May 20, 2012

फेसबुकबाट सापटी

 Baru sambidhan nabane nabanos...Tara yo pyaro desh jaati jaatiko tukra nabanos....mero haardik anurodh......maobaadile salkayeko aago le aaja desh jaliraheko chha..haami aba pani nabole kahi le Bolne ho...lau an aawaz bulanda paarnu paryo..
धेरै समय भयो फेसबुक र दौंतरीबाट टाढारहेको। आज समय निकालेर फुसबुक नियांले। लाइक, डिसलाइक,ट्यागका जालले भरिएको पेजमा एक जना डाक्टर साथीले प्रोफाइल स्टाटसमा माथि लेखिएको कुरा राखेका थिए।
जेठ १४ नजिकंदै जांदा नया नेपालको नयाँ संविधानको नाटकको क्लाइमेक्स तिर पुग्दै छ। एक हुलले जात जातिको भरमा राज्य राख्नु पर्ने भनेर नेपाल बन्द नसकाउँदै अर्को थरीले जात जातिको भरमा राज्य राख्न हुँदैन भनेर नेपाल बन्दको तालीका तयार पारिसकेका हुन्छन्। राई लिम्बुले पूर्वमा बन्द नसकाउंदै ब्रामण क्षेत्रीले पोखरामा बन्द सुरू गर्दछन। सुदूर पश्चिमका पनि के कम, अखण्ड सुदूर पश्चिम भनेर २ हप्ता जन जिबन ठप्प पारीदिन्छन।
बुढा पाका भन्थे मान्छे मरे भनेर हैन कि काल पल्क्यो भनेर चिन्ता गर्नु। त्यस्तै भएको छ नेपाल। २ - ४ जनाको ज्यान लिनु र देशको शासन ब्यबास्थाको खिली उडाउनु लाई आन्दोलन ठान्ने माओवादीको रोग अहिले देश भरी राम्रैसंग सल्किएको छ र माथि ती साथीले फेसबुकमा बाँडेको प्रसङ्ग प्रया नेपालीको चिन्ताको विषय भएको छ। आफ्नै कार्यकर्ताले वितण्डा मच्चाए आन्दोलन हुन्छ अर्को समूहले त्यही गरे अपराध। पार्टीहरूले आफ्नै पकेटका भोटरहरु उचालेर आफ्नो दुनो सोजाउने काम अब सबैले सिकेका छन। चाहेको कुरा नपुगे उपाय सरल छ - नेपाल बन्द। त्यसको विरोधमा को उत्रिने? पार्टीहरू उत्रिने कुरै भएन किनकी त्यो अस्त्र आफूहरूले प्रयोग गरिसकेका छन र भविष्यमा पनि प्रयोग हुन सक्छ। जनताले प्रतिकार गर्ने कुरै भएन, जो मर्यो मर्यो, अरू कठै भन्ने मात्र हुन। आखिर जुन पार्टी सरकारमा गए पनि सुरक्षा संयन्त्र त्यही हो। पटक पटक असफल त्यो संयन्त्रले जनताको सुरक्षाको चासो नामसँग मात्र सम्बन्ध छ।
जेठ १४ आउने पक्का छ। त्यसलाई कसैले रोक्न सक्दैनन्। अदालतको निर्यणले गर्दा संबिधान सभाको आयो पनि त्यसै दिन टुङ्गिन्छ। यसको अर्थ संविधान जारी हुन्छ हुन्छ। पार्टीहरूले आफूले काम गरेको देखाउनु छ। खोस्टो भए पनि संविधान जारी हुन्छ। राम्रै जारी भए पनि विरोध पक्कै हुनेछ तर झारपाट संबिधान आए त सरकारले ठुलै विरोधको सामना गर्नुपर्ला। कागजी ज्ञानका विज्ञ मानिने हाम्रा नेताहरूले अरूको देशमा देखेको जस्तै राज्य गणराज्य बनाएर विकासको छलांग मार्ने सपना भने सपनामै सीमित रहनेछ। सुर न सार भात खान तयार भने जस्तो आर्थिक,कानुनी हिसाबबाट स्पष्ट नपारी कागजमा देश बाँडेर संविधान बनाउँदा देश लँगडो त हुन्छ नै, अझ एउटा बर्गलाई पेलेर अर्को बर्गलाई काँधमा राखेर संविधान जारी गरे देश झन खिचातानीमा अल्झने छ। आशा छ जनताले फेरी अर्को आन्दोलनको सास्थी ब्योहर्न नपरोस्।



May 17, 2012

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान


 ‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ 
 धनकुटाबाट आफ्नो छोराको प्रस्तुती हेर्नै भनेर इटहरी आएका राईले स्कुल थिएटर २ मा बालबालिकाले मञ्चन गरेको नाटक हेरेपछि आफुले जीवनमा यस्तो कहिल्यै नदेखेको बताए । आफु धनकुटामा व्यपार गरेपनि छोरा कपिललाई पढाउन इटहरीमा राखेको बताउँदै राइले छोराले आफुहरुको नाटक मञ्चन हुने खबर गरेपछि धनकुटाबाट झरेको उनको भनाइ थियो ।  


April 28, 2012

गाउँखाने कथा ५१ (Nepali #Gaukhane #Katha)






सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


सुनको बटुकी चांदिको खिल, टपटप टिपी सुटुक्क निल् , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।






April 14, 2012

नयाँ बर्ष २०६९ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना

१२ महिनाको अन्तरालमा भित्ताको क्यालेन्डर फेर्न समय हुन्छ, नयाँ क्यालेन्डरले पुरानोको ठाउँ ओगट्छ, एक आपसमा शुभकामनाको आदान प्रदान हुन्छ र पुन नयाँ सालको यात्रामा दिन चर्या बित्न थाल्दछन। नयाँ सालमा नयाँ आयाम थप्ने प्रण प्राय सबैले गर्छन्। त्यो जिबनको एउटा महत्वपूर्ण औचित्य पनि हो।

तपाईँले जसरी जसरी नयाँ साल बिताउने प्रण गर्नुभएको छ, यो नयाँ साल सोचे भन्दा पनि अझ अब्बल भएर जाओस् भन्ने दौँतरीको तर्फबाट संपूर्ण मित्र बर्ग प्रति कामना गर्दछु।


March 17, 2012

तरकारीको महिमा ( तीतो पिरो )

- प्रेम ओली 

 कुभिन्डो

यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आसनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाँही छैन । यो मान्छेको लागि लोक प्रिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भगवतीको लागि बली चढाइँदै आएको पाइन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउँछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफू त गाउँमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ?कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिँदै भने । संविधान सभा । बोकाहरूलाई दुई वर्ष भित्र संविधान बनाउन दिएको आज ३ वर्ष नाघी सक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरू झन् ठुस ठ्स्ती गनाइ रखेकाछन । अब त यी बोकाहरू स्वदेशमा मात्र नभएर विदेशमा पनि उपद्रो गर्दै गनाउन


March 11, 2012

रुबाइ


टाढा सम्झिए टाढा हुन्छ मान्छे
ऋाफ्नै सम्झिए गाढा हुन्छ मान्छे
धेरै नजीक पनि बनाउन हुन्न रे
मनमै पसेपछि छाडा हुन्छ मान्छे ।


March 10, 2012

खै के भा के भा?

धेरै दिन पछि दौँतरीका ठरकी दादासंग जिमेलमा गफ गर्न मेसो मिल्यो। केही समय भयो दौँतरीको इमेल हेर्ने मेसो मिलेको थिएन। जिमेलले इमेल मात्र होइन, ब्लगर र पाठकसँग गफ गर्ने मेसो पनि जुराउँछ। आज त्यस्तै समय जुर्यो।

कुनै बेला हरेक दिन जसो ठरकी दादाका लेख दौँतरीमा हेर्न पाइन्थ्यो। हेरक दिन जसो सरदर ३ लेख प्रकाशित हुन्थे। ठरकी,एकलव्य,बिर्खे,मिसमी,दिप,कृष्णपक्ष,ह्याप्पी डेज,गोकुल,चना,राहुल,दिनेश,पिजी,पोष्टक,म्याभरीख,यात्री शेखर लिस्ट अझै लामो छ। अहिले लेखहरू निकै पातलो मात्र भएका होइनन्, नयाँ लेख पढ्न हम्मे हम्मे नै हुन्छ। केही छिनको सन्चो बिसन्चो पाछि ठरकी दादासंग पनि यही कुरो चल्यो। उहाँले झट्ट भन्नुभयो, खै के भा के भा। हुन पनि हो, दिनै दिनै नयाँ लेख नभइ पनि हप्तामा एउटा लेख त हुनु पर्ने हो। खै के भएर हो, महिनामा नै एउटा लेख पढ्न पाउन मुस्किल भएको छ।
समयसँगै हरेको कुरा परिवर्तन हुन्छ। ५ बर्ष पहिले फेसबुक बिरलै सुनिन्थ्यो।अहिले फसबुकमा गाउँका हजुरबुबा पनि लोडसेडिगंको बाबजुत स्टेटस अपटडेट गर्न भ्याउनुहुन्छ। फेसबुक तथा अन्य इन्टरनेट संजालले निकै ठाउं ओगटेको छ तर ब्लगको महत्व पक्कै पनि घटेको छैन।

समयले कोल्टो पक्कै फेर्ने छ तर समयसँगै दौँतरीलाई अनुकूल पक्कै बनाउने बाचा गर्दै केही समय पहिले सपना संसारमा प्रकाशित राजु लामिछानेको रमाइलो कार्टून प्रस्तुत गर्दै दौँतरीमा पुन झुल्किने बाचा गर्दछु।



February 13, 2012

बदला मायाको

यात्री शेखर 
‘अंकल तपाई मलाई किन यति धेरै माया गर्नुहुन्छ’, अचानक आज उस्ले गरेको प्रश्नले मलाई दिनभर असजिलो बनाइरह्यो । अघिल्ला भेटहरुमा कहिले पनि उसले यस्तो प्रश्न गरेको थिएन ।
उसंगको पहिलो भेट सम्झन्छु ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन,’ उस्ले भनि नसक्दै सोधेको थिए ‘किन कस्ले भन्यो, म त चिनेकै मान्छे हुँ नी नचिनेको भए तिम्रो नाम मलाई कसरी थाहा हुन्छ?’ अलि अलि डराए जस्तो अलि अलि हासे जस्तो गर्दै उस्ले भन्यो ‘मामुले भन्नुभा’को नचिनेका मान्छेहरुले हामी बच्चाहरुलाई फकाएर टाढा लग्छन रे, बेच्छन् रे जे पनि गर्न सक्छन् रे, हो अंकल ? अनि तपाइले मेरो नाम कसरी थाहा पाउनु भयो त? तपाइ को हो नी ?’
‘म रोशु अंकल हो नानी, ममिले भने जस्तो सबै मानिस खराब हुदैनन् त्यसरी लगेर बेचिहाल्ने मानिस हाम्रो वरपर त्यति सजिलै आउदैनन् । यता तिर त असल असल मानिसहरु हिड्छन्’, मैले उस्लाई सम्झाए । ‘संसारमा कसैले कसैलाई चिनेको हुदैन । नचिनाउने हो भने बाबु आमा पनि त चिनिदैन नी त्यसैले संसारमा कोही अपरिचित हुदैन सबैसंग परिचय बनाउने हो ।’
मेरा कुरा सकिन नपाउँदै उस्ले सोध्यो ‘कसरी बनाउने परिचय ?’ मैले उसलाई भने परिचय आफै बन्दै जान्छ । तिमी जति ठुलो हुदैजान्छौ त्यति परिचयहरु थपिदै जान्छन् । मेरा कुरा सुनेर उ बुझे जस्तै गरी चुप लाग्यो ।
म एयरपोर्ट जादाँ बाटामा पटक–पटक म उस्लाई देख्थे । उस्को नाम पनि फेसबुकमा आज भन्दा सात बर्ष अगाडी नै थाहा पाएको हुँ । तर उसंग बोल्ने र उस्लाई बोलाउने रहर कहिले आएन । त्यसदिन म एयरर्पोट जादै थिए उ स्कुल जादै रहेछ बाटामा अचानक भेट भयो । मैले नै उस्लाई बोलाएं । आफ्नै नाम लिएर बोलाएपछि उ आफ्नो गति रोक्न बाध्य भयो । मैले उस्लाइ ‘सन्चै छौ’ भनेको थिए । उस्ले जवाफमा त्यहि भनेको थियो, ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन ।’
यसरी उसंग भेटघाट हुन थालेको छ महिना बितिसकेछ । सात बर्षको अत्ति नै जिज्ञासु बच्चा पहिलो भेटमै उस्लाई प्रतिबद्धता जनाउन लगाए । मलाई भेटेको नभन्न भने उस्ले पनि मलाई विस्वास गर्यो र भन्यो, ‘ममीलाई हजुरसंग भेट भएको भन्दिन ल ?’ मैले पनि उस्लाई विश्वस्त पारे, म चिने कै मान्छे हुँ भन्नेमा । उस्को सहित उस्को ममी बाबुको नाम र अफिसको नाम समेत भने पछि उ ढुक्क भयो । मैले उस्लाई तिम्रो ममी बाबालाई आफै भेटेर भन्छु भनेको छु, उस्ले आजसम्म पनि उस्का ममी बुवालाई मसंगको सम्बन्धका बारेमा भनेको छैन् ।
उ मेरो असल मित्र भएको छ यतिवेला । यो छ महिनाको अवधिमा उ मसंग दुइपटक सिनेमा हेर्न गएको छ ।  हरेक भेटमा मैले उस्का साथै उस्का आमा बाबुको खबर सोध्ने गरेको छु । धेरै पटक बाटोबाट टिपेर उस्को स्कुल गेटमा छाडिदिएको छु । मैले स्कुलसम्म छाड्दा उस्ले मेरो कारको स्टेरिङ समाउँछ, कहिलेकाही त ‘रोशु अंकल मैले यो घुमाउँदा हुदैन’ भन्छ । म उस्लाई तिम्रो अहिले यो घुमाउँने बेला भएको छैन भन्छु । उ वेला वेला जिद्धी पनि गर्छ, तर उ एकदमै समझदार बच्चा छ । यस्ता बच्चा सायदै होलान् ।
उ मसंग निकै नजिक पनि भएको छु, उपनि मसंग उत्तिकै छ । मसंग चल्न घुक्र्याउन र चकलेट किन्न लगाउन सक्ने भएको छ । एक दिन उस्ले मलाई घुमाउन लैजानु भन्यो । मैले तिम्रा बाबा ममिले तिमीलाई घुम्न जान दिदैनन् भने तर उ मानेन् । जसरी भएपनि घुमाउन लैजानु भन्यो उस्को जिद्धिसामु मेरो केहि लागेन । मैले उस्का बाबुआमालाई भेटेर भन्न सक्ने अवस्था छैन अझै । त्यतिकै उस्लाई लिएर हिड्दा पनि देख्लान अरु कसैले । अहिले जताततै अपहरणका घटनाहरु भैरहेका छन् । उस्लाइ लादाँ यस्तै अपहरणकारी बनाए भने मैले भन्ने ठाउँ पनि कमै छ । उस्लाई साथीको घरमा बेलुकासम्म खेल्न जान्छु भन्न लगाँए । नजिकै रहेको साथी सदिक्षाको घर जान्छु भनेर आयो उ । त्यसदिन मैले उस्लाई भेडेटार लगे । चाल्स प्वाइन्टमा पु¥याए । उ एकदमै रमायो । खुसिले उर्फियो । उस्का आखाँमा यस्तो खुसी कहिले देखेको थिइन् मैले । उ चिच्यायो, मलाइ अंगालो हाल्यो र गालाको दुवै तिर म्वाइ खायो । म पनि उ भन्दा धेरै खुसि भएँ, उस्को खुसी देखेर । धेरै पटक चाल्र्स प्वाइन्ट पुगेको मलाई पहिलो पटक जादाँ पनि त्यति धेरै रमाइलो लागेको थिएन । म पनि साच्चै जीवनमा पहिलो पटक त्यति खुसी भएको थिएं, अरु कसैको खुसीमा पहिलो पटक त्यति धेरै रमाएको थिए । मलाई पनि नाच्न मन थियो मयुर जस्तै उसंग मिलेर विचमा मेरो नैतिकता अगाडी उभियो ।
उ बारम्बार मलाई सताउँछ । कहिले खुट्टा दुख्यो भन्छ, म उसका दुवै खुट्टा समाइदिन पर्छ मैले, कहिले औषधी दिनुपर्छ  त कहिले चकलेट । कहिले होमवर्क बाटैमा गरिदिन लगाउँछ । कार भित्र बसेर होमवर्क सकेर उ घर तिर लाग्छ मलाई हात हल्लाउँदै । म पनि उसलाई खुसी पार्न पाउँदा एकदमै खुसी हुन्छु । खै किन हो उ मेरो आफ्नै बच्चा जस्तो लागिरहेछ ।
दुइ तीन महिना यता त हाम्रो भेट बाक्लै हुन थालेको थियो । मलाई पनि उस्लाई भेटन पर्ने उ पनि म धेरै दिन पछि जादाँ रिसाए झै गथ्र्यो ‘किन यति धेरै दिन  वेपत्ता’ भन्न थालेको छ । आजकालका केटाकेटीसंग बोलेर कहाँ सकिन्छ र ?
आज उस्ले गरेको प्रश्नले मलाई दिनभर असजिलो मात्र बनाएन, विगतका धेरै तीता मीठा क्षणहरु सम्झन बाध्य पार्यो । आज भन्दा १० बर्ष अगाडी मंसिर २० गतेको त्यो दिनको याद आयो । जुन दिन मेरी उनिसंग अन्तिम भेट भएको थियो । ट्राफिक चौकको भेनिषा पिज्जा हाउसमा । त्यसदिन खाएको चाउमिन जीवनमै नमिठो चाउमिन थियो । त्यसको स्वाद पनि थाहा पाइन मैले । त्यसको तीनदिन पछि उनको विवाह भयो । उनले त्यहिवेला त्यस्तो निर्णय गरिन् । धन सम्पत्तिको स्वार्थमा मेरो चोखो मायालाई लत्याएर गइन । तर पनि अहिलेसम्म म उसैलाई माया गरिहेको छु । चाउमिन खाए ठाउमा उनले भुक्किएर छाडेको त्यो रातो गुलावको फर्कन नपाएको कोपिला अझैपनि मेरो डायरीमा सुरक्षीत छ । उनि नीलो स्कुटी चढेर गएदेखि फर्केर हेरिनन् । त्यसै दिन देखि हाम्रो सम्बन्ध सकियो । उनको कमजोरी या मेरो, मैले अहिलेसम्म बुझ्न सकेको छैन् । हामीले करिव दुइबर्ष संगसगै बितायौ, शरिर टाढा भएपनि मन संगसगै हुन्थ्यो । उनलाई दुख्दा मलाई दुख्थ्यो उन्लाई त्यस्तो हुन्थेन क्यारे सायद । सुन्दर सपना सजाएका थियौं । एउटा छुट्टै संसारको कल्पना थियो  हरेक प्रेम जोडीको जस्तै । पहिलो र अन्तिम प्रेम हो जीवनको । त्यसैले पनि त्यतिधेरै झुकाव र लगाव थियो । एकदिन मोवाइल बन्द हुदा पनि दुवैलाई छटपटि उत्तीकै हुन्थ्यो ।  तर उनी कठोर बनिन् । मन ढुगों बनाइन् । मानिसहरु स्वार्थका लगि यत्ति धेरै गिर्न सक्छन् जस्तो लागेको थिएन् । असल प्रेममा धन सम्पत्ति तगारो होला भन्ने कल्पना भन्दा टाढा थियो । रोमियो जुलियट मुनामदनको प्रेमलाई आर्दश मानेर लगाएको माया उनले लत्याएदेखि हरेक पल यादमा मुटु जलिरहेछ ।
थाहा छैन किन बच्चाले आज त्यो प्रश्न गर्यो । उस्को प्रश्नको मैले तत्काल जवाफ दिन सकिन । साच्चै मैले उस्लाई त्यति धेरै माया गर्न थाले त ? म सोच्छु, उस्लाई किन त्यस्तो लाग्यो ? उस्लाई माया किन गरेको म भन्न सक्दिन । मायाको बद्ला माया भन्दा अरु छैन रहेछ । त्यसैले मायाको बद्लामा धोका दिने पनि म माया नै गरिरहेछु, उस्लाई र उस्का सन्तती सम्मलाई ।
जिज्ञासु बच्चाले भोली त्यो प्रश्न अवश्य दोहोर्याउने छ । के भनौ उस्लाई ‘तिमी धोकेबाज जोडीको बच्चा हौ’, भन्न पनि सक्दिन ‘तिम्री आमाले मलाई र बाबाले रश्मिनालाई धोका दिए ।’ उ न उस्लाई थाहा छ न त समाजालाई मात्र थाहा छ जल्नेहरुलाई । चोखो माया गर्नेहरुले धोकेबाजसंग बदला लिन पनि सकिन्न रहेछ । फेरी भोली त भ्यालेन्टाइन डे खै भनौ या नभनौ त्यो प्रेम कहानी बच्चालाई दोधारमा छु ।
२०६८ माघ २८ 


February 2, 2012

खुसुर - फुसुर सम्बाद

लुना

' कस्तरी सुकुला हुन सक्या हजुर ! उठ्स्यो न भन्या ! ह्या आफूलाई कस्तो मज्जा आईरा' बेलाँ '
उसले लोग्नेलाई घच्घच्याई तारम्तार ।

' ओ !!!!! यस्तरी डिस्टर्ब नगर न ! निदाउ तिमी पनि !!!!! पार्टी / पेगले टाउको उठाउन नसकी रा' बेलाँ --- '
उसले तकियाले अनुहार ढाकेर निदाउने चेस्टा गर्यो ।

' म कसरी निदाउ हजुर ! यस्तो रमाईलो लाई'रा बेलाँ !
हिजो तेल्ले हाम्लाई कम्ता गिराएन ! हाम्रो निद चैन कम् खोस्या थ्यो तेल्ले अनि तिनीहरुले !!!
आहा ! यी हेरीबक्स्योस त हजुर ! भंगेरे अछरमा कस्तरी लेख्या छन् मिडियाले तेल्लाई अनि तिनीहरुको कामलाई !!! मलाई त यो अखबार
च्यापेरै निदाउन मन लाग्या हो ! बरु निद नै आएन र पो हजुरलाई उठाई रा' नि !
हेरीबक्स्योस् न भन्या मिडियाले कस्तरी लेख्या छ तेस्को अनि तिनीहरुको बारेमा !


January 18, 2012

गोरु जुधाई - एक संसमरण (Bullfighting Nepalese style)


समाचार हेर्दै जाँदा एएफपीले नेपालमा गोरु जुधाइ निकै चर्चित रहेको भनेर एउटा भिडियो राखेको रहेछ। भिडियो हेर्दा त्यो जुधाई निकै प्रचार प्रसार र तयारीका साथ गरेको देखिन्थ्यो। नेपालमा यसरी तयार गरेर गरिने जुधाई पनि होलान् तर मैले देखेका गोरु जुधाई भने आकस्मिक हुने गरेका थिए।

१) एक पटक पोखराको लेखसाइमा घुम्दै जाँदा अचानक २ गोरु देखापरे। हेर्दा हेर्दै त्याहां बिसाल गोरुको लडाई सुरु भयो। गोरु लडाइले बाटो त रोकियो नै,छेउको साइकल पसलका सबै साइकल गर्लायम गुर्लुम ढले। हामी त रमाइलो मानेर हेरिरहेका थियौँ, विदेशी भने बुल फाइट भन्दै क्यामेरा तेर्स्याउन थाले। केही साइकल,एउटा पसलको बेन्च आदि केही नोक्सानी भएपछि गोरुको लडाइ समाप्त भयो।

२) मेरा एक जना छिमेकी काका हुनुहुन्थ्यो। उनि गोरु भने पछि हुरुक्कै। संधै आफ्नो घरमा निकै बलियो गोरु पाल्ने गर्नुहुन्थ्यो। जब हिउँद सुरु हुन्थ्यो,अरूका गोरु ल्याएर आफ्नो गोरुसंग लडाउनु हुन्थ्यो। एक पटक विशाल गेरु जुधाइ भएछ। जित्ने गोरुले हार्ने गोरुलाई पेल्दै पेल्दै तिनै काका छेउ ल्याएछ र हार्ने गोरु तिनै काकाको खुट्टामा सुत्न पुग्यो। हार्ने गोरुको एउटा सिंग त फुक्लियो तर ती काकाका दुवै खुट्टा भाँचिए र सधैं भर लौरोको सहारामा हिँड्नुपर्ने भयो।

३) मेरा एक जना साथी थिए। एक पटक उनले निकै ठूलो गोरु किनेका थिए। आफ्नो गोरु गाउँकै शक्तिशाली भनेर गफ लगाउँदै हिँड्थे। एक पटक त्यही गोरु अर्को गोरुसँग लडाउँदा उनको गोरुले त जित्यो तर एउटा सिंग भने गुमाउन पुग्यो। त्यो लडाइले गोरुको प्रतिष्ठामा त आँच आएन तर एउटा सिंग फुक्लेको हुँदा गोरुको मूल्य भने तल खस्कियो।



January 11, 2012

नेपाल पिँडालु पार्टीको आयव्यय

नेपालको निर्वाचन आयोगले पार्टीको आयव्ययको हिसाब बुझाउन पुस मसान्तको अल्टिमेटम दिएकोमा नेपाल पिँडालु पार्टीले सबैभन्दा पहिला पार्टीको हिसाब किताब बूझाएर नेपालको नं १ पार्टी भएको प्रमाणित गरेको छ। नेपाल पिँडालु पार्टीको आय व्यय यस प्रकार छः

आयः
चंदा सङ्कलन ९० करोड
ठेक्का पट्टाः ३० करोड
कर्मचारी सरुवा बढुवाः १० करोड
मन्त्री भर्नाः ५ करोड
बिदेशी प्रभूको दक्षिणाः ५ करोड
जम्मा आयः १४० करोड
खर्चः
पार्टी कार्यालय खर्चः१ करोड
बिदेश भ्रमणः २५ करोड
सांसद किनबेच १२ करोड
पार्टी भोजः १५ करोड
नेताका छोराछोरीको पकटे मनीः ५ करोड
पार्टी भित्र हिनामिनाः २० करोड
क्याल्कुलेटर मिस्टेकः ६२ करोड
जम्मा खर्चः १४० करोड







January 8, 2012

तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

लुना

बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ  । यो उसको पहिलो नेपाल भ्रमण हो ।  यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- आफ्नै सांस्कृतिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो त्यसलाई प्रतक्ष्य अनुभव गर्न पाउँदा उसको खुशीले हिमाल छोइरहेको थियो  । 'क्लिक ! क्लिक !क्लिक ! क्लिक ! ' देखे जति दृश्यलाई  उ क्यामेरामा कैद गरिरहन्थ्यो । काठमाण्डौं हुँदै गणेश हिमाल छेत्रमा आईपुगेको ७-८ दिन भएको छ । यही क्रममा आज उ तिप्लिंग आइपुगेको छ  ।  उ जसै तिप्लिंग  आइपुग्यो त्यहाँ एउटै गाउँमा  ५-६ बटा क्रस  ठड्याइएको चर्च देख्दा उ आश्चर्य चकित बन्न पुगेको थियो । मन भरी प्रश्नहरू उमार्दै केही बेर  हिँड्दा ताल्चा लगाइएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा । 
बेलुकी पख हुन लागेको ले सायद गाउँका मान्छेहरू आ- आफ्ना घर  काममा व्यस्त थिए । उसले गुम्बाको वरि परी कोही भेटेन । केही मिनेट सुस्ताउने बिचार  गरि ब्याग गुम्बाको छेउमा  राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो अनि केही सोच्दै गुम्बाको वरि परी घुमिरह्यो केही बेर, जसरी उसले काण्माडौँमा रहँदा स्वयम्भू   घुमेको थियो  घडीको सुई झैँ  । 
केही बेर घुमे पछि फेरी गुम्बाको बन्द ढोका अगाडि टक्क अडियो अनि ढोकामा छिद्र छ कि नियाल्न खोजी उ ढोकाको समिप ( नजिक )पुग्यो  । जसै उ ढोकाको एकदम नजिक भएको थियो भित्रबाट एक किसिमको गन्ध आएको  महसुस गर्यो उसले । गुम्बाबाट आएको त्यो गन्ध धुप या तेल-घिउ बत्तीको सुगन्ध थिएन । स्वयम्भू , बौद्दनाथ घुमी हिँड्दा धुप बत्तीको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बा बाट आएको गन्ध ? उसलाई कता कता यो गन्धसँग धेरै पटक परिचित भए झैँ लाग्यो तर ठ्याक्कै ठ्म्यौना भने सकेन ।  उसको
मनमा खुल्दुली मच्चियो 'के छ होला यो गुम्बा भित्र '?


December 24, 2011

भारतीय ट्रक जल्यो


केहि वर्ष पहिले एउटा भारतीय ट्रक यसरी नै थानकोट मा जलेको थियो. किन होला ?

यो भारतीय ट्रक नेपालमा चलाउन नपाइने भनेर माओवादीले जलाएका हुन। माओवादी जनयुद्धको बेला भारत विरुद्ध निकै खनिने माओवादी सरकारले भारतसंग विपा सम्झौता गरे पछि थानकोटमा माओवादीले जलाएको ट्रकको याद आयो र उक्त फोटो टाँसेको हुं। विपामा युद्ध, आन्तरिक द्वन्द्व र संकटकालका कारण हुने नोक्सानीको क्षतिपूर्ति ब्यबस्था गरिएको छ। आफै झाँक्री आफैं बोक्सी जस्तो पो भयो यो त?


December 22, 2011

गजलकार तथा कथाकार मनु ब्राजाकी संगको कुराकानी

गजलकार तथा कथाकार मनु ब्राजाकी संगको कुराकानी यस link मा हेर्नु होला
http://www.youtube.com/watch?v=9_XcPhmdBgY&feature=player_embedded

December 20, 2011

नेपाली सामुदायिक वेवसाइट झुम्काको सुरुवात



नेपाल जस्तो विकासोन्मुख मुलुकमा ईन्टरनेटका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका छन् । तिनै ईन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नया समाचार वेवसाइट झुम्का डट्कम् सुरु भएको छ । अरु सामाजिक सन्जालमा भन्दा थप नया सुबिधाहरु पाईने झुम्का डट्कम्मा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, ब्लग, तस्विर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुबिधा छ ।

झुम्का डट्कम् को साइटमा छिरेर आफ्नो एकाउन्ट खोलेपछि जो सुकैलाई यो सुबिधा उपलब्ध हुनेछ । कसैलाइ मोडलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट्कमले निशुल्क रुपमा पूरा गरिदिनेछ । साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश विदेशका नेपालीहरुलाई जोड्न पनि मद्धत पुर्‍याउन सक्नेछ । अमेरिकामा सन्चालित धेरैजसो वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफुले नया वेव साइट सुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए । 'संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौ । उनले भने ।

December 16, 2011

घनश्याम – रमा

- लुना
गोठको छानोमा ढुंगे खपेटा बिछ्याउने काम भर्खरै सिद्दियो । छानो छाउनेहरु बिस्तारै भर्यांगबाट तल झर्दै छन ।

खपेटा पुग्न दिने आईमाई केटाकेटीहरु आँगनमा लहरै गुन्द्री माथि बसिसकेका छन् । पानी नचल्ने जातका चै पराल गुटुमुटु पारेर आगनकै अर्को छेउमा छुट्टै बसेका छन् ।
काम सकिए पछी चिया खाजा खुवाएर पठाउने गाउँको परम्परा अनुसार उनीहरु चिया खाजाको पर्खाईमा छन् । गाउँमा हुनेखानेमा दरिन्छन् मुरली बाजे । घर संगै जोडिएको भान्साघरमा भित्र बाहिर गर्दै छिन् जहा बिहान भए देखि राति सम्म चुला निभेको हुदैन । काम सघाउनेहरु भए पनि मुरल्नी बज्यै आफै अघि सर्छिन् घरमा आएकालाई चिया खाजा खुबाउना । समयमै छानो छाएर सिद्दिएकोले मुरली बाजे हसिलो मुद्रा बनाउदै भान्सा नजिक पुगेर उर्दी गर्छन् ,’ मिठुकी आमा ! झट्टै गर है झट्टै ! छानो छाउनेहरु तल झरिसेक ‘ यसो भन्दै उनि


December 15, 2011

जीवन र् प्रश्न

-प्रयास
प्रश्नहरू को ताँती लागेको छ ,
एक पछि अर्को अर्को पछि अझै अर्को ,
निस्तब्ध सुन्यतामा बाँचेको छु ,
प्रश्नै प्रश्नहरू को बीचमा रूमल्लियर्,
सबै भन्दा पहिलो प्रश्न कुन थियो ?
बिर्से,
कुन प्रश्न मनमा पहिले ऊब्जेथ्यो ?
भुली सकेछु ,
कुन प्रश्न प्राथमिकतामा परेको थियो ?
कल्पना को पाण्डोरा भित्र
आफ्नै कैदी भएको छु ,
थुप्रै बेइमानी प्रश्नहरू पनि थिए
जसको उत्तर खोज्नै सकिन ,
मेरो प्रश्नको जवाफ तिमीबाट आएन
अलमल मा छु अचेल ,
तिम्रो प्रश्नको जवाफ दिन म वाध्य छु कि छैन ?
अनुत्तरित प्रश्नहरू यथास्थान मैछन अझै ...
तिमी र् मेरा बीच !!!!!!!!
अहिले जीवन हतार मा गुज्री रहेको छ
फुर्सद मा समयको पाना पल्टाएर् हेरौँला
शायद कुनै उत्तर थियो कि ?



December 10, 2011

गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।


November 29, 2011

मृत घोषित ब्यक्ति आर्यघाटमा ब्यूँतिए

काठमाडौं, मंसिर १४ । अस्पतालले मृत घोषित गरेको मानिस पशुपति आर्यघाटमा पुर्याएपछि व्यूँतिए। काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत रामहरि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरी शववाहनमा आर्यघाट पुर्याइएका विरामी श्रेष्ठले श्वासप्रश्वास लिन थाले। विरामीका आफन्तहरूले अस्पतालले उपचार सम्बन्धी कुनै पनि कागजपत्र नदिइ मृत घोषणा गरी शववाहानमै राखेर पठाएको बताए। विरामीका भाईले अस्पतालमा अरु आफन्तहरूलाई जान नदिएर आफूलाइ मात्र भित्र बोलाएर कागजमा हस्तारक्षर गराई डाक्टरले मृत्यु भएको जानकारी दिएको बताए। 
कात्तिक २३ राती ११ वजेको समयमा चाबहिल चोकमा मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते अवस्थामा भेटेपछि श्रेष्ठलाई प्रहरीले उपचारार्थ महाराजगंज शिक्षण अस्पताल पुर्याशई आफन्तलाई खवर गरेको आफन्तले बताएका छन्। दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको र दिमागमा रगत जमेकोले त्रिवि अस्पतालमा उपचार हुन नसकेपछि लाइफ केयर अस्पतालमा रिफर गरिएको र त्यहाँ पनि उपचारह हुन नसक्ने भएपछि न्युरो अस्पताल पुर्याएइएको बताइएको छ। दोरम्भा–९ रामेछापका २७ वर्षीय श्रेष्ठले कपनमा कुखुराको मासु व्यवसाय गर्दै आएका थिए। उपचारका लागि आठ लाख खर्च भइसकेको र अस्पतालले थप एक लाख माग गरेको उनका आफन्तले बताए। 
अस्पतालले मंसिर २ गते शुक्रवार विहान १० वजे नै मृत घोषणा गरेपनि उपचारमा लागेको रकम दिन नसकेपछि साँझ ४ बजे मात्र रकम वुझाएर विरामीलाई शववाहनमा राखेर आर्यघाट पठाएको विरामीका आफन्तले बताए। श्रेष्ठ आर्यघाटमा पुगेर व्यूँतिएपछि उनको पशुपति धर्मशालामै अक्सिजन दिएर उपचार भैरहेको भए पनि हालको उनको अवस्था बारेमा थाहा पाउन सकिएन। रामहरि श्रेष्ठका बारेमा न्युरो अस्पताल प्रशासनले भने श्रेष्ठलाई अस्पतालले मृत घोषित गरेको नभई उनका आफन्तहरूको आग्रहमा अस्पतालले डिस्चार्ज गरेको दाबी गरेको छ। अस्पतालले डेथ अन रिक्वेष्ट डीओआरको आधारमा श्रेष्ठलाई डिस्चार्ज गरेको जनाएको छ। रामहरि श्रेष्ठका श्रीमती, ५ वर्षीय छोरी र ७ महिनाका छोरा रहेका छन्।


November 25, 2011

गाउँखाने कथा ५० (Nepali #Gaukhane #Katha)


अपडेट: गाउँखाने कथा ५० को सही उत्तर हो: अण्डा

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यवाद। उत्तर मिलाउने लुनाजीलाइ विशेष धन्यवाद।
--------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


माउले हापायो हाले नानी हा भित्र हेर्दा दुईथरी पानी , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।




November 24, 2011

मुटुका डोबहरु

 

- स्वेता बानिया

आँखा भित्रका गहिरा भावनाहरु
के देख्न सक्छौ ..
 मुटुमा लागेका चोटहरु ..
 के मेटाउन सक्छौ ..
 मुटुका असंख्य डोबहरू
 के नियाल्न सक्छौ  ..
आँखाका पवित्र पानीका थोपाहरु
 के सुकाउन सक्छौ..
 बचनले दिएका गहिरा चोटहरु ..
के भुलाउन सक्छौ..


November 12, 2011

गजल

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे


कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे


घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे


सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्‍यो मलामिको शुरुवात हुन लाग्यो रे


बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे

October 28, 2011

नियती

हस्त गौतम मृदुल
नियतीले झारी सक्यो झटारोले झार्नु पर्दैन
निरंकुस्ता मौलाएको छ सकुनीले हार्नु पर्दैन

आफै परिरहेको छु अदृस्य बन्धनहरुमा यहाँ
त्यस माथी निर्दयी काँडे तारले बार्नु पर्दैन

मुटा सपना देखाइ लुट्नु जति लुटी सक्यौ
अन्योलमा जिउदै मरी सकेँ फेरी मार्नु पर्दैन

छत बिछत भएको छ मेरो अन्तर आत्मा फेरी
चिनी सकेँ तिम्रो क्षमता अब मुारो टानु पर्दैन

वाक्क दिक्क भएर बिस्तापित भै सके गाउबाट
आफै बिस्थापित भएँ कसैले बसाइ सार्नु पर्दैन


October 26, 2011

साँच्ची सकिन्न र ?


मेरा सामु सिङो आकाश छ
तर विना प्वांख को पंक्षी भएको छु
सप्त रङी ईन्द्रेणी तैरिन्छ आँखा भरी
रङहिन देखिन्छ ईन्द्रेणी पनि तिमी विना
के यही माया हो ? के यही समर्पण हो ?
लाग्दैन् मलाई यो माया हो भनेर
तिमी माथि को निर्भरता हो
या,तिमी प्रती को लगाव होला
प्रेम त् निस्वार्थ हुन्छ भन्थ्यौ
हावा झै शर्वब्यापी हुन्छ भन्थ्यौ
खै त यसको ब्यापकता ?
मेरो प्रेम तिमीलाई स्वार्थी लाग्यो
ल! भैगो ,विवाद गर्दिन मँ
प्रेम को वदलामा प्रेम खोज्नु स्वार्थ हुन्छ र् ?
के राधा-कृष्ण को प्रेम मात्रै सच्चा हो त ?
अब यो प्रेम कै परिभाषा फेर्ने बेला भए छ
लैला मँजनु ,हिर रांझा को प्रेम लाई स्वार्थी ठान्छौ तिमी ?
के आत्मा लाई शरीर भित्र लुकाउन खोज्नु स्वार्थ ठहरिन्छ ?
परेवा का जोडी झै, चांद चखेवा झै
एक विना अर्को को कुनै अस्तित्व हुन्न भन्छौ
मैले त् परेवा ले एउटा मात्रै बच्चा हुर्काएको पनि देखेको छु
खै त अरु झै जोडी जोडी भएर जन्मिएन त्यो
के मँ पनि त्यस्तै अपवाद हुँ त् तिम्रो नजर मा ?
के मँ पनि अधुरो हुँ त् तिमी विना
लाग्दो हो तिमी लाई ,
मलाई एक्लो पार्न जन्मिएकी हौ तिमी
मँ बाट टाढा जान नजिकिएकी हौ तिमी
तर तिमीले गलत सोची रहेकी छौ
तिमी विना पनि बांचेर देखाइ दिन्छु मँ
खुशी,उमंग उत्साह विना पनि त् बांच्न सकिन्छ नि हैन र?
मर्न नसकेर पनि त बांचिन्छ
एउटा प्रयोग कै लागि पनि त् बांच्न सकिन्न होला र ?


- प्रयास , फ्र्यान्कफर्ट , जर्मनी


October 3, 2011

शुभ बिजय दशमी - Happy Dashai

oहरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ।

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर (Ayush)

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,


चुनौती सामना गर्न चट्टान बनेर,

रातो टिका बनेर, जमरा बनेर,

सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,

खुसी भएर, उल्लास भएर,

सबैका लागि सधैं सधैं, मंगलमय बनेर,

सबै सबैलाई शुभकामना बनेर (Luna)
दशैं आयो भन्छन् , दशा हुन्छ मलाई
मेरो चिसो चुल्हो, छैन बाल्ने सलाई
नाना माग्छ छोरो, घरमा खाना छैन
भन्ने सम्म छैनन् , दुःख पर्यो तलाई
छिमेकमा खसी, कराउँदा म्या म्या
आँशु झारि खान्छु, छोराछोरी छलाई
विजयको टिका, मेरो हार बन्छ
चाडपर्व छायो, मेरो घर जलाई
यो पसिनाको धारा, जति पोखे पनी
रुवावाँसी सधै, यिनै बसन्तलाई(बसन्तमोहन)


शुभ होस दशै

शुभ होस दशै भन्दै कति रटनु पट्टु सरि
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरि

खेरा गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरि

सुख सम्ऋद्धी तेस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरि

सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरि