December 5, 2009

कैलाली काण्ड - छाडा देशको घिनलाग्दो राजनिती

नेपालमा कुन घटना कती ठुलो हुन्छ पत्तो नै हुंदैन। बस पल्टेर १० जना मरे एउटा कुनामा समाचार छापिएर हराउनसक्छ भने कांग्रेसको ले एमालेकोलाइ एक मुक्का हाने नेपाल नै बन्द हुन बेर लाग्दैन। आज बिहान यसो गाउंखाने कथाको उत्तरमा के उत्तर आउदै रहेछ भने हेर्दै थिए, त्याहां हाम्रा पाठक पुष्पजी ले कैलालीको कुरा उठाउनु भएको रहेछ। के भएछ कैलालीमा भनेर यसो २,४ वटा समाचार साइट हेरें, केही पत्तो नै पाइन। पछि केही ब्लगहरुमा हेर्दा त कैलाली काण्डलाइ माहाभारत नै बनाइएको रहेछ।

जनता,प्रशासन मुठभेड नेपालमा मात्र होइन सबै देशमा हुन्छ। अर्थतन्त्रमा नेपाल पुछारमै भए पनि यस्ताखाले मुठभेडमा भने नेपाल माथी नै आउंछ। सुकुम्बासी आएर जग्गा कब्जा गरेर बसेको यो पहिलो पटक होइन। नत कुनै राजनैतीक पार्टीले सुकुम्बासी उचालेर राजनिती गरेको पहिलो अबसर हो। पहिला प्राय एमाले ले गर्ने गर्थ्यो अहिले माओबादीले गरेको छ। पक्कै पनि यो युद्द सत्ता पक्ष र प्रतीपक्ष बिचकै युद्द जस्तो हुने छ। अब एउटा कमिटी बन्ला,समजदारी होला,यस्लाइ मथ्थर पार्न या त शहिद घोषणा नभए केही पैसा दिएर यो काण्ड शान्त परिएला। नेपालको राजनिती यसमै केन्द्रित छ यस्मा केही नौलो मान्नुपर्ने कारण छैन।

मान्छे मरेर चिन्ता होइन की काल पल्केको ले चिन्ता भए जस्तै हो कैलाली काण्ड। कती सम्म चल्छ त छाडातन्त्र। अहिलेको काण्डलाइ प्रचण्डले पंचायतकाललाइ समझाएको छ भनेका छन। पन्चायतमा जनता कानुन देखी निकै डराउंथे। जनताका लागी प्रशासन निकै शक्तीशाली थियो भने त्यही प्रशासन ठुलाबडाका अगाडी निकै निरही थियो। कहिले कांही प्रशासन जनताप्रती क्रुर पनि हुने गर्थ्यो। जब पन्चायत ढल्यो प्रशासनको शक्ती पनि त्यसरी नै ढल्यो। ठुलाबडाको लागी भने प्रसाशन निरही नै रहिरह्यो। बहुदल आए पछि सानो तिनो परिबर्तन गरेर कहिले त्यसलाइ प्रजातन्त्र भनियो त कहिले लोकतन्त्र। नाममा केही परिबर्तन गरिएर बनाइएका तन्त्रहरु उही राजनिती गर्ने हतियार मात्र बने।

सांच्चै भन्ने हो भने कैलाली घटना घिनलाग्दो राजनितीको परिणाम हो भने यस्ले हामी काती छाडा छौं भन्ने संसारलाइ देखाइरहेको छ। सरकारी बन फांडेर बस्न ती सुकुम्बासीलाइ कस्ले स्बक्रिती दियो? के यो कानुन सम्बदत गरिएको बस्ती बिस्तार हो त? सुकुम्बासी भन्दैमा जता मन लाग्यो त्यतै बस्न पाइने भए त भोली अर्को बिर अस्पतालको अगाडीको खाली जग्गामा आएर बस्ला सकार हेरेरै बस्छ त? कानुनको खिलाफमा उत्रनेलाइ जो सरकारमा भए पनि त्यसको नियन्त्रण गर्नु उनिहरुको कर्तब्य हो। यो नेता ले यो गर्यो उ नेताले त्यो गर्यो भन्छौं हामी। तर मौका पाए मनपरी गर्न नेपाली जनता कम छैनन। देश यांहा सम्म आएको नेतालको मात्र हैन जनता को पनि उत्तीकै दोष छ।

अर्को पक्ष भनेको फटाइ गरेर कोही बस्दै छ भन्दैमा प्रशासन त्यांहा गएर गोली हान्नु पक्कै ठिक होइन। समाचारमा ४ जना सुकुम्बासी र १ प्रहरी मरेको खबर आएको छ। घटना भयाभह भए यि संख्या अझ बढ्न जाला। भिड नियन्त्रण गर्नु पक्कै पनि गार्हो कुरा हो तर नियन्त्रणको क्रममा चाहिने भन्दा बढी बल प्रयोग गरेर प्रहरी जनता मार्न उद्धत हुन्छ भने तिनीहरु पनि कानुनक भागिदार हुनुपर्छ। कानुन मिच्ने सरकार सित सम्बदित होस या असम्बदीत, सबै सजायको भागीदार हुनुपर्छ। जब सम्म नेपालमा यो छाडापन हट्दैन नेपालको स्थीती कहिल्यै सुध्रदैन।
अस्तू

7 Comments:

Samyak said...

माओवादीको घृणित चालबाजी हो कैलाली घटना । सत्ता नपाएको झोकमा गरीबलाई जंगल कब्जा गर्न लगाएर निचताको राजनीति गर्दैछ माओवादी । पढ्नूस् नागरिकको यो समाचार:

मंसिर २०- ढाडगाउँ-३ सुर्खेतका ४० वर्षीय कणंसिह मलाति अब बाचिदैन कि भन्ने चिन्तामा छन्। कैलालीको डुढेझारी जंगलमा माओवादीले 'सुकुम्वासी' लाई जमिन बाड्ने खवर पाएपछि मंसिर १० गते त्यहाँ पुगेका मलातिलाई शुक्रवारको भीडन्तमा गोली लागेकेा छ।
गोली लागेपछि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका मलातिको शनिवार साँझसम्म दाया खुट्टामा लागेकेा गोली ननिकालिएका कारण मरिन्छ की भन्ने चिन्तामा छन्। 'अहिलेसम्म गोली निकालिएको छैन। कसैले के समस्या छ भनेर पनि सोध्दैन उनले नागरिकसँग गुनासो गरे, 'जग्गा पाइने लोभले ज्यानै जाने भयो।' घर परिवारलाई तराईको जग्गा पाउने आशामा मलाति कैलाली पुगेकेा मात्र थाहा छ।
उनले भने, 'घर परिवारले जग्गा पाएर राम्रो होला भन्ने ठानेका होलान। तर आफु मर्ने अवस्थामा पुगे।' गाउँमा सम्पर्क गर्ने फोन नभएका कारण घरपरिवारलाई खवर गर्न नसकेको र आफँुसँग पैसा नहुदाँ राम्रोसँग उपचार हुन नसकेेकाो उनले बताए। खुट्टामा लागेकेा गोली देखाउँदै उनले भने, 'पैसा नभएर त होला अस्पतालमा भर्ना भएको चौबीस घण्टा बित्न थालेपनि गोली निकाल्ने सुरसार गरिएकेा छैन। गोली ननिकाल्दा दुःखेर सहन नसक्नु पीडा भइरहेकेा छ।' आफुस्ाँग भात खाने रकमसमेत नभएको उनले जानकारी दिए। 'भएका कपडा र केही नगद आगलागीमा जले मलातिले भने।

Samyak said...

मलातिजस्तै जग्गा पाइने आशाले जंगल कब्जा गर्न पुगेका थुप्रै व्यक्तिहरू यत्तिखेर जमिनको आशाले जीवन/मरणकेा दोसाधमा छन्। वन अतिक्रमण गरी बसेका तीन जनाको मृत्यु भइसकेकेा छ। प्रहरीसँगको भीडन्तमा गोली लागी घाइते भएका सोह् जनालाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याइएको छ। दाया खुट्टामा गोली लागेका सहजपुरका गोपाल साउँदले भने, 'अहिले आएर न जग्गा पाइयो। न उपचार भइरहेकेा छ।'

माओवादीको भातृ संगठन अखिल नेपाल सुकुम्वासी संघले भूमिहीनलाई जमिन बाड्ने भन्दै अघिल्लो सातादेखि कैलालीको डुढेझारी जंगलमा बसाल्न सुरु गरेकेा थियो। प्रहरी र सुकुम्वासीबीच भीडन्त हुदाँको दिनसम्म उक्त जंगलमा कैलाली, कन्चनपुर, सुर्खेत, सल्यान र बर्दियाका करिब बीस हजार सर्वसाधारण जग्गा पाउने आशामा जम्मा भएका थिए। कैलाली, दोधाराका घाइते कालीप्रसाद सन्ज्याँलले भने, 'भीडन्तमा घाइते भएपछि एकैचोटी अस्पतालमा बेडमा आइयो। घरका अन्य सदस्य मरे/बाँचकेा केही जानकारी छैन।' दाया हातमा गोली लागेका उनले पनि अस्पतालको उपचार सन्तोषजनक नभएको गुनासो गरे।

अर्का घाइते अमर बमको पीडा पनि उस्तै छ। घाइते सबैले उपचारको चाडो व्यवस्था गर्न माग गरेका छन्। 'जग्गा पाइने आशामा रहेका सुकुम्वासी मर्ने अवस्थामा छन् मसुरिया घर भएका घाइते बमले भने, 'चाडो शरीरमा लागेको गोली निकाल्ने व्यवस्था होस्।' घाइतेहरूले गोली लागेकेा ठाउँमा सामान्य रुपमा ब्यान्डेज गर्ने बाहेक अरु केही उपचार हुन नसकेको बताएका छन्

Samyak said...

आँफैले घटना निम्त्यायो अनि गोहीको आँसु चुहाएर अर्को तमाशा गर्न , नेपाल बन्द गर्दै सारा नेपालीलाई दि:ख दिन खोज्दैछ माओवादी । दुष्टले मरेपछि पनि दुख दिन छोड्दैन भन्ने कुराको जीउँदो उदाहरण हुन माओवादी जमात :




यसैबीच कैलालीमा भएको भीडन्तको विरोधमा माओवादीले शनिवार बाँके, बर्दिया, दाङ, कैलाली र कन्चनपुर बन्दको आयोजना गर्यो। बन्दको बेला चलाएको भन्दै नेपालगन्जमा माओवादी कार्यकर्ताहरूले चार वटा मोटरसाकइल जलाए। यता माओवादी थारुवान राज्य जनजान्दोलन समितिका संयोजक रामचरण चौधरी, पार्टी सेक्रेटरी महेश्वर गहतराज (अथक) लगायतका माओवादी नेताहरूले विज्ञप्ती प्रकाशित गरी कैलालीमा मारिने व्यक्तिहरू पार्टी सदस्य भएको भन्दै शहिद घेाषणा गर्न र घाइतेको उपचार व्यवस्था गर्न माग गरेका छन्।

Ashesh said...

sahi koi chainan yaha. Sabai ko galti cha tara dukha ko kura afno galti suikarna koi chahadainan. Maobadi jun sukai aabastha ma jantali haat liyera rajniti ma tiki rahana chahancha. gathbandan sarkar jasari pani satta gumauna chahadaina. Tara sadai bhari sasti chai janata li matra!!

प्रबिण थापा said...

जुन देशमा कानुनी मान्यताको उपहास गरिन्छ,जहा दण्डहिनताले प्रसय पाउछ त्यस्तो राज्यमा यी र यस्ता घटनाक्रम सामान्य मानिन्छ नै तर सभ्य र कानुनी राज्यको लागि यि र यस्ता घटनालाई मानबता बिरोधी क्रुर अपराधको रुपमा हेरिन्छ। यी घटनाक्रमका पछाडि कुनै राजनितिक दलको अभिष्टता लुकेको हुन पनि सक्छ तर रोजी रोटीको लागि संघर्षरत निरही जनता माथि बर्बर तरिकाले गोली ठोक्ने आदेश कुनै पनि सरकारलाई छैन। हुनत राजनितीको चस्मा लाएर बिश्लेषण गर्ने हो भने आ-आफ्न तर्कहरु र को कसको कति गल्ती भनेर आफुललाई माथि पार्न सकिएला तर त्यो मानबिय क्षती न कुनै तर्कले न कुनै अर्को आन्दोलनले नै पुर्ती गर्न सक्छ। बास्तबमा भन्दा यी सब गरिबीको कारणले गर्दा हो जुन घर गरिबीले ब्यप्त छ त्यहा सधैं कलह र झै झगडा भैरह्न्छ त्यसैले देश सम्पन्नता र बिकासको बाटोतिर डोराउनु पर्‍यो यी र यस्ता समस्या आँफै ओझेलमा पर्छन् सबै कुराहरुलाई राजनीतिसग जोडेर हेर्ने गर्नु भएन । नेपालिएन जी को अन्तिम प्यारासग र समग्र लेख प्रति मेरो पूर्ण सहमती छ।

ठरकि दादा said...

अंधेर नगरी चौपट राजा, टके सेर खाजा टके सेर भाजा !
माथी प्रबिणजीले भन्नुभएजस्तै देश र जनताको आर्थिक दीनहिनता पनि यसको कारण हुनसक्छन, तर राजनैतिक अभिष्ट पूर्ती गर्न जेसुकैमा वा जहाँसुकै हाम्फाल्ने हाम्रा गतिछाडा नेताकै सबैभन्दा बढी हात देख्छु म यस्ता घटनामा ।

उक्साउने, भडकाउने, मर्न-मार्न लगाउने र मरे पनि मारे पनि राजनैतिक रंग दिने । यस्तो परम्परा कायम रहेसम्म देशको बारेमा यस्तै समाचारहरु आईनै रहनेछन ।

पुष्प said...

आज भने नेपालियनजीले घटनाका बारेमा त्यति थाहा नभएको कुरा जनाउनुभए पनि आज बल्ल केही भएपनि सही विश्लेषण गर्नुभो । तर प्रतिक्रियाकारहरूलाई त "के खोज्छस् काँनो आँखो" मात्र भएछ ।

अतिक्रमणका घटना पहिले पनि नभएका होइनन् । वागमती र विष्णुमती नै यसका दरिला उदाहरण छन्, जहाँ डाक्टर, इञ्जिनयर, प्रहरीहरूकै 'पहल'मा अतिक्रमण भइरहेको छ । तर कसैले यसरी नाजायजरूपमा अतिक्रमण गर्दैमा त्यो जग्गा उसकै भइहाल्छ भन्ने पनि होइन । राज्यको आँखा नपुगेको ठाउँमा र मालपोतकै कर्मचारीहरूको मिलेमतो सार्वजनिक जग्गा आफ्नो नाउँमा नगरिएका होइनन्, यस्तो कार्यमा पहुँच भएकाहरूकै बाहुल्यतालाई हामीले बिर्सनुहुन्न । कैलाली 'अतिक्रमण' अतिक्रमणमात्र होइन, जनताको समस्याबाट भएको विरोधको स्वरूप हो । यो राष्ट्रिय मुद्दा नै हो । यसरी 'अतिक्रमण' भएको भनिएर फिँजाइएको हल्ला वास्तवमा विरोधको स्वरूप हो भनेर लोकतन्त्रका कुरा गरेर नथाक्नेहरूले किन नबुझेका ?

सबैभन्दा ठूलो दल माओवादीले समर्थन गरेकै भरमा गोली चलाउनेहरूले वार्ता गर्ने पहल नै नगरी गोली ठोक्ने आदेश दिनु पञ्चायतीशैली नभए के हो ? हुन त पूर्वपञ्चहरू नै मन्त्री भएपछि योबाहेक अरु के नै आशा गर्न सकिन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !