February 24, 2010

पाइन्ट ला’को छु जिन्को मैले

राकेश कार्की
लस् एन्जेलस्


पाइन्ट ला’को छु जिन्’को मैले
दोबाटो ढुक्या’ छु तिन्’को मैले

स्टाइल त दिनै पर्यो ‘नि ब्रो’
दाँतले च्याप्या’ छु सिन्को मैले

क्रेडिट कार्ड छ घोट्नलाई
वास्ता गर्या’ छैन ऋन्’को मैले

घाम जुन नभनि कमाएँ
बचाको छु सातै दिन्’को मैले

हलिउड् सप्पै घुमाई दिन्थे
साथ पाए एकै छिन्’को मैले

5 Comments:

MANU said...

हलिउड् सप्पै घुमाई दिन्थे
साथ पाए एकै छिन्’को मैले

हलिउड मत्रै चन्द्रमा पनि झार्नु पर्यो नि,हैनत ?

Milan said...

हे हे ...मेरै मनको कुरा गरे जस्तो लाग्यो...

Nepalean said...

भनेपछी मिलनजी र राकेशजीको कुरो मिल्यो?
गजल रमाइलो लाग्यो। माया बिछोड को बाढी हुने गजलमा राकेश जी ले यौवनको कुरा रमाइलो पाराले लेख्नुभएछ।
मलाइ पनि मन पर्यो यो। कता कता यो गजल ले प्रकाश ओझाको "तिम्रा लागी दिनै दिनै नुहाउंछू म" भन्ने गित पो याद आयो। आजकाल प्रकाश ओझा त हराए जस्तो छ। मान्छे बदमास भए पनि गित त रमाइलै हुन्थे।

प्रबिण थापा said...

fantastic gajal Rakesh jee.

Jotare Dhaiba said...

निकै रमाइलो !
शब्द भने निकै भाँचभुँच भएछ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !