August 29, 2010

टिपन टापन: लोभीपापी देखि अघोरीसम्म

धेरै दिन देखि केहि कुरा लेखौं भन्दा भन्दै पनि औंला चलाउन सकिएन। देशमा लोभीपापीहरुको खेल अझै टुंगिएको छैन। चुनाव-हरुवा प्रधानमन्त्री भयो भनेर कुर्लिनेहरु आंफै पांच पटक हार्दा पनि नपुगेर अझै पनि हार्न तम्सिदैछन। बेलाका नालायक माधव नेपाल र त्यो कुर्सीमा कि आंफु नत्र अर्कै जंगे वा हर्के आओस तर आफ्नै पार्टीको अर्कोले छुन पनि नपाओस भनेर जालो बुन्न खप्पिस प्रचण्डको लोभीपापी रुपी एक्टिङका चुट्किलाले दैनिक पत्रिका रंगिएकै थिए। यस्तो चहल पहलमा हामी जस्ता चक्रव्युहमा फसेका प्राणी रुमलिनु बाहेक अरु के नै गर्न सकिन्छ र! न त कमल हसनको “हिन्दुस्तानी” लाई व्यवहारमा उतार्न सकिन्छ न त “रंग दे वसन्ती” को आमिर खान लाई नै। वास्तवमा भन्दा नेपाल र नेपालीको नियति “पिपली लाईभ” को नत्थु रामको जस्तै छ। भारतमा मिडियाहरुले “पिपली लाईभ” लाई जन्म दिन्छन तर नेपालमा मिडियाहरुमा यति दम पलाइसकेको छैन। बरु नेपालमा त “पिपली लाईभ” पार्टी र नेताहरुको पेवा हो, र यो पेवा रुपी ब्यापार अझै वर्षौं फस्टाइरहनेछ। किनकि कोरा सपना देखाइदिनुस सयौं “नत्थुराम”हरु तयार छन बन्दुक बोक्न र अन्जानमा आहुति दिन। भाषा मात्र फरक छ, “पिपली”मा यसलाई “आत्महत्या” भनिन्छ भने नेपालमा “बलिदान”।

दक्षिण एशियातिरका पत्र पत्रिकामा आंखा लगायो अधिकांश एब्सट्र्याक्टमा लोभिपापी र पिपली लाईभ नै झल्किन्छ। सानैमा ऊखान खुब सुनिन्थ्यो “जस्ले हान्यो, उसले जान्यो”, त्यहि भएर नै होला हाम्रो देशमा सबै “हान्न” तम्सिन्छन। यी त भए देश तिरका कुरा । यही बिचमा केहि विदेशतिरका खबरमा आंखा डुलाउंदा अर्को अलि भिन्दै समाचार देखियो। लोभिपापी र पिपली लाईभ भन्दा भिन्दै दुई वटा प्रसंग यहां पनि राख्न मन लाग्यो।

डांकाको देश प्रेम
करिब ४ वर्ष अगाडि जी-८ को बैठकमा भाग लिन रुस जांने क्रममा अमेरिकी राष्ट्रपति जर्ज बुशको लागि जर्मन चान्सलर एंगेला मर्केलले जर्मनीको बाल्टिक कोस्टतिर तिन दिने विशेष भ्रमण र अहिले सम्मकै सबै भन्दा महंगो बारबेक्यु आयोजना गरेकि थिइन। अरु जे भए पनि बुशले मर्केलको कुम नमज्जासंग अचेटेको (दवाएको) धेरै टिभी च्यानलहरुले त्यसबेला प्रसारण गरेका थिए। हुन त बेलायतकि महारानीलाई आंखा झिम्काउने बुशसंग धेरैले शिष्टाचारको अपेक्षा राख्दैनन्। तर अहिले आएर मर्केलले ती आशिष्ट पाहुनाको लागि गरेको त्यो महंगो बारबेक्युको हिसाब किताब बुझाउनु पर्ने भएको छ। र एउटा नागरिकका हिसाबले यो हिसाब किताब माग्ने व्यक्ति बैंक डकैतीको अभियोगमा जेल परेका एक जना कैदी हुन जसले यसका लागि अदालतमा मुद्दा दायर गरेका छन। करिब ११ मिलियन डलर त्यतिबेला बुशको अनावश्यक भ्रमणमा खर्च भएको थियो र ती कैदीले रात्री भोजको मात्र हिसाब किताब मागेका छन।

अघोरी रेष्टुरेण्ट
मलाई मात्रै हैन धेरैलाई यो रेष्टुरेण्ट प्रति विश्वास छैन । कारण २१औं शताब्दिमा र त्यो पनि बर्लिन जस्तो युरोपको केन्द्र मध्यको एक शहरमा। तर फ्लिमे भन्ने रेष्टुरेण्टले यस्तै हल्ला फैलाएको छ । वारी संस्कार एमाजोनको मांशाहारी संस्कार (अघोरी प्रथा जस्तै) रहेछ। वारी कल्चरको खाना खुवाउने दावी गर्ने यस रेस्टुरेण्टले मानव अंग दाताहरुलाई स्वेच्छिक अंगदानको लागि आव्हान गरेको छ। धेरै जनाले यसलाई पब्लिसिटी स्टण्ट भनेका छन र यसले मान्छेको मासु बेचिसकेको चाहीं छैन , र अनुमति नलिई यस्तो कारोवार गर्न पक्कै पनि पाइदैन।

विस्तृत जानाकारी:

http://www.guardian.co.uk/world/2010/aug/26/cannibal-restaurant-flime-germany?CMP=EMCGT_270810&CMP=EMCNEWEML961

http://flime-restaurante.com/


7 Comments:

ठरकि दादा said...

जानकारी रमाइलो लाग्यो तर यो अघोरी रेस्टुरेन्टको बारेमा भने मलाई पनि विश्वास लागेन है ।

Anonymous said...

लोभीपापी, moview po phaneko. arkai parecha.

Nepalean said...

डांकाले देखाएको देश प्रेम र अघोरी रेष्टुरेण्टले मागेको मानव अंग,दुबै पब्लिक स्टन्टका लागी हुन। यि दुबैले थालेको काम पूर्ण त हुंदैन तर नाम भने यिनीहरुले कमाए।

लामो समय पछी दौंतरीमा आउनु भएकोमा जिरो आवरजीलाइ धन्यबाद।

Anonymous said...

jasle hanyo usle janyo,true for us. heee.

दूर्जेय चेतना said...

उहिले उहिले युवा मञ्चमा पत्याउनुस नपत्याउनुस भन्ने लेख खोजी खोजी पढिन्थ्यो। कारण बिश्वासै गर्न गाह्रो लेख वा जानकारी हुन्थे। त्यस्तै लाग्यो मलाइ यो अधोरी भोजनालयको कुरा. तर बुसको लागि दिईएको पार्टीको बारेको कुरा चाहि कम रोचक चाही हैन।

dinesh sah said...

sabai netaharu le khai diyo nepal lai tai pani lov chutadain;

dinesh sah said...

sabai netaharu le khai diyo nepal lai tai pani lov chutadain;

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !