
दौतरीका पाठक तथा लेखक सबैलाई शुभकामना।
दौंतरीमा सामेल भएको ३ बर्ष पूरा भएर आज ४ बर्ष लागेको छ। यो समय छोटो या लामो के भन्ने खै,तर लेख,समिक्षा र संबाद धेरै भएछन। धेरै मित्रता गांसियो,कती त टुटाइयो,कती अझ गांसिदै छ,प्रक्रितीको नियती नै यस्तै होला। दौंतरीबाट धेरै गर्ने सोच थियो,कती गरियो त्यो त पाठहकरुले नै मुल्याकंन गर्ने हो। जे जती गरियो त्यसमा अझ अन्य सामाग्री थप्दै सदैब यो इन्टरनेटको जालोमा दौंतरी बनेर रहिरहने छौं। नेपाली भएर निर्भिक स्वच्छ तथा सही बिचार संप्रेषण गर्दैरहने छौं। दौंतरीसंगै अहिले सम्म रहनु भएकोमा तपाईहरुलाई सबैलाइ बधाइ साथै आउने समयमा पनि दौंतरीसंग रहिरहनु हुन आशा गर्दछौं। दौंतरीबाट हराउनु भएको भए पुन दौंतरीमा आएर रमाउनुहोला।
के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest