April 18, 2009

जय अखण्ड नेपाल !

उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा ‍भविष्य हाम्रो हो ।

एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।

देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।

नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।

बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना ‍देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।

तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको

हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- ‍एकलव्य


5 Comments:

आश्मा said...

''नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।''

गजब!

kunai din ........ said...

WA WA prachanda ra aru neta lai kasle sunaune yo marmik kathaa wa wa dhanyabad mutu chune desha bhakti ko kabita ko laagi

waka said...

great!
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा

Anonymous said...

Kabi Eklabye ji ko lekhakia dhar salala gandaki jastai bageko chha ra yasle tirkhauneharulai sital pani diyako chha. kabiko bhabuktama deshko bartaman bhumikalai nikai kalatmak tarikale choyako chha.

chetawaniko bhashama kabile diyako chotilo parahrma yak desh bhaktako aatma boleko chha.
Kabiko kalpanale sakar rup lin hamro sabaiko balidan aaj deshlai jaruri pareko chha tyo adhyaroma khusukka pasne chorlaia taha lagauna. kin yo jahile pani dhamilo panima macha marna khappis chha..................

Aaj harek nepaliharuko manbat hosiyar hun jaruri chha tesko lagi..................

ठरकि दादा said...

राष्ट्रप्रमले ओतप्रोत भएको निकै मन छुने गरी लेख्‍नु भएछ ।
एकदमै चीत्त बुझ्यो ।

जय नेपाल !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !