April 11, 2010

हास्य कलाकारहरुले तताए यूएईका नेपाली दर्शकहरुलाई

सधै नेपाली टेलिभिजनको पर्दामा देखिने राष्ट्रिय स्तरका चर्चित हास्य कलाकारहरुलाई प्रवासमा आफ्नै अगाडि देख्दा यूएईका नेपाली दर्शकहरु अनौठो मात्र मानेन् रमाईलो महसुस गरी पेट मिची मिची हासे ।
उद्धघोषक निमेश गिरीले नेपालबाट आमन्त्रीत कलाकारहरुको परिचय गराउदै स्टेजमा आगमन
 भईसकेको र स्टेजमा आउनलाई नाम मात्र के बोलेका थिए स्टेज एका एक ताली र विभिन्न थेगोले हल तात्न थाल्यो । पहिलो पटक यूएई आएका मुला साग धुर्मुस सुन्तली तथा माग्ने बुढा माचमा देखा पर्नासाथ भिड अनियन्त्रित बन्न थालेको थियो ।
हातमा मुला साग लिई सुरुवालको तुना झुण्डाउदै यो के हो भन्दै स्टेजमा जव सुरेन्द्र केसी देखा परे सबैले ए मुला साग भन्दै उनलाई बोलाउन थाले । उनले समसामाहिक विषयबस्तु साथमा लोग्ने मान्छे र स्वास्नी मान्छेका विभिन्न स्वभावको ठट्यौली प्रस्तुत गरे । स्थानिय कलाकार पि्रया
 लामा चोरी भो चोरी भो के चोरी भो यो छोरीको जोवन छोरी भो भन्दै नृत्य संगै सास्कृतिक कार्यक्रम सुरु भएको थियो । मिना वाईवा आफ्नो दिललाई किन धक धक गर्छ भन्दै सोध्दै थिईन् भने यूएईको सास्कृतिक कार्यक्रममा पहिलो पटक गरिवको पाखैमा घाम झुल्काउदै देखा परे राज यज्ञ आफ्नै एल्वमको अर्को गीत पनि गाएका थिए । सम्झना थिङले पानी मिठो मेरो हजुर ईलाम बजारको कुन्ति मुक्तानको गीतमा नृत्य गरीन् । स्थानिय कलाकारहरुको प्रस्तुती भईरहदा उद्धघोषकले अनुराग थपलियालाई क्यान्डल नाच नाच्नको लागि स्टेजमा बोलाए । अन्धकार स्टेजमा उनले मुठ्ीभरी लिएका मम बत्ती बाले अनि यो मायाँ के हो आगो हो की पानी हो भन्दै मम बत्तीको थोपाहरु शरीरमा चुहाउन थाले । दर्शकहरु उनको नृत्यलाई अति प्रसंसा गरे र उनको उक्त नृत्यले दर्शकहरुलाई पिडादायी मनोराजन दिएको थियो । भन्छन् कोही कर्कलाको पानी जस्तै हो भन्दै थिईन् रेखा घिमिरे पुजा लामाले यो हो मेरो माईतिघरको भाकाको गीतमा नृत्य गरिन् ।


भर्खरै सबैलाई पेट मिची मिची हसाएका सुरेन्द्र केसी आफ्नै एल्वम् मुला सागको सेन्टिमेन्टल गीत गाउन स्टेजमा आए । दर्शकहरु हासेनन् तर उनको गीतका शब्दहरुले मौनतामा हराए । उनले भन्दै थिए आफ्नै मर्जिले मर्न पाए माकसम म मर्दिन्थे । उनले अर्को पप लोक गीत पनि गाए । यूएईका दर्शकले उनलाई मुला सागको मात्र भनेर चिनेका थिए तर उनको स्वरले उनी हास्य कलाकार मात्र हैन गायक पनि रहेछन् भनेर चिने ।
उद्धघोषक निमेश गिरीले भर्खरै दुवईमा भएको व्यूटी क्विनबाट नेपालबाट पनि भाग लिएको भन्दै एक जना कलाकारलाई नाम पनि नभनी दर्शकहरुलाई नै भन्न अनुरोध गरे तब दर्शकहरु अल्लमल्ल परे । स्टेजमा मलाई मायाँले सतायो लौ भन्दै दिपक गुरुङ केटीको भेषमा स्टेजमा नृत्य गर्न आउदा दर्शकहरुले ताली र वा वा ले हुटीङ गरीरहे । दर्शकहरु उनको नृत्यबाट भरपूर्ण मनोराजन लिए ।
बर दुवई हो की पिपल दुवई भन्दै मेरी वासै टेलिसिरियलकै भेषमा जव स्टेजमा माग्ने बुढा आए दर्शकहरु उनलाई झम्टनै जाउ जस्तै झुम्मे । नेपालीलेनै राखेको होला सायद यो बर दुवई भन्ने नाम भन्दै थिए । आफु अन्तराष्ट्रिय स्तरको गायक भएको भन्दै उनले व्यङग्यात्मक तरिकाले नेपालको राजनीतिकलाई तिर हान्दै थिए । उनलाई साथ दिन धुर्मुस र सुन्तली स्टेजमा उहि हाउ भाउ अनि भेष भुषा सबै मेरी बासै । दर्शकहरुको ताली र हासोको फोहोराले उनिहरु एक पटक रोक्किए पनि । उनिहरुले करिव ३० मिनेट उपस्थित सबै दर्शकहरुलाई पेट मिची मिची हसाउन सफल भए । उनिहरुको हास्य प्रहसन सकिन नपाउदै उद्धघोषकले कार्यक्रम अन्त्य भएको भन्ने घोषणा गर्न थाले दर्शकहरु निरास हुदै हलबाट उठ्न बाध्य भए । ढिलो गरी दिनको ५ः३० बाट सुरु भएको उक्त कार्यक्रम रातको ८ नबज्दै समाप्त भयो ।
दर्शकहरुको वाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा अर्का चर्चित लोक पप गायक क्रान्ति आले र नृत्यङगना सम्झना बुढाथोकी नआएको खवरले दर्शकहरु खिन्न देखिन्थे । उनिहरुको आफ्नै समस्याले गर्दा कार्यक्रममा उपस्थित नभएको उद्घोषकले भन्दा आयोजकले झुक्याएको भन्दै थिए दर्शकहरु भने सास्कृतिक कार्यक्रम हेर्न भनेर आएका दर्शकहरु प्राय उनिहरु नआएको खवरले गेटबाटनै फर्केका थिए ।


2 Comments:

Ram Krishna UAE said...

उनिहरुको आफ्नै समस्याले गर्दा कार्यक्रममा उपस्थित नभएको उद्घोषकले भन्दा आयोजकले झुक्याएको भन्दै थिए दर्शकहरु भने सास्कृतिक कार्यक्रम हेर्न भनेर आएका दर्शकहरु प्राय उनिहरु नआएको खवरले गेटबाटनै फर्केका थिए । huna pani ho. yestari dhatne hamilai? mulako saag haru.

Anonymous said...

program thikai ho. khasai bhanna kehi chhaina.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !