July 7, 2009

यो जिन्दगी

शेखर ढुङेल
०७-०६-२००९
यो जिन्दगी यस्तै हो हेर
कहिले हास्ने कहिले रुवाउने
भाबी को खेल रहेछ यो
फुल र काडा झै
यो जिन्दगी .....
हेर्दा हेर्दै ढल्छ योबन
शिशिर को फुल झै
बेला छदै हासौ खेलौ
गुरास र पंक्षि झै
भोली केहो कहाँ हुन्छौ
थाहा छैन कसै लाई
यो जिन्दगी .......
बग्दा बग्दै सुक्छ खहरे
आशु को थोपा झै
मेरो भन्दा भन्दै टाढिन्छ मानिस
साझ को सुर्य झै
बेला छदै बाडौ माया
हामी ले अरु लाई
यो जिन्दगी .......


3 Comments:

Unknown said...

absolutely------
keep it up ----------
thanks :)

नेपालियन said...

हो त है, जिन्दगी कहिले हास्ने कहिले रुवाउने।
तछाड मछाड, आखिर.......
मेरो साथीको श्रीमती बेलायतमा हत्या भएको थियो। उनको ४ बर्षे छोरो थियो। के गर्ने हरे!
जिन्दगी शेखर जी को कबिता जस्तै रहेछ।

mahesh m. said...

yea frend u r right!
lfie is gift of god!he have gave this life to enjoy, llive live and laugh, dats all about the sustainable life.so i also feel love is life and i love ma life . anywasy frend kepp ur way open

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !