August 11, 2011

गजल : मुख भरिएको छ

source- www.rummuser.comयसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !

पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।

भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।



10 Comments:

sanu jange said...

ati samayik rachana badhai yaha lai

Basanta said...

वाह! वाह!! दामी!!!

Anubhav said...

sarhai miTho..!!

Anonymous said...

awewome. I like it!

कल्पना said...

वाह ! मिठो !! क्या बात् !!!

Luna said...

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।---
---------------------------------
तिखो बाण ---
ठाउमै पर्ने गरि ---
फेरी पनि पढ्न पाईयोस , शुभकामना .

waka said...

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।
चोटिलो प्रहार ,सही बिम्ब

niraj bhattarai said...

ramro........

rabat said...

nikai ramro.....powerful

Anonymous said...

देशको बर्तमान प्रति गजलका शालिन शब्द हरु मार्फत तिखो ब्यङ्ग्य
prabin thapa

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !