October 3, 2009

प्रबासी मनहरु

लेकाली

चाडपर्ब नजिकिदै जांदा मन थाम्न निकै गार्हो हुदोंरहेछ। प्रबासी जीवनमा दिन बिताउदा हुने बिरक्तीला भावना कसैले बाध्यताले र कसैले रहरैले अनुभब गरेकै हुनुपर्छ । यसपालीको दसैं तिहार आफ्नो पनि बिरक्तिदै बित्ने निश्चित छ।


सुचना तथा संचारको दुनियाँमा ईन्टरनेट भन्ने चीजले फड्को मार्दा माउस भन्ने निर्जिब वस्तुलाई जहाँ थिच्दा पनि चाडबाडकै खबरले गर्दा बेठेगान हुने मन। मनलाई मनाउन हदै गार्हो पर्‍यो।


आज यसो मनको बह दौतरीलाई तस्बिर मार्फत बाडौँ कि झै लाग्यो। हुन त मलाई टाँसोहरुमा टिप्पणी र प्रतिकृया गर्न बढी रुची लाग्छ। लुनाजीको न्युट्रल टिप्पणीको बिशेष फ्यान पनि। आज उहाकै कर्मथलो बाट आकासमा उडिरहने मानब निर्मित चराहरु उड्दै जन्मभूमी तिर सोझिंदा ती चरा भित्र कती नेपाली दाजुभाइ दिदिबहिनीहरु आफ्नो पोको पुन्तरो सम्हालेर आफ्नो निधारमा जमरा र टिका अनी आशिर्बाद र परिवार सँगको सुखद मिलनको यात्रामा होलान भने कल्पना गर्दै क्लिक क्लिक गरेका तस्बिर हरु पेश गरेको छु। सबैको दसैं तिहार हांसिखुसी र रमाइलो सँग बितोस् शुभकामना तपाईंहरु जहाँ भए पनि !!!


12 Comments:

पीजी said...

ल लेकालीजी पनि लुनाजीको कर्मथलोतिर जानुभारैछ । म पनि केहि महिना पहिले त्यता गएको थिएं ।
दशै त पक्कै पनि त्यतातिरका नेपालीहरुले राम्रैसंग मनाएको हुनुपर्छ केहि पहिलेको मारपिट भुल्ने गरी, ठुलै संख्यामा छन क्यारे ।

जे होस जाडो र उराठ लाग्दो दिनहरु शुरु भए पनि आगामि दिनहरु रमाइला र उत्साहप्रद रहुन, शुभकामना !

नेपालियन said...

दशैंको अनूभव निकै अमिलो पाराले लेख्नु भएको छ। फोटो हरु पनि निकै मन पर्यो।
फोटोमा त नाम र मिती पनि लेख्नु भएको रहेछ। लेकाली छन्त्यालजी धेरै धेरै धन्यबाद।

ठरकि दादा said...

साधारण शब्द र केहि तस्विरहरु मार्फत मनछुने कुरा दर्शाउनु भएको छ । दसैं त सबैको राम्रै बित्यो होला अब भने तपाई लगाएत सबैमा तिहारको अग्रीम शुभकामना !

लेकाली said...

अली पहिले मुक्कामुक्की को भालेजुदाई गर्ने देश पुग्न झन्डै २ घण्टाको रेलयात्रा गर्नु पर्छ। यहाँ त्यस्तै ५ हजारको हाराहारीमा होलान तर नाकै काटिने भालेजुदाई गरेको चाँही सुनिएको छैन। जुहारी र सिङगौरा खेल्न भने पछी पर्दैनन। समाजले सिकाएको रीत होला शायद शुन्य समयजी। नेपालीयन गुरुकै सिको गरेर छद्म नाम लेख्छु भनेको फुत्तै फुस्किएछ। तर फोटो र शब्दहरु सज्जा मिलाएर पोस्ट गरिदिनु भएको चाँही निकै मन पर्‍यो यसको लागि एक पाथी धन्यवाद । एउटा कुरा तपाईंले छन्त्याल निकै स्पस्ट लेख्नु भयो अनौठो कि खुशी दुबै एकै चोटि लाग्यो। धेरैले छन्त्याल भन्ने जातीको नाम नसुनेको भन्छन। नेपालीयन गुरुको निकै हिमचिम छ कि कसो? छन्त्याल जाती लोप भैसकेको तर अनौठो ईतिहास भएको जातीमा पर्छ। हामी रहेको देशमा "छ" भन्ने सब्दोच्चारण हुँदैन रहेछ। यहाँका फिरङीहरुलाई कती मुस्किल पर्छ भने नाम बोलाउन बाबा न्वारान देखिको बल लगाएर पनि उच्चारण गर्नै सक्दैनन। खै थरकी सर आफु पनि साधारण भाषा बुझ्ने भएर नै होला त्यस्तै लेखियो। हौसला बढाइदिनु भएकोमा धेरै धन्यवाद।

HAWA said...

के हो लेकाली ब्रो, किन यस्तो बैरागी भाको भन्या छोरा मान्छे भएर पनि ? खासमा दशै भन्ने चाड को नेपाली मौलिकता नै पर्देशिएकाहरुको चाड को रुपमा हो.. दशै को महत्व नै यसमा छ कि टाढा टाढा बाट बचरा आफ्नो गुड सम्झेर फर्कन्छ...त्यै अर्थमा नै भुपी सेर्चन र नारान गोपाल दुबै जनजाती भएपनी "दसैंमा आशिक दिन पाइन भन्थे नि बाबैले..." भाकाको गीत लेखेका र गाएका हुनुपर्छ

तर के गर्ने अब यो चाड तपाईंले भने जस्तो मात्र हिन्दूहरुको र मैले देखेजस्तो जड्याहा हरुको मात्र रहने भो जस्तो छ

HAWA said...

अनी ब्रो तपाईंको चित्र देखेपछी मलाई पनि त्यै घोडाहरु जस्तै घास चर्दै स्वतन्त्र भएर हिडन पाए हुन्थ्यो जस्तो पो लागेर आयो

HAWA said...

जातियता को कुरो पनि उठिगो तेसैले सोधिहालम न लेकाली ब्रो लाई नेपाली को परिचय गर्ने तरिकाबाट.. ह न के थरी पर्नु भो यहाँ ? जात के पर्‍यो ? मतवाली कि तागाधारी ?

लेकाली said...

हेहेहे हावा ब्रो, तपाईं देशमा हुनुहुन्छ र बिरक्तिदो अनुभब गर्नु भएन। हामी यहाँ हरियो डलरको डोको भर्न आएकालाई चाडै नआए पनि बेस हुने थियो भन्ने हुन्छ। देश हुँदा अर्थको अभाबले दसैं दशा हुनेगर्थ्यो त्यही अभाबलाई पुर्ती गर्न परदेशिदा छचल्किने मनलाई सहानुभुतिको अभाब हुने रहेछ। यस्तै भयो यस्पालीको दसैं। खै हावा ब्रो यो धारी र वाली भन्दा पनि म नेपाली भनेर परिचय दिन पाए कती सुन्दर हुने थियो होला भन्ने लाग्छ।

Jotare Dhaiba said...

मलाई त यो महान चाडमा आफ्नै मुलुकको राजधानीमा रहनुपर्दा उकुसमुकुस भएको थियो ।
झन् परदेशको विरानो भूमिमा कति विरह अनुभूति गर्नुपर्‍यो होला !

HAWA said...

तो ता हो है लेकाली अनि जोतारे ब्रोज, मलाई पनि आफुले नमाने पनि बाताबरण नै उमंग पूर्ण हुने भएको ले मजा भने अबस्य लाग्छ.. धन्न म चाहि दशैं भरि काठमाडौँ बाहिर थिए नत्र दशैं को काठमान्डू जस्तो उराठ त विदेश मा पनि हुँदैन होला

bhabish limbu said...

dautari ma rakhiyeko yo tihar ko samdur dhun le mero maannai bigaridiyo,ahile nai nepal gayera deusi bhailo khellau jhai lagyo,bigat barsa ma deusi kheleko jhaljhali yad aayo.dhanyabad dutari timilai.

nepalean said...

bhabish ji hami jaha bhaye pai hamro chadbad ta namanaune kurai hudaina ni.
Jaha bhaye pani deuso bhailo khelna pakka nabhulnu hola nabhaye yehi music sunera ananda linu hola. Ma pani music sundai nepal ma duesi kheleko samjidai baseko chhu.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !