May 20, 2009

पर्यटकका लागि नेपाल

अनुप गुरुगं
हाम्रो शिर भई उभिएको विश्वको नै अग्लो सगरमाथा अनि शान्तिका दुत गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता तथा सास्कृतिकले भरिएको सुन्दर देश हो । हिमाल पहाड तराई तीन भागमा विभाजित नेपालमा पर्यटकको लागि एउटा महत्वपुर्ण स्थान हुन सक्छ । देशलाई आर्थिक रुपमा सम्पन्न गराउनको निम्ति पनि नेपाल सरकारले पर्यटक क्षेत्रको विकास गर्नु अपरिहार्य छ र यसका लागि चाहिने नयाँ नयाँ निति तथा कार्यक्रम ल्याउनु पनि जरुरी छ र पर्यटकीय स्थलको रुपमा नेपाललाई परिचित गराउनु पर्दछ । नेपाल पर्यटकीय गन्तव्य र आकर्षकका हिसाबले हेर्दा पनि विश्वमै अतुलनिय छ । प्राकृतिक तथा भौगोलिक हिसाबले पनि नेपाल पर्यटकीय स्थलको रुपमा परिचित गराउन सकिन्छ तैपनि यति हुदाँ हुदाँ पनि हामीले चाहे जति पयर्टक भित्रायाउन सकेका छैनौ किन यो पक्कै पनि अध्ययनको बिषय हो । कतै हाम्रा आन्तिरिक कुराहरु बन्द हडतालहरुले त पर्यटकमा नकारात्मक असर परेको छैन । यो सब हामीले बिचार पुर्याउन पर्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हाम्रो नेपालमा पयर्टकलाई धेरै क्षेत्रमा आकषण गर्न सक्छौ ।

यहाँ राफ्टिगंको लागि विश्वमै चर्चित हिम नदीहरु छन् । जगंल सफारी गर्नको लागि राष्ट्यि जगंल पार्कहरु, ट्रेकिङको लागि, धार्मिक स्थलको लागि पनि प्रख्यात हाम्रो देशमा त्यही पनि हामीले चाहे जति पर्यटक भित्राउन सकेका छैन किन अब हामी सब एकजुट भई केही गर्नु पर्छ र यसका लागि पहिला भन्दा अहिले सरकार र पर्यटक व्यवसायीहरु तथा बिभिन्न सघं सस्थाहरु यसको पर्यटन गन्तव्यको रुपमा लागि परेका छन् ।

नेपाल सरकारले चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट मार्पुत १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरको छ साथै अहिले सरकारले पर्यटन भिजन २०२० नामक योजना घोषणा गरेको छ । जुन योजनाले सन् २०२० सम्ममा प्रतिवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ र जस्मा २०२० ले गा्रमीण पर्यटनमा जोड दिदै नेपाली जनताको जीवन उकास्ने तथा पिछडिएका समुदायको सहभागिता गराइने भएको छ। यस योजनालाई सफल पार्नको निम्ति पर्यटन क्षेत्रलाई उधोगको रुपमा विकास गर्दै नयाँ नयाँ गन्तव्य र आकर्षण खोज्दै लैजाने हवाई सेवाको विस्तार तथा सुरक्षित गर्ने तथा पयर्टक क्षेत्रमा लगानीको लागि प्रोतशाहित गर्दै जाने अनि विश्वव्यापी रुपमा प्रचार प्रसार प्रचारात्मक गरिने भएको छ । नेपालको बिभिन्न भागमा पर्यटक केन्द्र स्थापना गर्ने माउन्टेन्यरिङ जगंल सफरी र्याफटिङ मठ मन्दिर तथा बिभिन्न क्षेत्रमा पर्यटनलाई आर्कषित गर्ने भनि भिजन २०२० मा उल्लेख गरीएको छ ।

यो पक्कै पनि एक महत्वपुर्ण कदम हो तथापि नेपाल सरकारले यसलाई कागजी रुपमा मात्र भिजन २०२० नबनाई यसलाई व्यवहारमा पनि कार्यन्वन गर्नु पर्दछ । अनि यसको कार्यन्वयन भयो कि भनी परिवेक्षण पनि गर्नु पर्दछ । हामीले आशा गरौ यो योजना सफल हुन्छ र यसका लागि गर्नु पर्ने कामहरु हुन्छ भनी यसले गर्दा नेपाली जनताले रोजगारी पाउछन् अनि उनीहरुको पनि जीवनस्तर पनि उकलिन्छ । यसले गर्दा हामी नेपालीहरु रोजगारीको लागि सयौ हन्टर खाई बिदेशीनु पदैन । यसका लागि नेपाल सरकार मात्र नभई हामीले पनि आफुले गर्न सक्ने सक्दो सहयोग गर्नु पर्दछ । हामीले एउटा सानो निहुँमा पनि यो बन्द गर्ने शैली पनि परिवर्तन गर्नु पर्दछ । हामीले भिजिट नेपाल मात्र लेखेर काम केही गरेनौ भने पनि हामीले केही गर्न सक्दैनौ यसका लागि चाहिने पुर्वाधारहरुको निर्माण गर्नु पर्दछ र हामीहरुले पनि यसका लागि आपुनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्दछ ।



2 Comments:

प्रबिण थापा said...

अनुप जि अत्यन्तै सुन्दर लेख के गर्नु यि सब गर्नको लागि सबभन्दा पहिले त देसमा शान्ति हुनुपर्‍यो, शान्ति बिना हरेक काम अधुरै हुन्छ जतिसुकै व्यावहाँरिक बनाउन खोजेपनि ।

HAWA said...

हो अनूप जी, पर्यटन बाट छिटो बिकास गर्न सकिंछा भनेर माओबादी ले पानी भनेकै हो...फेरी प्रबीन जी ले भने जस्तै उसकै सड़क आन्दोलन पनि छ...दिनकै बंद हड़ताल जाम गरेर कसरी पर्यटक औलान? म सबै पार्टी लाई अनूप जी को सुझाब मा ध्यान दिन निर्देशन गर्दछु

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !