June 21, 2011

गजल

यात्री शेखर
मैले आकाश खसाउँनुछ, र त गजल लेख्छु ।
आँधी, बतास बसाउँनुछ, र त गजल लेख्छु ।

घाम जुन रातदिन, किन लुकामारी खैल्छन् ?
दुवै जालमा फसाउँनुछ, र त गजल लेख्छु ।

आजकाल देख्छु यहा, मानवियता टुक्रदैछ,
उस्मा संवेग पसाउँनुछ र त गजल लेख्छु ।

अरु हैन आफैबाट, सकिदैछ मान्छे यहाँ,
विकृतीहरु भसाउँनुछ, र त गजल लेख्छु ।

आ आफ्नै चोटब्यथा, दुःखी रा’छ सबै मान्छे,
हरेकलाई हसाउँनुछ, र त गजल लेख्छु ।


1 Comments:

प्रकाश समीर said...

साह्रै मिठो गजल........ "देख्छु आजकाल मानवियता टुक्रदै गएको छ,
संवेदना पसाउनुछ र त गजल लेख्छु ।"

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !