September 12, 2011

बन्दुक विचार हैन विनाश हो मुर्खता हो


मुहारमा रुन्चे मुस्कान टांसेर
बिदाइका लागि तिमीले हल्लाएका हातहरु ले
मेरो मुटु वा भनौ मेरो सम्पूर्ण अस्तित्वलाई नै हल्लाइ दियो
तिम्रा आँखाबाट बहेको बलिन्द्र आँसुले झन
आसंका जन्माइ दियो
धराप, पाइपबम, अपहरण जस्ता
चाहिँदा नचाहिँदा दुर्घटना सम्झाइ दियो
मं त आज कुरुक्षेत्रमा

किमंकर्तब्यबिमुढ अर्जुन जस्तै भएको छु
महाभारत शायद मैले पनि जित्ने थिएं होला यदी
श्री कृष्ण जस्तै सामर्थ नितिवान सारथी पाएको भए
यहाँ त युद्ध पनि अर्थहिन नाङो युद्धमा परिणत् भएको छ
धर्महिन,मानवताबिहिन हरुले बन्दुक यस्तै हुँदो रैछ
राजनीतिको त झन कुरै नगरौ
केवल "राज" गर्नु भएको छ जसरी पनि
"निति"ले सुइंकुच्चा ठोकेको त बर्षौ भई सकेछ
तर्सिएर,अतास्सिएर,विरक्तिएर जे सुकै ठान
मं पनि बुद्ध झै मुग्लानिए छु
भावनाको गल्पासो न हो
माटो को मायाले घच्घचाइ रहन्छ
एकातिर लोभि- पापिहरु को जमात
अर्का तिर रक्तपिपाशुहरु को हुल
कती गजब को समिकरण वर्णशंकर हरु को
शक्तीका भोका यि नरपिशाच हरुको
अझै कती पोको पारुं धैर्यताको
रगतको प्यास अझै मेटिएको छैन तिनिहरु को
अकल्पनिय नरशंहारका ति कहाली लाग्दा घटनाहरु त
आत्म आलोचनाका चारवटा शब्द हरु ले छोपींदो रहेछ
आशा गर्ने ठाउँ नै कहाँ बच्यो त ?
गल्ली पिच्छे सपनाका सस्ता पशल खोले छौ
निर्दोष नागरिक हुनु को नियती हो वा
तिम्रो बन्दुक को बदनियत बुझ्दिन मं
निरिह जनता तिम्रो पुरुषार्थ प्रती नतमस्तक छदैछन
बाच्ने लालसा त्याग्न सकिंदो रैनछ
त्यसैले झन सित्तैमा मरी रहेछन
अजम्वरि कोही छैन यहाँ यही सत्य हामीले बिर्सिएका छौ
"शिवत्व" मैले बुझ्नै सकिन
"बुद्धत्व" तिमीले बिर्साइ दियौ
मं त केवल मुक्दर्शक मात्रै हुँ तिम्रा कुक्रित्यहरु को
न मलाई धर्म र बिज्ञान को अर्थ थाहा छ न फरक
मं त केवल अनुयायी हुँ सत्य र मानवताको
दिग्भ्रमित तिम्रा आदर्श हरु को विचलन ले
निर्दोश लाशहरु माथि को शक्तीपरीक्षणमा गर्व नगर
किमार्थ गर्व गर्नै सकिंदैन यस्तो कायरतामा
नेपाल आमा मुर्छित छिन् तिम्रा शिखन्डी प्रहार हरु ले
आत्मग्लानी हुन्छ
तिम्रो पाषण् प्रयोग देखेर आज को युग मा
बन्दुक विचार हैन विनाश हो, आगो हो
मुर्खता हो बर्तमान समय को
त्यसैले त सधैं अस्विक्रित हुन्छन
बन्दुकले निर्देशित विचारहरु !!!

- प्रयास


4 Comments:

Anonymous said...

k ko bichar na hunu ni. tehi banduk le maobadi pradhan mantari bhai sake. jpt.

sanu jange said...

banduke haru ko samaya choto huncha tehi choto samaya ma ali ali tujuk ani sakesamma ko bal michyai garchan tar kalantar ma na tekne na samaune ko halat ma luker ya bidesh ma saranarthi bhayar bachna bibas hunchan yi banduke haru... uhi bhanchan ni dhamira ko pakheta jastai ho.......

Anonymous said...

Baburam and his comrades are no different than mommar khaddafi. Both believe on guns and dictatorship.

Anonymous said...

बन्दुकेहरूमध्ये एउटा त वनवासमा छन्, अर्को बन्दुकेहरूचाहिँ उनीहरूको बन्दुक भाँच्न बन्दुक उठाउनेहरूसँग जुहारीमा व्यस्त छन् । भन्नुको तात्पर्य बन्दुकका विरुद्ध बन्दुक उठाउन बाध्य पारेपछि कसको के लाग्छ । जीत सत्यको हुन्छ, सत्य के हो भन्ने कुरा त हामी नेपाली जनताभन्दा बढी अरुलाई के थाहा छ ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !