September 18, 2011

पूर्वी नेपालमा ठूलो भूंइचालो (Strong Earthquake of 6.8 Richter Scale in Eastern Nepal)

नेपाल भूइचालको रेखामा रहेकोहुंदा हामी नेपालीलाई भूइचालोले संधै झस्काइरहेन्छ। समाचारहरु अनुसार पूर्वी नेपाल र भारतको सिमानामा 6.8 रेक्टर स्केलको भूइचालो गएको छ। आइतबार साझ करिब ६:३०मा गएको भूइचालो नेपाल र सिक्किमको सिमानामा थियो। उक्त भूइचालो को धक्का ४५ सालमा गएको भन्दा पनि ठूलो महशुस गरिएको थियो।

हामी सबैले नेपालमा रहेका सबै आफन्तको शकुसलताको कामना गरौं।



2 Comments:

deepak said...

Was it 2046 or 2045? I also called my home and they said the jolt was huge.

Biplab said...

dherai chyati bhayecha. ajai pura khabar auna baki chha. this is what nagarik news has in their news.
काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।

धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।

भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन दिइसकेको छ। उद्धार तथा राहतमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा मन्त्रालयले अनुरोध गरेको छ।

भक्तपुर- यहाँ १४ वटा घर भत्किएको छ भने करिब २० जनाभन्दा बढी घाइते भएका छन्।

भूकम्पबाट भक्तपुरको गोल्मढीमा सर्वज्ञराज नागशाहीको, खौमामा कृष्णराम बाटीको, व्यासीमा लक्ष्मीनारायण वासुकला र बुद्धिकृष्ण लाखाजुको भर भत्किएको महानगरीय प्रहरी परिषरका प्रमुख एवम् प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए।

यसैगरी थिमीमा एकवटा, नंखेलमा एकवटा र पिखेलमा एकवटा र विभिन्न स्थानमा गरी १४ वटा घर भत्किएको प्रहरीले जनाएको छ।

भूकम्प गएर घर भत्किएको देखेर भक्तपुरका सुजन लगू बेहोस भएर घाइते भएपछि भक्तपुर अस्पतालमा उपचार गरिएको छ।

यस्तै थिमी गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा भूकम्पका कारण घाइते भएर १७ जना बिरामी उपचारका लागि ल्याइएको छ।

भूकम्प गएपछि घरको छतबाट हाम्फाल्ने, पर्खाल नाघ्ने, भागदौड गर्ने, सामान सार्नेक्रममा धेरै घाइते भएर अस्पताल ल्याइएको र घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले बताए।

धेरैजस्तो घाइतेको हातखुट्टा भाँच्चिएको, टाउको लगायतका विभिन्न अङ्गमा चोट लागेको बताउँदै उहाँले घाइतेको उपचार भइरहेको जानकारी दिए।

जिल्लाका विभिन्न स्थानमा थप घर भत्किएर घाइते भएकालाई अस्पताल लगिएको बताइएको छ।

फेरि पनि भूकम्प आउन सक्ने भन्दै राति अबेरसम्म सूर्यविनायक, जगाते, थिमीलगायतका सडक तथा टोलटोलको खुल्ला क्षेत्रमा जम्मा भएर बसेका छन्।

धनकुटा- विभिन्न ठाउँका घर चर्किनाका साथै भेडेटार-३ मा ठूलो पहिरो जाँदा कोसी राजमार्ग अवरुद्ध भएको छ।

भूकम्पका कारण धरान धनकुटा सडकखण्डको मालबासेस्थित भोजपुरे घुम्तीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।

पहिरो खसेपछि धरानबाट धनकुटातर्फ आउँदै गरेका र धनकुटाबाट धरानतर्फ जाँदै गरेका दर्जनौं सवारी साधन बीच बाटामा नै अलपत्र परेका छन्।

पहिरो हटाउनका लागि भेडेटारबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको भए पनि पहिरो ठूलो रहेकाले राति नै हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

भूकम्पका कारण धनकुटाबजार लगायत जिल्लाको जितपुर, लेगुवा, मारेकटहरे, भिरगाउँ लगायतका विभिन्न गाविसका घर चर्किएको स्थानीयबासीले बताएका छन्।

भूकम्पका कारण केही समय टेलिफोनसमेत अवरुद्ध भई हालसम्म पनि पूर्णरूपमा सञ्चालनमा नआएकाले अन्य गाविसबाट क्षतिको विवरण आइनपुगेको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !