November 25, 2015

मेरो देशका मोदीहरू!

मेरो देशका मोदीहरू!

मोदी जस्तो मित्र र भारत जस्तो छिमेकी कसैको नहोस्, सबैलाई शुभकामना !
देशभित्रका मोदीहरूले देश कसरी लुटेका छन् ? 
* देशले ६ वटा उपप्रधानमन्त्री बेहोर्नु परेको छ । २५ जनाभन्दा बढी मन्त्री नहुने संविधानमा भएको व्यवस्थालाई लगौंटी बनाएर मन्त्री थपिएको छ । 
*संविधान बनाउनका लागि भनेर जम्मा गरिएका ६०१ जना स्वतः सभासदमा परिणत भएका छन् । यत्रो संख्यालाई देशले कति बर्ष पाल्नु पर्ने हो ? केले पाल्ने हो ? 
*एउटा सभासद् उर्फ सांसदको पालनपोषणमा देशले सरदर वार्षिक १८ खर्च गर्नु परेको छ । यस्तो देशले दैनिक ६ करोड रुपैया सरदर विदेशी ऋण पनि चुक्ता गर्नु पर्ने वाध्यता छ भने यो देशको हालत के होला ?
देशले डरलाग्दो अवस्था भोग्नु परेको छ, यस्तो बेलामा सरकारी खर्च घटाउने, राज्य सञ्चालनका लागि न्यूनतम संख्या र सुविधामा बसेर राष्ट्रोन्नती र स्वावलम्बनको बाटोमा हिडेर उदाहरण बन्नु पर्नेमा राजनीतिको कथित नेतृत्वले मिलोमतोमा दिन दुगुना रात चौगुना देश लुटिएरहेको छ । हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ र यो पुस्ता रहेसम्म यस्तै रहन्छ । देशका बाछाहरु सधैं भोका छन् ।
सेतोपाटीमा ताजा लेख, मेरो देशका मोदीहरू !


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !