May 30, 2009

हा… हा… हा… हा… हा…

गणीत शिक्षक: राम a=c प्रमाणीत गर त।

बिद्यार्थी: हैन सर कसरी a=c हुन सक्छ र!, यो त सम्भव नै छैन ।

शिक्षक: मैले पहिलै भनेको हैन a=b र b=c भएपछि a=c पनि हुन्छ ।

बिद्यार्थी (खुशी हुँदैं): सर यसको मतलब, म तपाईलाई मन पराउँछु, तपाई आफ्नो छोरीलाई मन पराउनु हुन्छ, तब के ! तपाईको छोरी पनि मलाई मन पराउँछीन त !!!!!   

------------------                                        -----------------------                                          ---------------------------

एकजना मानिसलाई एउटा महंगो रक्सी उपहार प्राप्त भएछ। उ सप्ताहन्त सो रक्सी पीएर मनाउने सपना बुन्दै मनमा अनेक कल्पना खेलाएर घर तर्फ लाग्दै थीयो। अचानक एउटा ढुङ्गामा ठेस लागेर, उ नराम्ररी पछारीयो र हातको झोला पनि भूईमा खस्यो। उसलाई बाटो हिँड्ने केहि व्यक्तिहरुले उठाएर बिस्तारै सडक किनारा तर्फ लग्दा उसलाई तिघ्राबाट चीसो तरल पदार्थ बगेको आभास भयो ।

“…  हे भगवान … ” उ बिस्तारै बर्बरायो “… यो रगत नै होस !”

------------------                                        -----------------------                                          ---------------------------

राम: म त आँखा चिम्लदाँ पनि देख्‍न सक्छु ।
श्याम: के देख्छौ त ?
राम: अन्धकार !

------------------                                        -----------------------                                          ---------------------------

दुईजना जँड्या कुरा गर्दै:

पहिलो: हैन, यो मुटुको अप्रेशनलाई किन ‘बाईपास’ भनिन्छ ?
दोस्रो: कस्तो नबुझेको, कुरा सिधै छ नी, अप्रेशन सफल भए ‘पास’ नत्र सधैंको लागी ‘बाई’

------------------                                        -----------------------                                          ---------------------------

First Drunk: My wife is an angel !
Second Drunk: You are lucky man, my one is still alive !

------------------                                        -----------------------                                          ---------------------------

एकजना कन्जुस पान पसलमा:
ग्राहक: साहुजी मलाई एउटा पाँच रुपैयाको मिठा पान दिनुस,…  त्यसमा, कत्था, अलैचीं, सुकुमेल, पराग, श्रीखण्ड, हिरा-पन्ना, जर्दा, तुलसी र तबक पनि राखीदिनुस।

साहु: हुन्छ … बरु तपाईको पाँच रुपैया पनि पान भीत्रै हाली दिँउ की?

------------------                                        -----------------------                                          ---------------------------

दुईजना गँजडी
पहिलो: हैन यो बिहेको बेलामा दुलहीहरु किन रातै लुगामा हुन्छन ?

दोश्रो: खतराको संकेतको लागि परावूर्वकाल देखि नै रातै रंग त प्रयोग हुँदै आएको छ नी ।



15 Comments:

बिप्लब said...

कुरो बल्ल बुझियो अप्रेशन सफल भए ‘पास’ नत्र सधैंको लागी ‘बाई’।
आजको दिन रमाइलो हुने भयो।
दौतरीमा म एक्ले बरबराइरहेको हो की अरु पनि हुनुहुन्छ साथीहरु?

प्रबिण थापा said...

होइन बिप्लब जि हामी पनि छौ है दौतरिसगै । उहि कार्य व्यास्थताले लेख्न पढे पनि प्रतिकृया लेख्न नभ्याएर मात्रै हो ।
लौ म पनि हासे है हा-- हा!!!!!!!!!!!!!!!
सबै राम्रो लाग्यो तर यो चाँही बिशेष
एकजना कन्जुस पान पसलमा:
ग्राहक: साहुजी मलाई एउटा पाँच रुपैयाको मिठा पान दिनुस,… त्यसमा, कत्था, अलैचीं, सुकुमेल, पराग, श्रीखण्ड, हिरा-पन्ना, जर्दा, तुलसी र तबक पनि राखीदिनुस।

साहु: हुन्छ … बरु तपाईको पाँच रुपैया पनि पान भीत्रै हाली दिँउ की?

नेपालियन said...

पांच रुपया पानमा हाले त घांटीमा अड्केर मर्ला नि बिचरा ।
रमाइला छन सबै ठट्यौलाहरु।
म पनि आज बिहानै देखी किल्ला गाढेर बसेको छु। बिप्लब जी तपाइको बरबराइ मैले नि सुनें। दौंतरीमा प्रतिक्रिया दिनाले लेख्नेको पनो हौसला बढ्छ भने लेखो अर्को पाटो जान्ने मौका मिल्छ। प्रतिक्रिया लेख्दै जानुहोला।

HAWA said...

हो...बरु यस्ते छोटा चुटकिला हरु ले हसौनु को साथी ज्ञान चछ्यु पानी खोलिदिन्छन....जस्तै त्यों दोस्रो टवाके को कथा रोचक ता छ नै मार्मिक पानी छ...कसरी मान्छे ले रक्सी हैन रक्सी ले मान्छे खान्छ भनेर

Prajwol said...

मलाई त्यो महँगो रक्सी को चुट्किला सर्है मन पर्‍यो :)

एक चोटि म लगाएत २-३ जना साथीहरु अली पैसा तान तुन गरी ३-४ वटा Beer किनी प्लास्टिक को झोलामा हाली पिउन बनेपा बस पार्क को चौर तिर लम्कंदै थियौं । भोली एउटा जांच थियो, हामीले हाप्ने पक्का गरी सकेका थियौं, तेही खुशीयाली (?) मा Beer पिउन हिंडेका थियौं । तेत्तिकैमा प्लास्टिक चुंडिएर बिएर झरेर फुट्यो । धरो-धर्म तेतिखेर तेही सडकमा पोखिएको पनि चाटुं जस्तो लागि सकेको थियो । मान्छेले एउटा मुड बनएर हिंडे पछि (especially when it comes to drinking), गर्न नपाउंदा सार्है गर्हो पो हुन्छ त :D

inashrestha said...

good one!

Jotare Dhaiba said...

मस्त भइयो यी मसलाहरूको घोलमा । एक से एक छन् र मैले चाहिँ पहिले कतै नसुनेको परेछन् । त्यही भएर पनि स्वाद मजाले बस्यो । मदिराभक्तहरूको लीला पनि बडो अपरम्पार हुने रहेछ :)
ठरकि दादालाई यिनको जोरजामको लागि धन्यवाद !

Nepalean said...

मान्छेले एउटा मुड बनएर हिंडे पछि drink गर्न नपाउंदा सार्है गर्हो पो हुन्छ त।
यसो सुन्दा हाम्रा गाउंको जगतरामको याद आयो। उनी भन्ने गर्थे मान्छेलाइ रक्सी ३ पटक
लाग्छ रे। पहिलो पटक रक्सी खाने प्लान गर्दा। दोस्रो पटक रक्सी खांदा। तेस्रो पटक चांही पैसा तिर्दा लाग्छ रे।

ठरकि दादा said...

यस पटक भने मेरो चुटकीलाहरु 'सफल' भए जस्तो लाग्यो ।

अझ खास कुरा त प्रज्वलजी, नेपालियनजी र अरु साथिहरुको 'सत्य घटनाम आधारीत' कुराहरु पढ्दा मलाई पनि साह्रै हाँस उठ्यो ।

अनी नेपालियनजी तपाईको गाउँको जगतरामले अझै एउटा भित्री कुरा भने लुकाएको जस्तो लाग्यो ।
रक्सी ३ पटक हैन ४पटक लाग्छ । पहिलो पटक रक्सी खाने प्लान गर्दा। दोस्रो पटक रक्सी खांदा। तेस्रो पटक चांही पैसा तिर्दा अनी चौथो पटक फिट्टू भएर घर पुगी श्रीमतीको हप्की खाँदा (त्यतिबेला त नलागे पनि लागेको एक्टीङ गर्नुपर्छ क्या:)।

नेपालियन said...

आज सबै हास्ने मुडमा छन जस्तो छ। ठरकी दादाको चौथौ पटक हप्क खांदा लाग्ने भन्नुभयो, सायद जगतरामले आफ्नो लाज जोगाउन गोप्य राख्यो होला।
जोकै त हो। आज टिभीको च्यानल फेर्दा जांदा एउटी हजुरआमा एउटा टेबुलमा २ ग्लासं स्यामपेन मगाउंदै थिइन। उता अर्को अधबैंसे के गर्ने होला भनेर यता उता गर्दै थियो। त्यो देखेर हजुरआमाले बुझीहालिन। अनि त्यो अधबैंसेलाइ भनिन, आत्तीनु पर्दैन। मलाइ बुढाले कसरी पट्टाए त्यो सिकाउंछु, आखिर जती पींढी भए पनि माया माया नै हो, माया लिने र दिने तरिका सधै एउटै हुन्छ।
केटी पट्टाउने सबै फर्मुला सिकाए पछी त्यो अधबैंसे आफ्नो टेबलमा गयो। एक छिनमा अर्को अधबैंसि लोग्ने मान्छे छिर्यो। हजुर आमा भनदा केही परको टेबुलमा एक लोग्ने मान्छेले ति हजुरआमाको फर्मुला आर्को लोग्नेमानिसलाइ प्रयोग गरिरहेको थियो। हजुर आमा भुतभुताइन, माया लिने र दिने त परिबर्तन भइसकेछ।

Luna said...

तेस्रो चुट्किला सार्है मन पर्‍यो !
अरु पनि सबै राम्रा छन ।
धेरै धेरै धन्यवाद ठ र कि दा !

Anonymous said...

दोश्रो पिस खतरा लाग्यो | अनि यो पानको पिसमा त पहिले आठानाको दाम जोडिएको सुनेको थिएँ ... हैन अचेल देशमा पाँच रुपयांमा मीठा पान पनि नआउने भै सकेछ !

Unknown said...

it's too interesting fren...............................

Anonymous said...

रमाइलो लाग्यो चुट्किला पढेर ,,आज को बिहानी को सुरुआत राम्रो भयो

binu said...

jok ramro lagyo ha ha ha.................................... achha aru pani padn mna lagne khal ko chha tyas ma pani pass ra bye ko achha man paryo

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !