May 12, 2010

टार्यौ तिमीले

हस्त गौतम मृदुल

न त बिकास गर्यौ न त समस्या टार्यौ तिमीले
संकटमा पुर्याई हामीलाई जिउदै मार्यौ तिमीले

अन्योल छाएकै छ ज्यादती नि भएकै छ अहिले
झूटा सपना देखाएर ओझेलमा पार्यौ तिमीले

विकृत इच्छाशक्तिले कैलै परिवर्तन हुन्न देशमा
स्वाभिमानको उचाइबाट तलतल झार्यौ तिमीले


सिलबट झै एकछिन तातियौ र सेलायौ आखिर
आफै सकुनी भएर तै पनि जुवा हार्यौ तिमीले

बचेको स्वतन्त्रता पनि छिनेर झनझन आपसमा
परिवर्तनको हाँक दिई झारो मात्र टार्यौ तिमीले

2 Comments:

Reshu said...

न त बिकास गर्यौ न त समस्या टार्यौ तिमीले
संकटमा पुर्याई हामीलाई जिउदै मार्यौ Ma.Ku.Ne तिमीले
Aba haruwa Ma.Ku.Ne le cherna matra baki chha.

Entertainment Nepal said...

अन्योल छाएकै छ ज्यादती नि भएकै छ अहिले
झूटा सपना देखाएर ओझेलमा पार्यौ तिमीले
Aaba sambidhan banne date sarnu par6 bhan6u timile
k GARNA LAGYA mA.kU,nI Timile..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !