June 1, 2010

आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?




'बादल' ले ढाकेको हो र ? ( साभार : नागरिक पत्रिका)

भरतपुर क्यान्सर अस्पताल प्रमुख भक्तमान श्रेष्ठ गत २ हप्तादेखि अपहरणमा परेका छन् । उनको गाडि पोखरामा र ब्रिफकेश मुग्लिङ-चितवन बीचमा फेला परेका तथ्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक भएका अरू तथ्यहरु मध्ये डाक्टर भक्तमान कट्टर माओवादी पेशाकर्मी रहेको र उनको यही विशेषताका कारण उनी भरतपुरस्थित यो अस्पतालका निर्देशकमा नियुक्त गरिएका रहेछन्, माओवादी सरकारका पालामा । प्राप्त विवरण अनुसार , भरतपुरको क्यान्सर अस्पताल डाक्टर भक्तमानको यो कार्यकालमा लगभग माओवादी राजनीतिको अखाडामा रुपान्तरण पनि बनाइसकिएको रहेछ । तर , समाचारहरू अनुसार, डाक्टर भक्तमान अलिक झोँकी स्वाभावका पनि रहेछन् र कामरेड प्रचण्डसंग सिधा सम्पर्क राख्ने हैसियतका भएका हुनाले पछिल्ला समयमा जिल्ला स्तरीय झिना मसिना माओवादी ठेट्नाहरूलाई टेरपुच्छर नलगाउने गर्दै रहेछन् ।
माओवादी शीर्ष पुरूष कामरेड प्रचण्ड र अर्का शीर्ष ५ मध्येका बादल भनिने राम बहादुर थापा को गृह जिल्लाका रूपमा रहेको चितवन, माओवादीले प्रस्ताव गरेको कथित नया नेपालको राजधानी पनि हो । माओवादी राजधानीबाट त्यहाँका महाराजा प्रचण्डलाई मात्र टेर्ने र बादललाई नजर अन्दाज गर्ने धृष्टता गरेको हुनाले, डाक्टर भक्तमानको अपहरण उनलाई नसिहत दिनका लागि बादल समूहको निर्देशनमा नै भएको कुरालाई समाचार बनाएर, नागरिक दैनिकले केही दिन अगाडि समाचार प्रकाशित गरे पछि बाँकि नेपालले
यो समाचारको अर्को पाटो थाहा पायो । तर, चितवन क्षेत्रमा माओवादीको राजनीति र व्यवहार देखेभोगेको स्वतन्त्र जनताले भने, भक्तमान अपहरण प्रकरण कुनै निश्चित पार्टीको आन्तरिक मामिला हुन सक्ने लख शुरूदेखि काट्न थालिसकेका थिए । माओवादीले गर्न सक्ने जनतान्त्रिक कार्यवाही चिने जानेका निरिह नेपाली बबुराले भक्तमानमा एउटा दक्ष र अनुशासित डाक्टर देख्दादेख्दै पनि, उनका पक्षमा अपहरणमुक्तिका लागि आवाज उराल्न सकेनन् । किनभने, माओवादीले गरेको कामका बिरूद्ध आवाज उठाउनु आफ्नो अलक्षिन गुहार्नु वा जीवनबाट हात धुनु हो । चितवनका जनताको बुझाइलाई नागरिक पत्रिकाले मुख खोलेर बाहिर ल्याइदिएको मात्र हो ।
व्यक्ति निरिह हुन्छ तर मिडियाले बहादुरीसाथ यो कुरा बाहिर ल्याउँदा माओवादी तिल्मिलाउनु स्वाभाविक थियो । उसले पत्रिका सहित गाडि जलायो र माओवादी हुनुको धर्म पुरा गर्‍यो । तर, यो सबै समाचार बाहिर आउनुभन्दा पहिला नै माओवादी पार्टीको केन्द्रीय समितिले अमिक शेरचनको नेतृत्वमा एउटा आयोग बनाइसकेको थियो, जुन उसले पहिला गरेको उदाहरण थिएन । सायद 'चोरको खुट्टा काट' भन्ने कथाको उदाहरण होला । अहिले चितवनमा भक्तमान प्रकरणमा कुनै द्विविधा छैन, न उनका घर परिवार र कुनै स्वतन्त्र विचारवाला जनतामा । उनका घर परिवार र सदस्यहरू माओवादी निगरानीमा छन् र तिनमा धेरै भय र थोरै विश्वास दुवै छ । विश्वास यस अर्थमा कि आँफै माओवादीका नेता स्तरका पेशाकर्मी रहेका हुनाले आफ्नै पार्टीले आँफै र आफ्नालाई अवश्य सुरक्षा नै गर्ला भन्ने आशाले र भय यस अर्थमा कि अपहरण पछि आफ्नै समूह वा पार्टीका मान्छेहरूले पनि सजिलो मुक्ति नपाएका उदाहरणहरू माओवादीको पार्टी भित्र यथेष्ट भएर ।

समाचार अनुसार माओवादी पार्टीले लडेको पछिल्लो नाटकरुपी अन्तिम युद्ध लड्नका लागि १ करोड उठाएर, पार्टीलाई ५० लाख मात्र बुझाएको हुनाले बाँकि रकमका बारेमा केरकार गर्न वा यातना दिन उनलाई अपहरण गरिएको कुरा प्रचारमा आएको छ । अर्को विषय रहेछ, डाक्टर भक्तमान निर्देशक रहेको अस्पतलामा कार्यरत प्रशासन प्रमुख एक महिलालाई अवकाश दिने विषयमा, भक्तमान र कामरेड बादलको बीचमा चलेको चरम वैमनस्यता । विषय जे सुकै होस् र विषयको गम्भिरता कुन विन्दुमा पुगेर पटाक्षेप होला, तर यो कुरा निर्विवाद भैसकेको छ कि यो घटनामा माओवादी नै हर्ताकर्ता बन्न पुगेको छ । कामरेड प्रचण्ड वा बाबुरामको निर्देशनमा नहोला तर, माओवादीको उच्च नेतृत्व तहमा नै युद्धोन्मादको नशा र हरेक कुरालाई हिंसात्मक तरिकाले निमिट्यान्न पार्नु पर्छ भन्ने बुझाइमा बिमति छैन भन्ने प्रष्ट देखिने गरेको छ यो पछिल्लो घटनाले। आफ्नै पार्टीका कार्यकर्ता रामहरि श्रेष्ठलाई पार्टीले नै अपहरण गरी मारेको कुरामा समेत चितवन, शक्तिखोर, र कालि बहादुर खाम नामका प्रभृत्तिलाई चिन्ने नरमाईलो अनुभव ताजै रहेको हाम्रो सम्झनामा, फेरि एक पटक अर्का श्रेष्ठ भक्तमान, नजिकैको शक्तिखोर र चितवन अनि जनगणतान्त्रिक नेपालका योजनाकारका करतूतहरू छरपष्टिएका छन् । आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?

26 Comments:

Anonymous said...

होइन तपाईंको दिमाग सही ठाउँमा त छ नत्र भने मो अहिले नै न्युरो हस्पिटलतिर बेडको व्यवस्था गरिहाल्छु है। अलिकती संयमित र जिम्मेवार भएर लेख्ने गर्नुस् न यदी लेख्ने मन छ भने नत्र यो बहुला तालमा के बकबक गरेको हौ यस्तो? कुनै तुक प्रमाण छ तपाईंसँग यसरी जे पायो त्यही बोल्न? के छ प्रमाण ? यदी यो कुरो साचो हो भने अरु नेपालका संचार माध्यमहरु किन बोलेका छैनन यसबरे। अर्जुन नरसिंहको भतिजाले पाएको दाममा तपाईंको पनि भाग छ कि क्याहो। यदी यो कुरो प्रमाणित भएमा कार्वाही पक्कै हुनुपर्छ। तर तपाईं कुन नैतीकताले बोल्दाहुनुहुन्छ यसरी। तपाईंको अलिकती मान मर्यदा छैन? कमसेकम वास्तवविकता त बहिर आउनुपर्‍यो नि यसरी बोल्न।

sanu jange said...

haina ho mitra k ko aafnai karya karta lai jhai hakareko ho bhanya??? maobadi le kahile kun galti sakareko cha ra ?? harek galti garda bhancha hami karbahi garchau tara ti kukur haru le kahile kas lai karbahi gareko katai sunnu bhayeko cha??? yi hatyara haru yestai hun kura aayo praman ko prachande sala bharat ko dalal ho tara ahile usko membership renew bhaya ko chaina bholi huna sakcha tara parman chaina ... kina ki nepal ma jana yudhha ko nam ma manche marna bharat le kati paisa diyo k thaha sayad ali ali ajhai baki hola tesaile gali garcha ki kaso... hahaha

Anonymous said...

"Anonymous"..!!! pahile afno naam ta rakhne himmta nabhayekale maobadilai gali garyo bhaner chit dukhyaune..? pahile afno nakab aina her..ani bhan kun janawar sit milchh..
"sanu jange"..tapaiko kurama ma 1000% sahamat chhu ani dhanyabad mero manko kura pahile nai lekhi diyakoma...

Nepalean said...

डाक्टर भक्तमानको कथा झन रहस्यमय बन्दैगइरहेको छ। उनी सकुशल रहुन र सकुशल रिहाई हुन।

तर अचम्म लाग्ने कुरा त के भने प्रहरीहरु यसमा माओबादी संलग्नता छ भन्छन उता माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको बेपत्ता प्रकरणमा माओवादीको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । साथै भट्टराइले श्रेष्ठका पत्नीलाई पनि भेटेका छन।

नेपाल दिन प्रती दिन नयां हुंदै गइरहेको तर जनता र देशको दुर्दशा झन टिठलाग्दो हुंदैजानु उधेक लाग्दो स्थीती छ। बिपक्षी बिपक्षी भइहाले सरकार कसरी कुर्ची बलियो पार्नेमै मस्त छ। देश चलाउने खोइ को रहेछन ?

Reshu said...

Yo sabai bipkashi ko prachar baji ho. kharab kam jati sabai maobadi lai dosh dine haruwa makune ra yeska bharaute ko karamat ho. bina adhar maobadi lai dosh dine samyak lai khabardari chha.

Samyak said...

एनोनिमस मित्र,
सत्य सुन्ने क्षमता हराएर तपाईँको दिमाग बटारिए जस्तो छ । माओवादीको जातै यस्तो छ कि देशभर हुने सबै हिंसा, हत्या र अपहरणको ‘डिलरसिप’ उसले बलजफ्ति लिएर बसेको कुरा सबैले बुझेका छौँ , हो आजकल माओवादीबाट सिकेर खुद्रा पसल चलाउने अरू पनि निस्किएका छन् । तर माओवादी जत्थाको राजधानी ठानिएको चितवन र त्यसमा पनि भरतपुर क्यान्सर अस्पताल जस्तो माओवादी किल्लाबाट भक्तमानलाई अरूले अपहरण गर्न सक्यो होला बनेर मान्न स्वयं माओवादी तयार छैनन् । जहाँसम्म प्रमाणको कुरा छ, माओवादीले शान्ति प्रकृयामा आएँ भनेको समयदेखि गरेका अपहरण काण्डहरू चाहे त्यो वीरेन्द्र शाह हुन् वा रामहरि वा प्रचण्ड थैव , सबै घटनामा शुरूको बर्बराहट माओवादीको यस्तै थियो ‘हामीले हुँदै हैन’ भन्ने । तपाईँलाई थाहा छ, तिनको सच्चाइ पछि कता पुग्यो । यहाँ त अझ कुरा प्रष्ट छ , अपहरणको लगत्तै पछि माओवादीले समयमा पुलिसलाई घटनाको खबर दिएन, घटनालाई गुपचुप राख्यो, पार्टीले खोज आयोग बनायो र भक्तमान परिवारलाई आफ्ना दस्ताको निगरानीमा राखेर केही नबोल्न सचेत गरायो । अनि, स्वतन्त्र नागरिक आयोगले समेत यो कुराको संकेत स्पष्ट गरिसक्यो कि यहाँ माओवादीको संलग्नतालाई कुने हालतमा इन्कार गर्न सकिन्न । तर , त्यो आयोगमा अर्जुन नरसिंहको भाइमात्र थिएनन् , राजनीतिक दलको ट्याग नलगाएका थुप्रै स्वतन्त्र व्यक्तिले समेत अनुसन्धान गरी त्यो रिपोर्ट सार्वजनिक गरेका थिए भन्ने कुरा तिम्रो गैँडाको छाला जस्तो दिमागले नबुझ्नु टीठ लाग्दो कुरा हो । जीवन भर हिंसा र रगतको खेलमा पौडेकाहरूले, तर्क र विचारलाई बुझ्न नसक्नु समान्य कुरा हो ,मैले बुझेको छु ।

माओवादीले यस्ता गलत हर्कत र अपराधी मनासिकता त्यागोस् र बाँच र बचाऊ भन्ने सोचलाई अपनाउन सकोस् भन्ने कामना त गर्नै पर्यो नि !

रिषु,

साहस भए यो खबरदारी अपराध गर्नेलाई गर्नूस् ।

Anonymous said...

हा हा हा मित्रहरु होइन हौ तपाईंहरु कुन वर्गको मनिष हो? अनी केका लागि यो साईट चलाऊनुभको?खोइ त यहाँ यात्रो बितन्डा मच्चीरहेको छ। अहिलेको यो सरकारले केकस्तो कर्तुत गरेकोछ। सम्पूर्ण नेपाली र विर सहिदको हृदयमा कसरी हाकाहाकी छुरा प्रहार गरेकोछ? कती नालायक छ। हरेक कदम कदम कसरी देस र जनताको खिल्ली उडाइरहेकोछ। कसरी जनताका हत्याराहरुलाई सम्मान गरी त्यही शाहीकालिन युग भन्दा पनि फोहोरी धङ्धङी गन्हाइरहेकोछ। खोइ त लेखक महोदय त्यो त तपाईंको कलमबाट निस्केन नि? यदी तपाईं आफ्नो आत्मा सन्तुस्टिका लागि लेख्नुहुन्छ भने त केही छैन। तर यदी अफुलाई सचेत नागरिक हुँ र देशको लागि लेखेको हो भन्नु हुन्छ भने त वास्तवइकतालाई किन यसरी बङ्याउनुहुन्छ। त्यतिकै सुकिला मुकिला लेखकलाई चेतावनी प्रचन्डले देका होइन रहेछन भन्ने कुरो यस्ता उदाहरणबाट पनि प्रस्ट हुन्छ मित्र। मो कुनै पार्टीको कार्यकर्ता होइन मात्र एउटा सच्चा नेपाली। एउटा गरिखाने वर्गको नागरिक। वास्तवइकतालाई हामीले पनि बुझेकाछौं। नकी तपाईं विद्धन लेखकले मात्र।

Dautari said...

Anonymous, yo ta euta lekh matra ho. yesma sabai kura ataune kurai bhayena. Desh ma anya bitanda nabhayeka hoinan. Tesma tapai kalam chalaunus hami abasya tapai lo lekh publish garne chhau. tara lekh lekhdai ma kina chetawani dinu? tyo bhane tapai afai nai prasta paridinus.

ठरकि दादा said...

नितान्त एउटा पत्रिकाको खवरलाई आधार मानेर लेखिएको पोस्टमा आवेग प्रेरीत कमेण्ट नआउनु पर्ने जस्तो लाग्छ मलाई । हुन त प्राय: गरेर लेखको विरोधमा लेखिएका टिप्पणीले नै लेखकलाई झनै लेख्न उत्साहित गर्छ र विरोधका स्वर लेखककोलागि 'टनिक' कै काम गर्छ ।

जे होस, माथि धेरै सवाल जवाफ पनि भैसकेकाले त्यसको निरन्तरतामा म जान्न । तर कुरा जे जसरी गरे पनि २ हप्ता देखि डक्टर भक्तमान श्रेष्ठ अपहरित छन र यसरी संख्यात्मक रुपमा व्यक्ति अपहरण गर्नेमा माओवादीकै नाम अग्रपंङ्तिमा रहेकाले प्राय: सकको सुई त्यतैतर्फ फर्कनु पनि सामान्य नै हो । मेरो कुरा के भने खवरलाई आधार मानेर तयार गरिएको पोस्ट पढेर दौँतरी माथी तात्नु पर्ने भने कुनै कारण देख्दिन म ।

माथि एकजना 'गरिखाने वर्गको नागरिक' र वास्तविकता बुझेको साथीको कमेण्टमा मेरो विशेष ध्यान गएको छ र त्यसै आधारमा लेख्दैछु :

पहिलो कुरा त दौँतरी कुनै वर्गको हैन (यो नपत्याउने स्वतन्त्रता पाठकमै निहित पनि छ :)
दोस्रो कुरा हालको सरकार नालायक भएको वारे कसैको दुई मत नहोला र यस वारेमा दौँतरीमै पनि धेरै पोस्टहरु लेखिईसके । तर के यो माकुने सरकार गन्हायो भन्दैमा अरु सवै वास्ना आउने हुन्छन र ?

हालको सरकार वेकम्मा र नालायक भएको कुरा जग जाहेर छ, तर यो कुराको माथीको पोस्टसंग कुनै सम्बन्ध छ जस्तो लाग्दैन । (शान्ति स्थीति कामय गर्न सकेको भए अपहरण हुँदैनथ्यो कि भन्ने कुरा पनि यसै संग राखौं है )।

वाँकी रह्यो 'वास्तविकता' को कुरो, दौँतरीमा धेरै पटक वहस हुँदा यो कुरा उठने गरेको छ। 'वास्तविकता' कसैलाई थाहा छ भने यही कमैण्ट बक्समै लेख्दा पनि हुन्छ ।

अझ एक पाईला अगाडिको कुरा गर्ने हो भने दौँतरी कुनै एक व्यक्ति वा वादको स्यावास्सी पाउन लेखिने थलो नभएकोले म त कमेण्ट लेख्ने सबै दौँतरीहरुलाई पनि आफ्नो कुरा 'पोस्ट' कै रुपमा राख्न समेत निम्ता दिन्छु ।

विचारसंग डराउने वा फरक-फरक विचारलाई दवाउने दौँतरीको नीति नभएकोले जाने-बुझेको सबैले लेख्नुहोस । हामी त्यसमा फेरि मन्थन गरौंला । शर्त एउटा मात्रै छ भाषा शिष्ट र गाली गलौज बमन हुनु हुँदैन ।

कुने गलत कुराको विरोधमा लेख्नुस, सकरात्मक कुराको समर्थनमा लेख्नुस । एउटै 'प्लेटफार्म' मा परक फरक विचार आउनु झनै रोचक र समय सापेक्ष होला भन्ने मेरो लख छ ।

Nepalean said...

दौंतरी कुनै ब्यक्ती या राजनैतिक पार्टीसित आबद्द छैन। यो स्वतनत्र बिचार बिचरण गर्ने थलो भएकाले माथी ठरकी दादाले भने जस्तो तपाइ आफ्नो बिचार कमेन्ट या पोस्टमै राख्न सक्नुहुनेछ। दौंतरीको स्वतन्त्र बिचार राख्न पाउनुप्रर्छ भन्ने मान्नेता छ। यसैमा दौंतरी चलेकको छ। नाम अनुसार दौंतरी साथीहरुको सहभागिता र बिचार अनुरुप परिचालित छ। दौंतरी न त अन्य साइटसंत प्रतीप्रर्धामा उत्रिन्छ न त कम गतीमै अल्झन्छ, यो दौंतरी मितेरीको सांग्लोमा आफ्नै बहनमा बग्दछ।

कुनै लेखमा ब्यक्त बिचारलाइ बिचारकै रुपमा प्रतिबाद गर्नुहोला। धम्की या बलका कुरा बिचार संग मेल नखानेहुंदा त्यता जान उपयुक्त नहोला।
धन्यबाद
नेपालियन

Reshu said...

dautar bro dherai nakhokau. hamilai taha chha ko kati panima chha. tapai ko baad pani taha chha. sabai kura taha chha. uhi maobadi ko birodh garnu matra ta ho tapai ko kam.

Anonymous said...

खुशीको खबर अन्त्तत: डाक्टर भक्तमान रिहा गरिएका छन् । हिजो मात्र माओवादीको खोज आयोगले भक्तमान बेपत्ता भएको नभई अपहरणमा परेको बताएको थियो भने बिभिन्न खालका ८ थरिका खोज आयोग जनस्तर र पार्टी स्तरमा बनिसकेका थिए । रहस्यमय तरिकाले रिहा पछि हिन्दू जनता पार्टीले आँफूलाई अपहरण गरेको आरोप लगाएर भक्तमान रहस्यमय तरिकाले स्तब्ध बनेको देखिएका छन् । तर यस्तो पार्टीको नाम दिए ध्यान अन्तै मोड्न डाक्टरलाई वाध्य पारिएको हुन सक्ने विश्वास बिभिन्न कोणबाट गरिएको छ । भक्तमान अपहरण प्रकृयाले सरकार, माओवादी र अन्य क्षे्त्रतर्फ चाप परिरहेको हुनाले , उनलाई रिहा गर्नु पर्ने अथवा वास्तविकताको पत्तो लाग्न सक्ने अवस्था भएको हुनाले पनि , अपहरणकारीले उनलाई रिहा गर्न परेको हुनसक्छ । यी सबै कुराले यो प्रकरण भक्तमानको रिहा पछि पनि झनै रहस्यमय बनिरहन सक्छ र यो प्रकरणमा माओवादीको सम्बद्दता पनि बाहिर आउने नै छ ।

हिजोको सरकार र सेनाले गराक ज्यादति र हिजोको युद्धकालमा माओवादीले गरेका ज्यादतिका कुरा गरि साध्य छैनन् । पोहर साल माओवादीले द्वन्दकालमा मारिएका आफ्ना समर्थक र लडाकू ७ हजार लाई शहीद घोषणा गर्‍यो । अहिले साल सरकारले माओवादीले मारेका ८ हजारलाई सहिद घोषणा गर्न प्रस्ताव लगेको छ । माओवादी र सेना पुलिसको द्वन्दमा मारिएका ३ , ४ हजार बाहेक माओवादीले मारेका अधिकांस गाउँघरका अरू पार्टी समर्थकहरू मात्र थिए जसको हातमा हतियार थिइन र लडाईँ लड्न हिवडेका मान्छे थिएनन् । हिंसा, ज्यादति , हत्या र लूटको त्यो द्वन्दकालमा माओवादीको नाममा सेना वा पुलिसतर्फबाट कतिपय निर्दोष पनि मारिएका थिए भने माओवादीले सुराकी, चन्दा नदिएको वा अन्य पार्टीको समर्थक बनी माओवादीलाई असहयोग गरेको भनी मारिएकाहरूको संख्या प्रशस्त थियो । यसरी हेर्दा माओवादीले दरबार र राजा बिरूद्ध नभएर दलहरूका समर्थक बिरूद्ध उसको जनयुद्ध परिचालन गरेको देखिएको थियो । यसरी, माओवादीको हिंसा जनता र दलहरू बिरूद्ध मात्र थियो जुन दरबार हत्कायाकाण्ड पछि गणतन्त्रवादी बन्न पुग्यो बनेर बुझ्न पर्छ ।

तर शान्तिकालमा आइसकेपछि पनि हिंसा, ज्यादति, गुण्डागर्दी, बाहुबली प्रवृत्ति, ठेकेदारी र लडभिडको एकछत्र थोक विक्रेताको भूमिकामा माओवादी नै रहेको हुँदा , आज देशभित्र कुनै अपहरण र हिंसाको घटना घट्यो भने , सबैले यो घटनामा माओवादीको योगदान कति रह्यो होला भनेर सोचिहाल्ने स्थिति रहेको छ । आशा छ माओवादीलाई माया गर्ने हरूले उसको यस्तो छवी बन्नुमा के कुरा कारक रह्यो र यसलाई सुदार गर्न के गर्न सकिन्छ भन्ने कुरा राम्रोसंग सोच्नेछन् र त्यस अनुसार गर्नेछन् ।

-सम्यक

Anonymous said...

आशा छ माओवादीलाई माया गर्ने हरूले उसको यस्तो छवी बन्नुमा के कुरा कारक रह्यो र यसलाई सुदार गर्न के गर्न सकिन्छ भन्ने कुरा राम्रोसंग सोच्नेछन् र त्यस अनुसार गर्नेछन् ।

रेशु said...

लेखक ज्यु कान्तीपूरमा यस्तो भनेको छ.
पारिवारिक स्रोतका अनुसार उनले त्यसराति आफूले चलाएको गाडि अगाडि एक्कासी गाडि रोकेर कन्चटमा पेस्तोल देखाएर अपहरण गरेको बताएका छन् । त्यसपछि आफूलाई कहा लगे भन्ने थाहा नभएको उनको भनाई छ ।
ल भन्नुस यस्मा कसरी माओबादी संलग्नता रह्यो. तपाई जे काण्ड पनि माओबादीसंग किन जोड्नुहुन्छ. तपाईको दिमाग त ठिक ठाउमा छ.

Anonymous said...

रेशुजी,

कान्तिपुरमा नै प्रकाशित समाचार अनुसार :

'...आचार्यलाई डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहाँ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोसँग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब चार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।'

http://www.ekantipur.com/np/2067/2/22/full-news/312654/

भन्नुस त हजारौँ सेनाको ब्यारेक नेपालमा अरू कुन समूहको छ ?

कुरा प्रष्ट छ डाक्टर भक्तमान अपहरणको कारकको नाम नभन्न चरम दाबबमा छन् , तर पनि यो गुत्थि कतैबाट खुलेर नै छोड्छ । आशा गरौँ , अब यस्तो नहोस् ।

सम्यक

रेशू said...

सम्यक महाशय माथीको खबर टास्दा अली तलतिर हेरेको भए आखा खुल्थ्यो होला। तपाइको आखा खोल्न यहि खबर राखेको छु. अब आखा खुल्छ होला. खबर पाम महाशय.
नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको र चर्चामा आउन यसो गरेको भनेर डा. श्रेष्ठलाई अपहरणकारीले भनेको आचार्यले पत्रकारहरूलाई जोगिमारामा जानकारी दिए ।

ठरकि दादा said...

बिचरा भक्तमान, अस्तित्व नै नभएको पार्टीले अपहरण गरेछ!

हुन त मलाई नै पनि १८ दिन कतै लगेर धम्की र दवाव दियो भने म पनि "मलाई एलिएनले अपहरण गरेको थियो" पनि भन्छु होला के गर्नु ।

Nepalean said...

भक्तमानको अपहरणमा खबर भन्दा हल्ला धेरै फैलिएको ले म त यही भन्न सक्दिन।

यदी त्यो के जाती नामै नचलेको पार्टीले अपरहण गरको भए अब भने नाम पक्कै पनि चल्ला!

हाम्रा सराकरी संयन्त्रभने अब पत्रिकाको खबरकै भरमा रिपोर्ट तयार गर्नेहोलान।

Anonymous said...

सम्यक जी: के हो तपाईंले त ठेक्का पट्टाकै काम गर्नुभाको छ कि के हो माओवादिको खेदो गर्ने। अब कहाँ कहबाट कुरो त ल्याउनुहुन्छ अनी जोड्नुहुन्छ माओवादीसगै। अब सेना र प्रहरिले कतिपय रे। किन बरु मारेकै थिएन सेना प्रहरिले पनि भन्नुस् न आखिर भनेर तपाईंको के नै जाने हो र। अब तपाईं कान्तिपुर नागरिक जस्ता को उद्द्रित गर्नु हुन्छ। यिनिहरु को हुन र कसतो मिडिया हो भन्ने कुरो के सारा नेपाली को कान बहिरो आँखा अन्धो त छैन नि। बिना प्रमाण सबुत मनगढन्ते समाचार कसरी लाजै पचाएर दिन्छ भन्ने के जो कोहिले बुझ्न सक्दैनन। माओवादी हड्तालको क्रममा विरगन्जमा भएको घटनाको प्रचारले नै यो दरो उदाहरण प्रस्तुत गर्न सकिन्छ। खाली तपाईं माओवादिको ठेकेदारी देख्नुहुन्छ? अनी अरुले चै सत्ताको ठेकेदारी कुर्सी बच्चाउन कमिसन, जसले जे गर्दा पनि केही नगरने। सिडिओ कुट्ने मन्त्रिलाई केही गर्न नसक्ने , यस्ता कती अराजकता कती कुक्रित्य छन। त्यो चै त्यो तपाईंको साउनमा फुलो परेको आँखाले देख्नै छाडेछ है। हुन त अब साउनमा फुलो परेपछी हरियो देख्नु त स्वभाविक पनि हो। तर विना आधार प्याच्च प्याच्छ बोल्नु चै अली लज्जास्पद नै हो जस्तो लाग्छ। हेर्दाइ जाउँ । कतिको तथ्यले शाही बताउछ।

पुष्प said...

साथीहरू,

बिना आधार कसैको विरुद्धमा वा नचाहिने कुरा लेख्नु पीतपत्रकारिता हो; त्यही पीतपत्रकारितालाई आधार बनाएर कुर्लुनुलाई खै के भन्नु ! जे होस् भक्तमान श्रेष्ठ सकुशल रहेछन् । अनि यहाँ केही 'विद्वान'हरूले हुँदै नभएको पार्टीले अपहरण गरेको भन्नुभएछ । तिनै पत्रकारहरूको कुरा पत्याउने हो भने हिन्दु जनता पार्टी केही समयमा बाहिर आउनका लागि वा भनुँ 'हाइलाट'मा आउन यसो गरिएको भन्ने कुरा पनि बुझेहुनेथियो । दुहुनो गाईले एक लात दिँदा गाईलाई घृणा गर्नेहरूले शायद यसैकारण छिप्पिएको साँढेको पूजा गर्दा हुन् ।

Anonymous said...

yo apaharan maobadi le gareko ho. tara sabai lukauna name nai nabhayeko party diyera tarkina khojdai chha. dhilo chado tyo maobadi bhakte le afai bolne chha. kati paisa kumlayo, kati paisa party lai bujayo.

Nepalen said...

डाग्टरसापलाई बादलले ढाक्या भनेको त पट्टीले पो ढाक्या रैछ,यो नगारीक पनि फक्कैमा ....!

मैले पहिला भने जस्तै भक्तमान काण्डको रहष्य खोलियला जस्तो छैन। उनी हराउंदा आएका हल्ला त हल्ला नै भए,उनी भेटीए पछि पनि कोही भन्छन उनलाइ राख्ने सबै नेपाली नै थिए, अन्य भन्छन उनलाइ राख्ने नेपाली र भारती थिए। अब भयो त काइदा। यस्ता फरक मत भोली पनि आउलान तर भक्तमानको अपरहणको रहष्य गर्भमै रहने छ। पक्का खबर आए फेरी दौंतरीमा कुरा गरौंला।

Anonymous said...

अनुत्तरित प्रश्न
- नेपाल हिन्दु जनता पार्टी राजनीतिक र सांगठनिक रूपमा अस्तित्वमा छैन। यसअघि यसले कुनै राजनीतिक र अपराधिक गतिविधि गरेको आधिकारिक रेकर्ड छैन। यस्तो संगठनले किन अपहरण गर्‍यो होला?

- पैसाकै लागि अपहरण गरेको हो भने फिरौतीको प्रसंग आउनुपर्ने हो। परिवार र डा. श्रेष्ठ कसैले यसबारे बोलेका छैनन्। प्रहरी पनि अनभिज्ञ रहेको बताउँछ।

- पैसा असुल्नु मुल उद्देश्य थियो भने परिवारतर्फबाट पैसा संकलन गर्न सक्नेलाई छाडी परिवारका अन्य कुनै सदस्यलाई अपहरण गर्थे होला।

- डेढ वर्षपछि चर्चामा आउन अपहरण गरेको भए, लगत्तै वक्तब्यबाजी गर्थ्यो होला। धर्मनिरपेक्षता र भ्रष्ट्राचार विरूद्ध अपहरण गरिएको भए, किन यी मुद्दालाई तुरुन्त प्रचारमा ल्याएन र कसैसँग माग राखेन?

-त्यस्तो अज्ञात संगठनले डा. श्रेष्ठलाई १९ दिनसम्म गाडी, मोटरसाइकल र पैदल गरी ठाउँ परिवर्तन गर्दै प्रहरी, प्रशासन, विभिन्न राजनीतिक दल र सामान्य नागरिकबाट कसरी छिपाएर राख्न सक्छ?

- डा. श्रेष्ठलाई नै अपहरणको 'टार्गेट' किन बनायो?
.....................................


काठमाडौं, जेठ २३ (नागरिक) - माओवादी छानविन समितिका संयोजक अमिक शेरचनले डा. भक्तमान श्रेष्ठलाई कसरी कहाँ राखिएको छ भन्ने आफूलाई थाहा भएको बताएका छन्। डा. श्रेष्ठ रिहा भएपछि नागरिकसँग टेलिफोनमा शेरचनले भने, 'ती सबै कुरा अहिल्यै भन्दिन। आवश्यक परे खुलाउँछु।'

जानेको कुरा खुलाउन के को भद्रो हेर्नुपर्‍यो ? पार्टी हाइकमाण्डको ग्रिन लाइट ?
.....................................

अपहरण मुक्त भक्तमान र यो घटनासमग को जोडिएको छ भन्ने कुरा पंगाजाले झुलले बेरिएको नाङगो शरीर जस्तो उदांगिइसकेको छ । अस्तित्वमा नै नरहेको पार्टीले गरेको नभई , हरेक ठाउँमा केवल आफ्नै हैकम खोज्ने पेशेवर माहिरहरूले गरेको यो । हिंस्रकहरूले अरू पाएनन् भने आफ्नै खान पनि बाँकि राख्दैनन् भन्ने कुराको यो भन्दा ठूलो उदाहरण के हुन सक्छ ।

दूर्जेय चेतना said...

झोका झोकी बहस चलिरहेको पो रहेछ त। माई सन्सार जस्तै आज यहा। कमेन्डहरुनै रसिला र चाख लाग्दा रहेछन् अझै।

Nepalean said...

हो त दूर्जय जी यांहा त झोका झोकी बहश चल्दैछ। तपाइका प्रतिक्रिया पढ्न मेसो नमिलेको पनि धेरै भयो। आजकाल के गर्दै हुनुहुन्छ?

Chandra Magar said...

Nepalka kunai pani media house neutral chhainan.. tesaiko pachi lagera kurline hami nepali jhan khattam.. kunai adhar bina lekhne news site nai purbagrahi hun.. ani hami uniharulai biswas garne andha ra gadhaharu !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !