December 31, 2009

Nepali Bloggers - Bundle up!

अंग्रेजीमा भन्ने गर्छन Bundle up. अर्थात सबै एक मुष्ठ पार्नुहोस,त्यसले निकै सहयोग र सजिलो बनाउंछ।सजिलो त हुन्छ हुन्छ यस्ले तगडा पनि बनाउंछ। साच्चै नेपाली ब्लगरहरु निकै तगडा भए कती रमाइलो हुन्थ्यो होला?कुनै ब्लग चर्चित होलान कुनै भर्खर बामे सर्दै होलान, कुनै ब्लग शसक्त होलान कुनै अलि कमजोर होलान तर सबै एकै मैदानमा रहे पक्कै पनि सबै ब्लग बलियो बन्न पुग्नेछन। यस्ले नेपाली ब्लगरलाइ त फाइदा हुन्छ नै ब्लग पाठकलाइ पनि गुणस्तरिय ब्लगमा रम्न सहयोग गर्दछ। शसक्त हुनुका साथै गुणस्तरिय हुनाले नेपालीपनमा ठुलै आयाम आउंदछ। नेपाली सिनेमा या टिभी गुणस्तरिय भए नेपालमा हिन्दी सिनेमा र च्यानलहरु फस्टाउने थिए त? नेपाली राजनिती आफैं सबल भए कुने बिदेशीलाइ गुहा्र्नुपर्थ्यो त? कतै नेपाली ब्लग भोली कमजोर भएर हामी हिन्दी या अंग्रेजी ब्लगमा रम्न पर्ने त होइन? नेपाली ब्लगको इतिहास देखी बर्तमान सम्म नेपाली ब्लगको क्रियाकलाप सन्तोषजनक छ। अर्थात हामी यस्लाइ उल्लासजनक बनाउन सक्छौं। कसरी त? पूराना ब्लगरले नया ब्लगरलाइ सिकाउने,कमजोर ब्लगले शसक्त ब्लगसंग राम्रा उपाय सिक्ने। तर यो दौरानमा इर्ष्या या गलत ब्यबहार भने त्याग्नुपर्छ।बलियो या उच्चस्तरको ब्लग जगत बनाउन सजिलो कांहा छ र? फेरी नेपाली बिच कलह हुने संस्कारले गर्दा बाटो पनि सजिलो छैन नि? तर नेपाली ब्लग सामुहिक संजालका संचालनकर्ता निकै सहयोगी र एउटै धागोमा बाधिनु पर्छ भन्ने मान्यता राखे्ने भएकाले नेपाली ब्लग समाज निकै भाग्यमानी हुनुपर्दछ। रोटी चिल्ला मिठा कुरा खस्रा मिठा। कुरो त मिठो भयो तर कसरी लागु गर्ने त? अर्थात कसरी हामी Bundle up हुने त? नेपाली ब्लगहरुलाइ समुहगत बनाउन बिभिन्न तरिका अपनाइएका छन। बिभिन्न तरिकाले बनेका सामूहिक समुहका आ-आफ्नै प्रभाबकारिता छन।

http://www.bloggers.com.np/: यो साइटले सबै नेपाली ब्लगहरु अल्फाबेटको आधारमा लिस्टिंग गरेर एउटै छातामा समेटेको छ।हुन त यसमा सबै ब्लग नहोलान तर आजको मितीसम्म यो साइटमा जम्मा ४५० ब्लग दर्ता भएका छन। तपाइ पनि आफ्नो ब्लग छ या साथीको ब्लग छ भने [email protected] मा संपर्क गेरर ब्लग दर्ता गराउनुहोस। यस्ले तपाइको ब्लगको बारेमा सबैलाइ जानकारी दिन ठुलो मद्दत गर्नेछ।

nepali-bloggers: सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को स्थापना गरिएको हो। दौंतरीमा भएको नेपाली ब्लग भेला पछि यो समुह निकै सक्रिय रहेको छ। हाल सम्म यस समुहमा १६० जना सदस्य भइसकेका छन। http://groups.google.com/group/nepali-bloggers?hl=en यो समुहमा ब्लग सम्बन्धी आफ्ना भनाइ देखी ब्लगको लागी सहयोग लिने दिने आदी गरिन्छ। यस समुहमा नया ब्लगर मात्र नभै पूराना सक्रिय ब्लगर पनि रहेकाले धेरै ब्लगरहरु लाभान्दित भएका छन। यो फोरम पनि सबैका लागी खुला भएकाले मा गएर तपाइ यसका गितबिधीको जानकारी हासील गर्न सक्नुहुनेछ। तपाइ पनि यसमा सदस्य बन्नु परे यो समुहको साइटमा गएर देब्रपट्टी रहेको Join this group बटनमा थिचेर आफुलाइ सामेल गर्नसक्नुहुनेछ।

Face book group: यो फेसबुक समुह बर्णनमा भनिएको छ Nepali Bloggers around the Globe। यो समुहका सामाग्री सबै सामु खुला छन र यसमा अहिले सम्म ११३ जना ब्लगरहरु सदस्य बनेका छन। यो फेसग्रुप ले ब्लग लिस्ट http://hamrocircle.blogspot.com/ पनि संचालन गरेको छ जस्मा नेपाली ब्लगका आर.एस.एस फिड दिइन्छ। यस्ले तपाइको हरेक ब्लग लेखन सबै समक्ष पुर्याउंछ। तपाइ http://www.facebook.com/group.php?gid=24008787206मा गएर यस फेसबुक समुहको सदस्य बन्न सक्नुहुनेछ।

माथी भनिएका ३ वाट नेपाली ब्लग साइटमा तपाइ हुनुहुन्न भने छिटै आफ्नो ब्लग समिल्लीत गराउनुहोस। त्यसले तपाइलाइ अन्य ब्लगर र पाठक समक्ष पुर्याउंछ भने नेपाली ब्लग जगत अझ ठुलो बनाउंछ। सबै ब्लगर मित्रहरु तपाइले अरु नया केही कुरा भए यांहा थप्नुहोला, नया साल २०१० नेपाली ब्लगमा अझ केही नया र राम्रा कुरा ल्याउनुहोला। सहयोग लिने दिन गर्दा नै हाम्रो नेपाली ब्लग समुह सबल बन्दछ। साथै फेब्ररी १ मा हुने दोस्रो ब्लगर भेलाको लागी पनि तयारी गर्नुहोला।

नया बर्ष २०१० को ब्लगर तथा पाठकलाइ हार्दीक शुभकामना।
हेप्पी ब्लगिगं

11 Comments:

Anonymous said...

Happy new year 2010 to Dautari and all the visitors!

Aakar said...

Happy new year 2010 to Dautari and all the visitors!

NKM said...

Happy New Year 2010 !!!

Anonymous said...

Right on !!!

Happy New Yr and decade to y'all

Cheers!!

Prajwol

लेकाली said...

हाम्रो पनि दौतरी र हाम्रा ब्लगर मित्रहरुलाई इस्बी सन् २०१० शुभकामना । तपाईंहरुको कलम अझ बलियो र दरिलो सँग चलोस र मेरो पनि लु जा । खुशी खुशी ब्लग गर्न पाइयोस आउने बर्ष र खुशी खुशी बिदा गर्न पाइयोस् । गफै दिउ क्यारे सम्धिलाई २०१० को कि कसो ?

Basanta said...

दौंतरी परिवार र दौंतरीका सम्पूर्ण पाठकहरुमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

Dilip Acharya said...

माथी लेखिएजस्तै मलाई पनि समष्टिमा नेपाली ब्लगको यात्रा सकारात्मक मार्गतर्फ नै उन्मुख भएजस्तै लाग्छ ।

२०१० मा नेपाली ब्लगको दायरा अझै फराकिलो र स्तरमा अझै उचाई आओस । लेखकै शब्द प्रयोग गर्दा हामी अझ सशक्त रुपमा Bundle up भएर अगाडि बढ्न सकौं ।

सबैमा २०१० को हार्दिक मंगलमय शुभकामना !!!

पुष्प said...

सबैमा सन् २०१० नयाँवर्षको शुभकामना ।

Jotare Dhaiba said...

मनासिब कुरो । ब्लगरहरूको हातेमालोमै नेपाली ब्लगिङ्को भविष्य निर्भर छ ।
यो नयाँ वर्षमा यही सोच सबै ब्लगरमा फुर्न सकोस् । दौँतरी टिम, लेखकहरू तथा सबै ब्लगरहरूमा नयाँ वर्षको शुभ कामना !

वसन्त बलामी said...

नेपाली ब्लगहरूहरूको सूचीको भने यहाँ चर्चा गर्न छुटिएको रहेछ । http://nepalibloglist.blogspot.com/ मा नेपाली भाषामा सञ्चालित ब्लगहरूलाइ अपडेट क्रमअनुसार सूचीकृत गरिएको छ । यहाँ अहिले झण्डै तिन सय ब्लगहरू समावेश गरिएका छन् र प्राप्त भएसम्मका नयाँ ब्लगहरूलाइ पनि स्थान दिइएको छ । नयाँ ब्लगरहरूलाइ अरू ब्लगहरूको अध्ययन गर्न र आफ्नो ब्लगलाइ छिटै अपडेट गराउन यसले प्रेरणा पनि दिइरहेको छ । साथै ग्याजेटमा पनि ब्लगहरूको लिंकलाइ समावेश गरिने भएकोले नयाँ ब्लगरहरूको लागि यो एकदमै उपयोगि देखिन्छ । नयाँ पुराना सबै ब्लगरलाइ नयाँ वर्षको शुभकामना ।

bloggers.com.np admin said...

nepalean jee,

Just wanted to correct you, there are 1059 bloglist listed till December 25th 2009.

Thank you.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !