July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश 



July 4, 2025

हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

 


हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।