July 27, 2009

महाभारतको विभिषण !

शिव प्रकाश

सपथ किन खानु हुन्थ्यो त महाशय ?
अकुत पहिल्यै खाइसक्नु भएको छ,
सायद यहाँ ढुस्स अघाइसक्नु भएको छ !

संविधान किन मान्नुहुन्थ्यो त महाशय ?
तपाइँ मेरो भन्दा नि छिमेकीको भैसक्नु भएकोछ,
तपाइँको पाउमात्र यता टाउको उता भैसकेकोछ !

नेपाल तपाइँलाई किन चाहिन्थ्यो त महाशस ?
नेपाली खूनको धज्जी यहाँले राम्रैसँग उडाइसम्नु भएको छ,
सायद तल्तिरका दुशासनहरूको नून खानुसम्म खाइसक्नु भएको छ !

नेपाली बोल्न किन जान्नु हुन्थ्यो त महाशय ?
खानेमुख मात्र यताको बोल्ने जिब्रो उतैको लाइसक्नु भएको छ,
महाशय त महा"भारत"को विभिषण "भरतानन्द" पो भइसक्नु भएको छ !


9 Comments:

पीजी said...

महाशय "भारतानन्द" भैसक्नुभाको छ ।

Luna said...

nice Poem and nice commente from Zero Hour .

Shiva Prakash said...

Zero Hour (जिरो आवर)जी
म तपाइँको कमेन्ट उदृत गरेर कविताको मूल कपिमा अलिकति परिवर्न गर्न चाहन्छु है । अनुमति छ हैन त सर !

nepalean said...

Shiva ji kabita ko mul kapi ma k paribartan bhayo khabar pau hai.

Kabita nikai chotilo chha. Malai ta pailo line nai maan paryo.

Anonymous said...

yasto paribartan garnu parlaa " tapai nepali hoina bharatananda bhasaknu bhaeko chha "

Unknown said...

'भारतानन्द जा'को बारेमा राम्रो बिश्लेशण । ठीक लाग्यो दाई ।

पुष्प said...

राजीनामा किन दिनुहुन्थ्यो त महाशय ?
लाजशरम सबै पचाइसक्नुभएको छ,
उपराष्ट्रपति त बिहारको पर्नुभएछ, मधेशी जनता त आडमात्र पो रहेछ ।

पीजी said...

शिवजी ल एकदमै अनुमति छ ।

Sanu432 said...

kabiji,kabita ta sarai ghata lagdo chha ni ta . Thanks

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !