September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने


September 26, 2011

गाउँखाने कथा ४९ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४९ को सहीउत्तर हो: सलाई

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।

---------------------------------------------------------

छ्याक्क छिना फलामको बिना, हराएमा लिना न दिना , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



September 18, 2011

पूर्वी नेपालमा ठूलो भूंइचालो (Strong Earthquake of 6.8 Richter Scale in Eastern Nepal)

नेपाल भूइचालको रेखामा रहेकोहुंदा हामी नेपालीलाई भूइचालोले संधै झस्काइरहेन्छ। समाचारहरु अनुसार पूर्वी नेपाल र भारतको सिमानामा 6.8 रेक्टर स्केलको भूइचालो गएको छ। आइतबार साझ करिब ६:३०मा गएको भूइचालो नेपाल र सिक्किमको सिमानामा थियो। उक्त भूइचालो को धक्का ४५ सालमा गएको भन्दा पनि ठूलो महशुस गरिएको थियो।

हामी सबैले नेपालमा रहेका सबै आफन्तको शकुसलताको कामना गरौं।



September 12, 2011

बन्दुक विचार हैन विनाश हो मुर्खता हो


मुहारमा रुन्चे मुस्कान टांसेर
बिदाइका लागि तिमीले हल्लाएका हातहरु ले
मेरो मुटु वा भनौ मेरो सम्पूर्ण अस्तित्वलाई नै हल्लाइ दियो
तिम्रा आँखाबाट बहेको बलिन्द्र आँसुले झन
आसंका जन्माइ दियो
धराप, पाइपबम, अपहरण जस्ता
चाहिँदा नचाहिँदा दुर्घटना सम्झाइ दियो
मं त आज कुरुक्षेत्रमा


September 11, 2011

लावन्डेताले फुल

उनको लावन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
उनको,,,,,,
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!
उनको,,,,,
ठुला ति दुई नयँन खोल्दा नबोलेरै,लजाएरै सबै भनेको थियो!
नौ गेडी गलाको,हातको चुरिले झनै सुन्दरतालाई घुलाको थियो!!
उनका,,,,
पैजनी छम छम बज्दा उनी संग संगै रनबनै झुमी नाच्छरे!
उर्लने खहरे पनी उसलाई भेट्दा नदिसरी सान्त बहेको थियो!!
उनको,,,,,
स्वर्गकी अप्सरा लाई जित्ने पहाड कि रानी चारै दिशा कहलेको थियो!
उनको लाबन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!!
"खलानको मान्छे"


September 10, 2011

आदमखोर बाघहरु

आदमखोर बाघहरु सुतेका छन् रे , वस्ती वस्ती बाट मान्छे हराएकै छन्
नरमेध यज्ञका पाखण्डी पण्डाहरु, रक्त पिपाशु उन्मादमा रमाएकै छन्
माओ, लेनिन वर्तमान का लागि उपहास , समय को अनौठो व्यंग बने
सढी सकेको दुर्गन्धित माओको लाश बोकेरै कत्ति ले कमाय कत्ति ले
वरिष्ठ देखि कनिष्ठ पुङ् माङ हरु,अझै मलामी हिंड्न छोडेका छैनन
भ्रुण हत्या गर्न नसकेकी लाचार आमा,तिमी जन्मिंदा खुशी हुने बाबु
आफ्नो कोख लाई धिक्कारेर आसुँ वगाइ रहेकी होलिन
धिक्कार् छ यस्ता अशुरी कपुत जन्माउने आमाहरु लाई
एउटा फुल फुटी दिएको भए पो के नै बिग्रिन्थ्यो र्
केही फरक पर्दैनथ्यो


September 8, 2011

झरिको दिन

-"खलानको मान्छे"
हिजो संगै भिजेको झरिको दिन याँद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाँद आयो!!
हिजो संगै,,,,,
चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!!
हिजो संगै,,,,
एक जोडी ढुकुर फेरी भुरुरु उडी कहाँ गयो!
रित्तो डाली गोघुली साँझ फेरी तिम्रो याँद आयो!!
हिजो,,,,
चारा फर्के जस्तै माया पनी फर्की आईदिय!
पाती टिपी देउराली लाई चडाएको याद आयो!!
हिजो संगै,,,,



August 29, 2011

शुभकामना र बधाइ छ , बाबुरामजी !

यतिबेला नेपाल बाबुराममय भएको छ । यसो त देशमा बाबुरामहरू कति छन् कति, तर चर्चाका डाक्टर बाबुराम नम्बरी सुनको पनि १ नम्बरी मानिएका छन् , उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका हुन् र यो त्यही पार्टी हो जसले मुलुकलाई १३ वर्ष रगतपच्छे पार्दै त्यही लिस्नो चढेर सत्ताको मचान चढ्न आइपुगेको हो , तर बाबुराम माओवादी भन्दा बाहिर राखिएर बुझिए जस्ता देखिने पात्र बनेका छन् । उनी माओवादी हिंसा र समस्याभन्दा बाहिर राखेर महिमामण्डन गरिएका देखिन्छन् । उनले बन्दूक बोकेर कसैको सफाया गरे-गरेनन् तर त्यसको नेतृत्व तहमा रहँदा लाग्ने कल्मषको दोषबाट पनि उनी बाहिर देखिएका छन् अथवा देखाइएको छ । विशेष गरी , माओवादीलाई शान्ति र संविधानसभाको बाटोमा ल्याउने योजनाकार मानिएका बाबुराम , माओवादीले शान्ति प्रकृयामा आइसकेपछि लिएको बाटोमा सहमतीय राजनीतिको पक्षमा उभिने सीमित नेताहरू मध्ये पर्छन् भनिन्छ।

सहमति, शान्ति र संविधान भन्दै माओवादी पार्टीभित्र बसेर एक्लै कराइरहने बाबुराम , बहुमतको पनि अनौठो


August 19, 2011

सन्दर्भ : श्रीकृष्णजन्माष्टमी ( भदौ ४ , २१ अगस्त )


- कृष्ण पौडेल


आदौ देवकी देवी गर्भजननम् गोपीगृहे वर्धनम्
माया पूतन जीविताप हरणम् गोवर्धनोद्धारणम् ।
कंसच्छेदन कौरवादी हननम् कुंतीसुत पालनम्
एतद् भागवतम् पुराण कथितम् श्रीकृष्णलीलामृतम् ।।
भगवान विष्णुका दश अवतार मध्ये श्रीराम एवं श्रीकृष्ण दुबै विशेष मानिन्छन् । परन्तु दुबैका प्रकृति र आचरणमा प्रशस्त भिन्नता छन् । श्रीरामले कठिन भन्दा कठिन परिस्थिति मा पनि मर्यादाको अतिक्रमण गर्नु भएन र त्यसैले वहाँ मर्यादा पुरुषोत्तम भनेर चिनिनु भयो । जबकि, श्रीकृष्णको अवतरण विपरीत परिस्थितिमा भएको थियो । माता देवकी र पिता वासुदेव अत्याचारी कंसको कारागार भित्र बन्दी हुनुहुन्थ्यो । आफ्नो अविर्भाव पछि स्वधाम फिर्ति सवारी नहुञ्जेल श्रीकृष्णले यति धरै विविधताका साथ अनकौँ लीलाहरू सम्पन्न गर्नुभयो जसले गर्दा वहाँ लीला-पुरुषोत्तमका रूपमा चिनिनुभयो ।
लीला-विलास
पौराणिक ग्रंथका कथाहरूमा भगवान श्रीकृष्णका लीला-विलास अनन्त छन् । जन्म लिँदा नै वहाँ चतुर्भुज-रूपमा प्रकट भएर फेरि सानो बालक बन्नु भयो भने , वहाँको उद्धारका लागि कारागार का पहरेदार सबै निद्रित बने , पिता वसुदेवजीको हथकडी-बेडी एवं ढोकाहरू स्वयं खोलिए , यमुनामा बाढी आए पनि रातारात बालक श्रीकृष्ण गोकुल पुर्‍याइन समर्थ हुनुभयो । यस्ता चमत्कारपूर्ण असामान्य कार्यहरू वहाँको जन्मपूर्व वा जन्मसंगै भएका पाइन्छन् ।


August 15, 2011

समय - प्रधान मन्त्री र राजिनामा

आज: देश बनाउन मै चाहिन्छ। म बिनाको सरकारले देश बनाउदैन। देशका समस्या म प्रधान मन्त्री हुने बितिक्कै समाधान हुन्छन जो अरुबाट हुन सक्दैन।

छ महिना पछी: छ महिनाको ऐतिहांसिक उपलब्धी पछी सहमती र बाधा फुकाउनको लागी मैले राजिनामा दिए। बिभिन्न बाधा अड्डन बिच छ महिनामा मैले जती गरें कसैले गरेका पनि छैनन,गर्ने पनि छैनन। आगामी दिन जनताको लागी सुखमय रहोस।

एक बर्ष पछी: म देशको कतिऔं प्रधान मन्त्री रे?

दश बर्ष पछी: ए म पनि प्रधान मन्त्री भएको हो र?

धेरै बर्ष पछी: आज भूपू प्रधान मन्त्रीको निधन भयो। त्यसैले सरकारी कार्यलय र बिध्धालय देशभरी बन्द रहने छन।

उपलब्धी: तपाई आफै निर्कौल निकाल्नुहोला।


August 13, 2011

स्वार्थ

"खलानको मान्छे"


स्वार्थको चरु होमेका हरुले स्वार्थ साधेको देखियो!

संसार फेर्छु भनेर हिंड्ने आँफै फेरियको देखियो!१!

स्वार्थको,,,,

पशिनाका कुरा गर्थे हरु,जिबन का कुरा गर्थे !

जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२!

स्वार्थको,,,,,

आज के भयो ती सपुतले देखेका सपनाहरु!

नेताहरुको बक्र दृष्‍टि सत्ता माथिको देखियो!३!

स्वार्थको,,,

संसार के फेर्थेर स्वार्थिले भुँडी भरेको देखियो!

जनता को नाममा जनत भजाएको देखियो!४!

स्वार्थको,,,,

जाग ए जागी हरु नयाँ भस्मा शुर देखी जाग

भस्मा शुरले संम्बिधान सभा नचाएको देखियो