( निर्मलमणि अधिकारी 'आयोदधौम्य'
धेरै नै प्रयोग गरिने शब्दावली हो यो 'एक्काइसौँ शताब्दी' । लेखाइ र बोलाइ दुवैमा 'एक्काइसौँ शताब्दी' को दुहाइ दिने क्रम बढ्दो छ । तर,हाम्रो देशमा जसरी 'आधुनिक' (Modern), 'आधुनिकतावाद' (Modernism), 'उत्तर आधुनिकतावाद' (Postmodernism),, वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै 'एक्काइसौ
शताब्दी' लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ । मोर्डन, मोर्डर्निज्म, पोस्टमोर्डर्निज्म,
ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्र ही अवधारणा (Ideological concept)हुन् र 'एक्काइसौँ शताब्दी' पनि त्यस्तै हो ।
यी सबै अवधारणाहरू युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।
'शताब्दी' मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षो समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब 'शताब्दी' को अगाडि 'एक्काइसौँ' भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, 'एक्काइसौँ शताब्दी' भन्ने अवधारणा
October 3, 2010
October 1, 2010
राम्रो कुरो बाहेक बाँकि सबै हुने देशमा
आफ्नो मुलुकबाट प्रवाहित हुने समाचारको शृंखला हेर्दा माथिको शीर्षक दिमागमा फुर्यो ।
माओवादी हिंसाले लखतरान र जीर्ण पारेको देशमा, केही वर्ष चुनाबका मुखमा एउटा पार्टीको नाममा झड्केलो जन्म्यो , तराई जनतान्त्रिक फोरम । फोरम विचित्रको थियो किनभने यसमा कुनै स्पेशल र ओरिजिनल मान्छे र प्रवृत्ति थिएनन् । अत: यो भगवानको श्रृष्टिमा बन्न नभ्याएको तर पछि सबै जीवजन्तुका चुनिन्दा अंगको गठजोडले बनेको ऊँट जस्तो देखिन पुग्यो । हिजोका भग्नावशेष पञ्चदेखि सबै पार्टीका 'लेफ्टओवर' बटुलेर आकार दिइएको यो तराईको राजनीति गर्ने फोरमलाई कतिले त दक्षिणी छिमेकीको नेपालस्थित प्रतिनिधि भनेर समेत आरोप लगाए । कुरो जे भए पनि , फोरमका काम , कर्तूत र ध्येय भने नेपाललाई कसरी “फोरौँ’ र 'सिध्याऔँ' भन्ने नै हो कि जस्तो लाग्ने कृयाकलाप यसले देखाइरह्यो, आफ्नो स्थापना कालदेखि ।
गत संविधानसभा चुनाब ताकाको मतदाता नामावलीमा २५ देखि ३०% फर्जी मतदाता रहेको कुरा निर्वाचन आयोगले एउटा सर्वेक्षण मार्फत पत्ता लगाएछ । यसैलाई आधार मानेर , अहिले निर्वाचन आयोगले निर्वाचन प्रणालीमा सुधार ल्याउन नया परिचयपत्र जारी गर्ने कार्यक्रम ल्याएको कुरा समाचारमा पढ्दा खुशी लागेको थियो , कमसेकम केही कुराका लागि असल पर्यास हुन थाल्यो भनेर । अझै भन्दा , यो प्रकृयामा जानु पूर्व निर्वाचन आयोगले सर्वदलीय भेला समेत गराई सो कुराको बारेमा दलहरूबाट सहमति पनि लिई सकेको रहेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
एकलव्य ( Eklavya)
Subscribe to:
Posts (Atom)


