June 25, 2010

मनोज गजुरेलको नक्कली अमेरीका

मनोज गजुरेल,हास्य कलाकार। स्टेजमा मुकुट लगाएर कहिले राजा त कहिले सर्बहारा बन्छन। बेलाबेलामा समसामयिक लेख जस्तै देखिने हाउडे लेख लेख्छन। हाउडे यस अर्थमा कि लेख साच्चै हो कि जस्तो लाग्छ तर पूरा बकम्फुस। लेख न हो,त्यसमा हाऊ भाऊ देखिने हैन क्यार, रिसाय पनि हासे पनि उही क देखी ज्ञ सम्मका अक्षर उस्तै देखिन्छन। सायद केही पहिले दिनेश भाइ झुक्किएर यिनै गजुरेलको बकम्फुसे लेखलाइ स्रोध ठानेका।


एउटा चतुरेकै लेखमा किन जोहोरी खेल्नु पर्यो त भन्नुहोला। यस्तै चतुरेका कथाहरुमा थरै रुमलिएका छन र अमेरिकालाई त्यस्तै ठान्छन। एक पटक अमेरिका आएकै २-४ दिनमा फिल्ममा देखिए जस्तै देखासिकी गर्दा एक हप्ता भित्रै अमेरिका आएका बिध्धार्थी संधैको लागी नेपाल फर्कनुपरेको थियो। चलचित्रमा देखिए जस्तो अमेरिका त्यस्तो छैन। नत यिनै चतुरेको दाऊपेच जस्तो छ।


अमेरिका एउटा धर्म निरीपक्ष देश हो। तर अचम्म सरकार खुलेरै कुरा गर्छ "अन गड भी ट्रष्ट",अर्थात हामी भगवानमा विस्वास गर्छौं। हरेक परिवार प्रत्यक आइतबार चर्च जान्छन। क्रिस्चियिन मात्र होइन जिउज पनि हप्तै पिच्छे आफ्नो टेम्पल जान्छन। बाताबरण त्यस्तै भएर हो कि अमेरिका छिरेका मुस्लिमहरु पछी धर्ममा अतिबादी बन्न पूग्छन। यो त तपाईहरुले समाचारमा पढ्नु भएकै होला। हिजो मात्र १० जना अमेरीकी मुस्लिमले पाकिस्तानमा म्रित्युदण्ड पाए। भारती, नेपाली पनि हप्ताको अन्त्यमा मन्दिर तिरै जाने जमर्को गर्छन।


खानाकै कुरा गर्ने हो भने यो देशमा हरेका देशका अथेन्टिक खान पाइन्छ। मसलाकै कुरा गर्ने हो भने सबै एकपोर्ट क्वालिटी। काठमान्डौको पिठो मिसीएको बेसारको धुलो जती हाले पनि पहेंलो हुदैन,यांहा अलिकती हाल्ने बितिक्कै पहेलों हुन्छ। मसला उस्तै राम्रो पाइन्छ। सुरुमा आउंदा यो अमेरिकामा पाउरोटी खाएर बित्ने भो भनेको त किसीम किसीमको बास्मती चामल पो पाइने रहेछ। नेपालमा मौसममा मात्रै पाइन तरकारी यांहा बार्हैमासे। चिचिण्डो,पर्बल,पिंडालू,कर्कलो,कटहर नपाईने केही छैन। रेष्टुरेन्टको त कुरै नगरौं,यांहा हरेका प्रकारका रेष्टुरेन्ट छन,कुने देशको खाने बस खल्तीमा पैसा भए पूग्छ।

अब कुरा रह्यो मनोज गजुरेलको नक्कली अमेरिका। एउटा अमेरिकीले राम पनि भन्न सक्दैन त? त्यो पनि नेपाली आप्रबासीको सन्तानले? अमेरीकीले प्रष्ट रुपमा नेपालीको नाम मात्र भन्ने होइन की नेपाली असल खान पनि बनाउन जान्दछन। एक हप्ता अघि मेरो काममा एउटा नानीले गाउं घरको भन्दा मिठो आंपको अचार बनाएकी थिइन। अब नेपालीको छोरोले रामलाई र.याम,सितालाई स्विटहार्ट,रामायणलाई रिमाइण्ड आदी आदी भन्ला त? यो त १० पुस्ता हुर्केको अमेरीकीको बच्चोले पनि भन्दैन। अझ अमेरीकामा अरुको नाम सही तरिकाले उच्चारण नगरे एकदमै नराम्रो मानिन्छ। त्यसैले उनीहरु दो्र्रहाइ तेर्हाई नाम सुद्दसंग उच्चारण गर्छन। यदी तपाईलाइ माइनोज भनेरै नेपालीको बच्चोले बोलाए तपाइलाई जानी जानी अफेन्ड गरेको हुनुपर्छ। एकादूइ इडियटलाई देखेर सबै नेपाली त्यस्तै हुन्छन भन्ने ब्यर्थ हो। त्यसैले भोलीका बिदेशमा बस्ने नेपाली सन्तती कस्ता होलान भनेर मिर्गौला घुमाउन छोडिदिनुहोस,ह्यमुरलाई ह्युमर जस्तै बनाउनुहोस,नेपाली भावसंग खेलवाड नगर्नुहोस।

4 Comments:

पुष्प said...

अमेरिकामा अहिले एकाध 'इडियट' नेपालीहरू होलान् । तर, स्थितिमा सुधार नहुने हो भने भोलिका दिन त्यस्ता 'इडियट'हरूको जमात नै बन्न बेर लाग्दैन । मनोजजीले पनि अमेरिका भाँसिएका पहिलो वा दोस्रोभन्दा तेस्रो पुस्ताका बारेमा औंल्याउनुभएको छ, राम्ररी पढ्नुस् नेपालियनजी ।

व्यं‍ग्यहरू भनेको हाउडे नै लाग्छ, तर त्यसले दिने सन्देश सशक्त हुन्छन् । हुन त साहित्य-कला नै धेरैलाई हाउडे लाग्दो हो; कसैलाई मनोजजीको व्य‍ंग्य हाउडे लाग्यो त के अचम्म भो ? "क देखी ज्ञ सम्मका अक्षर उस्तै देखिन्छन" तपाईंको यसखाले अभिव्यक्ति मलाई हाउडे लाग्यो, तपाईंलाई के अचम्म भो ? होइन र ? कुरै गर्ने हो भने तपाईंजस्तो नेपाली भाषाको ब्लगका चलाउनेको नेपाली भाषाको हालत हेर्नुस् त ! किन यस्तो हुनपुग्यो; कहिल्यै सोच्नुभएको छ ? तपाईंको यो हालत भइसक्यो भने यदि सधैंका लागि उतै बस्ने हो भने तपाईंका सन्तानदर सन्तानको हालत के हुने हो; कहिल्यै सोच्नुभएको छ ?

Aakar said...

मनोज गजुरले को लेख आज बिहानै पढेको थिँए ! अनि मनोजजीले अमेरिका भाँसिएका पहिलो वा दोस्रोभन्दा तेस्रो पुस्ताका बारेमा औंल्याउनुभएको छ, भन्ने पु्ष्प जी को कुरा मा सहमत हुन्छ ।

अनि जहाँसम्म , मनोज गजुरेल को लेख छ, म त्यसलाई व्यङ्ग्य मान्छु, अनि व्यङ्ग्य मा त्यति लेखिनु जायज नै लाग्छ । अलिकति ध्यान नदिने हो भने, अमेरिका मा हुर्किएको पुस्ता ले त्यस्तै नै बोलिचाली र आचरण ग्रहणं गर्छ, किनकी ठाँउ अनुसार मान्छे को आनिबानि र संस्कृति मा परिवर्तन आउँछ ।

नेपाली शुद्ध धेरै गाह्रो छ, नेपालियन जि ! अत: मनोज जी को लेखलाई खासै हाउडे या उडन्ते मान्न तयार छैन । उभोँ लागिरहेको पुस्तालाई झक्झक्याउने हिसाब ले लेखिएको लेखलाई व्यङ्ग्य हो भन्ने बुझेर, आफू र आफ्नो वरिपरि सुधार को प्रयास थाल्दा उत्तम हुनेछ ।

Nepalean said...

पुष्पजी मैले कुरा उतार्न खोजेको पनि दोस्रो तेस्रो पुस्ताकै हो। उनले भने जस्ता एकाध होलान तर त्यो ब्याख्या यती मूर्खपूर्ण लाग्छ कि मलाई त हांसो पनि उठेन। अबे रह्यो मेरो नेपाली भाषाको,मैले यही अमेरिकामा आएर कम्पि्युटरमा नेपाली लेख्न सिकेको हुं। सक्दो सुद्द त लेख्ने प्रयास गर्छु तर ब्याकरणको हिसाबले म त्यती सबल छैन। नढाटी भन्दा ह्रश्व दिर्घ नबिगारी लेख्ने नेपाली कती होलान तपाई आफै भन्नुहोस।

आकार, उनको कथा त ह्ययुमरस नै हो। तर उनी यसरी प्रस्तुत गर्छन कि मानौं यो साचो नै हो। त्यसैले यती सार्है भ्रममा पनि नपरुन भनेर कुरो उप्काएको हुं मैले। तर एकाध बाबु आमा नै आफ्ना छोराछोरीलाई नेपाली बोल्न नदिने गरेको मैले देखेको छु। अंग्रेजी बोल्दा एक्सेन्ट आउने डरले आफ्ना छोराछोरीलाई संधै अंग्रेजी बोल्न लगाउछन। आफूले सुझाब मात्र दिने हो,यो फ्रिडम भएको देशमा के नै भन्न सकिन्छ र? हुन त काठमाण्डौमा पनि त पछी बोल्दा टट,मट नआओस भनेर आफ्ना बच्चालाई नेवारी होइन कि नेपाली बोल्न सिकाइन्छ। तर सबै यस्तो पनि हुंदैन। मेरा एक जना चिन्ने दाई छन उनले आफ्नो छोरीलाई स्कुलमा अंग्रेजी बोले पनि आफन्तसंग नेपाली नै बोल्नुपर्छ भनेर भन्नुहुन्छ। सबै एकै खाले भने हुंदैन।

बटम लाईन के भने उनको लेख सारै ओभर एग्जाजेरेटेड छ,हांसो भन्ने कि हावा भन्ने त्यो त हरेक पाठकमा भरपर्छ।

Milan said...

गजुरेलजीको काम नै थप थाप गरेर रमाईलो पारी लेख्नु हो | मैले देखे सम्म यता त्यस्तो अचाक्ली छैन | बरु नेपालको शहरी क्षेत्र यो मामिलामा अगाढी होला | आफ्नो भाषा संस्कृति प्रति बिदेशिएका नेपाली नेपाल मै बसेका नेपाली भन्दा बढी सम्बेदनशील छन् | यो कुरो जता सुकै होस् .. नेपाल बाहिर बसे पछी राम्ररी पत्ता लाग्छ |

यस्तो हावादारी लेख पढेर हाँस्न चै सबै हांस्लान .. बुझेर होस् या नबुझेर होस्...!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !