June 13, 2009

कस्तो होला लोकतन्त्र

विजयकुमार श्रेष्ठ
परदेशबाट

दलहरुको अपसी धमण्डले नेपालमा हाल हुन गई रहेको अराजकता र आतंकलाई मध्य नजरमा राखेर हेर्ने हो भने सोमालिया, चेचेनिया, रोआण्डा जस्तो मुलुकमा भएको दुर्दशालाई सोच्नु सिवाय नेपाली जनतासँग अरु निस्कर्ष हुने छैन । नागरिक सर्वोच्चताको नाममा देशमा भइ रहेको हुलदङ्गा, मारकाट, लुटपाट र अपहरणलाई हेर्ने हो भने यो कस्तो खालको नागरिक सर्वोच्चताको रोजाई हो भनेर हामी नेपालीले बुझ्न गार्हो परेको छ । नेपाली नागरिकले आफनो भन्ने कुराको महसुस गर्नसम्म पनि पाई रहेका छैनन् । सरकारको विंडो समाल्न नसकेर सडकमा होमीन पुगेका नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादी हिजोका दिनमा जसरी आएका थिए अहिले फेरि त्यहि भेष लगाएर हामी त शान्तिका अग्रदुत हौ भन्न समेत पछि परेका छैनन् । आफनो हैसियत के हो र किन हामीले यो कार्य गरिरहेको छौं भन्ने कुरालाई चटक्क विर्सिए देशलाई कब्जा गर्ने लुट्ने सिवाय अरु शब्द उनिहरुको शब्दकोशमा रहेनछ । के ति विद्धानहरुले हासिल गरेका नागरिक सर्वोच्चताको परिभाषा यस्तै हो त लुटपाट हत्या हिंसा अपहरण हुल हुज्जत? यो कस्तो खालको नागरिक सर्वोच्चता हो त ? । देशमा ३७ प्रतिशत मानिसहरुलाइ विहान बेलुकीको हात मुख जोर्ने समस्यामा भौतारिनु परीरहेको छ ।

देशमा सबैभन्दा ठुलो दल भएर नेपाली जनतालाई सर्वसुलव तरिकाबाट व्यावहारिक प्रशासनिक आर्थिक राहत दिनु त कता हो कता जातीबादको नारालाई अगाडि सारेर रणसङग्राम तिर धकेल्न कम्मर कसेर लागु परेका छन । बादरले न त आफनो घर नै बनाउछ न त अरुलाई बनाउन दिन्छ भन्ने उखान सावित गराउन तिर कम्मर कसेर लागेका छन । यो नयाँ नेपालमा नेपाली जनताले पाएको नया र नौलो परिवर्तन भोकरोग अशान्ति नै त होला भनेर मनमा नरखाएला भन्ने स्थिती छैन ।

नेपाली जनताले रगतको खोला बगाएर ल्याएको लोकतन्त्रको पर्यावाचि भनेको यहि हो त ? । नेपाली आमाका सन्तानले न त दिन नै भने नत रात या भोक र प्यास नै भने, ति सबै त्यागेर बलिदान दिएको परिणाम जुन आज आएर जातिबादको नारामा समाबेश भएर विभिन्न जातिको प्रान्तिय राज्य निर्माणको लागी तम्सिएका छन । के नेपाल जस्तो मुलुकलाई जातिय युद्धले शान्ति कायम गराउला त । देश चलाउन जनताले चुनेर पाठाएको नेता भनाउदाहरुले सर्वसाधारण जनतालाई एक आपसमा लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केका ति मुकुण्डोधारी लोकतन्त्रका मुकुण्डोहरुले देशको लागी नभएर आफनो स्वार्थको लागी नागरिक सर्वोच्चताको नाममा अहङकारि दुरर्दशा निमत्याउदै छन यो देशमा । ‍‍मानव भएर बाच्न पाउने भन्ने तर स्वतन्त्र मौलीक हक अधिकारबाट बंचित गराएर हामी त शान्तिको लागी क्रान्तिबाट कत्ति पनि चुकेका छैनौ भनेर विगुलबाट निस्किएको आबाज जत्रो पारेर भाषण छाट्न पछि परेका छैनन् क्रान्तीकारी नेताहरु। ति बेरोजगार निमुखा र गरिवीको दल दलले थिचेका युवा शक्तिलाई विभिन्न प्रलोभन देखाएर सधै भरि हुल दङगामा सामेल गराएर आफुहरु चिल्ला चिल्ला कारमा सवार हुन पाउने सपना बुन्दै एउटै पधेरामा पानि खाने दाजुभाई र दिदी बहिनीहरुलाई एक अर्कामा शत्रुता बढाई गोलीको निसानी बनाएर नागरिक सर्वोच्चताको नाम दिएर देशलाई रुवाण्डा सोमालियाको जस्तो परिस्थितीमा पुर्याउन लागु परेका छन ।

एक आपसमा सहमति र सहकार्यको नाटक रच्दै देशको ढुकुटीमा रमाउन पल्केका मुकुण्डो धारि नागरिक सर्वोच्चताको सवाल उठाउनेहरु दैनिक रुपमा भत्ता लिएर सर्वसाधारण जनतालाई लडाएर तमासा हेर्न पल्केका ब्यवसाहरु अरुको भलाई हुने काम सोच्ने फुर्सद तिनीहरुलाई कहाँ छ ? आफुहरु नागरिक सर्वोच्चताको नामलाई लिएर ठुला ठुला होटल रिसा्रेटमा बसेर चिसो हुस्कीको मज्जा लिदै वार्ता सहमतीमा हुन सकेन भन्दै दैनिक जसो हातेमालो गरेर विदेशी परिकार खान पल्केकाहरुले के को सहमति र सहकार्यको बाटो चाहियो र? थकाई लाग्यो भनेर महङ्गा रिसो्रटमा शान्तीको हावा लिन पल्केका सर्वहाराका नेता हु भनेर विगुल फुक्ने र अहेस आराम भने पूंजिपती सरह लिन पछि नपर्ने बिचित्रको स्थीती छ । नेपाली जनतालाई दिएको बाचाहरु कति छिट्टै विर्सिसकेका होलान ? के समस्याको समाधान शान्ति वार्ताबाट निचोड निकाल्न सकिदैन होला त । सदन अबरुद्ध गर्ने तर भत्ता भने लिन नछाड्ने नेपाली जनताले भत्ता लिनको लागी मात्र पठाएको जस्ता कुरा संविधान सभाको सभासदले के कहिल्यै सोचेका होलान? ति आधा लाख मोल तोकिएका सभासद भनाउदाहरुले देश कहाँ पुगी सक्यो भनेर सोच्ने गरेका छन ? हिजो कोही गोठालाको हैसियत भएकालाई आज कुन हैसियतमा ल्याई पुर्याईदियो र कोहि एक खिली चुरोटको मोल नगद तिर्न नसक्नेलाई आज अशान्ति भयो भनेर ठुला ठुला महल रिसोर्टहोटलमा शितलता ताप्न पर्ने परिस्थितीको हैसियतमा आज कसले पुर्याई दियो के यस्ता कुरा अहिले आएर सोच्ने गरेका छन त? सर्वसाधारणलाई पनि मन लागेको छैन होला ति रिसोर्ट होटलमा गएर विदेशी परिकारको स्वाद लिन । कोही एक आपसमा त भन्दा म के कम भनेर लड्ने कोहि नेपाललाइ आफ्नो घर हो भनेर शासन चलाउन पछि नपर्ने यस्ता प्रबृद्धिले गर्दा आज नेपाली जनतामा अराजकताको भावना फैलिदै गएको छ । लोकतन्त्रको मुकुण्डो लगाएका नागरिक सर्वोच्चताको विगुल फुक्ने सारिथीहरुलाई नेपालमा साढेको जुदाईमा बाच्छाको मिचाई गराएर सर्वसाधारणलाई लडाई तमासा हेर्ने भुत सल्केको छ ।



2 Comments:

Anonymous said...

yo aama le baccha janmaunu bhanda agadi ko pida ho, dherai nakhoknus!!!

एकलकाटे said...

हैन मित्र बच्चा जन्मिन नसकेर आमा नै मर्ली भन्ने पिर भो नि,सुडेनी पनि तलिम प्राप्त भनेको त हैन पो र छ.. ठिकै त खोक्नु भो बिजय जी ले..आफु वाइ स्याल पर्नु भो जस्तो छ अनी

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !