लेखक:- विजयकुमार श्रेष्ठ
नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर्यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालो,कहिले पाण्डेहरुको पालो, कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असहिय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुरुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल भए ।
सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाले । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होडवाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रदर्शन गरि आफनो आफनो पहुंचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा    
लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिंह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्षपश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुभिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो । 
जनतालाई फेरि पनि अर्को आन्दोलनको शुरुवातको जरुरी पर्नगयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असहिय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर भएको भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै र्सवहाराको नारा घन्काउन थाले । संघर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक संघर्ष लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । र्सवहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षो लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । संसद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने र्सवहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलेर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले ।
सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सर्घषले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना र्समथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भए भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयो,उपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुर्सीमा बसेर कुर्सी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र क्रिपावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाले र अहेस आरामी जिवनमा परिर्वतन हुन थाले । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निर्णर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।
हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबाद,सन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको १ वर्ष जती पुर्याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्रान्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु जनताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु खडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर्याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्यक्ती असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।
नेपाली जनताले सविधान निर्माण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्भिएको कुर्सी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुर्सी मोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु तारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई र्समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्र्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त - सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुर्सिको खुट्टा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त - नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।
यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिको भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह भई सक्यो । त्यसैले र्सवप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।
 




 
         
         
        .gif) 
 
1 Comments:
विजयजी,
नेपाली राजनीतिको इतिहास दोहोर्याउनुभएकोमा धन्यवाद । हुन त नेपाली नेताहरूले कहिले पो राजनीति गरे र ? सधैं 'मालिक'को इशारा र आज्ञा शीरोपणमात्र गरेका न हुन् । निरंकुश राजाहरू पनि यो कुराबाट चुकेनन् ।
अनेक नामधारी दक्षिणपन्थी दलहरूका बारेमा तपाईंले उल्लेख गर्नुभएका कुराहरूबाहेक थप कुरा गरिरहनु समयको बर्बादी नै हो । अब रह्यो कुरा माओवादी र जनताको, त्यसमा भने तपाईंको कुरामा म सहमत हुन सकेन । पहिला जनताकै कुरा गरौं । हामी जनता हौं, तर के साँच्चिकै नेपाली जनता हौं ? भारतले सीमा अतिक्रमण गरेको समाचारको हेडलाइनभन्दा बढी पढ्न रुचाउँदैनौं; तर त्यहाँका चलचित्र अभिनेता-अभिनेतृहरूका बारेमा फुर्सद मिलाएरै गफ चुट्छौं, जबकि नेपाली अभिनेता-अभिनेतृहरूको नामसमेत हामीलाई थाहा हुँदैन । हामी भारतबाट ५०-६० मेगावाट बिजुली आयात गरेर लोडशेडिङ घटाएन भनेर सरकारको विरोध गर्छौं; तर नेपालको जलस्रोत र ७५० मेगावाटजस्ता ठूला-ठूला जलविद्युत आयोजना भारतकै लागिमात्र भनेर बनिरहेको थाहा पाउँदा चुइँक्क बोल्दैनौं । कोशी कटानका बारेमा हामीले थुप्रै सहयोग जुटायौ; तर जसको कारणले भएको हो त्यसका बारेमा बोल्ने साहस जुटाएनौं । सन्धि-सम्झौताकै कुरा गर्ने हो भने पनि हामीले चुक्चुकाउनुसिवाय अरु केही गर्ने सामर्थ्य देखाएनौं । तेलको आपूर्ति सरल नहुँदा सरकारलाई गाली गर्नेहरूले तेलको विकल्पका बारेमा थाहा पाउँदा सरकारलाई झक्झक्याउने कार्य कहिल्यै गरेनौ । एउटा विदेशी कर्मचारी हाम्रा राष्ट्रप्रमुख र सरकारप्रमुखका कोठा-कोठासम्म बिना रोकटोक आवात-जावत गर्नु हाम्रा लागि आश्चर्यको विषय रहेन । खै कहाँ छ नेपाली जनता विजयजी ? देशको सार्वभौमिकता र राष्ट्रिय राजनीति सुधारका लागि ज्यानको बाजी थाप्नेहरू नेपाली जनता हुन् कि उनीहरूलाई आतंककारी भनेर गाली गर्नेहरू ?
अब कुरा गरौं माओवादीको । माओवादीको विद्रोह असमान र गोप्य सन्धी सम्झौतालगायत राष्ट्रिय राजनीतिभित्रको अराजकता थियो भन्ने कुरा उल्लेख गरिरहनुपर्दैन । विद्रोह, जनयुद्ध, जनमत, सत्तारोहण र बहिर्गमनसम्म आइपुग्दा माओवादीमा केही छिटपुट विचलन आए र ल्याइए । तर जुनसुकै अवस्थामा पनि माओवादीले आफ्ना मुद्दाहरूलाई उठाएका हुन् । सन्धि-सम्झौता खारेजी वा परवर्तन, राज्य पुनर्संरचना आदिबाट सुशासन र सार्वभौम नेपालको परिकल्पनालाई माओवादीले छोडेको छैन । सरकारमा हुँदा माओवादीले यी मुद्दा उठाएन भन्नु भ्रमको खेतीसिवाय अरु केही होइन । सबैले नयाँ संविधान बनाउनेमात्र कुरा गर्छन्; तर कस्तो बनाउने भन्ने कुरामा कसैले ध्यान दिँएको पाइँदैन । हिजो सामन्तीहरूलाई सलामी चढाउने र जनतालाई तर्साउने सेनालाई लोकतान्त्रिकरण गर्नुपर्यो, जनताको मातहतमा ल्याउनुपर्यो भन्दा के बिगार भो र ? अब बन्ने संविधानमा हामी नागरिकले आफ्नो सर्वोच्चता कायम गर्न सकेनौं भने नयाँ संविधान बनाउनुको के अर्थ रह्यो र ? धेरै कुरा के लेख्नु; अब आफैं विचार गरौं विजयजी ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !