October 4, 2009
दुवईमा दशैको रमझम
डम्फुको तालैमा गितको नृत्यमा वविता थापा मगरले दर्शकहरुलाई पनि एक पटक डम्फुकै तालमा नचाउन सफल भएकी थिईन् भने अर्का कलाकार फुगेन्द्र थापा मगरले राजु लामाको गित तिमीलाई देखेर हिमाल हाँसेको भन्ने गित गाउँदा दर्शकहरु मनमग्न भएका थिए ।हाँसी देउ बोली देउ यसै गरी दशैमा रमाईलो गरेर भन्ने भाकाको गित लिएर टंक थापा जब स्टेजमा देखा परे । दर्शकहरु सिटी र तालीले उनलाई स्वागत गरे । उनले दर्शकहरुलाई उक्त गीतमा नचाउन बाध्य बनाएका थिए । कार्यक्रमको सबैभन्दा आकर्षक कलाकार आयोजक मित्रहरुले भित्र लुकाई रहेका थिए । दर्शकहरुले कतिवेला ति लुकेर बसेकी कलाकारको प्रस्क्तति देख्न पाईएला भनेर पर्खि रहेका थिए । साचालक प्रकाश भट्टराईले त्यतिनै बेला भावनाको एउटा गजल पनि सुनाई दिए तव सबै जनाको मुखबाट एउटै नाम निस्कियो भावना ढकाल । नृत्यमा अति पोख्त भावना ढकाल विगत केही बर्ष महेन्द्र पुलीस क्लवमा नृत्य प्रस्तुत गर्ने गर्दथिन् तिनै भावना दुवईमा विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेकी छिन् । उक्त सास्कृतिक कार्यक्रममा पनि उनले अति आकर्षक नृत्य गरी सबै दर्शकहरुलाई कुर्सी छोड्न बाध्य बनाईन् उनि कार्यक्रमको आयोजक पनि थिईन् र सास्कृतिक कार्यक्रमलाई सफलता बनाउन उनले महत्वपूर्ण भूमिका पनि निभाएकी थिईन् । उनि मात्र नभएर लोक भाकामा पोख्त अर्का यूएईका ख्यातिप्राप्त गायक जो कुनै नेपाली कार्यक्रममा उपस्थित भएनन् भने उक्त कार्यक्रमै खल्लो महसुस हुने गर्दछ । विदेशमा बसेर पनि करिव ३ वटा लोक दोहोरी क्यासेट बजारमा ल्याउन सफल भर्खरै मात्र रेकर्डीड। सकि मार्केटमा आउन थालेको र दुवईको वातावरणसँग मेल खाने तातो हावा चल्छ सरर हावा सरर गाऊ घरलाई सम्झेर पोल्छ छाती रुन्छु धरर भन्ने गित ल्याउन तमतयार भएका गायक असिम महतले उही चाँडैनै बजारमा आउन लागेको गित गाउँदा दर्शकहरुका ताली र सिट्ीले हल गुाजयामान भएको थियो भने नाच्नेको भिड लागेको थियो । उनको गित अन्त्य हुन नपाउदै दर्शकहरु उपि्रु उपि्रु वान्स मोरका नाराहरु घन्काई रहेका थिए । उनको उक्त प्रस्तुतिले दर्शकहरुलाई तताएको थियो । कार्यक्रमको बिच बिचमा मुरली मादल सारगींका स्वरहरुले हलको रौनकै अर्कै बनाएको थियो भने कार्यक्रमको बिच बिचमा साचालक प्रकाश भट्राईले मायाँ पि्रती दशै देशको परिस्थिति परिवार आदिको बारेमा अति गहकिला शब्दले भरिपूर्ण गजल पस्किदा दर्शकहरुले वाह! वाह! गर्दै मनोराजन लिएका थिए । टंक थापा मगरको प्रस्क्तती सारर्गींको धुन सँगैको गाईने गितले दुवईको वास्तविकतालाई झल्काएको थियो भने नेपालको यात्रुवसको अतितलाई सम्झाएको थियो ।
याद आउछ सधैभरी आफ्नै जन्म भूमि
वचत गर्न सकिएन अरिवयन मनि
घर देखी फोन आउछ पैसा चाहियो भनि
विदेशमा दुख पाईयो एक्लो जिन्दगानी
सुहाउँदैन नेपालीलाई विदेशी पारा
यि उनका शब्द तथा लयले दर्शकहरुलाई रमाईलो त दिएको थियो भने परिवार छोडेर आएको पिडा अनि दुवईको वास्तविकता पनि झल्काएको थियो । कार्यक्रमको अन्त्यमा नेपालबाट दुवईमा आएपछि र यहाँ आई सकेपछि नेपालीहरुको संगत र लतबाट कसरी विग्रन्छन् भन्ने सन्देशमूलक नाटक प्रस्क्तत गरिएको थियो । उक्त ओसेस भिलेज भित्र पुर्व पश्चिम देखी पश्चिम महाकाली सम्मका नेपालीहरु जुमेर ग्रुप कम्पनमा कार्यरत रहेका छन् । उक्त दशै कार्यक्रममा नृत्य गायन वाध्यवादक कार्यक्रम साचालक ब्यवस्थापन देखी लिएर सबै कार्य ति उक्त कम्पनीमानै कार्यरत नेपालीहरुले गरेका थिए । उनिहरुको खुवी मिहेनत लगनशिलता आदि देख्दा उनिहरुमा पनि नेपालका ख्यातिप्राप्त कलाकारहरु भन्दा कम लाग्दैनथ्यो । उक्त कम्पनीमा कार्यरत पुराना बुद्धिजीवी पासाङ लामाको सभापतित्वमा कार्यक्रम साचालन भएको थियो भने गोपाल विष्टद्धारा उपस्थित सबैलाई टिका र जमरा लगाईएको थियो । जम्मु श्रेष्ठ, तारा सुब्बा, महेशवर गुरुड,। गंगा शाही, वंम राना मगर, कमल, जमुना, दुर्गा, भिम, मनोज, वविता, टंक थापा, गणेश, नन्द, आदी कलाकारहरुले विभिन्न गित नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम साँझको ७ बजे देखी सुरु भई रातको ११ बजे समाप्त भएको थियो । उक्त हलको माहोल देख्दा मन भने नेपालमानै फगेको थियो । दशै सोमबार परेको हुँदा धेरै नेपालीहरुले छुट्टी लिएका थिए भने केही नेपालीहरु डीउटी सकी सिधै हलमा प्रवेश गरेका थिए ।
October 3, 2009
प्रबासी मनहरु
चाडपर्ब नजिकिदै जांदा मन थाम्न निकै गार्हो हुदोंरहेछ। प्रबासी जीवनमा दिन बिताउदा हुने बिरक्तीला भावना कसैले बाध्यताले र कसैले रहरैले अनुभब गरेकै हुनुपर्छ । यसपालीको दसैं तिहार आफ्नो पनि बिरक्तिदै बित्ने निश्चित छ।
सुचना तथा संचारको दुनियाँमा ईन्टरनेट भन्ने चीजले फड्को मार्दा माउस भन्ने निर्जिब वस्तुलाई जहाँ थिच्दा पनि चाडबाडकै खबरले गर्दा बेठेगान हुने मन। मनलाई मनाउन हदै गार्हो पर्यो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 2, 2009
गाऊँखाने कथा - ३० (Nepali Gau Khane Katha)
----------------------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।
दिनबरि लुरीखुरी रातभरि कान्लो कुरी, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 1, 2009
जरुर म पागल भएँ
जरुर म पागल भएँ मेरी मायालुकै मायामा
म ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा
होस मै छु म हरेक शब्दमा उनैलाइ नै देख्दछु
मन परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
फुलको बास्नाको स्वाद लिन्छु गहिराइमा डुब्छु
मृत्युलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छु
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा
स्वर्ग कही कतै छैन नी चोखो माया नै हो स्वर्ग
जाहाँ जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा
उनी आत्मा हुन मेरी म मरे पनि हुन्छिन साथमा
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 27, 2009
विजया दशमी ( दशैँको) शुभकामना !
टीका लगाउनका लागि शुभसाइत:यस वर्ष विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
*****************************************************************************
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 24, 2009
शुभकामना
धेरै भो खुशी निभेको आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्छ कहाँ आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 23, 2009
बस स्टप-
बस स्टप-
" हाssssई! खै त यार, बस त आएन त?"
" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."
" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"
" हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"
" हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"
" बुढि चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"
" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"
" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"
" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"
" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"
“ तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!”
“ गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संग…खितितितिति”
“ हाहाहाहहाहाहा”
“हाहाहाहहाहाहाह खितितितिति”
“ चुप लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ”
“ के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब”
“ ओइ!!! उता हेर् त!”
“कता्”
“उता पसल बाहिर के!”
“ ओहो! एक्लै जस्ति छे”
“ हो हो एक्लै छे”
“ मेरो त मुखमा पानी आयो हाहाहाहहाहा, आजकल जे पनि बिकासे हुन्छ खितितितिति”
“ हाहाहाहहाहा चुप् लाग मु- , तँ त्यो बाहेक के देख्थिस् र”
“ बस नै कुरिरा जस्तो छ”
“यत्तिको पाए त बिहे गर्थेँ यार!”
“ “
“ “
“ ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?”
“ म संग आँखा जुधा जस्तो लाग्यो, सोझि जस्ति छे यार”
“ बाहिरबाट सबै सोझि देखिन्छन्”
“ ऊ, देखिस्? फेरि हेर्या थि मलाई!”
“ ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!”
“ ओइ! …ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!”
“ मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ”
“ फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के”
“ तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!”
“ “
“ “
“ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि”
“ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!
“बस नि कोचाकोच रेछ”
“ “
“ “
“ छिटो हिँड् आज त हदै ढिलो भैसक्यो”
“ पख न मुला, त्यो चढेकै छैन”
“ खोइ त त्यो त चढिन त!”
“ बस भिड भएर होला!”
“छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!”
“ ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग”
“बहुलाइस् कि के हो?”
“ बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, पर्खि न अर्कोमा जाउँला”
“ यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त”
“ हिहिहिहि”
“ के हो लभ नै पर्यो कि के हो?”
“ हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!”
“ अर्को बस चाहिँ के खालि आउला र खै?”
“ ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?”
“ एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-“
“हिहिहिहि”
“ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?”
“ ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला”
“हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!”
“ दाई, भाई कोहि हो कि?”
“ के को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर”
“ “
“के भयो??? हेर् तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!
“हँ? हम्मम्”
“ खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!”
“ चुरोट झिक् झिक्!”
“खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा”
“चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!”
“हाहाहाहाहा”
“ -- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ”
“ ट्याक्सीsss”
“ट्याक्सीsss”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 19, 2009
रमाईलो दशैं खुशी कि पिडा?
जब बिस्तारै चिसो बढ्छ,धानका बालाहरु पहेंला हुन्छन र एक किसिमको बतासले गाला चुम्छ,बाताबरण मात्रै हैन मन पनि दशैंमय बन्दछ। अनि पिंगमा हुइकिने,आफन्तसंग भेटीने, नया कपडा पहिरिने,मिठो मसिनो खाने आदी कल्पनाले यो मन त्यसै चंगा भइसकेको हुन्छ। एक जना मात्र हो र सबै जना नै खुसी,एक ठाउं मात्र हो र जताततै रमाईलो, कस्ले बनायो होला यस्तो गज्जबको चाड? दशैंको कल्पना गर्दा यो तन त्यसै उफ्रिन्छ अब मनको त कुरै नगरौं। मन त कांहा हो कांहा, समालेर सकिसाध्य छैन।
कसैलाइ खुसीको बम्पर उपाहार पर्छ भने यही दशैमा नै पर्छ। तोते बोली देखी अहिले सम्मको सबै खुसी एकै पटक ल्याउंछ दशैंले। बर्षै पिच्छे आउने दशैंले अहिलेको मात्र होइन पोहोर परार सालको पनि खुसी समेटेर ल्याउंछ। यस्तो खुशीमा बर्षै भरीको सबै दु:ख भुल्न पाउंदा त्यो भन्दा बम्पर उपाहार के पर्नुपर्यो?
घरमै बसेकालाइ घर सिंगार पटारको चटारो,घर भन्दा अली पर बसेकालाइ कुम्लो काम्लो पोको पारेर बस,प्लेनको टिकट समातेर स-परिबार घर फर्किन र आफन्तजन भेट्ने रन्को, यो नापेर नापी साध्य छैन। दशै आउन एक महिना अघी देखी फेशबुक टिका र जमराले छाएको थियो। कतीले त फोटोमै घर जाने प्लेन र खसी बोका उपाहार दिएका थिए। केटा केटी देखी बुढा पाका,घर पसल देखी इन्टेरनट सबै दशैंमय भएका छन।
यसरी बाताबरण उल्लासमय भएको बेलामा बिभिन्न कारणबस शहरकै कोठामा अल्झिएका या अरबको तातो मरुभूमीमा दशैंको न्यानोपन लिन बाध्य मन भने पक्कै बोझिलो भएका होलान। जापान,बेलायत,अष्ट्रेलिया,अमेरिका आदीका नेपाली मनहरु दशैंको आशिर्बाद फोनबाट थाप्दा पक्कै पनि आंखा रसाउने होलान। दू:ख त देशमा मात्र होइन बिदेशमा पनि त्यती नै छ। बर्षै भरिको दू:ख स्वदेशकाले दशैंमा बिर्सदां बिदेशीनेको दू:ख दशैंमा झन बल्झिएर आउंछ। दशैं जस्तो चाडमा बिदेशमा लाटेकोसेरो जस्तै धुमधुम्ती बस्दा आंफू बरिपरिका झिलीमिली बत्ती पनि जुनकिरी जस्तै धमिला लाग्दछन, बिदेशको चमक धमक त बेकारको रबाफ रैछ भनेर बल्ल चेत खुल्दछ।
बाताबरण जस्तै होस,समय दशैंको हो। हामी जे जस्तो अबस्थामा हौंउ,यो महान चहाड धुमधामले मनाउन पर्दछ। सके आफन्त नसके नेपाली दाजुभाइ दिदीबहिनी मिलेर भए पनि बर्षभरीको दू:ख भूलेर यसपालीको दशैं सदाजसो रमाइलो गरी मनाउनुहोला। बिजया दशमी २०६६ को संपूर्ण दौंतरी मित्रबर्गहरुलाइ मंगलमय शुभकामना। स्वदेश,बिदेशमा बस्ने सबै दौंतरी मित्रबर्गहरुले दशैंको शूभकामना यही पोस्टमा साटासाट गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 17, 2009
देशको नाम पनि फेर्ने कि ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 16, 2009
नदेउ,र नलाउ
दुइ मुक्तक
एक
नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।
दूई
नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 15, 2009
Admin Privelaged Changed!
--------------------------------------------------------------------
We are suspecting our administrator's password has been reached to second person. Admin privileges have been on hold for a short time. Dautari Admins I would request to change your passwords!
Thank You
Nepalean
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पर्खाई....
(पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो)
उसले चुरोटको अर्को लामो सर्को तान्यो।
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।
३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।
“पैँतिस हजार…दुबई पठाइदिउँ?”
“कति लाग्छ नि लाग्न चाहिँ?”
“एक लाखमा भिसा आइपुग्छ!”
“एक लाख!”
“मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!”
उ सडकतिर हेर्न थाल्यो।
“साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!”
“के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!”
उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो।
“अझै आइन त?”
उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो।
उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ।
“बालाजु हो? ल ल आउनुस छिटो!”
बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो।
ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो।
“ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?”
बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो।
उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो।
उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ।
ऊ फेरि उतै हेर्न थाल्यो।
“ के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!”
उसले मुख बिगार्यो।
“दाई एक रुप्पे दिनोस न?”
गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ।
“के पैसा? चुप लाग् साले खाते!”
उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो।
पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्।
उसको नजर त्यतै गयो।
“सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!”
केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए।
उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले।
“ यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!”
उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो।
“साली रश्मी अझै मर्दिन!”
स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो।
कुनै स्कुलबस केटीहरुको नजिक रोकियो।
केटीहरुको हल्ला बढ्यो।
बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो।
उसले फेरि मुख बिगार्यो।
“ बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!”
उसले सोच्यो।
उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।
ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।
“र.. हरु के हेर्छन कुन्नि?”
उसले फेरि आफैँलाई प्रश्न गर्यो।
“गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!”
उत्तर पनि ऊ आफैँले दियो।
केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो।
“साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!”
उसको निधारमा ईर्ष्याको लहर जन्मियो।
उसले घडि हेर्यो र फेरि मुख बिगार्यो।
“रश्मी आइपुग्नु पर्ने हो अब त!”
उसले फेरि उता हेर्यो।
“अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!”
“रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!”
उसको बिग्रेको मुख झन बिग्रियो।
“ साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!”
उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो।
“यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!”
रश्मीले उसलाई भनेको सम्झियो।
“बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?”
उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई।
“ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!”
उसकै मनले उत्तर दियो।
उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ।
उसले फेरि घडि हेर्यो।
“उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!”
उसको रिस फेरि बढ्न थाल्यो।
एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ।
उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन।
ऊ अलिकता बेचैन देखियो।
“यस्ता संग लभ गरेर के बस्नु?!”
उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो।
एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो।
“दाई एउटा लोकल कल!”
पसलेले केहि नबोलि फोन देखाइदियो।
उसले कतैको नम्बर घुमायो।
“हेलो! रश्मी छ?”
“हजूर म निरज!”
“साथि!”
“हो निरज नै हो हजुर!”
“ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!”
ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो।
“ अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!”
ऊ अलि सन्तुष्ट देखिन्थ्यो।
“बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!”
उसको मनमा माया र सहानुभूती पलायो।
“खान कता लैजाने होला?”
उसले मनमनै भन्यो र खल्ति छाम्यो।
“छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!”
उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो।
“खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!”
“बेकरीको मम क्या दामि हुन्छ नि निरज!”
फेरि उसलाई रश्मीले भनेको याद आयो।
“त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??”
रिसले उसको निधार फेरि खुम्चियो।
“खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?”
“ओ निरजss!”
नजिकै एउटा बाइक रोकियो।
ध्रुवे रहेछ।
उसले दाँत देखायो।
“काँ जान लाग्या? हिन् म छोड्दिन्छु!”
“हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!”
उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो।
“त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा’ छ त्यसलाई तँ साले यहाँ कुरिराख्!”
ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो।
उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो।
“हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!”
“ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!”
ध्रुवे हिँड्यो।
उसलाई औडाहा भयो।
“साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!”
उसको मुख झनै बिग्रियो।
उसले टेम्पो रोक्यो।
टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन।
टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो।
बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो।
उसले टेम्पोको छत एकपटक ठटायो।
ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो।
रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो।
टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे।
ड्राइवर भुन्भुनाउँदै थियो।
“आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!”
उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो।
बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो।
फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो।
उसले रेस्टुरेन्ट देख्यो।
सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो।
रेस्टुरेन्टको ढोका खुल्यो।
ऊ सकपकायो र ढोकाको छेउमा उभियो।
रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्।
उसको मुटुको धड्कन बढ्यो।
फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो।
उसलाई दुवैले देखेनन्।
“ स्टुपिड मान्छे के गरेको अगि?”
उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो।
“को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?”
रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्।
बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो-
“ अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!”
बाइक टाढा पुग्यो।
ऊसको मुटु उफ्रेको उफ्रेई थियो।
रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ।
“के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!”
ऊ ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अथ: द्रूतरथ ऊर्ध्व उदरासन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 14, 2009
हिमालमुनि
- हस्त गौतम मृदुल
मगमग बास्ना छरेका सधैँ पालुवा आँकुरा ।
आकाशमुनि उडेका चील पखेटा फिजाई
सौन्दर्यशील सुन्दरता औधी प्रकृति रिझाई ।
सुनौला बादल रुपौला खेत धान छ मुलेको
बगेको नदी झरेको झर्ना सौन्दर्य खुलेको ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 13, 2009
गजल
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।
वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अकथा
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ: के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ: विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ: अनि कमाइ कति हुन्छ त ?
उताबाट: ......., …
ऊ: ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट: ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
खुल्ला आकाश
- यात्री शेखर
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।
प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 11, 2009
हैन हौ, शपथ किन खान पर्छ ?
कुरा ढिलो बुझ्ने र तीन पल्ट हाँस्ने उपबुज्रुगको कोटीमा मेरो नाम दरे हुन्छ । डेढ दुई महिनादेखि नेपाली समाचार हेरेको छु, जता पनि परमानन्द र हिन्दी शपथको मात्र चर्चा छ । त्यो पनि एक वर्ष अघि खा’को शपथको कुरा अहिले किन गर्दैछन् , मरिजाऊँ बुझ्याभए । अब ऊ बेला शपथ हो कि के जाती हो खाने बेलामा , मन्त्री -उन्त्रीलाई टि भि’आँ देखेकै हो ।
कसैले धोती कुर्ता, कसैले आईमाई भएर नि जिनका पाइण्टाँ , कसैले खरानी रंगका पाइन्ट कमेजमा रातो टाइ र टोपी लगार, कोहीले पाण्डा , डिंगो अनि गोल्डस्टार जुता लाएर शपथ खा’थे । भाषा पनि अनेक थरिका थे , यिनले शपथ खाए कि कुपथ खाए खासै कसैले मतलब राखेको देखिएन । अब मन्त्री बन्ने , फिर्ता हुने र नया आउने कुरा हुन कुनै आइतबार कुर्न नपर्ने मुलुकाँ , के कपडा लाएर के भाषामा के जाति कुरा कतिले खाए भन्ने कुराको हिसाब किताब औँला भाँचेर राख्न पर्ने दरकार पो हाम्लाई किन परेको छ र ? त्यसैले राखिएन ।
पहिला पहिलाको जमानामा मन्त्री, रापंस , सांसद बन्ने हरूले दौरा शुरवाल लाएर अगडि उभिएको एक जनाले पढेको कुरा अरू पनि त्यस्तै पहिरन लगा’काले समूहमै दोहोराउँथे र पढ्थे । किन होला यति ठूला जस्ता देखिने मान्छेलाई पनि केटाकेटीलाई पढाए झैँ , दोहोराउन लगाएको भनेर सोचिन्थ्यो । त्यहाँ कहिले काहीँ राजा पनि हुन्थे । पछि कुरा बुझियो यही कामलाई शपथ खाने बनेर भनिँदो रहेछ । हामी चानचुने मान्छेले ‘विद्यानास, गाईखाने, म मरि जाउँ, जनैको धर्म , म प्वाक्क हुन परोस्, भने जस्तै ठूला मान्छेले राम्रो तरिकाले किरिया खाएको कुरालाई नै राजनीतिमा शपथ खाने भनेर भनिँदो रहेछ । यति त बुझेकै हो अल्लि पछि बुद्दि छिप्पिन थालेसि । चानचुने मान्छेले कसम वा किरिया खा’को छ भने उसले झूटो भनेको, गरेको वा भन्ने गर्ने छैन कि भनेर भरोसा गर्न सकिने अलिकति ठाउँ रहन्छ । तर पनि , पच्पच्ति किरिया खाएर , मान्छेको विश्वासलाई पनि गाजर मूला खाएझैँ कर्याम कुरूम पार्ने नभएका पनि हैनन् ।
तर यी पहिला न्यायधीश पनि भएर नेपाली भाषाँ अदालतका निर्णयका ठेलीका ठली लेख्ने तिरहूते बाहुन परमानन्द झालाई देशको उपराष्ट्रपति भएसि के रोग लागेछ बिचरा नेपाली खर्लप्पै भुलेछन् । नेपाली भुलेपछि नेपालीसंग लिपी उपी मिल्ने दाइ भाषा हिन्दीमा शपथ खाएछन् । यो कुरा अदालतले एक वर्ष पुग्दा, नपुग्दा थाहा पाएर भन्दिएछ ‘ हैन, नेपालको उप हुने हो भने , नेपालीमा नै शपथ खान पर्छ ‘ । यही कुरोमा हलो अड्केर मुलुक ठप्पै भैसक्दा पनि मेरो मगजमा कुरा घुसेन । मलाई भने यो शपथ खाने नियम हटाइदिएर टण्टै खलाँस पार्दा हुन्न र भन्ने लागेको छ ।
शपथ जुन भाषाँ खाए नि , शपथले बाँधेर राख्ने कुरो पनि हैन । शपथ खा’काले इमान्दार र नैतिकवान भएर कुरा वा काम गर्छन् भन्ने पनि कहिँ देखिएको वा लेखिएको छैन । गतिला शपथ खाएकाले नै देश लुटेर, ध्वंश पारेर यो हालत बना’र हाम्रो कन्तबिजोग भएकै छ । शपथ खाएर , शपथलाई अगस्ति मुनिले झैँ पचाएर, देश नै खान मिलेकै छ भने शपथ को इज्जत बचाउन पनि अब शपथ खान नपर्ने बनाउने बेला भएन र ?
मलाई शपथ खाँदामा यो राम्रो कुरो हुन्छ है भनेर कसैले बता’को पनि छैन । शपथ काण्डले देशलाई नै कुपथमा पारेको हो कि जस्तो मेरो मोटो बुद्दिले ठानिरा’छ । त्यसैले मेरो कुरो कसैले सुन्छ र मान्छ भने मेरो फिराद यही छ कि ‘ मिल्छ भने यो शपथ कुपथ केही खान नपर्ने बनाऊँ , हुँदैन र खाने नै हो भनेर जिद्दी गर्ने हो भने जसलाई जे मन पर्छ त्यै त्यै तरिकाले, रूचि अनुसार खान मिल्ने पारौँ’ । नया नेपालमा खाने कुरा र पकवानमा पनि कसैलाई ‘यही खान पर्छ र खा’ भन्न पाइन्छ र ? त्यसैले शपथ खान र ख्वाउन कर नलगाऊँ , खानै पर्नेले रूचि अनुसार अझ मिल्छ भने घर घराँ गएर खाऊँ । यसो गर्दा गणतान्त्रिक लोकतन्न्त्रको कायाकल्प हुन्छ ! हैन र ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मुटु माझमा
- यदु
तिमीबाहेक यो मन कतै सर्दै सरेन |
यो मुटुमा तिम्रो माया मर्दै मरेन ||
अझै तिमीलाई पर्खिरहेछु भेटिएला भन्दै |
बाँचिरहेछु बिछोडका दिनहरु गन्दै ||
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 9, 2009
काठमाडौँ कथा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest




