July 20, 2010

बिना शिर्षक

- प्रयास

मोहोनजोदोरो
र हरप्पा को कुरा गर
या सिन्धु घाटीको कुरा,
आज पर्यन्त साथ छुटेकै छैन
सभ्यताको मुहान उत्खनन मा
भेटिएका हाम्रा हात संगै थिए रे,
आलिङनबद्ध एकापस मा
अहिले भर्खरै झै ,
युग को आह्वान मा
तिमीले रुप फेरे पनि
सार फेरिनै सक्तैन ,
यो असम्भव छ ;
तिम्रो विचलन
तिम्रो पतन्
त्यो केवल तिम्रो हो
आफुं ले सँगले को पेवा झै ,
तिमी मलाई दोष दिएर
उम्कन नखोजे हुन्छ
आउ बरु शभ्यताको
एउटा पाटो स्खलन को
शोक मनाऔ मिलेर
र आशा गरौ सुधारउन्मुख
भविस्य को !!!!!!!

12 Comments:

sanu jange said...

wow... nikkai farak saili ko poem cha ni pryasji ko,badhai cha !!
तिम्रो विचलन
तिम्रो पतन्
त्यो केवल तिम्रो हो
आफुं ले सँगले को पेवा झै ,
khub man paryo....

रमेशमोहन अधिकारी said...

राम्रो कविता !!

Luna said...

owo!
very nice poem !
keep it up .

सूर्य/सिकारु said...

मिठा शब्द चयनमा सिंगारिएको भावपूर्ण कविता । प्रस्तुतिको लागि धन्यबाद एडमिन ज्यू ।

पुष्प said...

लुनाजी, कविता भन्नेबित्तिकै वाह भन्नैपर्ने ? Poemphobia लागेजस्तो छ तपाईंलाई त । हाहाहा । हैन कविता बुझ्नलाई कुनै खास दिमागको आवश्यकता पर्दो रहेछ कि कसो ? मैले त फिट्टी बुझिन ।

लेकाली said...

पुष्पजी, तपाईंलाई राजनीतिको 'र' उच्चारण हुँदा बित्तिक्कै खोया बिर्केको मात सिनित्तै लागे झै हो । साहित्यमा रुचि राख्नु भयो भने बुझिहाल्नु हुनेछ । कोशिस गरी हेर्नुस् न यसो यताउती ।

Anonymous said...

malai pani kabita maan paryo. well said lekali ji, sahitya ma ras base yetikai bhujihalinechha.

पुष्प said...

लौ... बुझ्ने महाशयहरूले कविताको सार भनिदिनुस् न त ।

Nepalean said...

यो कबिता हेर्ने बितिक्कै निकै रषपूर्ण लागेको थियो। तर मोहोनदोदोरो भन्ने शब्द चांही बुझीन,सायद यो कुनै
ठाउंको नाम होला।

पुष्पजी कबितालाई एक वाक्यमा भन्नु पर्दा "थाइ एयरलाइन्स र नेपाल बायु सेवा को भिन्नता" भनेर बुझ्नु होला।
कबिता न हो, ठ्याक्कै ब्याख्या त कहिल्यै गर्न सकिदैन। कहिले कांही त कवीले एउटा भनेका हुन्छ ब्याख्या गर्नेले
अर्कै थरी भनेर व्याख्या गरिराखेका हुन्छन।

पुष्प said...

नेपालियनजी,

ठीक छ; व्यक्तिपिच्छे व्याख्या फरक पर्न सक्छ । त्यसो भए तपाईंकै व्याख्या सुनु न त (तपाईंलाई राम्रो लागेको भए)। त्यस्तै लुनाजी, लेकालीजीको पनि सुन्न पाए सुनमा सुगन्ध हुनेथियो ।

आश्मा said...

यो कविता लाइ वाउ भने पनि हुन्छ राम्रो छ नि त .. मान्छे विच देखिने कटु भाव र अनमेल सम्बन्धलाई
बिर्सेर खस्किन लागेको हाम्रो मानवता लाइ इतिहासमा जस्तै अब फेरी एक पटक शभ्यताको लागि आह्वान गरेको छ निकै सकारात्मक तरिकाले
:)

Luna said...

पुष्प जी !
कबिता बुझ्ने दृस्टी कोण हरेकको आ- आफ्नो हुन्छ . म मा गहिरिएर बुझ्ने छेमता
छैन होला त्यो स्वभाबिक हो .
यो कबिता जति बुझे त्यसको भाब सकारात्मक पाए अन्तमा .
मलाइ मन पर्यो , ' वाह ! ' नभनी रहन सकिन .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !