July 25, 2011

म फेरी आउनेछु

म फेरी आउनेछु
सपना बोकेर आउनेछु
तिम्रो नयनको
तारा बनी आउनेछु
म फेरी आउनेछु
सितको थोपा बनि आउनेछु
सुन्दर् बिहानिमा चिरर्बिर गरी आउनेछु
तिमी पर्खी राख है
म तिम्रो बाटो बनी आउनेछु
म फेरी आउनेछु
दुर गगनमा सुनको बिहान छरे
तिम्रो आगनिमा झलमल बनाउन आउनेछु
टाढा क्षितिजमा हेरेर न टोलाउ
म सिम्रिकी रङ बोकेर आउनेछु

म तिम्रो गल्लिमा आ उनेछु
म बिस्तारै बिस्तारै नया प्रबाहा बोकेर आउनेछु
तिम्रो लागी मात्र होइन भोलिका सन्ततिका लागी पनी
म आउने छु
धेरै अमर आत्माको आशिष बोकेर आउनेछु
बिकास को सपना होईन
कर्मको दियो बोकेर आउनेछु
मेरो कर्तब्य निभाउन
म माया बोकेर आउने छु
समर्पण बोकेर आ उनेछु
खाली हात आउने छु
अनी केही दिने प्रयास गर्ने छु
किनकी जानुत खाली हातै छ
किन फेरी घ्रिणा बोक्ने
किन पिडा दिने
किन देश लाई रुहाउने
म धर्ती पुत्र को खोजिमा भौतारियको छु
प्रिय मेरो योगमा साथ देउ
म अमर नाशो धर्ती लाई छोड्ने छु
म तेसै का लागी
सान्तिको सन्देस फैलाउन
अनन्त प्राकृतिक सत्ते बुझाउन
आउनेछु
बश तिमी कुरी राख है
म फेरी आउनेछु
"खलानको मान्छे"
यो कबिता युद्द ताका लेखियको थिय। कबिता को मर्म अझै पनी उस्तै भयको ले
तपाईं को ई पत्रीका मा प्रकाशन को लागी पठाएको छु। तपाईं को पत्रीका को
लागी उपयुक्त भय प्रकाशन को आशा राख्छु
"खलानको मान्छे"


4 Comments:

Anonymous said...

धेरै पहिला लेखेको भय पनी आज पनी तेतिकै मिठो र सरस छ

mycreation said...

ramro kavita

Anonymous said...

सरल शब्दले गहिरो भाव बोकेको मिठो कबिता
सरिता शर्मा

krolling done said...

Thank you for ssharing

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !