July 6, 2009

ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



25 Comments:

प्रबिण थापा said...

सुजन जि सँग दौतरिले गरेको यो मिठो भलाकुसारीले सुजन जि र उहाँको फोटो ब्लगको बारेमा झन धेरै जान्ने अबसर मिल्यो । दौतरिको यो कदम अझै निरन्तर अघी बढीरहोस।
अ सुजन जि ले भने जस्तै कहिलेकाहि त दौतरि एडमिनका साथिहरुसँगको बार्ता प्रस्तुत गर्नु भए म र म जस्तै अरु कयौ तपाइहरुप्रति अनभिग्य साथिहरुलाइ केहि बुझ्ने मौका मिल्ने थियो कि।

Unknown said...

धन्यवाद दौतरी, सुजनजीसङ्गको मिठो भलाकुसारिको लागि । धन्यवाद सुजनजी, रमाइला जानकारीका लागि । ज्यादै खुशी लाग्यो, यो कुरा जानकारी हुँदा कि सुजनजी र दिलिप सर यो दुनियाँको सफल दम्पती पनि हुनुहुदो रहेछ । सदैब सफलताको शुभकामना !!!

Basanta said...

यो कुराकानीका लागि दौंतरी र सुजनजीलाई धन्यबाद! सुजनजीको ब्लगले छोटै समयमानै धेरैको मन जित्न सफल भईसकेको छ। सुन्दर तस्बीरहरुको साथमा उत्तिकै सुन्दर लेखाई हुन्छ उहाँको ब्लगमा।
उहाँलाई ब्लग-दुनियाँमा निरन्तरता र अझ सफलताको शुभकामना!

Anonymous said...

I admire Sujan ji for her passion of photography, her vision towards the views and her expressions that describe the events... and how well that all comes through on her blog. She has traveled a distance in blogging world in a comparatively quicker time. What I know is that her is not a simple blog you can skim through, you are required to invest some time there and it is well worth!

Thanks to Dautari for interviewing her. We are glad to know her thoughts. All the best to Sujan ji for a better future in blogging and also for a fulfilling life. Happy blogging!

दूर्जेय चेतना said...

I am one of the great fans of her photography. It’s always simple and informative. Keep it up Sujan je. Thanks lot Dautari for this wonderful work. Appreciated ….

Anonymous said...

obviously... i learnt little bit more about sujan di ! Thank you dautari..

जोतारे धाइबा (Jotare Dhaiba) said...

सीधा सवाल-जवाफले सुजनज्यूको सादापानको परिचय दियो ।

फोटोब्लगको महत्ता जति छ, त्यो चलाउन उत्तिकै चुनौतीपूर्ण कुरा हो, यस सन्दरभमा उहाँको फटोब्लग सचित्र जानकारीको पन्तरा लिएर नियमित आइरहनुलाई चानचुने रूपमा आँकेको छैन । धेरै राम्रो सज्जा, विवरण, फोटोसामग्री पाइन्छ उहाँको ब्लगमा । उहाँको सुखद एवम् सफल जीवनयात्रा-ब्लगयात्राको लागि मङ्गलम् !

कैलाश said...

सुजनजीको सरल तर गहन जवाफ पढेर मख्ख परे म

डीआर न्यौपाने'सूर्य' said...

सुजन जी संगको रमाइलो कुराकानि प्रस्तुत गर्नु भएकोमा दौतरी लाई बिशेश धन्यबाद दिन चाहन्छु । मित्रहरुले भने झै सुजन जीको ब्लगले खालि चित्रको मात्र भुमिकालाई अवगत नगराई त्यस्का सम्ब्न्धित बिषयहरुको (जरा ,पात, हाँगाहरुको )पनि उत्तिकै जानकारि दिदै आउनुभएकोमा म पनि वहाको फ्यान नै बनिसकेको छु ।

sangamkirati said...

सर्वप्रथम त दौतरीलाई धन्यबाद यो अर्थमाकी जस्ले नयां-नयां स्तम्भहरुको खोजिगरी पाठकसामु राख्ने गर्छ।अनि सुजन जि संगको कुराकानि त मैले प्रसंस गरीरहनु पर्दैन किन कि अघिल्ला मित्रहरुले भनिसक्नु भएकोछ।अनि छोटै समयमा धेरै कुराहरु पस्कन सफल पनि हुनुभएको छ।यसरी नै निरन्तरताको साथै सधै सफल्ता मिलोश।
धन्यबाद।।

HAWA said...

हँ... दिलिप ब्रो पो तपाईं को बुढा ???????????????????
बिचार गर्नुस् है सुजन जी, बुढा त कुन्दिन जंगल पसुला झै पो कुरा गर्छन् त...........

नेपालियन said...

ब्लगभित्र ब्लगको सबाल जबाफको पहोलो पाठक त सधै म आफूनै हुन्छु। त्यसैले हो की किन हो मैले यो स्तम्भमा प्रतिक्रीया लेखेको छैन।
प्रश्न राख्दा कतै पहिलेकोसंग जुध्यौ कि जस्तो लाग्छ।जब उत्तर पाउछु हरेक ब्लगभित्र ब्लगको संबाद नित्तान्त फरक पाउंछु।
मैले यो संबाद पाउने बित्तीकै सुजन जीलाइ भनेको थिए निकै सरल तर उत्क्रिष्ठ संबाद प्रश्तुत गर्नुभएछ भनेर। हुन पनि प्रतिक्रिया त्यस्तै आएका छन। उंहाका ब्लग फ्यानका शब्दा त कुरै नगरौं, निकै गहन छन।
सुजन जी ले भने जस्तै दौतरीका ब्लगर मित्रको पनि छोटो परिचय जस्तै राख्ने बिचार छ। ल है दौतरी ब्लगर तपाइहरु पनि तात्नुहोस।
लेख पढे पछि तितो मिठो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। ब्लगिगंको च्यालेन्ज भनेको नै प्रतिक्रिया हो, जांहा राम्रा नराम्रा सबै पाइन्छ र आफ्नो लेखाइ कता पुग्यो थाहा लाग्छ।

पीजी said...

प्रश्न र उत्तर दुवै काइदाका छन । अनि १२ नं को उत्तरले चाहिं म जस्ता भुमिगतलाई अप्ठेरै पार्ने भो नि ।
एउटा कुरो घरमा दुवैजना ब्लगर भएपछि ठाकठुक हुदैन होला ! नत्र हैन कति त्यहि कम्प्युटरमा हो भनेर कहिले काहीं मुग्रा मुग्री चल्न सक्थ्यो, किनकि ब्लगमा टाइम दिंदा घरपरिवारमा समय दिएन भन्ने आरोप लाग्न जायजै हो । कि दिलिपजीको आइडिया हो यो आंफु ब्लगमा भुल्न तपाइलाई पनि ब्लगको संसार तिरै तानेको ! मनमा लागेको जोक भनेको है, गुस्ताखी माफ होस ।

ठरकि दादा said...

Zero Hour जी ले मेरो मनको कुरा भनिदिनु भयो, यो १२ नं को उत्तर देखेर मलाई पनि डर लागी रा'छ भन्या । हुन त उ बेलामा हाम्रा कस्ता कस्ता हस्तीहरुले त भूमिगत नै रहेर देशि-विदेशि सबै संचार माध्यमलाई ईन्टरभ्यू दिन्थे ।

नेपालियन जी प्रश्न- उत्तर ईमेल मै हुन्छ हैन ?, पक्का?? हा हा हा । अब कुराकानी गर्नै परेछ भने पनि अज्ञात नगर, गुमनाम मार्ग, बेनम्बरी घरको ठेगाना राखेर गर्नु पर्ला ।

Unknown said...

सर्बप्रथम त नेपालियनजी लगायत मेरो यो कुराकानी पढेर मलाई प्रोत्साहन दिनुहुने सबैमा हार्दिक धन्यवाद।

हावा जी, यत्तिका दिन तपाईको 'ब्रो' को चौतारीमा आउने -जाने गर्दा पनि कस्तो था' नपा त ? । अनी तपाईको 'दिलिप ब्रो' के जंगल जान्छन, जंगल गैसकेका पनि वहाँका कुरा सुने भने कमण्डलु र माला फ्याँकेर शहरतर्फ छिर्छन बरु।
Zero Hour जी,
कहिलेकाही मलाई पनि मेरो बुढाले आफू 'सुरक्षीत' हुनकै लागि मलाई समेत ब्लगमा हेलिदिएको हो कि जस्तो पनि लाग्छ । अब आफैं पनि कम्प्युटरमा झुण्डिने बानी लागेपछि बुढालाई त जत्तिबेर कम्युटरमा बसेको देखे पनि केहि भन्नै मिलेन !!!

तपाईहरुको भूमिगत जीवनको गोप्यता भंग नहुने गरी र आईडेन्टिटी फ्ल्यास नगरीकनै पनि कुराकानी गर्न मिल्ला नी । नेपालियनजीले त्यस्तै ठ्याक्कै मिल्ने प्रश्न तयार गरिहाल्नु हुन्छ नी ।

मुखाले said...

बडो गज्जब लाग्यो, धन्यवाद दौतरी र सुजन जी दुबैलाई ।

Unknown said...

सुजन जी प्रती र उहाँको ब्लगिङ्ग परिवार सम्पुर्णमा उत्तारोत्तर प्रगतीको कामना।

Shiva Prakash said...

मलाई “Pictomation” मन पर्यो । यसरी नै त शव्दको आविस्कार र आविस्कार पछि विकास हुने । धन्यवाद दौंतरी र सुजनजी ।
शिव प्रकाश
nepalimanharu.com

Unknown said...

nice photography from sujan ji .
thanks to dautari and to sujan ji .
keep it up .

Anonymous said...

Nice Conversation.
Thank you.

Luna said...

हिजो कमेन्ट लेख्दा प्रस्ट भएनछ !
हिजो सुजन जि को ब्लग हेरेकी थिए , त्यहा निकै राम्रा तस्बिर हरु थिए सुजन जि ले खिच्नु भएको ।

nepalean said...

Tasbir ta nikai ramra chhan. lekhan pani.
Tara blogger le picture lai khumchayera rakcha. Huna ta teslai thiche pachi blow up huncha tara pani picture ko size ra aakar anusar blogger ma rakhna napauda dautari ma pani dherai patak apthyaro bhogeko chhu.

Biplab said...

Thanks Dautari for bringing in Sujan jee.
Her pictomation blog is really attractive and interesting. I wish her all the best.

Unknown said...

म भर्खरै ब्लगिङ क्षेत्रमा लागेको ब्यक्तिलाई आफ्नो बिचार राख्‍न र कुराकानीको लागी निम्त्याउनु भएकोमा नेपालियन जी लगाएत सम्पुर्ण दौतरी परिबारमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

साथै आफ्नो आफ्नो ब्यस्तताका बाबजूद मेरो यो गन्थन पढेर मलाई हौसला प्रदान गर्नुहुने सबैमा आभार ब्यक्त गर्दछु।

archana said...

best wishes.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !