अध्याय:१०
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www6.sendthisfile.com/d.jsp?t=u5GJEZflA4v3woEUjj77zhnQ
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
३५-३६ साल तिरको कुरा हो क्यार तत्कालीन राजा बिरेन्द्रको पालामा निर्दलीय शासनको बिरोधमा प्रजातन्त्रवादीहरुको देशव्यापी आन्दोलन चलेको थीयो । त्यसलाई राजा बिरेन्द्रले एक्कै घोषणाबाट मत्थर पारीदिए ।
तात्कालीन स्थितिमा राजाले "देशमा बहुदलीए व्यबस्था लागु गर्ने वा सुधार सहितको पञ्चायत" जनमत संग्रहबाट निर्णय लिने भनी जनमतको घोषणा गरे । हामी सानै थीयौं र राजनीतिको 'र' पनि थाहा थीएन । तर पछि बिस्तारै थाहा भयो त्यो सुज-बुझ सहित फ्याँकीएको यौटा पासा मात्रै वा राजाको बेजोड 'चाल' मात्रै थियो । जनमत भयो र 'पहेलो' अर्थात 'पञ्चायत' ले चुनाव जित्यो, तर न त कुनै संबैधानिक परिवर्तन भए न त पञ्चायत नै सुधारीयो ।
एक किसिमले 'जन-अनुमोदन' पाएको पञ्चायत, पहिला भन्दा झन 'खतरनाक' भएर निक्ल्यो ।
समयले कोल्टे फेर्यो र त्यसपछि हालसम्मको स्थितिमा आँउदा देशको शासन व्यबस्थामा बृहत परिवर्तन भई सकेको छ । अहिले पञ्चायत मात्रै हैन, माओबादि "मूल धारमा प्रवेश गर्ने" तय भएपछी प्रजातन्त्रवादी र माओबादिको सयुक्त आन्दोलन पश्चात राजतन्त्र नै धाराशायी भई सकेको छ, तर जसरी ३६ सालको जनमत पछाडी पनि पञ्चायत सुध्रीएन त्यसैगरी जन-आन्दोलन २ र संसद प्रवेस पछि पनि माओबादी सुध्रिएका छैनन् ।
मिडीयाको जानकारीमा नआईपुग्ने वा नआएका खवर त कती छन लेखा-जोखा गर्न सकिने स्थिति छैन, तर आम संचार माध्यममा आएका यिनका करतूतलाई हेर्दा पनि माओबादीमा कुनै सुधारको संकेत देखीन्न।
ढाँटने, छलने, तर्साउने र तेर्स्याउने (बन्दूक तेर्स्याउने) काम मात्रै होईन हत्या, हींसा, चन्दा, अपहरण केहि रोकीएका छैनन्। पत्रकार बिरेन्द्र साहको हत्या देखी लिएर भर्खरै समाचारमा आएको 'खोटाङ लूट' को प्रकरण हेर्नुहोस सबैमा माओबादीकै हात रहेको छ ।
पत्रकार बिरेन्द्र साहको हत्यामा पहिला ठाडो इन्कार गरे पनि आखिर कुनै 'ढाँट" ले पनि काम नगरे पछि त्यो दानवीय कार्य आफ्नै दलबाट भएको उनिहरुले स्विकारे । अनी जति ढाँटे पनि सत्य कुरा लुकाउन नसक्ने ज्ञान प्राप्त भएकोले यसपालाको प्रहरी चौकि लुटने आफ्नै पूर्व कार्यकर्ता रहेको कुरा माओबादीका नेता सिपी गजुरेलले बताईसकेका छन् । (अब यो 'पूर्व' कार्यकर्ता र 'पश्चिम' कार्यकर्ताको नाटक भने भन्नेलाई लाई भन्दा सुन्नेलाई लाज लाग्ने कुरा हुन त्यसैले यसबारेमा धेरै कलम खर्च नगरौं)
यी त नसुध्रीएका माओबादीका केहि प्रकाशमा आएका कूकर्मका प्रकरणहरु मात्रै हुन, ती बाहेक यो समाचार, यो समाचार, यो समाचार, र यस्ता कैंयन प्रकाशित र अप्रकाशित समाचारहरुले सुध्रीन नसक्ने माओबादीका सच्चा चरित्र उदाङ्ग पारीरहेका छन् ।
समष्टीमा माओबादीको मूलधार राजनीति प्रवेश केवल यौटा सुरक्षीत अवतरण र जनता झुक्याउने खेल मात्रै हो। न त माओबादीको कुनै कार्यले उनिहरु प्रजातन्त्र प्रति प्रतिवद्ध भएको देखाएको छ, न त उनिहरुको चरित्रमा सुधारको लक्षण नै। त्यसैले उनिहरुको संसद प्रवेश पनि केवल 'सुधार सहितको पञ्चायत" जस्तै हो। तर यौटा कुरा चाहि पक्कै छ, जसरी तात्कालीन पञ्चायत नसुध्रिए पछि विस्तारै अलोकप्रिय, अस्विकृत र तिरस्कृत हुदैं आर्यघाट नै पुग्यो त्यसै गरि आफूलाई सुधार्न नसके माओबादी पनि दिग्भ्रमित, विकृत र घृणित हुदैं ईतिहासको पान्नाबाट बिलाउने छन् ।

जनसंख्या | कूल जनसंख्यामा % | साक्षरता % | |
१) क्षत्री | ३५९३४९६ | १५़ .८०% | ६० .११ |
२) बाहुन | २८९६४७७ | १२ . ७४% | ७४ . ९० |
३) मगर | १६२२४२१ | ७ . १४% | ५५ . ९० |
४) थारु | १५३३८७९ | ६ . ७५% | ४७ . १२ |
५) तामाङ | १२८२३०४ | ५ . ६४% | ४५ . ०४ |
६) नेवार | १२४५२३२ | ५ . ४८% | ७१ . २२ |
७)मुसलमान | ९७१०५६ | ४ . २७% | ३४ . ७२ |
८) कामी | ८९५९५४ | ३ . ९४% | ४१ . २७ |
९) यादव | ८९५४२३ | ३ . ९४% | ४० . ८३ |
१०) राई | ६३५१५१ | २ . ७९% | ५८ . १९ |
११) गुरूङ् | ५४३५७१ | २ . ३९% | ५९ . ७९ |
१२) दमाई | ३९०३०५ | १ . ७२% | ४३ . ५३ |
१३) लिम्बू | ३५९३७९ | १ . ५८% | ५८ . १२ |
१४) ठकूरी | ३३४१२० | १ .४७% | ६३ . ३२ |
१५) सार्की | ३१८९८९ | १ . ४०% | ३८ . ३३ |
१६) तेली | ३०४५३६ | १ . ३४% | ५१ . ४२ |
१७) चमार,हरिजन | २६९६६१ | १ . १९% | १९ . २४ |
१८) कोइरी | २५१२७४ | १ . ११% | ४३ . ८८ |
कूल ८०.६९% | राष्ट्रिय औषत ५३.७३% |
स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।
नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।
माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।
यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।
जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातीको प्रतिशत रहन पुग्छ ।
जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।
यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रम कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।
लागे त्यती स्पष्ट त छैन तर अहिलेको बेला भनेको बुलेट होइन कि ब्यालेटको हो, यो चाही पक्कै बुझेको हुनुपर्छ माओबादी समुहले। देश यो स्थीतींमा आइपुग्नु माओबादीको मात्रै दोष पक्कै छैन। बिभिन्न तरिका बाट देश र जनता प्रयोग भएका छन। तर माओबादी भोटको राजनितींमा आइसक्दा पनि यसले रोजेका गलत बाटाहारु अझै प्रयोग हुंदैछन। हिजो भएको बाराको बसको घटना त्यसकै नमुना हो। बन्दुक बोकेको ठुली हतियारधारी समुहले हतियार बिसाइसकेको अबस्थामा फेरी यस्तो घटना नदोरिहिए देशलाइ राम्रै हुन्थ्यो तर अहिलेको स्थीती त्यस्तो छैन। बिशेष गरी तराइमा अनगिन्ती हतियार धारी समुह जन्मेका छन। समतल जमिन,बिशाल क्षेत्रफल आदी भौगोलीक स्थीतिले गर्दा राष्ट्रको सुराक्षा पहुंच पहिला पनि न्युन नै थियो तराइमा। त्यसैले जनता आफै घरमा साधारण बन्दुक राखेर आफ्नो सुरक्षा आफै गर्थे। तर अहिले त्यस्ता बन्दुकलाइ अत्याधुनीक हतियारले बिस्तापित गरेका छन तर अनेक बहानामा नेपाली जनता माथी नै बर्सीदैछन गोलीहरु। यस्ता आक्रमणहरु आफ्नो पहुंच देखाउन तराइबाट काठमान्डौ उपत्यका पनि पुग्ने गर्छन। हालैको बारा घटना तराइ आर्मी नामक समुहले लिएको छ। नाम झट्ट हेर्दा तराइको हक हितको लागी लडेको समुह जस्तो देखिन्छ तर हेर्नुहोस त मर्नेको नाम :त्याहां सबै नेपाली छन, तराइ मुलका,पहाड मुलका र हिमाल मुलका। यो घटना यसैनै कायरता पुर्बक गरेको देखिन्छ तर यसरी नितान्त तल झरेर यात्रा गरिरहेका सर्बसाधारणलाइ सिधै म्रित्युबरणमा पुराउनु यो समुहलेबिबेक नै गुमाएको जस्तो देखिन्छ। यस अघी जे जस्ता घटना भए नि स्थित शान्त जस्तो देखिएको बेला फेरीसमुह,उप-समुह तयार भइ हत्या हिंशामा उत्रीनु देशलाइ पोलेमाथी फकुन्डो जस्तै भएको छ।