिहरुलाई देशको कुनै माया छैन भन्ने कुरा पटक पटक प्रमाणीत भैसकेको छ ।

यो कुनै दल विशेष वा व्यक्ति विशेषमाथिको मेरो आरोप होईन, समष्टिमा हामीकहाका कुनै पनि ‘लाउके’ (नेता शब्द यिनिहरुको नाम अगाडी पटक्कै सुहाउँदैन) लाई देशको चिन्ता छँदै छैन । गिरिजालाई जिवनको उत्तरार्धको पनि अन्तिम घडिमा पुग्दा पनि रा्ष्ट्रपति वा प्रधानमन्त्री बन्ने लहड छ, माकुने र उनका एमाले अहिलेसम्म यौटा स्पष्ट नीति लिएर बढन सक्दैनन् । मुतको न्यानोको रुपमा सत्ता पनि नछाडने र त्यहि सरकारमा रहेर त्यहि सरकारको बिरोध पनि गर्ने गरेर सधै चमेरो नीतिमा मस्त छन। माओबादिको त के कुरा गर्ने ?, न त हत्या-हिंसा छाडेकाछन, न सरकारनै, अझ आफ्नै सरकार भएको देशमा बुझीनसक्नुको ‘सत्ता कब्जा’ गर्ने समेत उदघोष गरेर गजबको जनबादी डोरको व्याख्या गर्दैछन ।

समष्टिमा हामीकहाँ देश भन्दा माथि दल र दल भन्दा माथि त्यो दलका नेता रहेका छन । अनी देशको समस्या भन्दा यहा सधैं दलको प्रभूत्व महत्वपूर्ण हुन्छ र दलको नीतिमा सधैं त्यसका नेताको हुकुम बढि हावी हुन्छन् । आखीर कहिले सम्म चल्ने यस्तो लोकतन्त्र ? कहिलेसम्म नसुध्रने यी राष्ट्रघाती नेता? कहिले सम्म मान्ने हामीले यी लाउकेहरुलाई नेता?।

देश समस्याग्रस्त हुँदा समेत पद लोलुपताले नछाड्ने नेताबाट के आश गर्ने?, सार्बभौमतामा संकट मडारिँदा समेत मिल्न नसक्नेलाई कसरी मार्ग दर्शक ठान्ने?, देशको लागी दलीय स्वार्थ र व्यक्तिगत अंहकार समेत छाड्न नसक्नेलाई कसरी महान मान्ने?।

कसैलाई सहि लागे लागोस नलागे नलागोस, मेरो व्यक्तिगत विचारमा व्यक्ति भन्दा माथी दल र दलभन्दा माथी देश नराख्‍ने कुनै पनि लाउके देशका नेता हुनै सक्दैनन्। अहिलेकै स्थितिमा देशमाथी दृष्टि गोचर गर्ने हो भने “देशभन्दा ठुलो दल र दलभन्दा माथी ‘म’” भन्ने बाहेकका कोहि व्यक्ति नेपालको राजनीतिमा छँदा पनि छैनन् । त्यसैले मलाई यो भन्दा चित्त दुख्‍छ र ग्लानी पनि हुन्छ तर यथार्थ यहि हो, हाम्रो देश नेता विहिन छ (कुनै दल वा गुटका प्रमुख जो आफुलाई सो दल र देश भन्दै पनि महत्वपुर्ण र महान ठान्छन त्यसलाई नेता मान्न मेरो नैतिकताले दिदैँन ) ।



January 29, 2009

मैनबत्ती, शहिद र गोहिको आशु

शहिद गेटमा भगेराहरु दिशा गरिरहँदा हाम्रा नेताहरु ओइलाएको फूलको माला लिएर दशरथहरुका गला सुमुसुमाउन पुगे, हिजो । आजकाल शाहीद गेट कुर्ने कोही जवान हरु छैनन रे । तर शहिदको नाममा बनेको ढुकुटी कुर्न भुस तिघ्रेहरु तम्तयार भएर बसेका छन । सबै चिजहरु जले नेपालमा । जनताका मन जले, भएभरका बिकासका खम्बाहरु ढले । बिजुलिका खम्बाहरु ढले त्यसैले आज मेरो गाउ टुकिमा मस्त छ, मैनबत्ती बालेर दङ्ग छ । छङ् छङ् घर अगाडि खोला बग्छ । पारी पट्टी सेतो हिमाल आँफै हासेको छ । तल्लो गरामा बिजुलिका पोलहरु गर्लम्म ढलेर धमिराले चपाइरहेका छन । टेलीकमले जोडेका हाम्रा बाबाका मोबाईलहरु मट्टितेलको जर्किन सँगै खोपामा थन्किएका छन । घर अगाडि बगेको त्यो खोलाले न कसैको खेत सिन्चेको छ, न बलेका मैनबत्तिको ज्योति भन्दा बेसीको बिजुली दिएको छ । त्यो त भारत छुन पो बगेको छ । अनी भारतका दलालहरुले हामीलाई बेच्ने मट्टितेलमा मिसिने पवित्र मिसावट हुन पुगेको छ । हामीलाई तर्साउन महाकाली खायो त्यो भारतले, सुपथ मूल्यमा बेचे हाम्रा ठेकेदारहरुले । हामीलाई दबाउन त्यसले कोशी दबायो, बदलामा हामीले हाम्रा हरिया फाटहरु बगायो । हाम्रा झुप्राहरु चुर्लुम्म डुबायो । हामीलाई पाठ सिकाउन मोरियार्टिले हतियारहरु दबाउन लगाए, बदलामा हामीले कलमको सट्टा बन्दुकको शासन पायौ । सगरमाथामा फुलेका लाली गुरासका थुङाहरु टिपेर वान कि मुनलाई उपहार दिए, बदलामा उनले बाराक्क हुसैन ओबामाको नयाँ ठेकेदार हुन अमेरिका उडे । हाम्रा चाहनाहरु नेताहरुले सदैब दबाए अनी दबाइरहे, बदलामा हामीले छोरीहरु मुम्बईको कोठारिमा बेच्न वाध्य भयौ । भाईहरुलाई अरबको खाडीमा उट चराउने अनी फर्किदा तलबको सट्टा हुसैनहरुका लाठीका बर्बरता पाउने जागिर दिलाउन सफल भयौ । आखिर जसरी पनि यो रिती आफ्नै पाराले चल्दोरहेछ भने दुखिको मनमा मैनबत्ती पग्ले सरि सपनाहरु जल्दो रहेछ ।

जुन देशमा स्वार्थको लागि भाउजु नन्द उमाको घाटी रेट्न पछी पर्दैनन, त्यहा कसले पाउने स्वतन्त्रता ? जहाँ स्वधिनताको लागि कलमहरु अगाडि सर्छन त्यहा बन्दुकहरु प्रधान हुन्छन, त्यहा कसरी खोज्नु प्रजातन्त्र ?, जहाँ रुखमा सिसिटिभी जडान गरेको बहानामा जनताका अभिमतहरु लुट्टिन्छन, त्यहा कसले गर्नु बिधिको शासनको कुरा ?, दशरथ मरेर गए, तिनका सन्तति पक्कै पनि नेताले चढाएका फुलका गुछाहरु देखी पक्कै खुशी होइनन । समानता र प्रजातन्त्रको लागि तिनले त्यसै ज्यानको आहुती दिएका होइनन । बलभद्रले खुकुरिको भरमा लडाईंहरु, अमरसिहले ढुङ्गाको भरमा अग्रेजहरु भारत खेदेका घटनाहरु अब केबल कथा भए, हाम्रा लागि । २५ हजार नागरिक शहिद हुँदा पनि यो देशले कहिल्यै सन्तोषको सास फेर्न सकेन । के भनिरहेका होलान माथिबाट धर्मभक्तहरु ? हाम्रा बेइमानिका चर्तिकला देखेर गंगालाल गमक्क पर्दा हुन अनी भन्दा हुन, हामीले राणाको अगाडि गोलि थाप्न अगाडि बढाएका छात्तिहरुले बल्ल धैर्यताको आभास पाएछन । हामीले ठीक गरेछौ । न्यायको साटो देश कब्जा गर्ने धम्की, कलमको साटो बन्दुक त बिचारको साटो वाइ सि एल र युथ फोर्स ।

देश यसरी रुदै गर्दा प्रधानमन्त्री टि भि को अगाडि गलामा टाइ कसेर धार्ने हात फर्काउदै नमस्कार गर्न तम्तयार हुन्छन । उनी बोल्दै गर्दा मधेसमा भाउजुहरु नन्द काट्न ब्यस्त हुन्छन । खोजिनितिको लागि आयोग बन्छ । प्रधानमन्त्रीको सम्बोधन जारी रहन्छ, उता मोरियार्टी अमेरिका फर्कने बहनामा बादलहरुसँग आकाश गर्जाउने उपदेश दिदै हुन्छन । राकेश सुदहरु उपेन्द्रलाई मधेश टुक्राउन निम्तो दिदै हुन्छन । चाहे कसैलाई पचोस् या नपचोस् । गतिला हातहरु स्वाधिनताको पक्षमा कलम अगाडि सार्न खोज्छन । लेख्ने कापिको बन्दोबस्त गर्दा नगर्दै सुदहरुको निर्देशनमा उनका हात दुबइ गिडिन पुग्छन । नन्द मारिएको घटनाको आयोगले माओवादीको संलग्नताको पुस्टि गराउछ । सम्मानानीय माफि माग्न थाल्छन । झ्याप्प बत्ती जान्छ । बिकासका खातिर उनले गरेका कसमहरु सबै भन्न नभ्याउदै जनताका घरहरुमा टुकी निभ्न थाल्छन, मैनबत्ती पग्लिन छाड्छन् अनी त्यसै दिउसै मस्त निन्द्रामा झुल्छ । प्रधानमत्री गोहिको आशु बगाउदै केही गर्न नसकेको भन्दै टाइ समाएको समाइ हुन्छन । यसरी हुँदैछ नयाँ नेपाल भनेर भोली भाईहरुले पढ्न पाउलान या नपाउलान भनेर हामीहरु एकोहोरिरहेको हुन्छौ ।

तातो न भुत्लोको रितिकको नाममा बर्षा बहिनी मरेको याद दिलाएसरि बुद्दत्वको नाममा भारतीयहरु जहिले पनि निहु खोज्न उद्दत हुन्छन । तर तिनका नुन खाए सरि गर्छन्, हाम्रा नेताहरु । गर्बका साथ भारत बुद्द उतै जन्मेको भन्छ । चाइना सगरमाथा मेरो भन्छ भने तिनिहरुको देशबाट भागेका शरणार्थी तिमीहरुको भन्न सक्दैनन हाम्रा भिजिलान्तेहरु । अनी आमाको लाम्टो तिनिहरुले चुसेको के सार ? बाबुको कसम खाएको के भाउ ? न निती, न बिधी न त सुशासन । कट्टले कराएसरी जती कराए पनि, गोली थाप्न छात्ती अगाडि बढे पनि भएन केही । मिलेन केही । अब हामी सबै बहुलाएर हिंड्नु भन्दा कुनै अर्को उपाय फेरी यहाँ होला जस्तो लागेन । अस्तु ।



चउर र खरबारीका सम्झनाहरु


आज अचानक साउनको बिहानपख बर्खे झरी बस्ने बितिक्कै आंसी र नाम्लो लिएर निस्केको याद आयो। म झल्यास्स भए यता उता त्यस्तो न कुनै खरबारी थियो न कपर्दी खेल्न चउर नै थियो। नत रुखको स्पर्श बोकेको चिसो बतासले नै चुमेको थियो मलाइ। पोहोर साल ब्लगीगंको दुनियामा हाम फालेको www.dautari.org को बकास गर्ने क्रममा म अन्य बेव साइट बिचरण गर्दै जांदा www.pokharacity.com पुगे। त्यसैले नै आज अमेरीकाको ब्यस्त जिबनबाट मेरो गाउं आर्वा पुर्‍यायो ।

त्यो वेब साइटमा देखीने हिमाल र अजिब तरिकाले छरिएको पोखरा सहर गाइपानीमा घांस काट्दा हजारौं पटक देखें होला तर आज जस्तो ति हिमालले किहिल्यै मोहित तुल्याएनन। कौशौं टाढा भएर हो या अब त छुटियो भनेर हो माछापुछ्रेकको माया झन लागेर आयो। गाउंमा झ्याम्मीएका अरू ठाउंको सम्झना गर्न खोजें; चिते पानी पधेरो,कुकुर लोटे भिर, खै के चउर, केटाकेटीमा आफै लडिबुडी खेलेको चउरको नामै भुलेछु। साच्चै रहरै रहरमा बिदेशीएको म,परदेशी नै भइसकेको छु। पोखरा सिटीमा मैले यात्रा गरेक तागंतिगको फोटो थियो, तागतिंग पारीको सिक्लेसको याद आयो। अहा कती मिठा स्याउ पाइन्छ त्याहां। रुपिया गोटा स्याउ वासिंगटन एप्पल भन्दा पनि स्वादीला थिए। आइडाहो पोटेटो तांगतिंगे आलु जस्तो कांहा पो हुनू? अहिले त गाउंमा कुफुरजोते आलुले तांगतिंगे आलुको बिउ पनि मास्यो होला। मादीको त्यो चिसो पानी,एक पटक अन्नपूर्ण कै फेदीको हुंदा गोठमा पौडिन पुगेको थिए। सारै चिसो थियो त्यो पानि तर मिसीसिपी नदीको जस्तो चिसो र रुखो थिएन।

अहा कस्तो राम्रो गुरासको फूल, बेवसाइटमा राम नाम गरेका लेखकले आफ्नो भाचोक यात्राको बर्णनमा गुरासको फुल राखेका रहेछन । लेख पढेर आफुलाइ भावनैमा भाचोक लानो खोजे। मादी तरेर राम भाचोक उकालो लागेछन। मैले भुलें कि उनले गलत भने? भाचोक त लाचोक पारी हो, लाचोक र भाचोको बिचमा त सेती नदी पर्छ। उनी त थुम्सीकोट सम्म बस चढी भाचोक हानिएछन। अर्को भाचोक परेछ क्यार,यांग्जाकोट तिर पनि भाचोक छ भन्ने सुनेको थिइन।

तर मादीको अशला त मैले पनि चाखेको छु, अमेरिकाको वालाइले के भेट्टाउनु!। कांहा मादीको चिसो भेलले खारिएका असला, काहां जमेको तालका वालाइ?। सम्झना त अशलाकको मात्र के हुनु, फेवाताल त कसरी भुल्न सकिन्छ? छन त घान्द्रुक, धम्पुस, काहुं, सरागंकोटको पनि सम्झना छ। सम्झना त ठुलाकोट, नयां गाउं, बर थुम, क्रिस्तीको पनि छ। मनमा के के छन अक्षरले लेखेर के भ्याउनु?

वेबसाइटमा नेपालकै पहिलो जहाज डाफे आफ्नै गाउ अगाडी उडेको फोटो रहेछ। म पनि त्यहां भएकै भए आंडीको डिलबाट डाफे उडेको हेरी रहेको हुन्थे होला। पुल्चोक पढ्दा बिकास भाइसंग भेट भएको थियो। दाइ म पनि मेकालनिल इन्जियरिगं पढ्छू भन्दा आफुले गतिलै बिषय पढियो जस्तो लाग्थ्यो। अहिले त कपाल लामै पालेछन बिकासले। डाफेको फोटो हेरें, ३ पंखे प्रोपेलर, सानो इन्जिन र साइलेन्सर, ट्रसले बनाइएको बनोट, त्यसमा पाइलट बस्ने सिट। साधारण डिजाइन तर सारै उच्च सफलता थियो त्यो। साच्चै उदेश्य त चन्द्रमा छुने नै लिनुपर्ने रहेछ, देबकोटाले ठिकै भनेका रहेछन।

अहिले ७ औं आहा कप फुटबल भइरहेको रहेछ। पोखरा रंगशालाको फोटो थियो त्याहां। त्यही रंगशाला, त्यही चौर, त्यही प्याराफिट। रंग पनी त्यही सेतै रहेछ। त्यही चौरमा एक पटक आंफूले गोल गर्ने खोजेको असफल प्रयासको याद आयो।

यादै त हो, पोखराको धुलोसंग आफु हुर्केको याद आयो। आफु पढेको गण्डकी र बेथानी स्कुलको याद आयो। कति सफल कती असफल चाहना अंगालेको पनि याद आयो अनि प्यारो गाउं आर्वाको चउर र खर्बारीकीको याद आयो।

(कास्कीबाट बिदेशमा रहेनहरु प्रती समर्पीत)



January 28, 2009

शहिदलाइ आग्रह

देश सिंगै जलिराख्दा
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।

तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।

तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।

काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।

तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।


गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु

आचार्य प्रभा
सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने जस्ता हुन्छन। यस्तै संस्मरण मध्य म यहाँ एकजना ब्यक्तित्वसँगको मेरो भेट, वहाँसँग मैले बिताएका दिनचर्याहरु र वहाँसँग अनायस बिछोडिनु परेको पलका तीता भोगाइहरु बाँड्न चाहन्छु।
 
हुन त मलाई राम्रोसँग मिती र दिन त थाहा छैन, तापनि मलाई लाग्छ यस्तै ५६/५७ सालतिरको कुरो हो। म काठमाणडौ गीत रेकोर्डिङको सिलसिलामा आएकी थिएँ। त्यस समय म मेरी दिदिको घर लगनखेलमा बसेकी थिए। एक दिन एकजना गायक भाइ (भिम राइ) मलाई भेट्न भनी आए। आफ्नो क्षेत्र पनि गीत-सङीत भएकोले त्यही बिषयमा हाम्रो कुराकानी भयो। अन्त्यमा उस्ले मलाई आर्मी हेड क्वाटर जाउँ भनेर जिद्दी गर्न थाल्यो। मैले '”किन जानु म आर्मी हेड क्वाटर? म जान्न” भन्दा उस्ले मलाई भन्यो “दिदी तपाईं पनि गीतकार भएकोले म तपाईंलाई गीतकार आनन्द अधिकारिसँग भेट गराइदिन्छु। तपाईंहरु उस्तै उस्तै भावना पनि मिल्ने, कुरा पनि मिल्ने” भन्न थाल्यो। त्यो समयमा गीतकार आनन्दका गीतहरु “हीरा काट्ने हिरैमा राखेर”, “ओराली लागेको हरिणको चाल भो”  जस्ता हिट थिए। मलाई अप्ठ्यारो महसुश भयो। त्यस्तो हिट गीत लेख्ने त्यही पनि आर्मीको मेजर जस्ता सँग मैले कसरी भेट गर्ने!, मलाई धेरै अप्ठ्यारो महसुश भैरहेको थियो ता पनि मैले भेट्न जाने सोंच बनाए।
क्रमश:


ब्लग भित्र ब्लगमा राम प्रसाद खनाल

ब्लग भित्र ब्लगमा दौंतरीले बिभिन्न ब्लगरहरुसंगको कुराकानी प्रस्तुत गर्ने गरेको सबैलाइ थाहै छ। पहिलाका ब्लगरको भलाकुसारी हेर्न ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला। यस पटक nepalmother.com का ब्लगर राम प्रसाद खनाललाइ प्रस्तुत गरिएको छ। तर संबाद प्रस्तुत गर्न पहिले नै पेचिला कमेन्टहरु आइसकेका छन। सके सम्म यस्ता अप्रिय कमेन्ट नआउन भनेर सबैखाले प्रश्न राखिएको थियो। हुन त सबै प्रश्नको उत्तर प्राप्त भएन तर पनि यो संबादलाइ एक ब्लगरको संबाद ठानेर त्यसै अनुरुप कमेन्ट गरिदिनुहोला। समग्रमा यि ब्लगरलाइ कुनामा पेल्ने वा पाठकलाइ पनि मनका कुरा भन्न नदिने यो संबादकर्ताको आशय होइन।

राम प्रसाद जी हिजो आज के गर्दै हुनुहुन्छ?
- नेपाल मदर डट कम को सम्पादन, गीत लेखन, हात मुख जोर्न काम गर्नै पर्छ अमेरिकामा, त्यसैले वाल मार्टमा काम पनि गर्छु हप्ताको 40 घण्टा, कस्टमर् सर्भिस म्यानेजरको रुपमा ।

ब्लग तिर कसरी आइपुग्नुभयो? मदरनेपाल कस्तो साइट हो?
-बिगतमा २० बर्ष पत्रकारिता गर्दा को नसा ले अमेरिकामा पनि छाडेन, केही लेख्न, बोल्न मन लग्ने के गर्नु अनी शुरु भयो http://www.nepalmother.com/ . यो मेरो मनको तर राष्ट्रप्रतीको बह पोख्ने थलो हो भन्दा हुन्छ । नेपालमा बस्ने हुन वा बाहिर, सबैको साईट..."नेपाल आमा डट कम" का रुपमा बिकास गर्दैछु ।

तपाइको साईट त्यती ब्यबस्थीत रैनछ भन्दा चित्त दुख्ला?
-किन दुख्नु ? स्वाभाबिक हो । म कम्प्युटरको, नेटको नयाँ विद्यार्थी, अमेरिकामै आएर सिकेको, सबै आँफै गर्छु त्यसकारण सुरु सुरुको मेरो यो प्रयास तपाईंले भने जस्तै हुनसक्छ ।

ब्लगमा नित्तान्तक ब्यक्तीतक देखी नित्तान्तक राजनैतीक सामाग्री राख्नुभएको रहेछ यस्लाइ कसरी परिभाषित गर्नुहुन्छ?
- http://www.nepalmother.com/ यो मेरो न्युज साइट हो , यसमा तपाईं सबै चिज देख्न सक्नुहुन्छ तर http://www.ramprasadkhanal.blogspot.com/ भने मेरो नितान्त ब्यक्तिगत ब्लग हो, त्यसमा तपाईं मेरो बारेमा, मेरा गीत, सबै हेर्न सक्नुहुन्छ ।

तपाइको पुस्तक गुल्मी देखी अमेरीकासम्मको गुदी कुरो बताइदिनुहोस न?
- रामप्रसाद खनाल को हो ? कसरी रामप्रसाद खनाल भयो ? जान्ने एउटा सजिलो माध्यम हो "गुल्मी देखी अमेरीकासम्म" ।

नेपालमा गायक, पत्रकार, राष्ट्रिय मिडियामा काम गर्ने मान्छे कताबाट अमेरीका आइपुग्नुभयो?
- देशको हालत, शान्ति सुरक्षाको बिग्रदो अवस्था, अपराधीहरुको राज र धाकधम्की, काम गरेर खान पनि नपाईने अवस्था,सबैलाई थाहा भएकै कुरा होनी। त्यसैले अमेरिकामा बसेर नेपाल सम्झिरहनु पर्छ, मैले मात्रा होइन धेरै नेपालीले ।

नेपालका पदक र प्रमाण पत्रको महत्व अमेरिकामा होला र ?
- जान्ने लाई श्रीखन्ड नजान्ने लाई खुर्पाको बिड भनेझै हो अनुभब, प्रमाणपत्र, खुबी । नेपालको खुबी अमेरिकामा पनि काम लाग्छ अन्यत्र पनि काम लाग्छ, महत्व छ ।

कस्तो लाग्यो सुनिने र देखिने नेपाली अमेरीकिको जिबन?
- म पहिला पनि १२, १३ पटक अमेरिका आउनेजाने गरेको हो, अमेरिका सहित् २६ देश को भ्रमण्मा धेरै तिता मिठा अनुभब पनि छन । नेपाली आमिरीकन जिबन सुख दु:ख दुबइ मिस्रित छ । मेरो गीत "अमेरिका ग्रीन कार्डको खेल" सुन्नुस उत्तर त्यहा छ ।

नेपाली ब्लग जगत कस्तो लाग्यो बताइदिनुहोस न? के कस्ता छन नेपाली ब्लग र ब्लगरका राम्रा नराम्रा पक्ष?
- नेपाली माझ ब्लग, यो नौलो प्रयोग हो । तर एकाध बर्षमा यस्को लोकप्रियता बढ्दो छ । तर स्तरियतामा कमि छ । ब्लग को दुरुपयोग् पनि बढ्दो छ, समय ले आँफै फिल्टर गर्दै जान्छ जस्तो लाग्छ ।

तपाइलाइ संसारलाइ एउटा कुरा भन्न मन लागे के भन्नुहुन्छ?
- बाँच, बाँच्न देउ, काम गर, काम गरेर खान देउ ।

दौंतरी हेर्नेगर्नु भएको छ? दौंतरीलाइ सल्लाह सुझाब के दिनुहुन्छ?
- यस्को स्तरियता को म प्रसंसक हुँ । मलाई मात्र होइन सबैलाई यो साइट मन पर्नु पर्छ जस्तो लाग्छ । keep it up.

केही मैले भन्न छुटाएका तर तपाइला भन्न मन लागेका कुरा केही छन कि?
- म एउटा कलाकार हुँ, पत्रकार हुँ, मलाई कृपया स्वतन्त्र रुपमा कलाकारिता, पत्रकारिता, गीत संगीत को काम गर्न देउ, कुनै बाद् सँग नजोडीदेउ, काम गरेर खान देउ बश । यही हो सबैसंग भन्न मन लागेको कुरा।



January 27, 2009

आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !

आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।

सराप्न मिल्ने संस्था पनि
छैन अब कसो गरुँ?,
हात जोड्छु सबै संग
आफन्त र पराईहरु ।

निल्नु न ओकल्नु भो
यो सत्ता पनि अब,
मिलाउन त गाह्रो रै’छ
हिमाल, पहाड तराईहरु ।

जादू गरि हाल्छु भन्ने
सोचेँथे पहिला त मैले,
झनै सबै चिढिंसके
हिन्दू, मुश्‍लीम ईसाईहरु ।

नया नेपाल बनाउन
परिवर्तन धेरै गरें,
सवालाखको विछ्‍यौना र
टोपी-टाई को लवाईहरु ।

भो बाबा! गाह्रो रै’छ,
देश चलाउने काम त,
बरु सत्ता कब्जा गर्छु
बन्द गरी सवाईहरु ।

*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।



January 26, 2009

सपथग्रहण: परमानन्द झा देखी ओबामा सम्म

हिन्दीमा सपथग्रहण गर्‍यो भनेर नेपालको सर्वच्व अदालतले जुलाई २८, २००८ का दिन उप-राष्ट्रपति झा र सरकारको नाममा लिखित स्पष्टिकरण को माग गरेको थियो । मच्चिने-मच्चिने थच्चिने (म जस्ता) नेपालीको बानी थाहा पाएर नै होला दौंतरीले एउटा काउन्टडाउन हुने (जवाफ फर्काउने समयको) घडी नै राखेको थियो साइटमा । मेरो पर्सनल कामको चपेटले गर्द बिचमा त्यो काण्डको कुरा के - कहां पुग्यो मलाई केही हेक्का नै भएन, लेख्ने त परै जावोस पढ्ने पनि सार मिलेन । आहिले ओबामा को सपथ ग्रहण हेरेपछी फेरी तेही पुरानो कुरा को झल्झली याद आयो ।

अमेरिकाको संविधान अनुसार हरेक ४ (वा ८) बर्षमा जनवरी २० का दिन दिउसो १२ बजे पछी नयाँ राष्ट्रपती को कार्यकाल सुरु हुन्छ । तेही समयमा नयाँ राष्ट्रपतीले आफ्नो कार्यलयको सपथ खान्छन । सपथ यस ब्यहोराको हुन्छ: I do solemnly swear (or affirm) that I will faithfully execute the office of President of the United States, and will to the best of my ability, preserve, protect and defend the Constitution of the United States.

यसपाली सपथग्रहणको बेला सपथ खुवाउने (सर्वच्व अदालतका मुख्य न्यायधिस) नर्वस भएर हो कि सपथका शब्दहरु अगाडि पछाडि पढे, ओबामा पनि झुक्किएर झन्डै - झन्डै त्यसै गरी नै पढे । पछी ओबामा फेरी सपथ लिएछन (सर्वच्व अदालतका मुख्य न्यायधिस बाटै), तर ५-१० ब्यक्ती का सामु । कमनसेन्स लगाउने भए फेरी किन लि राख्नु परेको होला जस्तो लाग्छ, तर संविधान र नियम कानुन भनेको कमनसेन्स भन्दा माथिका कुरा हुन । सबैले आ-आफ्नो सजिलो का लागि आफ्नै तरिकाले कमनसेन्स लागाउन र संविधानको व्याख्या गर्न थाले नियम कानुन भन्ने नै हुंदैन होला ।

मेरो यो पोस्ट को सार के हो भने: यदी चित्त बुझ्दो र समय सापेक्ष छैन भने कि त संविधाननै परिवर्तन गर्न सक्नु पर्‍यो, हैन भने जे लेखेको छ तेसको पालना गर्नु पर्‍यो ।



January 25, 2009

नेपाली ब्लगको इतिहास

नेपाली ब्लग अहिले कती छन? भनिन्छ अहिले नेपाली ब्लगको संख्या ९-१०हजार छन् तर यसको आधिकारीक तथ्यांक कतै छैन। ब्लग खोल्न कतै दर्ता गरिरहनु नपर्ने र संसारको जुन कुनाबाट पनि खोल्न सकिने हुनाले यस्को आधिकारीक तथ्यांक पत्ता लगाउन गार्हो छ। कती ब्लग त एक दुइ पोष्टमै बिश्राम लिन पुगेहोलान कती भने रफ्तारमै चल्दैहोलान। नेपाली ब्लग संख्याको समग्र तथ्यांक bloggers.com.np ले गर्ने प्रयास गरेकको छ। अहिले भन्नु पर्दा यो नै नेपाली ब्लगको परिधी बताउने स्थान हो।

मैले यो ब्लगमा भन्न जान्न खोजेको कुरा के हो भने नेपाली ब्लग कसरी शुरू भए, कस्ले शुरू गरे या कहिलेबाट सुरु भए। नेपाली भन्नाले भाषालाइ मात्र ब्याख्या गरेको होइन है, नेपाल, नेपालीको बारेमा नेपालीले लेख्ने ब्लगलाइ भन्न खोजिएको हो। यो ब्लग पोष्टको उदेश्‍य नेपाली ब्लगको इतिहास खोतल्नु हो। कि त अब नेपाली ब्लगमै शोध पत्र तयार गर्नु पर्‍यो नत्र भने सबैको मुखबाट आएका ब्लगको इतिहासलाइ कुनै ठाउमा डकुमेन्ट गर्नुपर्‍यो । ब्लगहरु आधिकारीक दर्ता भएका नहुंदा तथा म सक्रिय बिद्यार्थी नभएको ले शोध पत्रको रोजाइ त्याग्न पुगें। अब अर्को तथा अन्तीम रोजाइ हो सबैको मुखबाट आएको ब्लगको इतिहासलाइ डकुमेन्ट गर्नु। सबैको भनाइलाइ कमेन्ट बक्समा जम्मा पारेर अन्त्यमा त्यसलाइ डकुमेन्ट गर्ने सोच छ। यसको लागी चारै तिर सम्पर्क त गर्नु पर्छ नै। यस्को लागी सबै मित्र,ब्लगरहरुसंग सम्पर्क सहयोग माग्नेछु तथा तपाइ पाठकहरुले पनि यसमा सहयोग गरिदिएर नेपाली ब्लगको इतिहासलाइ डकुमेन्ट गर्न मद्दत पुग्नेछ।

तपाइ पनि आफुले पढेको या लेखेको पहिलो ब्लग कुन, कहिले या कस्को थियो,त्यसका बारेमा कमेन्ट बक्समा जानेको सुनेको कुरा लेख्नुहोला। त्यसलाइ पछि डकुमेन्ट गरेर नेपाली ब्लगको समग्र इतिहास तयार पार्ने बिचार छ। नेपाली ब्लगको इतिहासं संकलन गर्न सहयोग गर्नेहुने संपूर्ण मित्रहरुलाइ हार्दिक धन्यबाद् ।

नेपालियन



पत्रकार उमा सिहंलाइ श्रद्धान्जली

-हस्त गौतम मृदूल

हे उमा सिंह अचानक गयौ छोडेर हामीलाइ
कसरी सहौं निर्दोष शरीर चित्तामा जलाइ।

महिलाको एउटा प्रेरणा बनी भर्खरै बढदैथ्यौ
चेतनाको दियो राष्ट्रमा बाल्दै शिखर चढदैथ्यौ।

पत्रकार थियौ साक्षतकार सृजनशिल ब्याक्तित्व
दानवीय दूष्टले निसाना बनाइ मेटाए अस्तित्व।

भरोसा थियो साहास माथी नेपाली जनको
यथार्थ कूरा एफएमद्धारा बोल्दथ्यौ मनको।

आफनो पाप लूकाउन खोजी बिभत्स मार्दिए
जल्दो बल्दो जिवन तिम्रो ओझेलमा पार्दिए।

कानूनी शासन मानव अधिकार देशमा खाली भो
जनताले राहात पाएनन कैलै शासक जाली भो।

निर्धालाइ मारी शक्तीशाली भै अझैनी मार्दैछन
देशको अस्मिता सूख र सान्ती संकटमा पार्दैछन।

हे उमा तिम्रो महान त्याग कहिलै मेटिन्न
शरिर जस्तै कहिलै पनी बिचार रेटिन्न।

सत्यको आवाज दबाउन खोजे मृत्यूको छायामा
कहिल्यै उमा मर्दिनौ तिमी नेपाली मायामा।

बिस्रने छैन राष्टले तिम्रो अमूल्य बलिदान
प्रेरणा ठानी गाउने छौ संधै कृतिको जयगान।

शहीद उमा वीरगंना नारी श्र्रद्धान्जली गर स्वीकार
चीर शान्ती मिलोस आत्मालाइ यही छ पूकार ।



यात्रा स्मरण - कहाँ छ देश ?

शेखर ढुङेल - ०१-२०-२००९

गत साल (२००८ ) को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैष्णो देबी ,हरिद्वार ,बनारस ) र कास्मिर एबं सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण, सुखद याद भन्दा दु:खको गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो । अनी घर मा पिडांलु बन मा पिडांलु ससुराली जाँदा पनि तीन हात को पिडांलु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाँड्न रहर लागेर प्रस्तुत गर्दै छु ।

म र यात्रा कै क्रममा कास्मिर मा भेटिएका अनी यात्रामा साथी बनेका भारतीय प्राध्यापक जीवन देशाइ अलग अलग घोडामा थियौं । गन्तब्य को पूर्व जानकार उनी कहिले आफ्नै बिगत त कहिले हाम्रो गन्तब्य बिन्दु को बारेमा आफ्ना सस्मरण लाई सबिस्तार प्रष्ट्याउँदै अगाडि बढिराखेका थियौ । लामो बिदेश बसाइपछी आफ्नै प्रकारको हिमालि सस्कृती अनि फिल्म ,उपन्यास , र यात्रा स्मरण का लेख मा प्रस्तुत बयानले एक पटक त्यो जमिन छुने रहरले नेपालमै हुँदादेखी मन खिचेको ठाउमा पुग्ने अठोट मुताबिक भारत हिमान्चल प्रदेश को सिमलामा पर्ने कुफरीमा थिए म ।

घोडामा सवार यात्रा अगाडि बड्दै थियो । ओरालो लाग्ने र उकालो लाग्ने को बाक्लै ओहर दोहर थियो, अनुहार मा नयाँ अनुभब अनि प्रसन्नता थिय। देशाइ सितको कुराको सिलसिला एकातिर थियो भने मेरो आँखा लगातार केही समय अगाडि देखी आफु अगाडिको लडखडाउँदो बुढो घोडामा थीयो, उस्को अबिश्‍वसनिय लाग्ने गती, त्यो घोडा लाई घिच्याइ राखेको एउटा बालक र उस्को कलेटि परेको ओठ, अनिन्द्रालु लाग्ने आँखा, मलिन अनुहार, थकित शरीर माथि सोच्दै पनि थिए म । सोच्दछु यो ब्रमाण्ड सृस्‍टि कर्ता लाई पनि कसैले गलत सल्लाह दिएछन कि वा जानीजानी तमासा हेर्न गरीब र धनीको बन्ने भाग्य बनाइ पठाएका हुन कि । मानिस लाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने, बाँच्न नै गाह्रो सकस पनि दिने ? त्यतिकैमा मेरो सामु आर्को दृश्य आइपुग्यो; १३, १४ बर्ष को जस्तो देखिने , मैलो लुगा, घुँडा सम्म आइपुग्ने प्लास्टिकको घोरलाङ घोरलाङ गर्ने बुट लगाएको टाँक बिहिन कमिजको बाग्ला, कतै हुरी ले हुत्याएको फूल जस्तो, असिना ले क्षत बीक्षत बनाएको फल को कलिलो बृक्षजस्तो त्यो मानीसप्रती किन हो मेरो मन खिचीदै गयो । हाम्रो साथ साथमा उ र उस्ले डोर्‍याएको घोडा ईशारा मा अगाडि लम्की राखेको थियो ।

म सँगै भएको साथी पेशाले प्राध्यापक भएपनि पत्रकारिता दोस्रो रुची रहेको उ आँफैले भनेको थियो । त्यसैले गफ मा समाझदारि र तालमेल पनि खाइराखेको थियो । अगाडि बड्दै गर्दा कुरै कुरामा नेपाल को राजनैतीक स्थिती र जनता का समस्या, भारत र चिन को नयाँ सशक्तीकरणको बारेमा गफ गर्दा गर्दै देशाइ ले एउटा प्रश्न तेर्स्यायो ‘तिम्रो देश को मिडिया कत्तीको बलियो र स्वतन्त्र छ ?’ मेरो जवाफ थियो नेपाल को मिडिया निरिह र राज्य पक्षबाट हमेसा आक्रान्त छ । प्राध्यापक देशाइले थपे मिडिया कमजोर र बिकाउ भयो भने भ्रष्टाचार नियन्त्रण, राजनैतिक स्थिरता, र राष्ट्रियताको पक्ष कमजोर बन्न जान्छ । राजनैतीक स्थायित्व भैसकेका देशहरुको उदाहरण दिदै मिडियाको दायित्व र भूमिकाका बारेमा निक्कै लामो व्याख्या गर्दै उन्ले यो पनि थपे कि ब्युरोक्र्याटमा राजनीति हाबी भयो भने ब्युरोक्र्याट अपाङ्ग जस्तै कमजोर बन्न जान्छ ।

गफ अगाडि बढ्दै गर्दा पनि मेरो मन भने ति घोडा घिच्याउने नव जवानहरुबाट हटेको थिएन । तिनमध्य एक जना त आशु समेत झार्दै थिए । प्राध्यापक देशाइले म लगायत आजसम्म भेटेका नेपालीहरुको बारेमा भन्दै जाँदा कास्मिर देखी मुम्बई सम्मका कैयौ नाम समेत बताउन चुकेनन । भान्से, दर्वान, बगैचे, रिक्सावाल, कोठी आदी आदी । मलाई भने अब पट्यार लागि सकेको थियो, नेपाली को मुग्लाने कथा सुन्दा । मैले ध्यान नदिएको जस्तो बुझेर होला प्राध्यापक देशाइले पनि बिषय बदले ।

“आप कहाँसे आया साप ?” घोडा घिच्याइ रहेको केटा ले अचानक सोध्यो । मैले ‘अमेरिकाबाट’ भनें, उस्ले बीश्वास नगरेझै वा त्यो देशको नामनै नसुनेझै भान हुने मुद्रामा निधार खुम्चायो । कुर्था सुरुवालको पहिरन घामले डडेको अनुहार र प्राध्यापक देशाइ सित हिन्दीमा गरेको सम्बादले शायद उस्लाई मैले गफ दिएको जस्तो लाग्यो कि कुन्नी । गन्तब्यमा पुगे पछी ओर्लने ईशारा गर्दै त्यो केटा ले भन्यो “साप आप लोगौ को एक घण्टा मे वापस आना होगा” । “घोडा वहाँ पर रहेगा” रुख को छहारि तर्फ ईशारा गर्दै भन्यो । देशाइले केही खाने कि भनी प्रस्ताब राखे । मेरो आँखा भने मसँगै आएको आर्को केटाको खोजी गर्दै थियो । अलिपर को छहारिमा पुगी उ त पल्टि सकेछ । म उस्को नगिज पुगें र नाम ठेगाना, सोधें, तिमी किन रोएको भनी जिज्ञासा राखें । भर्खर जुंगा को रेखी देखिएको दिपक ले असजिलो मान्दै ठिट लाग्दो अनुहार दुई घुँडाको बिच मा राख्यो, आकाश तर्फ हेर्‍यो अनि फेरी चिउँडो दुई घुडा बिच मा टेकाउँदै अस्पष्ट आवाजमा बोल्दै बिच बिच मा दोहर्‍याई दोहर्‍याई सोधे नबुझेको कुरा । छुट्टीने बेलामा दिपक ले मलाई बिक्षीप्त बनाए । बार बार उन्को अबोध प्रश्न ले मलाई अक्कन बक्क बनायो । कलिलै उमेरमा उन्को संघर्ष, अनी अन्तिम मा कहाँ छ देश हजुर भने पछी त म आँफैनै मरेतुल्य बने एक छिन त । मेरो गलानै अबरुद्ध भयो मेरो मस्तिस्क स्तम्भीत भयो । आज सम्म पनि मेरो मन बेचैन भएको छ त्यो प्रश्नले आज सम्म अन्नुतरित नै छ उस्को प्रश्न मैले भन्न सकेको छैन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश ।


हिंशा र आतंक ले आक्रान्तित उस्ले थाहा नपाएको र मैले देखेको हाम्रो सरकार कर्तब्य च्युत छ । नेपालको प्रशासन, प्रहरी निरिह छ र निमुखा को लागि छैन । जहाँ आफ्नै जमिन मा बस्ने अधिकार खोसिएको छ , स्वतन्त्रभै बाच्ने आधार छैन, स्वतन्त्रता को आबाज उठाउनेको गला रेटिएको छ, जहा निर्दोष फस्छ, अपराधी उम्कन्छ, आतंकको साथ नदिंदा उस्को बाबु मारिए आमा डरले बेपत्ता भएकी छिन, एउटा दाजु पनि कतै मुग्लान पसेको छ, घरमा अन्न छैन, भएको खेती पाती अरुको कब्जामा छ, गुनासो गरे मार्ने धम्की आउँदछ, स्कुल जाने उमेर मा बन्दुक हात मा आउँदछ । दिपक लाई मासिक ५ सय कमाएर जोगाएर आमा, दाजु खोज्नु छ। किताब च्यापेर स्कुल जान चाहन्छ आफ्नै गाउका साथी भाई सित देउशी भैलो र हाट बजार मा रमाउन चाहन्छ , कलकल बग्ने झरना को बिसुद्द पानी पिउने र नुहाउने रहर छ । उस्लाई न आएको बाटो थाहाछ न फर्कने बाटो, न घरको ठेगाना न बाबु न आमा आफ्नै देशमा नागरिक बन्ने अधिकार बाट बन्चित उस्कोलागी कहाँ छ देश माथिकाका तमाम प्रश्नबाट अन्नुतरित मैले भन्न सकिन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश यहाँ छ तिम्रो देश ।

नास्ता खाइ सकेर देशाइ आए मैले उन्लाई चिनाए यो ठिटो पनि मेरै देशको हो । दिपकको जस्तो कथा बोकेका त्यहा मात्र नभै भारत को हरेक कुनामा आफ्ना देश खोजी राखीराखेका युबा भेटेको कुरा देशाइले समेत बताउँदा म नतमस्तक भएर सुनिराखेको थिए । मेरो उ कोहि पर्दैन थियो, तर उ नेपाली थियो। म अमेरिका बाट आएको सानले जुन कुरा गर्दै थिए त्यो भाईको अवस्था ले मलाई उ सँगै डोर्‍याउँदै थियो । म जस्ता सम्पन्न देश मा भास्सिएका एकाध कथित अहंता पाल्ने हरुलाई दिपकहरुले गिज्याइ रहेको थियो । मैले ‘टिप्स’ को नाममा केही धेरै लाग्ने रकम दिएर एकछिन सान्त्वना दिने प्रयास गरे । एक दिन पक्कै सब ठीक हुने बताएर म त्यहाबाट उम्किए। तर “कहाँ छ देश ? हजुर” भन्ने प्रश्न को जवाफ भने आज सम्म दिन सकेको छैन, कस्तो हुन्छ देश कहाँ छ देश ? अमेरिकामा छु तर सिमला को कुफरी मा अडकिएको छ यो मेरो मन कोइ जवाफ देउ दिपक लाई कहाँ छ उस्को देश ?





सधैं सँगै हिंड्नेहरु

प्रबिण थापा

सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै, जाती हुन्नन साथी

बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी

जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी

चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी

आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी


January 24, 2009

केही यता, केही उताका कुराहरु

परदेशमा बसिएको भए पनि नेपालका समाचारहरु बिचरण नगरेसम्म चित्तै बुझ्दैन। अनलाईनमा उपलब्ध प्रायजस्तो सबै समाचार साईट देखी ब्लगहरु सम्म खोतलिन्छ। धेरै जस्तो समाचारअहरु प्रम, उपप्रम र मन्त्रीहरुका भाषणहरुले भरिएका हुन्छन भने बांकी समाचारहरुमा वाईसीएल र यूथ् फोर्सको भिडन्त र सवारी साधनहरुको दूर्घटनाजस्ता समाचारहरु हुन्छन । म यहाँ सवारी साधनको दूर्घटनाको चर्चा गर्न खोज्दैछु। सवारी साधानहरुको दूर्घटना मै कुरो सकिदैन। त्यसपछि शुरु हुन्छ, पिडीत पक्षको तर्फबाट क्षतिपुर्ति र दोषी पक्षलाई कार्बाहीको माग राखेर चक्काजाम, जुन घण्टा देखि केही दिनसम्म लम्बिन्छ। अनाहकमा मर्कामा पर्नेहरु हुन्छन सर्बसाधारण यात्रीहरु। पिडीत पक्षले दूर्घटनामा ब्यहोर्नु परेको क्षति निश्चितरुपमा अपुरणीय हुन्छ, तर सयौं-हजारौं यात्रीहरुलाई अलपत्र पार्नेगरी गरिएको चक्काजाम र बन्ध अवश्य पनि राम्रो कुरो होइन।

सुनिन्छ, सवारी साधनले कुनै पैदलयात्रीलाई ठक्कर दिन्छ। पैदलयात्री घाईते वा अधकल्चो मात्र भएको हुन्छ, तर चालकले फेरी गाडी ब्याक गरेर ल्याएर उसको इहलीला समाप्त गरिदिन्छ। मान्छे मरेको अवस्थामा थोरै खर्च वा संजायमा चालक उम्किने ब्यबस्था छ भने घाईते मात्र भएको अवस्थामा भने उसको सबै उपचार खर्च ब्यहोर्नु पर्ने हुन्छ। मानिसको जीवनको मुल्य भन्दा केही हजार रुपैयाँको महत्व बढी देख्ने ती नीर्दयी चालकहरू र कसैको जीवन समाप्त गरिदिन कुनै किन्चित मान्दैनन् । अक्सर सवारी साधनले कसैलाई ठक्कर दिएपछी चालक फरार हुन्छन। नहोस पनि किन, त्यंही बसिरहने हो भने उसको रामधूलाइ भैहाल्छ। पिडीत पक्षका आफन्तहरु जाईलाग्नु बुझिने कुरो हो तर त्यहा हुने जो कोहीले लात घुंसा बर्षाईहाल्छन। अनि सवारी साधन तोडफोड, आगजनी हुन पनि बेर लाग्दैन। सवारी साधनमा कसैको मिहेनतको कमाई लगानी भएको हुन्छ। सबै सवारीसाधनका मालिकहरु करोडपति हुंदैनन। त्यसो त करोडपतिको गाडीमा चांही आगो लगाउन हुन्छ भन्ने चांहि होइन।

केही लापरवाहीका घटनाहरु बाहेक सवारी दूर्घटना जानाजान कसैले गर्दैनन्। तर चालकले ब्याक गरेर ल्याएर घाईतेलाई फेरी कुल्चिएर मारिदिने, वा चालक फरार हुने, वा चालकको धूलाई हुने वा सवारी साधन तोडफोड वा आगजनी गरिने कुरो बिकसित पश्चिमा मूलुकमा बिरलै सुनिन्छ। पहिलो कुरो त मानिसहरु शभ्य छन। दूर्घटना हुँदा हात हालाहाल गर्दैनन्। दोस्रो कुरो अधिकांस वाहनहरुको बीमा गरिएको हुन्छ र कुनै दूर्घटना हुंदा हुने क्षति बीमा कम्पनीले ब्यहोर्छ। क्षतिपूर्ती बीमा कम्पनीले ब्यहोर्ने भएपछी चालकलाई धूलाई, गाडीमा आगजनी किन गर्न पर्थ्यो र? न त चालकले केही हजार रुपैयाँ बचाउन गाडी ब्याक गरेर ल्याएर घाईतेलाई मार्नुपर्छ। तर हाम्रो देशमा सवारी साधनहरु अनिवार्य बीमा गर्नु पर्ने ब्यबस्था अहिले सम्म गरिएको छैन। भाषण गर्दा आकाश पात्तालको गफ हांक्न सक्ने हाम्रा नेताहरु, नीति निर्माताहरुको दिमागमा यो कुरा अहिलेसम्म घुस्न सकेको छैन। देश बिदेशको शयर यिनीहरुले नगरेका होइनन्। त्यँहा के कस्तो ब्यबस्था रहेछ भन्ने कुरो सिक्न, जान्न अनि आफ्नो देशमा लागु गर्न यिनीहरुलाई कहिले चासो भएन।

म नेपालमा नै हुंदाको कुरो हो। मँ सँलग्न ट्रावल एजेन्सीको प्रयोगको लागि एउटा पुरानो भ्यान (सेकेन्ड ह्यान्ड) किनेका थियौं। बीमा गराउन भनेर एभरेस्ट इन्सुरेन्समा फोन गरें। त्यंहाको कर्मचारीले रुखो स्वरमा जवाफ दियो, " हामी पुरानो गाडीको बीमा गर्दैनौं"।शायद पुरानो गाडीको बीमा गर्नु उनीहरुको लागि शर्मको कुरो हो वा पुरानो गाडीले बढी दूर्घटना गराउंछन भन्ने उनीहरुको बुझाइ हो। अमेरीकाको कुरा गर्ने हो भने पुरानो गाडीको बीमा गर्दा प्रिमिएम पनि थोरै हुन्छ, नयाँ गाडीको तुलनामा।

नेपालमा यति धेरै सवारी साधन भित्रिएका छन। ती सबै सवारी साधनहरुको अनिवार्य बीमा गर्नु पर्ने ब्यबस्था गर्ने हो भने बीमा कम्पनीहरुको पनि ब्यवसाय फस्टाउंछ। बढी मानिसहरुले रोजगार पाउंछन र राज्यको लागि राजश्व पनि उठ्छ। दूर्घटना भएको अवस्थामा क्षतिपूर्तीको माग राखेर चक्काजाम, बन्ध पनि गर्न पर्दैन।

नेपालमा सवारी साधनहरुको दर्ता पनि दुरुस्त हुंदैन। कुनै सवारी साधनहरु बर्षौं दर्ता नविकरण भएका हुन्नन्। प्रहरीको फेला परिहाले पनि लाइसेन्स, ब्लू-बूकको सट्टा ५०-१०० रुपिया प्रहरीको हातमा थमाईदियो, अनि फुत्कियो। नविकरण गर्न जांदा पनि यो कागज भएन, त्यो भएन भनेर दिक्क पार्छन। दर्ता रेकर्ड किताब नपाएर वा रेकर्ड मेल नखाएर हैरान भइन्छ। मैले पहिलो पटक मोटरसाइकल दर्ता गर्न जाँदा मेरै आँखा अगाडी मेरो नाम तीन ठाँउमा तीन थरिको लखिदियो।पोस्तक राम श्रेष्ठ, पोस्तक बहादुर श्रेष्ठ र पोस्तक राज श्रेष्ठ। यो भुलवश भएको मात्र मान्न सकिन्न। दराजभित्र, बाहिर, भूँईमा जताततै पोको पारेर राखिएका ती दर्ता किताबका तथ्यांकहरु कहिले कम्प्यूटरमा सारिन्छ होला, सोच्दा पनि अत्यास लाग्छ। अमेरीकामा कुनै सवारीसाधनको दर्ता नविकरणको सुचना-बीजक सवारीधनीलाई म्याद नाघ्नु करीब एक महिना अघि नै पठाइन्छ। नविकरण शुल्क क्रेडिट कार्डद्वारा फोनबाट वा अनलाइन तिर्न सकिन्छ वा चेक पठाए पनि हुन्छ। त्यसपछि काउन्टी कार्यालयले नविकरण भएको प्रमाण स्टीकर पठाउँछ जुन देखिने गरी लाइसेन्स प्लेटमा टाँस्नु पर्छ। जस्ले नविकरण म्याद गुजार्छ, ऊ थप जरिवानाको भागिदार हुन्छ। प्रहरीहरु पनि गल्ली गल्लीमा हुन्छन्। सवारी नियम मिचेर चलाउनेहरु फुत्किन पाउने संभावना कम हुन्छ। कुनै राज्यहरुमा त सडकहरुमा क्यामरा जडान गरिएका हुन्छन्। मेरा एक मित्र शिकागो घुम्न जानु भएको थियो। वँहालाई याद छैन बाटोमा कतै सडक कर तिर्न भुल्नु भएछ। तीन-चार महिना पछि बिल घरमा आइपुगेको थियो। अमेरीका र नेपालको तुलना गर्न त के मिल्छ र तै पनि नेपालका सरकारी कार्यालयका ती थोत्रा पुराना रेकर्डहरुलाई कम्प्यूटरमा उतार्न शुरु गर्न सकिन्छ वा अब हुने नयाँ कारोबारहरु कम्प्यूटरमा राख्न शुरु गर्न सकिन्छ। कुनै एउटा बिन्दु बाट शुरु त गर्न त पर्यो नि। कम्प्यूटर शिक्षित जनशक्तिको पक्कै अभाव छैन। यँहा अमेरीकामा नेपाली कम्प्यूटर बैज्ञानिक, ईन्जिनीयरहरू छपक्कै छन्। आफ्नो ज्ञान, शीपको सदुपयोग आफ्नै देशमा गर्न पाउने अवस्था भएमा धेरै जसो फर्किनेछन्।



January 23, 2009

भ्रम

शेखर ढुंगेल
अमेरीका

नमस्कार !

कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”

"मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर् यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो “होइन म खाते हुँ । दीपक !”

"'के भन्नु हुन्छ किन मजाक गर्नु भो डाक्टर साहेब?” किरणले फेरि दोहोर्‍यायो “होइन म खाते नै हुँ ।” दीपकले भन्यो- “यो सेतो कोट…।” किरणले हल्का हाँस्दै भन्यो “विश्वास गर्नुहोस् म खाते नै हुँ ।”

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो “सेतो कोट यो महँगो घडी यो व्यक्तित्व तपाई डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ?” दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो “यो कस्तो मुर्ख मनिस होला एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उल्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।”

घरमा बच्चाले म:म, तन्दुरी चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए हो म फलानो अस्पताल क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए फोन ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म “पक्का काम हुन्छ चिन्ता नगर्नुहोस्” भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गर्थ्यो होला । मेरो म:म र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गर्थ्यो होला । त्यो प्याकेट गाडीसम्म पुर् याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित जेहोस् जोसुकै होस् दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- “म व्यापारी । घर जग्गा गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।”

किरणले १० बर्षअघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन .

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी ब्यापारी प्रहरी सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।
आज किरण डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । “हजुरको म:म तयार भयो” दीपक पनि सामानको पर्खाइमा थियो दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले “मलाई किन ढाँटेको?” भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । “यो सेतो कोट महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?“ दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- “दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो पाजेरो चढेको देख्या छैन खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन महँगो अत्तर छर्केर टाई ढल्काएको देख्या छैन लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब चुसुवा महान समाजसेवी बन्या सुन्या छैन हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं यो कोट मेरो मालिकले जापानबाट यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी म यो गाडीको ड्राइभर ! किरणको छर्राझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । “अब त उसको भ्रम पक्कै टुट्यो होला ” किरण हाँस्दै अगाडि बढ्यो ।




गजल- अझै पलाएन

दीपक जडित
अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।

रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।

न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।