January 30, 2011

सबै पहेंला धातु सुन हुदैनन्

प्रकाश सापकोटा
बनेपा, काभ्रे, ( हाल:त्रोम्सो, नर्वे )

सबै पहेंला धातु सुन हुदैनन्
सबै नुनिला अणु नुन हुदैनन्

अपार अनन्त सारा ब्रम्हाण्डभित्र
सबै चम्किला पिण्ड जून हुदैनन्

बरु नालीका किरा एकैनासे होलान्
सबै बालीका किरा घुन हुदैनन्

अभिमान केवल रातो रगत तर
सबै नसामा तातो खून हुदैनन्


गीत फरक होला खुसी कतै बेदनाको
सबै संगीत मीठा धून हुदैनन्

लान्छना अहो "प्रकाश" बैगुनी अरे
सबै गुलिया बोली गुन हुदैनन्


1 Comments:

Shiva Prakash said...

जीवन र जगतको यथार्थता बोलेको गजल । लेख्दै जानु होला, पढ्दै जानेछौ । धन्यवाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !