October 6, 2010

शुभकामना गजल

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती