September 14, 2009

हिमालमुनि

  • हस्त गौतम मृदु
हिमालमुनि हरिया पहाड फैलेका टाँकुरा
मगमग बास्ना छरेका सधैँ  पालुवा आँकुरा ।

आकाशमुनि उडेका चील पखेटा फिजाई
सौन्दर्यशील सुन्दरता औधी प्रकृति रिझाई ।

सुनौला बादल रुपौला खेत धान छ मुलेको
बगेको नदी झरेको झर्ना सौन्दर्य खुलेको ।


स्वर्गमा पनि स्वर्ग जस्तो रमाइलो गाउँघर
धर्तीको सपना यत्तिको राम्रो अन्त पो काँ छ र ।

गुलाफ फूल बिर्साउने जस्ता स्वर्गका ती परी
मनलाई भुलाई वनमा गाउने सिमल ती चरी

धाइरो फुली मुकी मुकाउ त्यो रानी वनैमा
स्वर्गीय आनन्द छाएको हुन्छ मानव मनैमा ।

1 Comments:

सूर्य/सिकारु said...

प्रकृतिप्रतिको मिठो प्रेमभावमा बगेको कविता सरल र कोमल छ । बाँडनु भएकोमा धन्यबाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !