August 10, 2009

दुष्टले त लाज खायो :

-एकलव्य

बेथितिको भेल आयो, आतंकको राज छायो
दुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।

राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएर
रित जाँदा , हेर आज धुरीबाट पाप करायो ।

जनताको नाम लिँदै , लाज सर्म पचाएर
क्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।

बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।

बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।

8 Comments:

रमेश केसी said...

थोपा पुगेननकी आसुँको छाती त जलिनैरह्यो
अहा साह्रै मिठो लाग्यो हो

प्रबिण थापा said...

राम्रो छ एकलव्य जि! सबै भन्दा चाँही यि हरफहरु मन पर्‍यो जनताको नाम लिँदै , लाज सर्म पचाएर

क्रान्तिकारी कुरा गर्‍यो, लुड्याउँदै भाग खायो।

nepalean said...

जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो its right in some extent. Or aren't we leavint to those stupid so that they think they are the expert? Thts the another part of thought.

पुष्प said...

मेरो देश

हवाइजहाज खाएर आइरनम्यान घोषित हुन पाइने मेरो देश
देश कुल्चिइँदा पनि चुप लाग्ने ती आइरम्यानहरूको मेरो देश
यस्ता आइरनम्यानहरूको अघि-पछि लाग्ने विद्वानहरूको धनी मेरो देश ।

निर्वाचनमा विश्वास गर्ने प्रजातन्त्रवादी भनाउँदाहरूको मेरो देश
निर्वाचनको परिणामलाई नटेर्ने तिनै प्रजातन्त्रवादीहरूको मेरो देश
जनताले लत्याउँदा पनि प्रधानमन्त्री बन्न पाइने मेरो देश ।

मसीहा बनेर आउनेलाई क्रूशमा टाँग्न खोज्ने जमात भएको मेरो देश
नांगै-बुंगै भइसक्दा पनि भ्रष्टहरूलाई नै पुज्ने दौंतरीहरूको मेरो देश
सबैलाई बास दिने विशास हृदय भएकी मातृभूमि मेरो देश ।

मेरो देश । मेरो देश । मेरो देश ।

एकलव्य ( Eklavya) said...

हो पुष्पजी , यो जहाज खाने, कुर्ची खाने,लाज खाने र मान्छे खाने सबैका लागि हो !

Luna said...

तितो यथार्तमा आधारित ब्याङ्यात्मक कबिता ।
लेख्दै जानुहोस् पुष्प जि ।
मन छोयो ।
धन्यवाद ।

Anonymous said...

लुना (पु) सुवेदीजीले कहाँ कविता देख्नु भो ? पुष्पजीले त माथिको गजलमा क्रान्तिकारी शव्द देखेर आफ्नाहरूको आलोचना भएको ठानेर गाली पो गर्नु भा' हो त!
‍‍‍ सम्यक

पुष्प said...

माथिको गजल हो कि के जाति चाहिँ तपाईंलाई स्तुतिगान लागेछ है सम्यकजी ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !