December 11, 2009

महान जँड्या !

यता जनता,
चुरोट तानेरै भए पनि राजश्व बढाउँदै छन ।
उता नेता, 
राजश्व  हानेरै भए पनि घर ठडाउँदै छन ।

गाँउको कालु,
अन्त: शुल्क तिरेको मदिरा तान्छ ।
सहरमा ठालु,
कर छलेर विदेशी खान्छ  ।

एउटा जँड्याहा आफ्नै खर्चमा
भट्टीमा जान्छ ।
अर्को सभासद
संसद रोकेर भत्ता चाहि खान्छ ।

म त भन्छु,
मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।



16 Comments:

लेकाली said...

नेता भन्दा जनता सधैं महानै हुन्छन । यो कुरा नेता हुँ भन्दै जनताकै काट्टो खानेहरुकै मुख बाट पनि बारम्बार सुनिने महाबाणी हो। नेता पनि त्यही भट्टी पसलमा कर तिरेर जाँड खाने जँड्याहाले नै अंगुठा छाप ठोकिदिएर बनाएका हुन। तर ठरकी जीको गजल चाँही गजबले फुराउनु भएको हो र चोटिलो पनि।

Basanta said...

सटीक! घर फर्केर स्वास्नी कुट्दैन भने त झन् त्यो जँड्याहा महानको पनि महान महामहान हो:)

friendlyniraj said...

कुरो सोह्रै आना ठीक हो ।

पुष्प said...

राम्रो ठरकीजी 'लेख्नुभो', म पनि थपुँ है,

असल नेता
जनताको मत जितेरै नेता बन्छन् ।
तर यहाँ त हरुवाहरू नै
प्रम र मन्त्री हुन्छन् ।

सुशासनको कुरा उठाउनेहरूलाई
आतंककारीको बिल्ला भिराउँछन् ।
जनताको मर्का उजागर गर्नेहरूलाई
सेना लगाउने धम्की खान्छन् ।

बुझेरै बुझ्पचाउनेहरू
आस्थाकै भरमा कुरा गर्छन् ।
स्वतन्त्र र निष्पक्षताको खोल ओढेर
जनमतको खोइरो खन्छन् ।

Anonymous said...

म त भन्छु,
मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।

कवितात्मक झटारो खरो छ है । कमसेकम यी नेताहरु एक कुराको त नियममा बाँधिएका रहेछन् हैन् । माथिका पंक्तिहरुले मन छोयो है मेरो ।

Anonymous said...

कविता सरल र सिस्नोले झैँ 'ला' पार्ने खालको छ ।

साथै एकजना वाइसिएल भाइ यहाँ पनि , कालो झण्डामा ढुङ्गा बेरेर प्रकट भएछन् ।

के को हरूवा भन्नु , जितुवाले पनि बन्दुकले नै जित्या हो नि , मतले हैन क्यारे !


सम्यक

प्रबिण थापा said...

के को हरुवा र जितुवाको कुरो हो, चोर नेता सबै उस्तै हुन्। कुन राजनितिक पार्टिका नेताले जनतालाई सास्ती दिएका छैनन र?
कबिताले दरो झटारो हानेको छ ती भातमारा नेताहरुलाई।

डीआर न्यौपाने'सूर्य' said...

ठारकीजीको भावात्मक बोलीले राम्ररी छेड्यो है यी नेपाली फोहरी राजनितिकर्मीहरुलाई । चुनाबको बेला जनतालाई सर्वमंगल भन्ने अनि पछी जनताकै खुन चुस्ने यिनै अवसरबादी हरुले गर्दा जनतालाई जड्याहा हुनुपरेको छ ट्याक्स तिरितिरी ।

Prajwol said...

रमाइलो तर वास्तविक लेख...Good Job

Dhruba Panthi said...

ठरकि दादालाई मानेँ मैले, कति मिठो प्रस्तुती! म पनि भन्छु -
यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।

पुष्प said...

तपाईंचाहिँ पञ्च पर्नुभो कि कसो सम्यकजी । ;) हरुवा विचार ।

Anonymous said...

chor ko khutta kat!

HAWA said...

जीवनको संघर्स लाइ स्वीकार गर्न नसक्ने जड्याहालाइ महान त नभनौ तर जे होस् कविता र व्यंग चाहि चोटिलो छ.. तर ब्रो त्यै जड्याहा ले खाने रक्सि मा पनि अन्त सुल्क छलेको हुदो रहेछ.. मान्छेलाई जाड रक्सि खाने फेसन मा भुलाएर जीवन को ब्यापार गर्ने रक्सि कम्पनीहरुको सदयंत्र जुन बादी ले रोके पनि मेरो समर्थन हुन्छ

HAWA said...

PS: चुरोट र कोका कोला कम्पनि त भन्ने बिर्सेछु

पीजी said...

जय होस यो व्यंग कविताको ।

जड्याहाले त पक्कै पनि अन्तशुल्कको पैसा तिरेकै हुन्छ , बोतलको खायो भने ।

अनि हावाजी विदेशतिर वियर, वाइन जस्ता कम अल्कोहल भएका पेयहरु सस्तो हुने तर हाम्रो देशमा उल्टै कम हानी गर्ने यि वस्तुहरु महंगो तर बढी हानी गर्ने कडा रक्सीहरु चाहीं सस्तो ! कसको खेल होला यो ! २४ वटा सरकार आउंदा पनि यस्ता कुरामा ध्यान जादैन कसैको !

नेपालियन said...

रक्सीको कबिता रमाइलो रहेछ। कबितामा भएको कुरा सांचो पनि हो। हुन त जड्याको गुणगान गाए जस्तो हुन्छ तर नेता र जड्या तुलना गर्दा जड्या नै कम खराब देखिने रहेछ। महान त के भनौं तर जड्याले नियम कानुन सम्बत नै पियो भने नियम नमान्ने जनताले त्सलाइ गुरु नै माने हुन्छ।

लौ फेरी यो सप्ताह अन्तमा आएर जांडको गुणगान गर्यो भन्नुहोला, जांडको गुदी भने यो हो, "धुम्रपान,मध्यपान स्वास्थको लागी हानिकारक छ"।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !