March 14, 2010

बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता

यो खबर केही पहिल्यै थाहा भए पनि आज मात्र पत्र पत्रिकामा पढ्न पाइयो। जम्मा २० दिन गयल भए बापत ४ हजार रुपयां फिर्ता गरेछन। यो पैसाले आउन त केही आउदैन। मन्त्रीहरु चाहेको गाडीमा चढ्न तछाड मछाड गरिरहेको बेलामा यि माओबादी नेताले चालेको पाइला राम्रो नै मान्नुपर्दछ। हुन त यो ४ हजारले ४ लाखको बिज्ञापन गरेको जस्तो पनि लाग्दछ। आखिर नेता न परे। बिज्ञापनै सही तर पैसाको लालचमा मन्त्री देखी पिउन सम्म फसेको समयमा यो एउटा नैतिक शिक्षा हुन सक्छ। सायद यस्ता नैतिक शिक्षाले बुज्रुकहरुको दिमाग त के खुल्ला,कानुनकै सुर्काना चाहिने हो। तर कानुनका मतियार नै पैसाको थैलीमा भुलेको समयमा ४ हजार रुपायाले ४ लाखको नैतिकता सिकाएको छ।

एक हप्ता अघी आएका मेरा साथिले भन्दै थिए नेपालमा खसीको मासु ५०० रुपया किलो छ रे। बाबुरामले फिर्ता गरेको पैसा त ८ किलो मासु बराबर भयो। बुझ्नेलाइ श्रिखण्ड नबुझ्नेलाइ खुर्पाको बिंड भन्छन नि, हो त्यस्तै । घुस्यालाइ यो ८ किलो मासु हो,नैतिकवानलाइ एउटा ठुलो शिक्षा।

पैसा फिर्ता गर्ने बेलामा उनले भनेछन"आगामी दिनमा पनि उपस्थित नभएको दिनको संविधानसभाको बैठकभत्ता सचिवालयलेनै कट्टागरी उपलब्ध गरिदिनुभएमा म जस्ता सभासद्माथि नैतिक प्रश्न उठ्ने थिएन"। यस्ले भने अरु गयालवाला सभासदला धर्मसंकटनै पार्यो है। को भन्दा को कम भनेर तमासामा उत्रने हाम्रा सभासदले अब भट्टराइको ४ हजारको प्रतिप्रस्धासंग कसरी उत्रने हुन कुन्नी?

7 Comments:

mskhanal said...

very good work

Anonymous said...

Good work...it's not about money, it's about the ethics..which unfortunately is a rarity in Nepali politics......hopefully, modifying Armstrong's words, this small step might lead to broader ethical leap in Nepali politics.

-Prajwol-

Rajan said...

माओवादीले युद्धकालमा लुटेका र कब्जा गरेका जनताका सम्पती फिर्ता नगरेसम्म म भने यस्ता ४ हजार फिर्ता गर्ने कार्यको प्रशंसा गर्न सक्दिन है !

यो विज्ञापन नै हो, करोड लुटेर हजार फिर्ता हा हा हा ।

Bibek Adhikari said...

म पनि राजन जी को विचारसँग सहमत छु । यो विज्ञापन नै हो , सक्छन् भने जनताको लुटेको घरजग्गा फिर्ता गरेर देखाउन् न ।

Anonymous said...

म पनि राजन जी को विचारसँग सहमत छु

Anonymous said...

राम्रो काम गरेको देख्यो कि आँखामा कसिंगर बनिहाल्ने बिचार बोकेको उपज हो । राजनजी को विचार संग सहमत हुन सकिएन किनकी बाबुराम भलै माओवादीका नेता हुन् तैपनी बोलेका कुरा गरेर देखाउने र देखाइदिएका राजनीतिक ब्यक्तित्व हुन् ।

nepalean said...

हुन त यो एउटा राजनिती गोटी हो। यो गोटी भने सबैलाइ ज्ञान दिने खालको छ।

तर राजनितीको अर्को पाटोमा कती गुस पैठ भएको छ त्यसको त लेखाजोखा गरेर पनि साध्य छैन। र यसमा कुनै राजनितीक पार्टी कुनै भन्दा कम छैनन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !