February 26, 2010

एउटा नछापिएको कथा

हिजो सिर्रामको कथा कान्तीपुरमा आयो। अघिल्लो हप्ता मात्रै शनिबारको परिशाष्टंकमा पहिल्यै पानामा नेपाल बन्दको लेख आएको थियो। फेरी आज पनि त्यो बस पल्टेकको लेख पहिल्यै पानामा आयो। लेख भने उही ५ जना मरे,१० जना घाइते भए। त्यो त २ लाइनमै सकिन्छ नि। फोटो सोटो के के जाती गरेर पान्नै भरी किन छाप्न पर्थ्यो र? आफूलाइ त्यो पत्रीकामा लेख छपाउन कत्रो धोको छ। मन पर्ने तारी गाइको लेख २ हप्ता लगाएर लेंखे। २ हप्तै लगाएर शु्द्दा शुद्दी मिलाए। एक महिना कुरें। आउला आउला आउने होइन। व्हां सिरेको २-२ वटा आउंदा आफ्नो एउटा पनि कता हो कता, मोराहरूले रद्दीको टोकरीमा फ्याके जस्तो छ।

स्कुल पढ्दा त त्यो सिरेलाइ सधै नेपालीमा जित्थें। ब्याकरणकै कुरो गर्ने हो भने लुमेसरले सिद्दार्थ मा.वि कै नं १ भन्थे मलाइ। सिरे,राजु मेरो अगाडी के को दांज्नू? आउन पनि एस.एल.सीमा नेपालीमा ६४ मार्का आएको हो के रे। गणित,बिज्ञानमा त आउंछ, लौ नेपालीमा फस्ट डिभीजन आएको यो जितपूर डांडामा देखाउन?तर पनि त्यो कान्तीपूरले सार्हो हेप्यो! के थाहा त्यो लेख जांचन्नेको नेपालीमा ३२ आएको थियो कि? अनी त के बुझोस मेरो तारी गाइको लेख?मानव र प्रकिर्ती को समिश्रण बिचको मिठो सुबासको गौण कसरी भेउ पाउनू? मेरा शब्दै नबुझेर शब्दकोष पल्टाउने झन्झटले रद्दीकै बास बनाए मेरो प्यरो लेखलाइ।

अघील्लो शुक्रबार हो क्यार गाइले २ वटा बाच्छा पायो भनेर फोटो सितै मुख्य प्रिष्ठमा आएको थियो। गाइले एउटा बाच्छो त संधै पाउंछ। भेंडा,बाख्राले २-२ वटा पाइराख्थे अब गाइले पायो। त्यो गाइको फोटो पहिलै पानामा छाप्नुपर्थ्यो त? मान्छेले ८-८ वटा जन्माउन थालीसके,त्यो गाइ नाथेको के कुरो भो र? कथा त मैले पनि गाइकै लेखेको हो नि। दांज्ने नै हो भने पनि २ वटा बाच्छा जन्माउने गाइ हाम्रो तारी गाइको खुट्टामा पनि सुहाउदैन। तर पनि त्यई गाइको समाचार आयो। समाचारको त के कुरा गर्नु,पोहोर साल मन्त्रीले खोला तर्दा जुत्ता बगाएको पनि समाचारमा आएको थियो। गन्ने नै हो भने घट्टेखोलो तर्दा बर्षेनी ४०-५० जनाको जुत्ता बगाउंछ। बरु जुत्ता बगायो भनेर खोलामा पूल बनाउन त कांहा हो कांहा ति मन्त्री त्यही खोलासंग खुब रिसाएर रे। खोलाको पनि बुद्दी हुन्छ त,अनि त्यसले यो मन्त्री यो भरिया भनेर छुट्टाउने? त्यसले त जे भेट्टाउंछ बगाइहाल्छ नि। के के नै मन्त्री भै खाको।

मन्त्री त के झन प्रधान मन्त्रीले त यस्सो कासे पनि समाचार लेख्छन। यिनीहरुको त के कुरो गरेर सक्नु। लौ सिरे बजियाको लेख आयो राम्रै भो। आखिर त्यो पनि मेरै दामौल हो क्यारे। जांचमा मात्रै किन अप्ठ्ठेरो बडहरको रुखबाट घांस झारेर पनि त्यसलाइ सहयोग गरेकै छु के रे। सिरेकै लेख पल्टाएर पछाडी हेरेको लौ एउटाले अर्कोलाइ पिट्यो,कस्को घरको छानो भत्कियो,बिजूली अफिसको गाडी पल्टियो यस्तै यस्तै पो छ त। यि पत्रिकाले यस्तै नराम्रा कुरा लेखेर पत्रिका बिकाउने गर्छन कि क्या हो? कतै कुनै कुनामा त झुक्कीएर राम्रो कुरा पनि लेख्नु नि? हरेक पानामा दिन दिनै अलछ्छिनको खबर बाहेक केही छाप्ने भएनन यो पत्रिकाले पनि। अनि मेरो लक्षिनी तारी गाइको कथा के खाएर छापून त?

9 Comments:

Anonymous said...

Great !

prelude said...

"Kantipur Blues" jasto bhayo ni ta! shire ko katha chappinu pani ahobhagya rahecha :P , aba arko pali chai shuddha shuddi, bhasa, byakaran sabai chatta parera pathaidinu na yeso byakaran ma 32 lyaune sampadak le ni sikos :P , tespachi ta kaso nachaplan ra!

पुष्प said...

नेपालियनजीले नै हो क्यारे, एकताका आफ्नो लेख छापेन भनेर 'मेरो संसार'ले खेदो गर्दै 'दौंतरी' खोल्नुको 'उपादेयता' प्रष्ट्याउनुभएको थियो । अहिले 'कान्तिपुर'को खेदो ! पहिला राम्रो भन्दै छाप्न अनुरोध गर्ने अनि छापेन भने खेदो खन्ने, यो प्रवृत्ति ठीक लागेन है नेपालियनजी !

नेपालका पत्रिकाहरू भारतीय समाचार च्यानलहरूभन्दा कम छैनन् । अधिकांश पत्रिकाहरूको पहिलो प्राथमिकता भारतीय स्वार्थ पूरा गर्नु रहेको छ । अर्थात् भारतीय विस्तारवादलाई मलजल गर्ने समाचार, लेखहरू प्रकाशित गर्नु । च्यानलहरूको हालत पनि उस्तै छ । भारतीय अभिनेता-अभिनेतृहरूको समाचार टुटाउनु यिनीहरूका लागि पापसरह हुन्छ । एकताका दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टलाई भारतीय लगानीको पत्रिका भनेर विरोध गर्ने कान्तिपुरसमेत भारतीयहरूको प्रत्यक्ष लगानीमा शुरु गरिएको कुरा बाहिर आएको छ । अब यस्ता पत्रिकाहरूबाट नेपाल र नेपालीहरूको हीत होला भनेर नसोच्दा पनि हुन्छ । कान्तिपुरकै कुरा गर्ने हो भने यसको सहप्रकाशन 'साप्ताहिक' हेर्नुस्, अश्लिल पत्रिकामा परिणत भइसक्यो । यो पत्रिकालाई त म 'स्लो प्वाइजन'को संज्ञा दिन्छु; नेपालीहरूको 'ब्रेनवाश' गर्ने ।

अँ विद्यालयको कुरा त थाहा भएन, तर अहिले तपाईंको नेपाली व्याकरण अँग्रेजीले क्वाप्लाकुप्लुक खाइदिएजस्तो छ नेपालियनजी । :) यस सामग्रीमा अशुद्ध शब्दमात्र ५० भन्दा बढी छन् । हतारै भएपनि यति साह्रो अशुद्धि त नहुनुपर्ने हो । कान्तिपुरमा समाग्री छपाउन हफ्ता दिन लगाएर सच्याउन सक्नेले दौंतरीका लागि पनि केही समय लगाएर सामग्री प्रकाशित गर्नुभएको भए राम्रो हुनेथियो । मेरो सित्तैको सल्लाहमात्र... मीठो हुन्न भन्ने थाहा छ ।

Nepalean said...

I wrote this blog but did not elaborate much. That might be the reason it gave different message. Prelude, its just a fiction, I won't say it is kantipur blues. So obviously I wont need additional time to find to teach lesson for 32ers ;)

लेखमा मैले प्रष्ट नभने नि यो लेख एउटा कथा मात्र हो। नं त मैले तारी गाइको लेख लेखेको छु न त सिरेकै लेख कान्तीपूरमा आएको छ। त्यसैले यो कथाका पात्र र भाव सबै काल्पनिक भएकोले पुष्पजीको ठम्माइ अली गलत ठाउंमा परेकको अनुभव गरेको छु। कान्तीपूर नाम चलेको पत्रिका भएकोले उक्त नाम चयन गरेको हुं,छाप्नको लागी कान्तिपूरमा कुनै अनुरोध पठाएको छैन।

तपाइले थुप्रै अशुद्द औलाइदिनु भएकोमा धन्यबाद। दौंतरी आफैं ब्लग चौतारी भएकोले दौंतरी कुनै ब्लगको प्रतिपर्धासंग कहिं कतै दांजिएको छैन, दांजिने पनि छैन। अन्य नेपाली ब्लगसंग कुम जोडेर नेपाली ब्लग जगतलाइ माथी उठाउनु नै दौंतरीको सफलता हो। दौंतरी किन खोलीएको हो त्यो दौंतरीको पहिलो ब्लग या यो लिंकमा गएर हेर्न सक्नुहुनेछ।
http://www.dautari.org/2007/10/welcome.html
माइसंसार ब्यक्तीगत ब्लग भएकोले उक्त साइटमा लेख छपाउने नछपाउने उमेशजी को सर्वाधिकार भएकोले उहांप्रती तिक्तता पोख्नु एउटा मुर्खता मात्रै हो। मेरो पहिलो लेखनै माइसंसारले छापेको थियो,त्यसमा त मैले अझ धन्यबादनै दिनुपर्छ। दौंतरीमै पनि आउने सबै लेखले ठाउं पाउंदैनन,लेख प्रकाशनको मर्म मैले पनि राम्ररी बुझेको छु। दौंतरी एउटा सामुहिक ब्लग भएकोले दौंतरीबारे मैले बोलेको कुरा नित्तान्त ब्यक्तीगत हो,दौंतरी बारे अन्य ब्लगरको धारणा भिन्न पनि हुन सक्छ।

kiran khatri said...

ramro kuro rahechaaaaaaa

विष्णु प्याकुरेल said...

नाम यहाँ कान्तिपुरकै दिए पनि, कथाले निकै यथार्थ बोकेको छ । यहाँ यस्तै हुन्छ्, मन्त्रीको जुत्ता खोलाले बगाउँदा ब्यानर र फ्ल्यास न्युज हुन्छ, प्रधानमन्त्रीले कासे मात्र पनि प्रमुख समाचार बनेर फोटो सहित हरेक पत्रिकाका मुख पृष्ठ बन्छन् । तर तारी गाइ जस्ता साधु र पिछडिएकाहरू सदैव पछाडी नै रहिरहन्छन् ।
यो कथाले एउटा सामाजिकता बोकेको मैले पाएँ । म कुनै समालोचक त हैन यद्दपी यि तारीगाइहरू अथवा तारीगाइ जस्ताका नगण्य कथाहरू पढिनु पर्छ, छापिनु पर्छ, ब्लगीनु पर्छ अनी हरेकले प्राथमिकता भित्र पार्न सक्नु पर्छ ।
यो सामाजिक क्रान्तीको समय हो । यहीँ बाटै किन सुरू नगर्ने ।
मैले 3-4 पटक पढेँ तर फेरि फेरि पढिरहन बाध्य छु । शायद फेरि पढ्नै पर्छ मैले अझ 2-4 पटक यो कथा ।
नेपालियन जीलाइ धेरै धन्यवाद ।

Nepalean said...

लौ बिष्णु जि को नछापिएको कथामा कमेन्ट छापिएन भन्नु भएको थियो झन २-२ वटा पो आएछ। ब्लगरबाट होस्ट गरिएका साइटमा कमेन्टको यो समस्या छ,तुरुन्तै कमेन्ट पोस्ट नभइ 'प्रोसेसिगं हुन सकेन' भनेर मेसज आउंछ पून पोस्ट बटन थिचेपछी भने बल्ल कमेन्ट प्रकाशित हुन्छ। गुगलले स्पाम रोक्न यस्तो गरेको हो कि प्राबिधीक समस्या हो मैले मेसो पाएको छैन।

कथा मन पराइदिनु भएकोमा बिष्णुजीलाइ धन्यबाद। कथा एउटा गाउंको लबज समातेर लेखिएको हुंदा कतिपय शब्दहरू नेपाली मूल भन्दा अली प्रिथक छन।

पुष्प said...

नेपालियनजीको अगाडि कथाकार राखेर पढ्नुहोला नि, अनि ठम्याइ सही ठाउँमै पर्छ कि !

kamaladi said...

हैन नेपालीयन जि, यो कथा कतै Jotare Dhaiba जि बाट प्रेरित त हैन ;)

http://clickdhaiba.blogspot.com/2010/02/blog-post_25.html

-Prajwol-

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !