आँसु झर्छ प्रिय
इन्जिनियर राकेश
कार्की
लस एन्जेलस
नझारुँ भन्दा भन्दै जब
आँसु झर्छ प्रिय
छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय
दु:ख्दै दु:ख्दै बगेर झर्दै
झर्दै मिठा याद
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय
आँसु ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो
त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय