February 19, 2010

बेग्लै छ ब्लगको मज्जा

'वेब ब्लग' धेरैले सुनेको, पढेको र कमेन्ट गरेको अनलाइनको स्वतन्त्र पेज। नेपालीमा ठ्याक्कै अर्थ खोज्ने हो भने 'ब्लग' भनेको हो, टिप्पणी । सम्पादक लगायत पत्रकारिताका विभिन्न गेटकिपिडबाट स्वतन्त्र हुने भएकाले स्वतन्त्र टिप्पणी पनि भन्छन् ब्लगलाई। फिप्थ फ्रिडम भन्छन् अनलाइनमा फ्रिमा पाइने स्पेस र डोमेनको टिप्पणी। त्यही निशुल्क टिप्पणीमा जोडिने जोशिलो भाषाको टाँसोमा भावना र सृजना पोख्छन् जीवनको स्वतन्त्र उमेरमा रहेका युवा। कक्षाको जिम्मेवारीबाट मुक्त समयमा समाज र राजनीति प्रतिका आफ्ना दृष्टिकोणलाई पस्कन्छन् स्वतन्त्र माध्यममा। २१औं शताब्दीको मिडिया कन्भर्जेन्सले दिएको टेक्स्ट, अडियो र भिडियो अपलोडको सुविधालाई आफ्नो सृजना देखाउने थलो बनाएकी छिन् उषा पराजुलीले। डेढ वर्षअगाडी काठमाडौं विश्वविद्यालयको आमसञ्चार विषयको कक्षामा चर्चा भएपछि ब्लगमा साइन अप गरेकी उनका लागि ब्लग आफ्नो मिडिया हो। आफैले तोक्ने सम्पादकीय नीतिमा चल्ने मिडिया। त्रिभूवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा न्यूमिडियाको क्लासबाट निस्कने मिडियाका विद्यार्थी पनि आफ्नै मिडियाका रुपमा तयार पार्छन वेब ब्लग। स्नातक तहको इर्न्र्टनशिपको अप्सनका रुपमा ब्लग बनाउन सिकाउँछन् किरण चापागाइँ। आरआरको कक्षाबाट ब्लगको स्वतन्त्रता बुझेका सन्जु काउछा मगरले फलो गरे अनलाइन मिडियाको रिसेन्ट ट्रेण्ड। गुगलको भातृ अनलाइन सेवा ब्लगरले दिएको निशुल्क ब्लगिडको अवसरलाई गुल्मी दर्शनको टाइटलबाट सुरु गरे। २०६५ मा स्नातक तहको दोस्रो वर्षा आमसञ्चार तथा पत्रकारितामा इर्न्र्टनशिपको विकल्पबाट सुरु गरेको हुँ भन्छन् सन्जु। त्यतिबेला आरआरको कक्षामा ऋषिकेश दहालले ब्लग गर भने मैले पनि गरें त्यहीँबाट अध्यनय र कामको बिदाले ब्लगमा टाँसो जन्माउन थाल्यो।

ढुंगा पनि पचाउन सक्ने भनिने उमेरको जोशलाई क्रियशनको क्षेत्रमा लगाएका छन् पराजुली र मगरले। क्लासका एसाइनमेन्ट देखी आफ्नो लेन्सले देखेका दृश्यलाई साझे बनाउँछिन् पराजुली ब्लगमा। मगरले चाहिँ आफ्नो गाउँ गुल्मीलाई केन्द्र बनाएका छन् विचारको। प्रिल्युड पर्फेक्सन शिर्ष हो अन्जली तिमल्सिनाको ब्लगको। तीन वर्षअगाडी पहिलो पल्ट टाँसो राख्दाको रोमान्च रिन्यु हुन्छ आज पनि नयाँ टाँसो राख्दा। तिमल्सिनाको अधिकांश बिदा समय ब्लगमा बित्छ। नयाँ विचार, सृजना पस्कनका लागि उत्तिकै हतार। नेपालमा क्याम्पसे जीवनमा सिकेको ब्लगिडलाई लुइजियानामा एकाउन्टिडको बिदा बिताउने माध्यम बनाएकी छिन् उनले। जापानमा अध्ययन र कामका लागि लागेका कुमार मोक्तानले आफ्नो मिडियाको रुपमा विकास गरेका छन् आफ्नो संसार डटकमलाई। ब्लगका रुपमा कुरा राख्न स्वतन्त्र हुने भएकाले यो मेरो माध्यम हो डाउनका मानिसको माध्यम कुमार भन्छन्।

टिम ब्लगिगंको उदाहरण बनेको छ दौतरी डट ओआरजी। फरक फरक पृष्ठभूमिका ब्लगरले समाज र राजनीतिमा फरक फरक एंगल देखाउँछन्। अनि त्यही टाँसोमा कमेन्ट माथि कमेन्ट गर्छन् ब्लगका पाठक। दुई वर्षअगाडी अमेरिकाबासी मेकानिकल इंजिनियर मदन बरालले सुरु गरेको दौंतरी नेपाली भाषाको ब्लग मध्ये लोकप्रिय पनि छ। विभिन्न मुलुकमा अध्ययन र जागिरका लागि गएकाहरुको साझा प्रयास हो दौंतरी भन्छन् बराल। सबै साथीहरुले बिदाको समयलाई लगाउनु भएको छन् नेपाललियन उपनाममा लेख्ने बराल भन्छन्।

स्वेता बानिया डट वर्डप्रेस डट कममा अंग्रेजीमा एमए गरिरहेकी स्वेता बानिया आफ्ना भावना पोख्छिन्। साहित्य र समाजबारेका आफ्ना रचना र विचार प्रकाशनका लागि ठूला मिडिया हाउस सम्म पहुँच नभएपनि मासमा पुर्याउन सक्ने बनाएको छ उनलाई ब्लगले। अध्ययन र रोजगारीका लागि विदेशीने नेपाली विद्यार्थीका लागि ब्लग नेपालको समाजसँग जोडिने माध्यम बनेको छ। काम र क्याम्पसबाट मिलेको बिदालाई सदुपयोग गर्छन् विद्यार्थी ब्लगमा। अमेरिकाको लसएन्जलस पुगेका मिलन लम्साल पनि त्यही ब्लग सांड्लोमा छन्। प्रकाशक, सम्पादक र विज्ञापक कसैको पनि कैंची नचल्ने अनलाइनको माध्यम ब्लगमा समसामयिक गफगाफको सिलसिला चलाइरहेका छन् प्रवेश पौडेल। गफगाफ डट कममा। नियमित नयाँ टाँसो राख्ने उनका लागि मिनपचास होस् या शनिबार सबै बिदा ब्लग सजाउने समय हुन्। म बिदामा साजसज्जामा ध्यान दिन्छु पौडेल भन्छन्। हाम्रोअभियान डट ब्लगस्पट डट कममा बसन्त पुरुष बिदा बिताउँछन्। आकार पोष्टको टाइटलमा ब्लग लेख्छन् र्सलाहीका अनिल प्रसाद घिमिरे। ब्लग दैनिकीका अभिन्न अंग हुन अपलोड र एडिट। ब्लगमा साइनइन पछि मोडरेसनमा रहेका कमेन्ट अप्रूभ गरेर पब्लिस गर्नुबाट सुरु हुन्छ उनको ब्लग दैनिकी। नयाँ कुरा थाहा पाउनासाथ नयाँ टाँसो तयार पारिहाल्छन् उनी। काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इञ्जिनियरिड तेस्रो वर्षा अध्ययन गर्ने उनको ब्लग यात्राले उनलाई धेरैका सामु चिनाएको छ। धेरै मानिससँग अर्न्तक्रिया र छलफल गर्ने प्लेटर्फम भयो मेरो ब्लग अनिल भन्छन्। ब्लगको दैनिक दुई घण्टे यात्रामा उनले साथी मात्र होइन केही सय डलर पनि बनाए। गुगलको एडसेन्सबाट आएको रकम भन्दा पनि रकमी भावना दुनियाँलाई आफ्नै पारामा सुनाउन र पढाउन पाउनु नै ठूलो हो भन्छन् उनी।

शेखर केसी र राजन कठेत काठमाडौं विश्वविद्यालयमा मिडियाका विद्यार्थी मात्र होइनन् राम्रा ब्लगर पनि हुन। मिडियाको अध्ययनमा क्लासमा सिकेको कुरा हो अल्टरनेटिभ मिडिया त्यही मिडियाको रुपमा चलेको माध्यम ब्लग। त्यसैलाई आफ्नो विचार पोख्ने माध्यम बनाएका छन् शेखर र राजनले। भावना साटासाटको श्रृड्खला भनेर टु वे कम्युनिकेसन गर्न खोजेको हुँ ब्लगमा भन्छन् शेखर। मास कम्युनिकेसनमा फिडब्याक कम हुने भएकाले यो मासमा पुगेर पनि इन्र्याक्टिभ माध्यमलाई छानेको बताउने शेखर कक्षाका एसाइनमेन्ट देखी पत्रकारिताका सिद्धान्तका बारेमा समेत आफ्नो धारणा राख्छन्। राजन कठेतको ब्लग यात्रा वातावरणिय सुरक्षाका लागि हो। उनी ब्लगमा टप डाउन कम्युनिकेसनको नेचरलाई डाउन टु टप मात्र गरिरहेका छैनन् साइकल सिटीको पक्षमा विचार मन्थन पनि गरिरहेका छन्।

सुमती महर्जनका लागि आफ्नो विचार पोख्न ठूला मिडिया सम्म नभएको पहुँचको बिकल्प हो ब्लग। सामयिक घटना र विषयवस्तुमा पब्लिक ओपिनियन दिन रोजिन ब्लग। म मेरा कुराहरु अनलाइनको फोरममा सेयर गर्छु जाहां सबैले पढ्न सक्छन् उनी भन्छिन्। काठमाडौं विश्वविद्यालयको मिडियाको क्लासमा कम्पल्सरी जस्तै भयो ब्लग। सबैको छ ब्लग। त्यस्तै अवस्था छ आरआरको स्नातक र स्नातकोत्तरका क्लास पनि। आमसञ्चारका विद्यार्थी ब्लग कम्युनिटीका सदस्य बनिसकेका छन्। प्रिm मार्केट अफ आइडियाको अवधारणा र वाक् स्वतन्त्रताको अधिकारलाई निशुल्क फोरम दिएको ब्लग पत्रकारबाट विद्यार्थीको हातमा पुगेको छ। न्यूजपोर्टलमा राखिने ब्लगलाई चुनौति दिन थालेका छन् स्टुडेन्ट ब्लगरले। उमेश श्रेष्ठको माईसंसारले नेपाली ब्लगको रुपमा हल्ली खल्ली मच्चाएपछि आमसञ्चारका विद्यार्थीले सम्हाले ब्लग परम्परा। केपी ढुंगानाको हाम्रो ब्लग,दिनेश वाग्ले र उज्ज्वल आचार्यको युनाइटेड वी ब्लगको परम्परालाई धान्न महिला ब्लगरको रुपमा उषा, स्वेता, अञ्जली, सुमती उदाएका छन्। त्रिभूवन विश्वविद्यालयकी मनु थाडा मगर त्रिविको स्नातकोत्तरमा जनसंख्याको क्लासबाट निस्केर बिदामा ब्लग गर्थिन। अहिले लोकेसन चेन्ज भएको छ लण्डनमा हेमिल्टन कलेजको बिदाको सेड्युल हेर्छिन उनी। बिदामा ब्लग गर्नु, नयाँ टाँसो राख्नु उनका लागि नियमित आकस्मिकता हो।

अप्रिल १९९७ मा न्यूयोर्कका डेव वाइनरले स्क्रिप्टिगं न्यूज नामको वेबसाइट बाट सुरु गरेको ब्लगिङ्गको अवधारणा अपनाउन थालेका छन् नेपाली विद्यार्थी। आमसञ्चार देखी इञ्जिनियरिड सम्मका विद्यार्थीले साहित्य, कला र समाजका विभिन्न पक्षमा ब्लग गर्छन् नयाँ नयाँ टाँसो भर्छन्। सन् १९९७ डिसेम्बरमा जोन बार्गरले रोबोटविजडम डट कम को सुरुवात गरेर पहिलो पटक वेब ब्लगको नाम दिए । त्यसपछि सुरु भएको वेबमा डायरी लेख्ने क्रम, विना छेकवार स्वतन्त्रता पूर्वक आफ्ना धारणा राख्नेकामले टप डाउनबाट आमसञ्चारलाई डाउन टु टप बनायो। त्यही डाउनबाट टपमा फ्लो गरिरहेका छन् बिदाको मौका पारेर विद्यार्थी। नब्बेको दशकको सुरुवात देखीनै जिओसिटिज डट कम, ट्राइपोड डटकम एटएम डटकम होमपेज डटकम आदिले आम मानिसलाई आफ्नो निजी इन्टरनेट होमपेज बनाउने सुविधा दिएका थिए। त्यसलाई निरन्तरता दिएका छन् ब्लगर, वर्डपेस, माईस्पेश,ब्लग डटकम, टाइपप्याड, पिटासले। त्यसैमा खेलिरहेका छन् बिदामा युवा बिन्दास पारामा विचारको खुला बजार बनाउन।

मदनमणि अधिकारी
अन्नपुर्ण फुर्सद

18 Comments:

Prabesh said...

एकदम राम्रो आर्टिकल हाम्रो बारेमा ! अन्नपुर्ण पोष्टलाई धेरै धन्यवाद दिनुपर्छ !! तपाईँलाई पनि धन्यवाद छुटेका साथीहरूलाई पढ्ने मेसो बनाइदिनुभएकोमा !!

N K M said...

Thanks for sharing!

Nepalean said...

केही समय पहिले मदन मणी जी ले दौंतरीबारे सोध्नुभएको थियो। उहांले नेपाली ब्लगबारे अन्नपूर्ण पोस्टको आबरण
पेजमा राख्नुभएको रहेछ। आफू यता अब पत्रिका उता, ल आयो रे भन्ने हल्लैमा खबर सकियो। पछी अन्य ब्लगरसंग
कुराकानी गर्दा केहीले पढ्नु भएको र केहीले छुटाउनु भएको रहेछ। अनि म पनि बल तल गरेर सामाग्रीको खोजीमा लागें। पेजको चित्र आकारको फेसबुकमा रहेछ,आर्टीकल चाहिं मदन मणी जी ले नै प्रिती फन्टमा उपलब्ध गराउनु भो। दुबैलाइ धेरै धेरै धन्यबाद।

अझै पनि धेरै इमेलहरु प्रिती फन्टमै आउंछ तर प्राय नेपाली ब्लगहरु युनीकोडमा छन। दौंतरीलाइ आएका कती सामाग्री त अन्य फन्टबाट प्रितीमा लान समय लाग्ने र अशुद्दपनि हुने हुंदा प्रकाशित गर्न पनि गार्हो हुन्छ। किन होला युनीकोड त्यती प्रयोगमा नल्याइने?

माथीको प्रस्तुती ब्लग खबर पढ्न छुटेका साथीहरुलाइ पक्कै पनि नया लाग्ने छ। तर लेख भने करिब १ महिना जती पुरानो हो। एउटा लेखमा सबै ब्लगर त कसरी समेटिनु,मलाइ लाग्छ लोकप्रियमै गन्ने हो भने पनि नेपाली ब्लग माथी उल्लेखित भन्दा ३-४ गूना बढी पक्कै छन।

विष्णु प्याकुरेल said...

Article purano bhaey pani nikai ramro lagyo. post garnu bhayeko hardik dhanyabaad.

Milan said...

ल ठीक छ

Dilip Acharya said...

पक्कै पनि बेग्लै छ ब्लगको मज्जा । यो लेख मैले पनि आकारजीको फेसबुकमा पढनै नसकिने सानो अक्षर भएको ईमेज फाईलमा देखेको थिएँ । आज मज्जाले पढियो ! धण्यवाद !!

prelude said...

Thankyou very much for posting this here!

Nepali video site said...

its a Nice attempt. we must have place in everyday print media so other people who are unware of blogging and new way of media revolution of 21st century may benefit from this kind of article. thank you nepalean ji. Keep informing.
you may share your thoughts by video as well using our video portal at Nepali video sharing site clonevideos.com by the way can i have a chance to put a link from your blog? to my video site? please let me know if there is a chance?
Kiran

kiran khatri said...

kuro ta thikai ho!

Chaitanya said...

नेपाली ब्लगरको चर्चा हुनु राम्रो कुरा हो | दौतरीको उल्लेखनीय उल्लेख हुनु झन् राम्रो कुरा हो, दौतरीसंगै चौतारी र बाटोको कुरा पनि उल्लेख भएको भए सुनमा सुगन्ध हुन्थ्यो | लेखकको आफ्नो सुविधाले होला , लेख काठमाडौँ बिश्वबिध्यालयको सेरोफेरोमा नै केन्द्रित जस्तो लाग्यो |

एकलव्य ( Eklavya) said...

दौतरीको बारेमा पनि कुरा पढ्न पाउँदा खुशी लाग्यो । अनि मदनजी र नेपालियनजी पनि एउटै पो हुनु हुँदो रहेछ । दौँतरीमा लेखकको रूपमा राखिएका साथिहरू सबैले महिनामा कम्तिमा एक एक वटा लेख राख्न सके जाती हुन्थ्यो , क्यारे ! अनि दौँतरीको टीम ब्लगिङको त जति तारिफ गरे पनि कमै हुन्छ, मैले त कसैलाई व्यक्तिगत रूपमा भेटेको चिनेको पनि छैन । यो त साँच्चैको भर्चुअल संसार र क्लाउड कम्प्युटिङको उदाहरण हो जस्तो लाग्छ । हो , चैतन्यजीले बने जस्तो लेखले आफ्नो परिधिलाई अँगालेको देखियो , हामीलाई पनि चर्चामा समेटेकोमा धन्यवाद ।

पुष्प said...

'मेरो संसार'को चर्चा खै ? जस्तो पत्रिका, उस्तै लेखक ।

MANU said...

बिचरा पुष्पजीलाइ माइसंसारको नाम नदेख्दा होस नै गुम भएछ। चिन्ता गर्नुस,दोस्रो अन्तिम परिक्षेदको मध्यभागमा
तपाइका प्रिय ब्लगर उमेश श्रेष्ठको नाम छ। खयर नाम आउनु र छुट्नुमा ज्वरभाटै चल्ने गरेर ज्वरो निकाल्नु पर्ने कारण के छ? माथी नेपाली ब्लग गुरू दिलीप आचार्य सर को नाम पनि समाचारमा छैन,नेपाली ब्लग जगतले उनलाइ गुरु मानी राख्छन क्यार। ब्लग लेखनकै तुलना गर्ने हो भने दिलीपजीको लेख उमेश श्रेष्ठको भन्दा १० गुना राम्रो छ। कोही बहश गर्न आउनुहुन्छ भने म तयार छु। ब्लग लेखनमा सहयोग गर्ने को कुरा गर्ने हो भने त सारा नेपाली ब्लगर दिलीपजी संग नमस्तक नै छन।
(कमेन्ट डिली पककै नहोला)

kamaladi said...

नेपाली ब्लगरको गुगल ग्रुपमा मदन जि ले information हरु माग्नु भएको याद थियो, तर प्रकाशित भएको वा नभएको केही अत्तो पत्तो थिएन । लौ बल्ल पढ्न पाइयो, दौंतरीलाई धन्यवाद ।

तेती थोरै ठाउंमा धेरै ब्लगरलाई समेट्नु गार्है हुन्छ, तर उहांले धेरै राम्रो गरी लेख्नु भएको छ । उहांको लेख ब्लगरमा भन्दा पनि ब्लगको व्यापकता प्रति केन्द्रित रहेकोले सबै ब्लगर समेट्न जरुरी पनि थिएन जस्तो लाग्छ मलाई ।

हुन त आफ्नै Alma Mater हो, तर लेखमा अलि धेरै नै केयुको विद्यार्थी रहेछन है :)

-Prajwol-

मदनमणि अधिकारी said...

नेपाली ब्लगर र ब्लगीङ माथीको यो लेखनी बिदामा ब्लग कभर स्टोरीका रुपमा छापिएको हो। लेखनी मेरो हो। यो कलेज बिदालाई गरिएको सदुपयोग को कुरा भा भेर धेरै कलेज उमेरका को ब्लग को कुरा छ । ७०० देखी ८०० शब्दका लेखको पनि आफ्नै सिमा हुन्छ कभर गर्न सक्ने। तर पनि धेरैको ब्लगको उल्लेख भा को छ। सबैकुरा उपलब्धताको आधारमा हुने हो। मेलमा गरेको खबरको समयमै भएको रिप्लाइ माथि न्याय नै गरिएको छ।

कसैकसैलाई केयुका धेरै लाग्न सक्छ । के विद्यार्थीका रुपमा ब्लग गर्ने केयुका कम छन र ? नेपाली विद्यार्थी नेपालका विद्यार्थीमा केयुकामा जुन जोश छ त्यो अन्त नभएको पक्कै हो । धेरै नया पुस्ताका को कुरा छ। ब्लगमा नाम भका भन्दा पनि नयाँ हरुको बढि छ किनकी नयाँहरु राम्रो लेख्छन। पैसा र हिटको लागी लेख्दैनन्।

पोस्ट र फेसबुकको लिंकका लागी धन्यवाद !

Nepalean said...

म प्रजव्वलजी संग एकदम सहमत छु। लेखमा ब्लगर भन्दा ब्लगको ब्यापकतमा केन्द्रित भएको छ। ब्यक्ती परक भन्दा
बिषय परक लेख भएका लेख नै उच्चकोटीका हुन्छन,ब्लगिगंको मर्म नै त्यही हो जांहा कस्ले लेख्यो हैन के लेखियो भन्ने कुरा महत्वपूर्ण हुन्छ।

ब्लगमा नाम भका भन्दा पनि नयाँ हरुको बढि छ किनकी नयाँहरु राम्रो लेख्छन। पैसा र हिटको लागी लेख्दैनन्। मदनमणी जी ले सही कुरा औंलाउनुभयो। यो मर्म हरेक ब्लगरमा हुनू जरुरी छ। ब्लगका पाना रंगाएर या सकी नसकी मान्छे बटुल्ने या पैसा जोही गर्ने ब्लगीगं पेशा हुदै होइन। त्यस्तो काम त प्रचारबाजी हो र आफ्नो खल्तीको जोहो गर्ने
एउटा सस्तो माध्यम मात्र हो। पाठकलाइ उक्साएर ब्लग केही समय चल्ला तर पछी त्यो हल्का र फिका भएर जान्छ। यस्ले नेपाली पाठकहरुलाइ नेपाली ब्लगप्रती बित्रिषणा जगाउंछ र अन्यत्र जान उत्प्रेरित गर्छ। नेपाली ब्लगहरु यस्तो धरापमा कहिल्यै नपरुन!

अन्तयमा कुरो आयो को किन समेटिए र को किन समिटिएनन,फ्याट् भन्न सजिलो भए पनि सारा ब्लगरबाट समयमा उत्तर पाउन र समयमै समेट्न सजिलो कांहा छ र? हामी नेपाली ब्लगरले राम्रै गर्दै जाऔं,मदन मणी जीले मात्रै होइन अन्य पत्रकार मित्रहरुले पनि नेपाली ब्लगको बखान गर्न पछी हट्नुहुनेछैन। कमेन्ट डिलीट गर्ने कुरो त छदैं छैन नि,वाक स्वतन्त्रताको उपयोग गर्दै ब्लग लेख्ने आफूं बोल्ने अरुको मुख छोप्ने त अपराध सरह नै भयो नि।

एउटै लेखलाइ फरक फरक ब्यक्तीको अभीमत पढ्न पाउनु त्यही त हो ब्लगिगंको मज्जा,हैन त?

kamaladi said...

PS:

"उहांको लेख ब्लगरमा भन्दा पनि ब्लगको व्यापकता प्रति केन्द्रित रहेकोले सबै ब्लगर समेट्न जरुरी पनि थिएन जस्तो लाग्छ मलाई ।" This was in continuation with the discussions, specifically with the two comments before mine. I am absolutely indifferent to, or care less to what the writer should have done. I was just deriving my thoughts based on the presented article, I have absolutely no interest in interacting with the author on what he should have done.

Since I was involved with KU, starting more than a decade ago, I am happy to see them advancing the blogging platform. I noticed KU more, because I was from KU, others might feel differently. Again, I care less whom the writer chose for the article, I am more interested in the objectivity of the article not the subjectivity; it's his baby he should write whatever he want's to.

To summarize, I like the article.

Cheers!!

-Prajwol-

बसन्त पुरूष said...

मैल पनि लेख अाउला र पढैला भनी बसे तर लेख अाएको पत्तै पाइन तर अाजमात्रै नेपाली ब्लगुर ग्रुपको इमेल हेरे अनि बल्ल पढ्न पाइयाो
धन्यबाद नेपालियन जि अनि मदन मणि अधिकारी सरलाइ
हामी सबैको संगतको जय होस्
जय संगत
बसन्त पुरूष

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !