May 26, 2012

हामी नेपाली

- प्रेम ओली
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलिमा सधैं चढने
बलिका बोकाहरु हामी
सिकारीहरू अर्कै
सिकार खानेहरू अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दूध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै
खाए पछी फ्याकिने
दूधका पोकाहरु हामी
चोर आए पनि
डाँका आए पनि
लुटेरा आए पनि
वेश्या आए पनि
सधैं खुला रहने
मन्दिरका ढोकाहरू हामी
कसैले फल बोक्न
कसैले जल बोक्न
कसैले मल बोक्न
सर्ब सुलभ पाइने
सस्ता डोकाहरु हामी
देश हसुर्नेहरु उनै
घुस हसुर्नेहरू पनि उनै
खाने हुने
खान नहुने
शेष हसुर्नेहरू पनि उनै
उनैहरुकै ईशारामा
घाम घाम खाँदै
झरी खाँदै
खाली पेटका भोकाहरु हामी ।


1 Comments:

Anonymous said...

hamiharu sabai boli kai boka hau guru. sikari haru sikar kehili rahanchan.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !