December 22, 2009

नागरिक सर्वोच्चताका ३ दिन

हुन त नेपालमा जहिले पनि नागरिक सर्वोच्चता छ । जसले जसलाई कुटे पनि हुन्छ । सरकार, प्रशासन, नियम, कानुन आदि कार्यकर्ता देखि नेतासम्मका खेलौना हुन। सक्नेले जिल्लाको सिडिओ पिटे पनि हुन्छ, नसक्नेले चाहीं आंफै पिटाई खानु पर्छ । वास्तविक प्रजातन्त्र पनि यहि न हो, जसले भोट धेरै ल्याउंछ उसैले हाली मुहाली गर्छ ।

अस्ति देखि नेपाल बन्द थियो । सरकारमा हुदा अहिलेका बन्द आयोजकहरु आंफै बन्द नगर्ने संकल्प ल्याउने
प्रस्तावका पक्षपोषक थिए । नागरिक सर्वोच्चताको वकालत गरेको ढोंग रच्ने माओवादी नामको पार्टीले नागरिक सर्वोच्चताको लागि नै बन्द गरेको रे ।
नेपालको अन्तरिम संविधानको भाग ३ को दफा ३ „ङ“ र „च“ अनुसार स्वतन्त्रतापुर्वक सार्वजनिक आवत जावत र पेशा गरेर खान पाउनु पर्ने व्यवस्था गरेको छ (हेर्नुस तस्वीर)।


यसै संविधानको खिल्ली उडाउंदै देशलाई रण क्षेत्रमा परिणत गर्ने अनि सभासदहरु समेत अराजक भीडको अगाडि लाग्ने गजबका चटकबाज हैनन त? सडकका लागि पनि अयोग्यहरु सभासद बने पछि के हुन्छ ? के तपाईहरु बसेका अरु देशमा पनि यस्तै सभासद छन ? यी सभासदहरु मनग्य तलब सहित संसद नजादाको दिनको पनि भत्ता खान्छन । यिनका नेताहरु लक्जरी गाडि विना यात्रा गर्दैनन तर यिनिहरु अरुको वर्तमान र भविष्य तहसनहस पार्न कटिवध्द छन ।


वास्तविक नागरिकहरु जसका लागि लडाई लडेको भनेर भन्नेहरु भन्ने गर्छन, कसरी खाली पेटमा „विजय“ मनाइरहेका छन र कति „खुशी“ छन अर्को तस्वीरले देखाउंछ । अनि अन्त्यमा समापनको दिन प्रचण्डले भनीछाडे "अव वार्ता भारतसित हुन्छ“ । पहिले फोरमका यादवले अरु पार्टीलाई गाली गर्ने बहानामा भारतलाई माथि पारेर उसको अस्तित्वलाई स्विकारेका थिए । तर अहिले सवै भन्दा ठुलो पार्टी र त्यत्रो मासले नै ओपचारिक रुपमा भारतको दासत्व स्विकारेर भारतलाई हसाएको छ । यो प्रचण्डको अज्ञानता हो या ग्रयाण्ड डिजाइनको कडी थाहा भएन तर यसले नेपाली स्वतन्त्रतामाथि खुलेआम लोप्पा ख्वाएको छ । हुन त भारतले नै माओबादि शरण देखि १२ बुंदे संझौता सम्म सबै रेखदेख गरिदिंदै आएको थियो त्यसैले यो प्रचण्डको रोदन सामान्य होला तर नागरिक सर्वोच्चताको पछाडि लुकेको यो "त्वं शरणको घोषणा“ले फेरि पनि नेपाल प्रति गर्व गर्ने नेपालीहरुलाई पक्कै पनि लात हानेको छ ।

12 Comments:

kamaladi said...

कसैको मर्जी बिना आवत जावत, काम आदी जबर्दस्ती रोक्न खोजे त्यसलाइ आन्दोलन हैन आतंकबाद भनिन्न्छ । त्यस अर्थमा यसो गर्ने सब्बै आतंककारी हुन । आहिले मावोबादी गर्दै छ, सत्ता नपाउंदा कांग्रेस र एमाले पनि आतंककारी थिए । यो जबर्दस्ती को पारीपाटी नै गलत छ, यसको २१ शताब्दीमा कुनै ठांउ हुनु हुंदैन ।

जनताको घांटी थिचेर नागरिक सर्वच्चताको कुरो गर्नु April १ तारिकको दिन मात्र सुहांउछ । ६०१ जनमा त बहुमत छ नि, बरु तेही संसदमा गएर एक परिपक्क पार्टी जस्तो गरी आफ्नो मुद्धामा बहस गरे राम्रो हुन्थ्यो । कुनै संवैधानिक मुद्धामा चित्त नबुझे सवर्च अदालतमा मुद्ध लडे हुन्थ्यो । यो बच्चाले चाहेको कुरा नपाउंढा लिंडे धिप्पी कसेको जस्तो गर्नेलाई कसरी देश चलाऊलान भनेर विश्वाश गर्ने । मैले अरु राम्रा छन भन्न खोजेको हैन है फेरी ।

Prajwol

Anonymous said...

मलाई माओवादी हिन्दी फिल्मको परेश रावल जस्तो लाग्न थाल्यो - कहिले भिलेन कहिले हँसाउने । कामरेड प्रचण्ड पनि भिलेन र हाँस्यकलाकार दुवैमा फिट हुन्छन् किनभने यी ताल परे घ्वाँक कि घ्वाँक रूनेदेखि, हँसाउने र मर्ने मार्ने कलामा विशारद छन् । अब सिधै भारतसंग कुरा गर्ने भए नेपालमा बन्द , हड्ताल र तमाशा किन गर्न पर्‍यो , बाउरामलाई लिएर उतै झरे भैहाल्यो । हिजोका अन्नदाता माइबापलाई चिन्न पनि यति बेरा किन लगाएर तमाशामा अलझेको त नि कामरेड ?

-सम्यक शम्भु

Anonymous said...

go to hell prachanda.

पुष्प said...

प्रचण्डको के साहस लोप्पा खुवाउनु नि नेपालीजी ! सधैं त ख्वाउँदै आइरहेकै छ नि भारत ! बरु हामीले बुझेर पनि बुझ्पचाएकोमा झापुचाहिँ हानेकै हुन् । भारतीय दासत्व स्वीकार नगरेपनि विरोध गर्नेको 'दौंतरी'हरूको जमात होइन रहेछ यो । यस्तो स्वघोषित 'दास'हरूलाई त प्रचण्डको कुराले आश्चर्य पारेको थाहा पाउँदा हुनुसम्म आश्चर्य लागेको छ ।

Anonymous said...

पु्ष्पजी "जी साहेब" भन्ने भाषा नेपाली नेताहरुले लुकीछिपी गर्थे होलान, तर यहा प्रचण्डले त खुलेआम गरे ।

हैन किन माओबादीहरुले देश बनाउने खालका एजेण्डाहरु बनाएर मान्छेको मन जित्न नखोजेका होलान त पुष्पजी? ६०१ जनामा ३०१ जना त देशको लागि केहि गरौं भन्दा हाजिर हुन्थे होलान नि हैन र ! जसले त्यस्तो पुण्य काममा मद्दत गर्दैनन तिनिहरु जनताका सामु त्यसै नागिंने थिए नि । माओबादिले किन यस्तो कामको शुरुवात गर्न नसकेर बबण्डर र लथालिंगे चालालाई प्राथमिकता दिएका होलान ? चिने जानेका माओबादि नेताहरु छन भने यसो बुझ्न पाए राम्रो हुन्थ्यो ।

Nepal! (नेपाली)

पुष्प said...

होलान् ?! नेपालीजी आखिर बुझपचाएको प्रमाण त दिइहाल्नुभो नि ! भारतविरुद्ध खुलेआम कुरा गर्ने साहस आजसम्म कसैमा छ नेपालीजी ? आफ्नो शत्रुको पहिचान गराउँदा उल्टै दोषी हुनुपर्ने ?

अनि देश बनाउने कसरी नेपालीजी ?
- भएभरको प्राकृतिक सम्पदाहरू सुम्पिएर ?
- आफ्नो माटो र इज्जत बेचेर ?
- आफ्नो आत्मसम्मान र स्वाभिमान चढाएर ?
- यी सबका बदलामा केही गोटा गाडी, विद्यालय, अस्पताल बनाउन लगाएर ?

जबसम्म हामी अर्द्धउपनिवेशको जालबाट उम्किदैनौं र आत्मसमर्पणवादलाई त्याग्दैनौं, माफ गर्नुहोला, तबसम्म 'इन्द्रेको बाउ चन्द्रे' आएपनि केही हुनेवाला छैन । यसअर्थमा माओवादीले शुरुदेखि उठाउँदै आएको भारतीय विस्तारवादविरुद्धको मुद्दाको छिनोफानो लाग्नैपर्छ ।

अनि देशलाई सामन्तवादबाट मुक्त गर्ने र गणतन्त्रको स्थापना गर्ने को ? राज्य पुनर्संरचनाको अवधारणा कसको ? सहभागिता र समतामूलक समानुपातिकको अवधारणा कसको ? वर्गीय मुद्दा उठाउने को ? अनि यी सब मुद्दालाई पाखा लगाउन खोज्ने को ? एकचोटि विचार गर्नुस् त नेपालीजी !

Anonymous said...

भारतीय विस्तारबादको मुद्दाको छिनोफानो वानेश्वरमा कुर्लिएर, देश बन्द गराएर लाग्दैन ।
बरु आफै सचेत, समृद्ध र सक्षम भएर लाग्छ । मालिकसंग कुरा गर्छु भनेर माटो, इज्जत, स्वाभिमान बच्छ होला र?

नेपाली

samyak said...

पुष्पजी,

माओवादी जस्तो अतिवादी सोचमा डुबेपछि , फरक विचारलाई 'दास' ठान्नु मगज रोग नै हो -लाई सिकाइएको मनोरोग हो जुन कुराका बारेमा व्यक्तिगत रूपमा सहानुभूतिशिल हुनसकिन्छ र व्यथा बुझ्न सकिन्छ । तर तपाईँको राष्ट्रवादी सोचप्रति भने मलाई दया लागेर आयो । कारण:

(१) माओवादी प्रचण्डको वानेश्वर प्रलाप कुनै राष्ट्रवाद उद्घोष नभएर आफ्ना माइबापलाई देखाइएको 'घुर्कि' हो भनेर बुझ्नु पर्छ । साँचो राषट्रवादीले बहुलाहाले झैँ चोकमा उभिएर जो कोहीलाई तथानाम गाली गर्दैन बरू , काम र व्यवहारमा राष्ट्रवाद प्रदर्शन गर्छ । हिजो भारतले आफ्नै भूमिमा शरण र भरणपोषण दिई हुर्काइएका माओवादीहरूलाई आँफूलाई सदैव हात समातेर ताते ताते नानी गराउनु पर्ने अपेक्षा माओवादीले भारतसंग राखेकोमा , केही विषयमा कुरा नमिल्दा भारतको यो आशीर्वाद मादव नेपालको टाउकोमा बर्सिन पुगेको हो । प्रचन्ड चाहन्छन् यो आशीर्वाद आफ्नो टाउकोमा सँधै रहोस् , तर के गर्ने सोचे जस्तो सदैव नहुने रहेछ । अरू भए, यसरी कराउने र गाली फलाक्ने गर्न सक्दैनथे, तर प्रचण्ड कामरेडलाई थाहा छ आफ्ना 'गडफादर'लाई घुर्की लगाउने छुट पनि वहाँलाई छ , आखिर कान्छो छोरो न पर्‍यो माओवादी- जेठो कांग्रेस र माईलो एमाले । कान्छोले भनेको नमान्दा 'बा'ले घर बाहिर निकल्दिँदा , बासंग घुर्की देखाए जस्तो नि ।
(२) सुस्ता , कालापानी र अरू पनि राष्ट्रवादी मुद्दा र सुकुम्बासीका अनेकौँ समस्याहरू हिजो माओवादी सरकारमा हुँदा किन उठेनन् वा उठाइएनन् ? किनभने यी मुद्दा माओवादीले राजनीति गर्न मात्र खडा गरेको हो । यी समधान हुँदैनन् भन्ने माओवादीलाई थाहा छ , त्यसैले सत्तामा पुग्दा यिनै मुद्दालाई सिरानिले च्यापेर मस्त सुत्ने अनि बाहिर निस्कँदा झल्याँस्स ब्युँझिएर देशी बिदेशी प्रतिक्रियावादीका कारणले केही गर्न पाइएन भन्दै तिनै मुद्दा उचालेर रचाको मच्चाउने माओवादीको बच्कना राजनीतिको गुह्य अब सबैलाई थाहा लागसक्यो भन्ने बुझ्नुपर्छ ।
(३) प्राकृतिक सम्पदा सुम्पने वा बेच्ने कुरा गरेर उही घोकाएको पाठ बक्नु भन्दा , के हुन त हुनसक्ने राष्ट्रवादी वा प्रयोजनवादी राषट्रवादका फाइदाहरू त्यो कुरा उठाउनु भए हुन्थ्यो नि ।
(४) नेपाली माटो र आत्मसम्मानक हत्या त हिजो माओवादीहरूले भारतमा लुकेर नेपालमा गाविस सचिव, गासस , शिक्षकहरू र अन्य पार्टी समर्थक कार्यकर्ता अनि सामान्य गाउँले चौकीमा खिइएका बन्दूक बोकेर पहरा दिँदै राष्ट्रसेवा गर्ने पुलिसको गर्धन छिनाउने रक्तरंजित खेल खेल्दा भइसकेको हैन र ? के आत्मसम्मान जनताको बाँच्न पाउने अधिकारसंग गर्न सकिने सौदावाजी पनि हो र ?
(५) गणतन्त्रको स्थापना गर्ने माओवादी हैन , दरवारकाण्ड, विरेन्द्रको वंशनास, ज्ञानेन्द्रको बिना तयारी निरंकूस सत्ताको आकांक्षा र उसको भारत र अन्तर्राष्ट्रिय समुदायसंग कायम हुन नसकेको हसल सम्बन्धका कारण सम्भव भएको हो । वैधानिक आन्दोलनमा अन्य राजनीतिकदलको मोर्चामा माओवादीको साथ हुन पुग्नु र निशस्त्र आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायको समर्थनले गर्दा गणतन्त्रको मार्ग प्रशस्त हुन सकेको हो । माओवादीले आफ्नै कारणले गणतन्त्र आएको भन्ठान्नु झूट हो । उसका कारणले परिवर्तन भएको भए , अहिले उसैले चाहेको उत्तर कोरियन मोडेलको कम्युनिज्म नेपालमा कायम भैसकेको हुन्थ्यो , प्रचण्डले वानेश्वरमा वान्ता गरिरहेका हुन्थेनन् ।
(६) कुन वर्गीय मुद्दाको कुरा गरेर गोत्र हँसाउनु भएको ? माओवादी त जयस्थितिमल्लको जातिय अवधारणामा जातिय राज्य पस्किने विचित्रको वर्णाश्रमवादी खिचडी कम्युनिष्टमा घटुवा भैसक्यो ! हँसिया , हथौडावाल झण्डामा जात, थर र गोत्रको साम्प्रदायिक राजनिति घोलेर देशलाई दूर्घन्धित 'किमा' बनाउन कस्सिएको माओवादीको दिमाग र एजेण्डामा , सजिलोको लागि जे पनि गर्न र भन्न पछि नपर्ने अराजक पागलपन सवार छ । कम्युनिष्ट वर्गवाद र वर्गसंघर्ष त कामरेड प्रचण्ले नर्तकी रेखा थापाको नितम्बमा तिलाञज्ली दिइसके , थाहै छैन अझै पनि ?

-सम्यक

प्रबिण थापा said...

सम्यक जी
दरिद्र सोचाइ र निच शब्दहरुले पाना भरेर बास्तबिकताहरु लुकाउन सकिदैंन,

१ नेपालमा राजतन्त्र उल्मुलन हुनुमा १० बर्षे जनयुद्ध कुनै हात थिएन भन्नु,
२ कम्युनिष्ट हुदैमा माओवादी पार्टीलाई उत्तर कोरियाली शैलीसग दाजेर हेर्नु,
३ माओवादीलाई अतिबादी सोच्नु
तपाईंको पनि अतिबादी सोच हो कि?
माओवादीले गरेको जातिय राज्यको घोषणा प्रति भने म पनि पूर्णरुपमा असहमती राख्छु। आत्मासम्मान रुपमा हरेक नेपालीले बाच्न पाउनु पर्छ तर ती १० बर्षे जनयुद्धका दौरानमा राज्यले गरेको हत्या,हिंसालाई पनि लेख्ने गर्नुस् खाली माओवादीले गरेको गल्ती औलाउने तपाईं जस्तो मान्छेले सुहाउदैन।

हावा De Wind said...

अरु त् तेस्तै हो.. सम्यक जी ले आफ्नो नाम चाहि उल्टो राख्नुभो ;)

पुष्प said...

सम्यजकी, एकचोटी आफ्नो लेखाइ पढ्नुस्, धेरै कुरा बुझिन मैले त । बुझेका कुराहरूमा लेख्ने जमर्को गरेको छु,

(१) प्रचण्डको बानेश्वर उद्घोष, प्रतिगमन, प्रतिक्रान्तिकारी र कठपुतलीहरूका लागि दरिलो झापड हो । राष्ट्रवाद कुनै किताबको पानाबाट आउँदैन, यो अन्तरआत्मा हुँदै बाहिर निस्कन्छ । माओवादीलाई भारतले भरणपोषण गरेको भए उतिबेला माओवादीका नेताहरूले भारतीय जेलको हावा खानुपर्ने थिएन । के अमेरिकामा आतंककारीहरूको आवतजावत छैन ? तपाईंको तर्कसँग सहमत हुने हो भने त अमेरिकाले समेत आतंककारी पालिरहेको छ भन्ने बुझियो नि ।

(२) भारत भ्रमणताका सीमा अतिक्रमण र असमान र गोप्य सन्धिसम्झौताका विषयमा प्रचण्डले कुरा गर्ने पक्कापक्की भएको अवस्थामा गिरीजा उफ्रिएको हुन् । सहमतीय राजनीतिमा प्रचण्डले उक्त मुद्दा तत्कालका लागि छोडेका हुन् । जुन मुद्दाहरूलाई लिएर माओवादी जनयुद्धमा होमियो, त्यही मुद्दालाई छोड्ने कुरै आउँदैन ।

(३) बुझिएन ।
(४) माओवादीका केही कालापक्षहरूले माओवादी मुद्दा र जनयुद्धको सार्थकतालाई धमिल्याउन सक्दैन ।
(५) संविधान सभा चुनाव र गणतन्त्रको नारा माओवादीको हो । गिरीजाको बेबी किंग र माकुनेको विन्ती थाहा पाएकै हो; यिनीहरू कसरी गणतन्त्रका विपक्षमा थिए भन्ने कुरा त्यसले देखाउँछ ।
(६) जातीय राज्यको मुद्दा पनि असलमा वर्गीय मुद्दाकै एक पाटो हो । वर्गसंघर्षलाई खरदार र हाकिमसँग तुलना गर्नेहरूले वर्गसंघर्षको सारलाई चिन्न सक्दैनन् ।

नेपालियन said...

साधारण तिरकाले कुरा बुझ्दा बन्दले कस्लाइ फाइदा पूग्छ? बन्दमा सक्दो थप्प गराउने भनेको पार्टीको हंहुकार कती ठुलो छ भनेर आफ्ना बिपक्षलाइ देखाउन बाहेको अरु केही उपलब्धी छ जस्तो लाग्दैन। भन्दा के के तन्त्र भन्छन, कही नभएका तन्त्रहरु नेपालमा पैदा गरिन्छन अनि काम कुरो भने ढुंगे युगको जस्तो मुढे राजनिती? सकिन्छ संबादबाट सुल्झाउनु सकिन्न छोड्नु,गाइ भैंसी हुन र नेपाली, मैदानमा जुधेर जित हार को निर्कौल गर्ने?

म त नेपाल बन्द गर्ने पार्टी या समुह सबै आदिम कालिन मानब या त्यस्तै बुद्दी भएका बाहेक केही देख्दिन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !