May 22, 2009

गाउँखाने कथा - १६ (Nepali Gau Khane Katha)

हरेक शुक्रबार झै आज पनि आएको छु गाउ खाने कथा लिएर। उत्तर मिलाएर गाउँ लिनुहोला।
"भए दिन्नथें, छैन दिन्छु? के होला यस्तो चिज"


7 Comments:

Unknown said...

पुच्छर !

(पुच्छर नभएको वा काटीएको पशु)

Roshan S. said...

भए दिन्नथें, छैन दिन्छु?How it is पुच्छर?
It think it is credit card debt.

nepalean said...

सुजन जी ले गाउ खाने कथाको उत्तर मिलाएको मा बधाइ।
ल सुजन जी गाउं माग्नुहोला।

Prajwol said...

हैन यो गांउ खाने कथा मैले मात्र नबुझ्ने हो कि सबैलाई त्य्स्तै हो ? कहीले आएको जस्तो लाग्छ कहिले टांग न पुच्छरको जस्तो लाग्छ ।

यो कथाको त उत्तर थाह पाउंदा पनि अझै बुझिन :)

नेपालियन said...

प्रज्वल जी यो गाउं खाने कथा भन्ने चिज सुन्दा एकदम सजिलो लाग्दछ। यही हो कि उत्तर जस्तो लाग्दछ। उत्तर मिल्न भने हम्मे हम्मे हुन्छ। कुनै गाउं खाने कथा भने उत्तर थाहा पाए पछी पनि कसरी भयो जस्तो लाग्छ।
अब यस्को उत्तर कसरी पुछ्छर भयो भन्ने तिर लागौं। पुछर भए त हल्लाएर काहा दिन्छ र? पुछर चलेर जनावरको बचाउ गरिराखेको हुन्छ। अब पुछ्छर नै नभए पछि बचाउ कसरी गर्ने। अब जे पनि बिना अबरोध दिनुपर्ने हुन्छ। माखाले टोकेको उदाहरण नै लिउं न। पुछ्छर नभए पछी टोक्न दिनुपरेन? पुछ्छर भएको भए टोक्न दिन्थ्यो होला त?
अब त उत्तर छर्लग्गं भयो कि?

Unknown said...

हामीले पनि देशको नेताहरुले जस्तो देशनै टुक्राउने कुरा गर्नु भएन। म त सबै गाँउ खाने कथा मिलाएर सिङ्गै देश बनाएर लिन्छु । एउटा गाँउ उधारो भयो ।।

nepalean said...

सुजन जी गाउं लिदै मिलाउदै सिंगो नेपाल बनाउनु पर्छ। नत्र भने तपाइको आफ्नै गाउं छुट्टै देश बन्ला।
तर यो त ठट्टा पो हो। यांहा दिइने गाउं दौतरीमै सिमीत हुन्छन। बरु त्यो गाउं जांदा हामीसंग राहादानी या भिसा नमाग्नुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !