March 11, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ७

प्रभा आचार्य

समयको क्रम सँगै दिनहरु ब्यतित हुँदै गए । म झन आर्मी हेड्क्वाटरका कर्मचारिहरुको नजिक बन्दै गए । सबैसँग मेरो भेट्घाटको क्रम झन तिब्र बन्दै गयो किनकी मैले साहित्य मार्फत आर्मी रेडयो लाई सहयोग गर्न थालेकि थिएं। यसैले पनि मेरो समिप्ता बड्नु स्वभाविक थियो । त्यहा उसबेला मेरो घनिष्टता हालको मेजर केशब बर्तौला, कर्णल इन्दु खड्का, शिखा मल्ल, कप्तान मोहन थापा, कर्णल इश्वर श्रेष्ठ, प्रताप कार्की,र अन्य धेरैसँग भयो । मानौ म एक दिन ढिला मात्र पुगेँ भनेपनी उनिहरुले प्रश्न गरिहाल्दथे । यसरी आनन्दसँग मात्र नभएर मेरो प्रगाढ सम्बन्ध सबैसँग थियो त र आनन्द र म चाँही साङीतिक् क्षेत्रको भएकोले पनि हामीमा अझ गाढा सम्बन्ध हुन पुगेको भन्नमा अत्युक्ती हुँदैन ।

यसरी म त्यो दिनहरुलाई मेरो सम्झनाको उत्तम दिन भन्न कन्ज्युस्याइ गर्दिन । सधैं भेटघाट,कुराकानीले गर्दा म आनन्दभाइ सँग अझ नजिक बन्न पुगेँ । म मेरा कतिपय कुराहरु पनि वहाँलाई भन्न अप्ठ्यारो मान्दिन थिएँ, कारण वहाँ मान्छे नै यस्तो हुनुहुन्छ शायद कसैले पनि वहाँलाई आफ्नो कुरा भन्न असजिलो मान्दैन मेरो बिचारमा । यस्तै प्रशङमा एकदिन म यस्तै दिनको चार बजेतिर हैरान भएर आर्मी हेड्क्वाटर पुगेँ । मन पनि ठीक थिएन । त्यसै म उदास थिएँ । म सबैलाई भेट्दै आनन्द को अफिसकोठामा गएं । मलाई देख्नसाथ “दिदिलाई आज के भयो उदास देखिनु हुन्छ त ?” भनेर आनन्दले प्रश्न गर्नु भयो । मैले पनि आफ्ना सारा कुरा भने ।

त्यो के थियो भने । मलाई एउटा संस्थाले बातावरण सम्बन्धी गीतहरु लेख्न लगाएको थियो । मैले दसवटा गीतहरु लेखेर जिम्मा लगाएकी थिएँ । तर पारिश्रमिक दिनलाई उनिहरुले मलाई झुलाई रहेका थिए । जहिले पनि आज आउनु र भोली आउनु भनेर मलाई दु:ख दिइरहेका थिए। किन कि मेरो पेशा नै त्यही थियो । त्यही कुरा मैले आनन्दलाई सुनाए । आनन्दले मेरो कुरा सुन्नसाथ जुरुक्क उठेर “कुन ठाउँ हो त्यो दिदी हिंड्नुहोस् जाउँ” भनेर मलाई भन्नु भयो । मैले “हैन अहिले नजाउँ कुनै दिन जाउँला नि” भन्दा पनि आफ्नो लगाएको ड्रेस नै नबद्ली मलाई जाउँ भनेर भन्नु भयो । म पनि पछी लागेँ । त्यो ठाउँ अनाम नगर थियो लग्भग १५ मिनेटमा नै आननदले मलाई त्यहा पुर्‍याएर त्यो अफिसमा सिधै लानु भयो । ठीक ५ बज्न आँटेको थियो । उनिहरु पनि सबै निस्कनलाई तयार रहेछन । आननदले आफ्नो परिचय केही नदीइ नै “तपाईंहरुले वहाँलाई गीत लेख्न लगाउनु भएको रहेछ र पारिश्रमिक दिन ढिलाई गरेर वहाँलाई दु:ख दिनु भएको रहेछ । शायद वहाँ स्त्री मान्छे भनेर हो वा वहाँ एक्लो आईमाई भनेर हो दु:ख दिनु भएको म वहाँको मान्छे हो र लेखकहरुलाई इज्ज्त गर्न जान्नु होस् र वहाँको पैसा अहिले नै तुरुन्त दिनु पर्छ नत्र म कार्वाही गर्छु” मात्र के भन्नु भएको थियो । त्यहाको मुख्य मान्छेले केही नबोली पैसा झिकेर तुरुन्त मलाई दिए । हामी पनि उक्त रकम थापेर त्यहाबाट निस्क्यौ । यसरी त्यो दिन आननद को ब्यवहाँरले म चकित भएं । कसैसँग अलिक रुखो बोली गरेको त्यही दिन मैले देखें । समय र परिस्थितीले गर्दा कहिले कही नचाहेर पनि बद्लिनु त सबैले पर्छ । त्यही कुरा आननदलाई पनि लागु भएको थियो .
क्रमश :



5 Comments:

Anonymous said...

bada rochak cha ta kahani
nirantrata ko subhakamana..........!

नेपालियन said...

तपाइको संस्मरण लेख्दै जानुहोला। निकै रोचक लाग्दै छ आन्न्दसंगका सम्झनाहरु।

acharya prabha said...

rachak maatra nabhayera yo marmik pani hudai jaanechha tyasta ghatnaharu ajhai chhan.ma lekhdai jaanechhu.

Luna said...

जिबन का छ्यण हरु लाई हामी सँग बाडिरहनु भएको मा धन्यवाद प्रभा जि ।

acharya prabha said...

tapaiharuko protsaahanko pratiphal ho.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !